झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ८ कात्तिक । प्रत्येक नेपालीको थाप्लोमा ऋणको भार करिब ५७ हजार रुपैयाँ पुगेको छ। सरकारले लिएको सार्वजनिक ऋण १७ खर्ब २९ अर्ब पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आन्तरिकतर्फ ८ खर्ब १ अर्ब (४६.३४ प्रतिशत) र बाह्यतर्फ ९ खर्ब २७ अर्ब (५३.६६ प्रतिशत) छ। यसको भाग लगाउँदा हरेक नागरिकको भागमा ५६ हजार ६ सय ८३ रुपैयाँ पर्न आउँछ। केन्द्रीय तथ्यांक विभागका अनुसार जनसंख्या ३ करोड ५ लाख २ हजार ५ सय ८५ पुगेको छ। भूकम्पपछि ऋणको ग्राफ बढेको देखिएको छ। ठूला आयोजना बनाउन ऋण लिने गरिए पनि उद्देश्यअनुसार खर्च हुन नसकेको विज्ञ बताउँछन्। पूर्वअर्थसचिव रामेश्वर खनाल समयमै आयोजना…

Read More

बिर्तामोड, ८ कात्तिक । विश्व पोलियो दिवसको अवसरमा झापाका रोटरी क्लवहरुको आयोजनामा बिर्तामोडमा सचेतना ¥यालीसहित मास्क बितरण गरिएको छ । रोटरी क्लब अफ बिर्तामोड मिडटाउन, रोटरी क्लब अफ बिर्तामोड, रोटरी क्लब अफ सुरूङ्गा, रोटरी क्लब अफ भद्रपुर, रोटरी क्लब अफ दमक, रोटरी क्लब अफ काँकरभिट्टा र रोटरी क्लब अफ मेचीनगर, रोट्रयाक क्लब अफ बिर्तामोड मिडटाउन,इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउन, रोट्रयाक क्लव अफ बिर्तामोड, रोट्रयाक क्लव अफ सुरूङ्गा, रोट्रयाक क्लव अफ मेचीनगर, रोट्रयाक क्लव अफ इँटाभट्टा , रोट्रयाक क्लव अफ काँकरभिट्टालगायतको संयुक्त आयोजनामा पोलियो सम्बन्धी सचेतना ¥यालीसहित मास्क बितरण गरिएको हो । ¥यालीले बिर्तामोड नगर परिक्रमा गरेको थियो । पोलियो उन्मूलन…

Read More

झापा, ८ कात्तिक । झापाको दमक नगरपालिका–१६ घर भई हाल ईटहरी उप(महानगरपालिका(८ मा बसोबास गर्ने ४३ वर्षीय भक्त बहादुर राई ठगी गरेको आरोपमा पक्राउ परेका छन् । राईले ईटहरी–६ की ६१ वर्षीया एकल महिलालाई महिलाको श्रीमानको नाममा रहेको करिब दुई करोड छत्तिस लाख अन्ठानब्बे हजार रुपैयाँ बराबरको घर जग्गा पास गराई दिन्छू भनी अर्के ब्यक्तिको नाममा पास गराई रकम ठगी गरेको भन्ने जाहेरीका आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीले राईलाई पक्राउ गरेको हो । पक्राउ परेका राईलाई ठगी मुद्धा अन्तरगत कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।

Read More

बिर्तामोड, ८ कात्तिक । नेपाली राष्ट्रिय फुटबल खेलाडी बिशाल राईलाई झापाको विर्तामोडमा सम्मान गरिएको छ । आइतबार विर्तामोडको कन्काई कलेजको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गर्दै कन्काई स्ववियु वितामोड र नेप्लिज टिन्सले संयुक्त रूपमा सम्मान गरेको हो । उनलाई बिगत लामो समय देखि फुटबलको क्षेत्रमा पुऱ्याएको योगदान र भर्खरै सम्पन्न साफ गेममा नेपालको टोलिबाट गरेको महत्त्वपूर्ण योगदानको उच्च मुल्यांकन गर्दै सम्मान तथा शुभकामना कार्यक्रम राखिएको कार्यक्रम संयोजक किरण गुरुङले बताउनु भयो । झापा अर्जुनधाराका स्थायी बासिन्दा राई कन्काई कलेजका पूर्व विद्यार्थी पनि हुन् । आयोजित कार्यक्रममा झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङ, कलेज प्रमुख सुरेश चापागाईं, नेविसंघ जिल्ला सभापति राजेन्द्र…

Read More

झापा, ७ कात्तिक । प्रदेश १ को प्रदेशसभा बैठक कार्तिक १५ गतेसम्मका लागि स्थगित भएको छ । मुख्यमन्त्री भीमप्रसाद आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको प्रक्रिया अघि बढाउन आइतबारका लागि तय भएको प्रदेशसभा बैठक १५ गते बस्ने गरी स्थगित गरिएको हो । प्रदेशसभाका सभामुख प्रदिपकुमार भण्डारीले कार्तिक १५ गते दिउँसो १२ः३० गते बस्ने गरी आइतबारको बैठक स्थगित गरेका हुन् । प्रदेश १ प्रदेशसभा सचिवालयका प्रवक्ता चमिला भट्टराईले आइतबार बस्ने भनिएको बैठक १५ गते बस्ने गरी स्थगित भएको जानकारी दिइन् । सभामुख भण्डारीले सर्वदलीय बैठक आह्वान गरी दलहरुसँग छलफल गरेर बैठक स्थगित गर्ने निर्णय गरेका हुन् । त्यसअघि नेपाली काँग्रेस र…

