
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ४ कात्तिक । गौरीगञ्ज गाउँपालिका–१ को होक्लाबाडी बस्ती चारैतिरबाट कनकाइको बाढीले घेरेपछि टप्पुमा परिणत भएको छ । बाह्य सम्पर्कबाट विच्छेदका अवस्थामा रहेको सो बस्तीका ८५ परिवारलाई हालसम्म उद्धार गर्न नसकिएको पालिकाका अध्यक्ष बाबुराज श्रेष्ठले बताए । बस्तीमा जाने कज्वे बाढीले भत्काएपछि र सोही क्षेत्रमा रहेको काठको डुङ्गासमेत नदीले बगाएपछि उनीहरूलाई उद्धार गर्न नसकिएको उनको भनाइ छ । नदीले बिजुलीको खम्बासमेत बगाएपछि हाल होक्लाबाडी बस्ती अन्धकार भएको छ । बस्तीमा आफन्तकामा दसैँको टीका लगाउन विभिन्न स्थानबाट आएका करिब १०० जनासमेत रहेको उनले जानकारी दिए । सो क्षेत्रमा सुक्खा खानेकुरासमेत पु–याउन सकिएको छैन । यद्यपि हालसम्म सबै जना सुरक्षित रहेका छन्…
झापा, ४ कात्तिक । विगत केही दिनदेखिको अविरल वर्षाका कारण मुलुकभरि १४ वटा सडक अवरुद्ध भएका छन् । अनपेक्षित रूपमा सुरु भएको वर्षाले आवश्यक तयारीको अभावमा समेत राजमार्ग तथा सडकमा ठूलो क्षति पु¥याएको सडक विभागले जनाएको छ । सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले सडक विभागको रेकर्डमा कात्तिक महिनामा वर्षाका कारण राजमार्ग तथा सडकमा यति ठूलो मात्रामा क्षति पुगेको पहिलो पटक भएको जानकारी दिए । वर्षाका कारण जयपृथ्वीबहादुर सिंह मार्गको खोर्पेदेखि बझाङसम्म, सेती राजमार्गको डडेल्धुराबाट डोटी जाने सडक ठाउँठाउँमा अवरुद्ध भएको महानिर्देशक थापाले जानकारी दिए । त्यसैगरी उनले साँफेबगरबाट मार्तडी जाने सडक पुनः अवरुद्ध भएको बताए । यसअघिको वर्षायाममा अवरुद्ध भएको…
झापा, ४ कात्तिक । स्थलमार्गबाट राजधानी प्रवेश गर्ने मुख्य नाका नौबिसे–नागढुंगा सडकमा दैनिक हजारौ सवारी साधन गुड्छन्। तर उक्त सडक जताततै खाल्डाखुल्डी र भत्किएर छियाछिया छ। नौबिसेदेखि–नागढुंगासम्मको दुरी करिब १४ किलोमिटर सडक छ। उक्त खण्डमा अधिकांश स्थानमा सडक भत्किएर छियाछिया बनेको छ। भर्खरै नेपालीको ठूलो चाड दसैं सकिएको छ। दसैं मनाएर उपत्यका भित्रिने यात्रुको संख्या दिनहुँ बढिरहेको छ। तर दुर्भाग्य, नौबिसे–नागढुंगा सडकको नाजुक स्थितिकै कारण सवारी साधनलाई १४ किलोमिटर दुरी छिचोल्न ३ देखि १२ घन्टासम्म लाग्छ। विशेष गरेर नौबिसे–नागढुंगा खण्डमा खत्रीपौवा, खानीखोला, भूतघर, झयाप्लेखोला आसपासको सडक कतै खाल्डाखुल्डी त कतै पहिरो खसेर पुरिएका छन्। जसले गर्दा साँझबिहान असाध्यै जाम हुन…
झापा, ४ कात्तिक । भेरोसेल खोपको पहिलो मात्रा लिएकाहरूका लागि आजदेखि देशभरि दोस्रो मात्रा दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालभरका मुख्य २४ वटा सरकारी अस्पतालबाट सो खोप दिइने तयारी भएको परिवार कल्याण महाशाखा खोप शाखा प्रमुख सागर दाहालले बताए।
झापा, ४ कात्तिक । नेपालमा हालसम्म कुल जनसंख्याको २८।२ प्रतिशत जनसंख्याले कोभिड–१९ विरुद्धको पहिलो मात्रा खोप लिइसकेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल जनसंख्या ३ करोड ३ लाख ७८ हजार ५५ जना रहेकोमा हालसम्म ८५ लाख ६२ हजार ३ सय ६५ जनाले पहिलो मात्रा खोप लगाइसकेका छन् भने ६४ लाख ८५ हजार ९ सय २३ जनाले पूर्ण मात्रा खोप लिइसकेका छन्। १८ वर्षमाथिका ४३ प्रतिशतले पहिलो मात्रा र ३२.६ प्रतिशतले पूर्ण मात्रा खोप लिइसकेका छन्। १ करोड ९९ लाख २२ हजार १ सय ६४ जना १८ वर्ष माथिका खोप लिने लक्षित जनसंख्या छ। त्यसैगरी १५ वर्षमाथिका ३९.४ प्रतिशतले पहिलो…
