झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २० असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १९७ जनामा कोरोना संक्रमण भएको हो । ८११ जनाको पीसीआर परीक्षण गर्दा १४५ र २२० जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५०, झापामा ४५, सुनसरीमा ४३, धनकुटामा ३, पाँचथरमा २, इलाम र उदयपुरमा १–१ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ३३, सुन्दरहरैचामा ८, बुढीगंगा र रतुवामाईमा २–२, पथरीशनिश्चरेमा १, कानेपोखरी, कटहरी, केराबारी र लेटाङमा १–१, झापाको भद्रपुरमा ११, कनकाई र विर्तामोडमा ७–७, दमक, मेचीनगर र अर्जुनधारामा ४–४, कमल गाउँपालिकामा ३, शिवसताक्षीमा २, गौरादह, हल्दिबारी…

Read More

बिर्तामोड, २० असोज । दमक–१० का दुईजना महिलाले बर्षौदेखि भूमिहीन सुकुम्बासीहरु बसोबास गर्दै आएको बिर्तामोड ३ को जग्गा आफ्नो नाममा पारेको घटना सार्वजनिक भएको छ । दमक १० की सरस्वती ढकाल र घनेन्द्रदेवी थापाले बिर्तामोड ३ स्थित अधुवा खोला किनारको चिहानघारी सफा गरेर सुकुम्बासीहरु बसेको ८ कठ्ठा जग्गा आफ्नो नाममा पारेका हुन् । उनीहरुले बन शुद्धिकरण आयोगबाट धनीपूर्जा लिएका हुन् । बिर्तामोड ३ स्थित सैनिकमोडदेखि पश्चिम अधुवा खोलाको पुलदेखि २ सय मिटर दक्षिण खोला किनारको सुकुम्बासी बसेको जग्गा उनीहरुले हत्याएका हुन् । जग्गा आफ्नो नाममा पारेर हालसाविकका लागि आएपछि त्यस घटना सार्वजनिक भएको हो । गत असोज १६ गते शनिबार…

Read More

बिर्तामोड, २० असोज । हिन्दु परम्पराअनुसार पितृपक्ष अर्थात् सोह्रश्राद्ध आज सकिदै छ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म १६ दिनको पितृपक्षमा दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गरिन्छ। चाड पर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले पितृको श्रद्धासाथ सम्झना गर्ने वैदिक परम्परा छ। वडादशैँ र तिहारजस्ता ठूला चाडका अगाडि पर्ने सोह्रश्राद्धले सन्ततिलाई पितृप्रतिको दायित्व बोध गराउनाका साथै पितृ ऋणबाट मुक्त गराएर चित्तशुद्धि गराउँछ भन्ने विश्वास छ। सोह्र श्राद्ध सकिएसँगै भोलिबाट बडादशैको नौरथा सुरु हुँदैछ। नौरथासँगै चाडपर्वको चहलपहल पनि शुरु हुँदैछ। नवरात्रको पहिलो दिन भोलि घटस्थापना हो।

Read More

इलाम, २० असोज । इलाम जिल्लाको पशुपतिनगर नाकाबाट लाखौँ मूल्य बराबरको औषधि बरामद गरिएको छ । जिल्लाको सूर्योदय नगरपालिका–३ पशुपतिनगरस्थित नेपाल–भारत सीमा लालीखर्क भन्ने स्थानबाट रु ८० लाख बराबरको औषधि बरामद गरिएको हो । नेपाल–भारत सीमावर्ती पशुपतिनगरको लालीखर्क भन्ने स्थानमा रहेको एउटा गोठमा भण्डार गरेर राखिएको औषधि सशस्त्र प्रहरी बल पशुपतिनगर (बिओपी) ले बरामद गरेको जनाइएको छ । अवैधरूपमा लाखौँ मूल्यको औषधि नेपाल आयात हुँदै गरेको सूचनाका आधारमा सशस्त्र प्रहरीको गस्ती टोलीले सोमबार राति १० बजे औषधि बरामद गरेको सशस्त्र प्रहरी बल पशुपतिनगरका प्रमुख नवीन खतिवडाले जानकारी दिए। चालिस वटा कार्टुन बरामद भएको सो औषधिको मूल्य ५० लाख भारु (नेपाली…

Read More

झापा, २० असोज । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले मन्त्रालय बाँडफाँटमा सहमति जुटाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको बैठकमा मन्त्रालय बाँडफाँटमा सहमति जुटे पनि मन्त्रिपरिषद्ले कहिलेसम्म पूर्णता पाउने भन्ने अझै निश्चित भएको छैन। ‘मन्त्रालयको भागबन्डामा सहमति भएको छ,’ एक नेताले भने, ‘तर घटस्थापनाअघि मन्त्रिपरिषद्ले पूर्णता पाउने देखिँदैन।’ सहमतिअनुसार नेपाली काँग्रेसले प्रधानमन्त्रीसहित आठ मन्त्रालय पाउने भएको छ। माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले चार–चार मन्त्रालय लिने सहमति भएको स्रोतले बतायो। कांग्रेस, माओवादी र एकीकृत समाजवादीले एक–एक राज्यमन्त्री पाउनेछन् भने जनता समाजवादी पार्टीलाई रिक्त रहेको उपसभामुख पद पनि दिने सहमति भएको छ। सहमतिअनुसार कांग्रेसले अब सञ्चार तथा…

