झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

मोरङ, २७ असोज । मोरङ विराटनगर महानगरपालिका–१५ स्थित,२ नम्बर ढाटबाट लागूऔषध सहित एक जना पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका २ का १९ बर्षीय करण सहनी रहेका छन् । आज बेलुका साढे ५ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध NITROSUN 10-३४ ट्याब्लेट, SPAS TRANCAN PULS – १६ ट्याब्लेट, SAMPFX – ८ ट्याब्लेट, DIACEX-DC २ बोतल सहित पक्राउ गरिएको हो । पक्राउ परेका उनको थप अनुसन्धान भइरहेको छ ।

Read More

झापा, २७ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २८ जनामा कोरोना संक्रमण भएको छ । ११९ जनाको पीसीआर परीक्षण गर्दा २२ र ६८ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा १५, मोरङमा ४, झापामा २ र उदयपुरमा १ जनामा संक्रमण देखिएको हो । सुनसरीको इटहरीमा ११, धरानमा ३ र रामधुनीमा १, मोरङको विराटनगर र सुन्दरहरैचामा २–२, झापाको भद्रपुर र मेचीनगरमा १–१ र उदयपुरको उदयपुरगढीमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज ११९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त…

Read More

बिर्तामोड, २७ असोज । बिर्तामोडको एक खरेल परिवारले आफ्नी आमाको पुण्यतिथिको अवसर पारेर अपांगता भएका बालबालिकालाई सहयोग गरेको छ । आज एक अनौपचारिक कार्यक्रमका बीच बिर्तामोड–४ को खरेल परिवारले स्वर्गीय आमा नरमाया खरेलको प्रथम वार्षिक पुण्यतिथिको अवसरमा अर्जुनधारा–६ मा रहेको अपांग बाल शिक्षा सरकोर केन्द्रलाई सहयोग गरेको हो । केन्द्रमा आश्रित बालबालिकाका लागि एक सेट पलङ, ढसना, सिरक, तन्ना, सिरानी र ब्लांकेट प्रदान गरिएको स्वर्गीय नरमायाका कन्छा छोरा नविनले जानकारी दिए । त्यस्तै, एक बोरा चामल, तेल, दाललगायत खाद्यान्न प्रदान गर्नुका साथै बालबालिकालाई खानासमेत खुवाइएको थियो । कार्यक्रममा छोराहरु प्रल्हाद, मोहन र नविन, बुहारीहरु विष्णुमाया, गीता र उषा तथा छोरी…

Read More

भद्रपुर, २७ असोज । झापा भद्रपुर नगरपालिका–४ रंगेडाँडामा सेफ्टी टेयाङकीको गाडीले ठक्कर दिदाँ साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा साइकल यात्री भद्रपुर नगरपालिका–६ का ६० वर्षीय महेशसिंह राजवंशी रहेका छन् । आज दिउसो ११ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १६६३ नम्बरको सेफ्टी ट्याङ्कीको गाडीले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिदाँ गम्भीर घाइते भएका राजवंशीलाई उपचारका लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर पुर्याउन साथ मृत्यु भएको छ । गाडी र चालक भद्रपुर नगरपालिका–१० का २१ वर्षीय आमसमणी टुडु वडा प्रहरी कार्यालय भद्रपुरको नियन्त्रणमा रहेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।

Read More

झापा, २७ असोज । माल्दिभ्समा जारी १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुग्न नेपाल आज बंगलादेशसँग भिड्दै छ। सुरुवातमा लगातार दुई खेल जिते पनि तेस्रो खेलमा भारतसँग हारेको नेपाल आज बंगलादेशसँग बराबरी भए पनि पहिलोपटक साफको फाइनलमा प्रवेश गर्नेछ। बंगलादेशले जित्यो भनेचाहिँ नेपाल प्रतियोगिताबाटै बाहिरिनेछ।

Read More

झापा, २७ असोज । बडादशैंको आठौं दिन आज महाअष्टमी पर्व दुर्गा भवानीको पूजा गरी भव्यरुपमा मनाइँदै छ । आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ । आजको दिन दशैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठहरुमा पशु बलि दिई दुर्गा भवानीको पूजा गरिन्छ । आजको दिन कलपूर्जा, हातहतियार र सवारी साधनलाई विशेषरूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशु बलिसहित पूजाआजा गर्ने गरिन्छ । यी साधनलाई देवीको शस्त्रअस्त्रका रूपमा मानी पूजा गर्ने गरिएको हो । महाअष्टमीका दिन राति हनुमानढोकाको दशैंघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गरिन्छ । पशु बलि नचढाउनेले भने आज पूजा कोठामा आ–आफ्नो…

Read More

बिर्तामोड, २७ असोज । भारतीय गोर्खा भूतपूर्व सैनिक संघ बिर्तामोडको आयोजनामा भइरहेको भूतपूर्व सैनिक गोल्डकपको फाइनलमा आयोजक र दुधेको भूतपूर्व सैनिक संघबीच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितको फाइनल खेल असोज २७ गते महाअष्टमीका दिन बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । बडादसैँको अवसरमा आयोजित प्रतियोगिताअन्तर्गत दुधे र भारत बागडुग्राबीचको सेमिफाइनल खेलमा दुधे पराजित भए पनि बागडुग्राले भूतपूर्व सैनिकको पहिचान खुल्ने परिचयपत्र बुझाउन नसकेकाले दुधेले फाइनलमा स्थान पक्का गरेको हो । आयोजकका अध्यक्ष डिके गुरुङका अनुसार बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आयोजकले दुधेको सामना गर्नेछ । भूतपूर्व सैनिकहरुबीच एकता तथा सुमधुर सम्बन्ध अझ मजबुद बनाउन खेल आयोजना गरिएको गुरुङले बताए । प्रतियोगिताका…

Read More

झापा, २६ असोज । इजरायल जाने रोस्टरको अन्तिम छनोटमा परेका ११७५ जना श्रमिक नामावली सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जान इच्छुकहरुमध्ये भाषा र अन्तरवार्ता परीक्षामा पास भएका एक हजार ६०० जनाको नाम इजायल सरकारलाई पठाएको थियो । इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीआइबीए) ले कम्प्युटरबाट चिठ्ठा प्रणालीमार्फत ८२१ महिला र ३५४ जना पुरुष कामदारको नाम छनोट गरेर पठाएको छ । छनोटमा परेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता भएपछि उनीहरु इजरायल जान पाउनेछन् ।

Read More

बिर्तामोड, २६ असोज । महानन्दचोकमा मासु पसल सञ्चालन गर्दै आएका अर्जुनधारा ६ कप्तानबारी घर भएका अन्दाजी ५० वर्षीय इन्द्रक़ुमार मगरको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ। पसलमै बसिरहेको बेला हिजो राति करीब ८ बजे उनको हत्या भएको स्थानीयले बताएका छन्। मगरको घाँटी र पाखुरामा गहिरो चोट लागेको र उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ। प्रहरीले घटनास्थल नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरू गरेको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ।

Read More

झापा, २६ असोज । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । नवपत्रिकाको नामले चिनिने फूलपाती नववटी देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए । “केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा…

Read More