झापा, ४ असोज । बेमौससी वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरोले ८७ जनाको ज्यान गएको छ। २८ जना बेपत्ता छन्। १२ घाइते छन्। ३० वटा घर पूर्ण क्षति भएका छन् भने १ सय बढी चौपाया मरेका छन्। नेपाल प्रहरीका अनुसार ६ सय ६९ घर डुवानमा परेका छन् । ५० घरमा पानी पसेको छ। पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पहिरो र खोलाले बगाउँदा २१ जनाको ज्यान गएको छ। ३ जना बेपत्ता छन् । इलाममा पहिरोले पुरेर ११ जनाको मृत्यु भएको छ। खोलाको भेलले बगाएर थप एक र रूखले किचेर १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। बाढी र…
बिर्तामोड, २९ असाेज । नेपाल ब्लग च्यालेन्ज २०२१ को लागि झापा बिर्तामोड–५ का २० बर्षिय विश्वास राई टप ३ मा पर्न सफल भएका छन् ।प्रतियोगिता को फाइनल आगामी अक्टुबर १७ असोज ३१ गते हुनेछ । राइले प्रतियोगिताको टप ३ मा ल्याउनकाे लागि भाेट गर्नुहुने सबै शुभचिन्तक प्रति आभार प्रकट गरेका छन् । उनले पहिले गरिएकाे भोट गणना नहुने हुँदा उपाधि जित्नका लागि फेरि नयाँ भोट गर्नु पर्ने भएकाले आफुलाई अमुल्य भाेटकाे धेरै नै आवश्यक्ता परेको बताएका छन् ।उनले आफूलाई उपाधि जित्नका लागि धेरै भन्दा धेरै भाेट गरिदिनुहुन सम्पुर्णमा आग्रह गरेका छन् ।उनलाई भोट गर्न इसेवा बाट भोटिङ्ग गरी नेपाल ब्लग…
ताप्लेजुङ, २८ असोज । ताप्लेजुङमा जीप दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । फुङलिङ बजारबाट सिरिजंघा गाउँपालिका तेल्लोक जाँदै गरेको को १ ज २०५६ नम्बरको जीप दुर्घटना हुँदा घाइते भएका १८ जनामध्ये गर्भवतीसहित नौ जना गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ।गम्भीर घाइते हुनेमा सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेकी २५ वर्षीया विमला लिम्बू, मामाङ्खेकै ३० वर्षीय सन्त लिम्बू, २६ वर्षीया प्रमिला लिम्बू, २७ वर्षीय सञ्जीव लिम्बू छन्। यस्तै फुङ्लिङ नगरपालिका–४ का १४ वर्षीय अब्दुल अलि, ३१ वर्षीया नम्रता बस्नेत, ३८ वर्षीय चन्द्र बस्नेत, १३ वर्षीय रिपब्लिक बस्नेत र सात वर्षीय रोशन बस्नेत गम्भीर घाइते भएका छन्। जीप चालक फुङ्लिङ नगरपालिका–८ का ३८…
सुनसरी, २८ असोज । सुनसरी बराहक्षेत्र नगरपालिका ७ संगम चौकका ४७ बर्षीय अर्जुन खड्काको रुखबाट लडेर मृत्यु भएको छ । आज बिहान बराहक्षेत्र नगरपालिका ८ स्थित मा रहेको जंगलमा साजको रुखमा चढी बाख्रालाई घाँस काट्ने क्रममा अचानक लडि घाइते भएका उनको घोपा धरानमा उपचारको क्रममा बिहान ९ बजे मृत्यू भएको छ । घटनाको बारेमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भइरहेको छ ।
झापा, २८ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५६ जनामा कोरोना संक्रमण भएको छ । ३८९ जनाको पीसीआर परीक्षण गर्दा ५३ र ३१ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३०, सुनसरीमा १६, इलाममा २, झापा, धनकुटा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा १०, बुढीगंगामा ७, सुन्दरहरैचामा ५, कटहरीमा ३, केराबारी, मिक्लाजुङ, बेलबारी, कानेपोखरी र लेटाङमा १–१, सुनसरीको इटहरीमा ५, इनरुवामा ३, धरान, दुहवी र गढीमा २–२, रामधुनी र बराहक्षेत्रमा १–१, इलामको इलाम नगरपालिकामा २, झापाको…