Read More

समलिंगी जोडीहरूलाई देखेर धेरैपटक मानिसहरु छक पर्ने गरेका छन् । तर कसैले श्रीमान्–श्रीमतीलाई नै आमाछोरीजस्तो सोच्छ भने त्योभन्दा अनौठो के होला । यस्तै, भएको छ एक समलिंगी जोडीका सवालमा । व्हिटनी र मेगन बेकनको जोडीलाई मानिसहरु आमा–छोरीजस्तै ठान्छन् । विवाहको दिन पनि मानिसहरुले उनीहरुलाई आमा–छोरी ठानेका थिए । बेलायतको वर्कशायरस्थित विन्डसरमा बस्ने यो लेस्बियन जोडी सामाजिक सञ्जालमा पनि निकै चर्चित छ । उनीहरुको टिकटकमा ९० हजारभन्दा धेरै फलोअर्स छन् । आफुलाई आमा–छोरी भनिदिँदा कस्तो महसुस हुन्छ भन्ने अनुभव समेटेर पनि उनीहरुले भिडियो पोस्ट गर्ने गरेका छन् र यस्ता पोस्टमा अहिलेसम्म १८ लाखभन्दा धेरै लाइक्स आइसकेको छ । मिरर युकेको रिपोर्टअनुसार…

Read More

सुनसरी, ७ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो तथा डुबान पीडितका लागि विशेष प्याकेजको घोषणा गर्ने बताएका छन् । आइतबार प्रदेश १ को बाढी पहिरोग्रस्त क्षेत्रको अवलोकनका क्रममा इटहरी पुगेका प्रधानमन्त्री देउवाले विशेष गरी किसानहरुको बाली नष्ट भएको उल्लेख गर्दै विशेष राहत प्याकेजको घोषणा गर्ने बताएका हुन् । उनले बेमौसमी वर्षाका कारण देशभर आएको अविरल वर्षापछिको बाढी र पहिरोले ठूलो क्षति गरेको बताए । प्रधानमन्त्री देउवाले खेतमा पाकेर घर भित्र्याउने बेला भएको धानबालीमा वर्षा र बाढीपहिरोले धेरै क्षति गरेको भन्दै सबैभन्दा पहिला गाँस, बास र किसानहरुको पीडामा मल्हम लगाउने काम सरकारले गर्ने बताए ।

Read More

धनकुटा, ७ कात्तिक । धनकुटा चौबिसे गाउँपालिका–५ बज्रमाई का ७१ वर्षीय भुवनसिंह खड्कालाई खोलाले बगाई बेपता बनाएको छ । आज बिहान ९ बजे सोही स्थानमा रहेको छरुवा खोला तर्ने क्रममा बगाई वेपत्ता भएको भन्ने जानकारी प्राप्त हुन साथ अस्थाई प्रहरी बिट मौनबुधुक, प्रहरी चौकी मुलघाटबाट प्रहरी टोली खटि गई स्थानियबासीहरुको सहयोगमा खोजतालस भईरहेको छ । सो स्थान अस्थाई प्रहरी बिक मौनबुधुक धनकुटाबाट अन्दाजी १७ किलोमिटर उत्तर रहेको छ ।

Read More

बिर्तामोड, ७ कात्तिक । झापामा तास जुवा खेलिरहेका चार जना नगदसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिबसताक्षी नगरपालिका–९ निवासी ५० वर्षीय अग्नि राई, सोही ठाउँका ४० वर्षीय लालबहादुर लिम्बु, ४५ वर्षीय मनिष क्षेत्री र सोही नगरपालिका( ११ निवासी ३७ वर्षीय सुरेश लिम्बु रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । प्रहरीका अनुसार शिवसताक्षी–९ स्थित जितेन्द्र शाक्यको घरमा अवैध रुपमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट नगद १ हजार ७३ हजार ५०० सय, चार थान मोबाइल सेट र तिन बुक ताससमेत बरामद गरेको प्रहरीले…

Read More

झापा, ७ कात्तिक । नेपाल राष्ट्र बैंकले तोकेको निक्षेप–कर्जा (सिडी) अनुपात नाघ्न लागेपछि बैंकहरु थप लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् । कर्जा मागको अनुपातमा निक्षेप वृद्धि हुन नसकेपछि बैंकहरुमा तरलताको अभाव छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरुको कुल सिडी अनुपात ८८.९२ प्रतिशत पुगिसकेको छ । हुनत राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत असार मसान्तसम्ममा सिडी अनुपात ९० प्रतिशतभित्र राख्नुपर्ने बताएको छ । तर पनि बैंकहरुले सिडी अनुपात ९० प्रतिशत बढाएर कर्जा लगानी गर्दा आफैँलाई असुविधा हुने कारण सचेत रहेका छन् । “स–साना कर्जा मात्र स्वीकृत भइरहेको छ,” एक बैंकका सीईओले भने, “निक्षेप नथपिएसम्म सहज रुपमा लगानी बढाउन सक्ने अवस्था छैन…

Read More