Read More

झापा, २० असोज । नेपालीको महान् चाड दसैं भोलि सुरु हुँदै छ। दसैं भन्नेबित्तिकै मीठो खाने, राम्रो लगाउने भन्ने बुझाइ छ। यो बेला आर्थिक स्तरअनुसार भान्सामा परिकार पाक्छन्। तर, दसैंको भान्सा बर्सेनि अरू बेलाभन्दा शतप्रतिशत महँगिँदै आएको छ। बजारमा खाद्यान्न, तरकारी, फलफूलदेखि लत्ताकपडासम्मको मूल्य अत्यधिक बढ्ने गरेको छ। ‘दसैंमा अरू बेलाभन्दा बढी पैसा खर्च हुन्छ। ऋणधन गरेर भए पनि यो पर्व मनाउने चलन छ’, पूर्वगभर्नर डा। चिरञ्जीवी नेपाल भन्छन्, ‘खर्च बढी हुँदा केही वस्तुको माग पनि बढी नै हुन्छ। वस्तु त त्यही हो बजारमा आउने। अनि, व्यवसायीले उपभोक्तासँग बढी पैसा आएको छ भनेर भाउ बढाउने गर्छन्।’ डा नेपालका अनुसार यो…

Read More

झापा, २० असोज । केही दिनभित्रै कोरोनाविरुद्धको खोप सवा तीन करोड मात्रा नेपाल भित्रिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोनाविरुद्ध प्रयोग गरिने विभिन्न कम्पनीको सवा तीन करोड मात्रा खोप आउने निश्चित भइसकेको छ । विभिन्न देशबाट विभिन्न कम्पनीको सवा तीन करोड मात्रा खोपमध्ये फाइजर, कोभिसिल्ड, भेरोसेल खोप केही दिनभित्रै नेपाल भित्रिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले भने, “केही दिनभित्रै कोभिसिल्ड आउने छ । अरू कम्पनीको खोप पनि आउँदैछन् ।” मन्त्रालयको परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख सागर दाहालले सवा तीन करोड मात्रा खोप आउने निश्चित भएको जानकारी दिए । तत्काल भारतबाट कोभिसिल्ड…

Read More

झापा, १९ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १९२ जनामा कोरोना संक्रमण भएको छ । ७०७ जनाको पीसीआर परीक्षण गर्दा १३२ र ३१८ जनाको एन्टिजेन परीक्षण गर्दा ६० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ५६, मोरङमा ५३, सुनसरीमा १७, इलाम, धनकुटा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो । झापाको कनकाईमा १३, विर्तामोडमा ११, दमकमा १०, भद्रपुरमा ९, मेचीनगर र अर्जुनधारामा ५–५, बुद्धशान्तिमा २, शिवसताक्षीमा १, मोरङको विराटनगरमा ४१, पथरीशनिश्चरेमा ३, उर्लाबारी, बुढीगंगा र स्थानीय तह नखुलेका २–२, रतुवामाई, सुन्दरहरैचा र केराबारीमा १–१,…

Read More

बिर्तामोड, १९ असोज । सामाजिक सेवामा सक्रिय रहँदै आएको भारतीय गोर्खा भूतपूर्व सैनिक संघले दुई दिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ । संघको कार्यालय बिर्तामोडस्थित बसपार्कमा आयोजित स्वास्थ्य परीक्षण शिविरमा १०५ जनाले विभिन्न रोगको जाँच गरेको अध्यक्ष धनकुमार गुरुङले जानकारी दिए । स्वास्थ्य शिविरमा संघमा आबद्ध मात्र नभई सर्वसाधारण सबैको स्वास्थ्य परीक्षण गरिएको थियो । मनमोहन मेमोरियल सामुदायिक अस्पतालको प्राविधिक तथा चिकित्सकीय सहयोग रहेको शिविरमा बालबालिका, वयस्क र ज्येष्ठ नागरिकले सेवा लिएका थिए । शिविरमा फिजिसियन, बालरोग, स्त्रीरोग लगायतका विशेषज्ञ चिकित्सकले जाँच गरेका थिए । शिविरमा सेवा लिएका बिरामीलाई अस्पतालले उपचारमा १५ प्रतिशत छुट दिने संघले जनाएको छ । संघका…

Read More

बिर्तामोड, १९ असोज । नेपाल ब्लग च्यालेन्ज २०२१ को लागि झापाका विश्वास राई टप ११ मा पर्न सफल भएका छन् । बिर्तामोड नपा वडा–५ का बासिन्दा राई २० वर्षीय प्रतिस्पर्धी हुन् । सानै देखि भिडियोग्राफीमा रुचि राख्ने उनी भिडियो ब्लगमा मार्फत आफूलाई चिनाउँन चाहान्छन । स्थानीय न्यूटन्स् कलेजबाट कक्षा १२ सम्मको अध्ययन पूर गरेका उनी हाल देवी उच्च मावि विर्तामोडमा विविएस प्रथम बर्षमा अध्ययनरत छन् । आगामी अक्टुवर ७ तारिक विहिबार हुने टप ५ का लागि छनौटमा आफूलाई भोट गरेर अघि बढाउन सबै जना सँग भोट अपिल गरेका छन्। उनलाई भोट गर्न इसेवा बाट भोटिङ्ग गरी नेपाल ब्लग च्यालेन्जमा गई…

Read More