झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर ११ भदौ । झापाका विद्यार्थीहरूले कोरोनाविरुद्धको खोप लगाउन पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय झापामा बिहीबार बसेको कोभिड व्यवस्थापन समितिले (डीसीएमसी)को बैठकले भदौ ११ गतेदेखि जिल्लाका कक्षा १२ र सो भन्दामाथि अध्ययनरत विद्यार्थीहरुमध्ये परीक्षामा सामेल हुने विद्यार्थीहरूको लागि कलेजको परिचयपत्र र प्रवेश पत्रको आधारमा एस्टाजेनिका खोपको व्यवस्था जिल्ला स्वास्थ्य कार्यालय झापाले मिलाउने निर्णय गरिएको जनाइएको छ ।

Read More

झापा, ११ भदौ । प्रदेश १ मा बिहीबार ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । बिहीबार ६३९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ५६५ जनाको पीसीआर परीक्षण गर्दा ४३३ र १ हजार ७८ जनाको एन्टिजेन परीक्षण गर्दा २०४ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १५०, मोरङमा १३८, सुनसरीमा १०५, इलाममा १२, धनकुटामा ८, भोजपुरमा ४, ते¥हथुम र उदयपुरमा ३–३, पाँचथर, सोलुखुम्वु र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको हो । झापाको…

Read More

झापा, १० भदौ । प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । नेकपा एमालेको सचिव समेत रहेका आचार्यलाई मुख्यमन्त्री बनाउने गरी आजै बसेको संसदीय दलको बैठकले दलको नेता चयन गर्ने निर्णय गरेको थियो ।

Read More

झापा, १० भदौ । नेकपा एमाले विभाजनको असर प्रदेश सरकारमा पनि पर्न थालेको छ । प्रदेश १ मा केपी ओली पक्षमा रहेका मुख्यमन्त्री शेरधन राई अल्पमतमा पर्ने स्थिति आएपछि आजै एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठकले तेस्रो धारबाट एमालेमा विलय भएका भीम आचार्यलाई संसदीय दलको नेता बनाउने तयारी गरेको छ । एमाले संसदीय दलको नेता बनाएपछि शेरधन राईले मुख्यमन्त्रीबाट राजीनामा दिने र प्रदेश प्रमुख समक्ष आचार्यलाई मुख्यमन्त्री प्रस्ताव गरिने तयारी छ । वागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई गरेजस्तै प्रक्रिया पुर्याएर आचार्यलाई प्रदेश १ को मुख्यमन्त्री बनाउने एमालेले तयारी गरेको एक नेताले बताए । मुख्यमन्त्री नियुक्त भइसकेपछि आचार्यले एक महिनाभित्र…

Read More

झापा, १० साउन । जङ्गली हात्तीको बासस्थानको सुरक्षा गर्दै मानवीय धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले निर्माणाधीन ‘हात्ती करिडर’मा थप ५८ किलोमिटर विद्युतीय तारबार गरिने भएको छ । भारतबाट सीमा पार गरेर आउने र स्थानीय जङ्गलमा बस्दै आएका रैथाने हात्तीबाट जिल्लाका पन्ध्रवटै पालिकाका बासिन्दा पीडित हुँदै आएका छन् । क्षति न्यूनीकरणका लागि विगत एक दशकदेखि विद्युतीय तारबार गर्न थालिएको छ । मानव र हात्तीबीच वर्षौंदेखि चल्दै आएको द्वन्द्व न्यूनीकरणमा करिडरले सघाउने अपेक्षा गरिएको छ । यस वर्ष मेचीनगरको चारआली वनदेखि उत्तर मागुरमाडी वनसम्म ५८ किलोमिटर लामो विद्युतीय तारबारको योजना सुरु गरिने वन डिभिजन कार्यालयका प्रमुख युवराज मास्केले बताए। विस्तृत परियोजना प्रतिवेदन…

Read More

राजबाबु शंकरकुबे‌ला सर‌कार‌ परि‌वर्तनको‌ र‌ो‌ग ने‌पालमा महामार‌ी झै‌ं व्याप्त हुँदै‌ आएको‌ जगजाहे‌र‌ छ । प्रजातन्त्रो‌त्तर‌ कालखण्डका कर‌ीब ३१ वर्ष बल्लतल्ल ३ पटक (जीपी को‌इर‌ाला, प्रचण्ड र‌ के‌पी ओ‌लीको‌ ने‌तृत्वमा) जनमतद्वार‌ा बहुमतको‌ सर‌कार‌ बने‌ पनि ती आफै‌ले‌ बे‌फ्वाँकको‌ दम्भ र‌ अर‌ाजनीतिक चरि‌त्रका कार‌ण जो‌गाउन सके‌नन् ! र‌, अधिकांश समय अल्पमतको‌ खिचडी सर‌कार‌का कार‌ण जहिल्यै‌ र‌ाजनीतिक वै‌मनस्य र‌ हानाहानको‌ स्थिति नै‌ बहाल र‌ह्यो‌ । कुसंजो‌ग कस्तो‌ छ भने‌, हाल पनि त्यस्तै‌ भजमने‌ खिचडी सर‌कार‌ बने‌को‌ छ ! यतिबे‌ला बहुमतप्राप्त आफ्नै‌ दल (ने‌कपा)लाई सत्ताबाट विस्थापन गनेर्‌ पात्रहरू सम्भवतः आफ्नो‌ पार्टीका निर्वाचित प्रधानमन्त्री (सर‌कार‌–प्रमुख)को‌ बिनाबित्था, बे‌मौ‌समी र‌ बे‌सो‌मती दुव्र्यवहार‌का कार‌ण उनलाई सत्ताबाट बे‌दखल गर्न बाध्य भएहुन्…

Read More

बुधबारे, १० भदौ । बुद्धशान्ति गाउँपालिकाका २९ जना अपाङ्गता भएका विपन्न व्यक्तिहरुलाई आज खाद्यान्य वितरण गरिएको छ । बुधबारे जेसीज, बुद्धशान्तिका लागि हामी अभियान, बरपीपल बचत तथा ऋण सहकारी संस्था बुद्धशान्ति र जोइन्ट हेन्ड युथ सोसाइटीको संयुक्त आयोजनामा बुद्धशान्ति उद्योग वाणिज्य संघको सभाहलमा भएको एक कार्यक्रमका बीच खाद्यान्य वितरण गरिएको हो । प्रति व्यक्ति एक बोरा चामल, दाल, तेल, न्युटेला, नुन, साबुन तथा मास्क वितरण गरिएको हो । करीव ६० हजार मूल्य बरावरको सामान वितरण गरिएको छ । आयोजक चारबटै संस्था बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्ले, बुद्धशान्तिका लागि हामी अभियानका संयोजक चन्द्र उप्रेती, बरपीपल बचत तथा ऋण सहकारी संस्था बुद्धशान्तिका…

Read More

चीन, ८ भदौ (एजेन्सी) । ‘जिरो कोभिड एप्रोच’ लाई थप कडाइका साथ लागु गरेको चीनमा सोमबार शून्य स्थानीय सङ्क्रमण भेटिएको राष्ट्रिय स्वास्थ्य आयोग ९एनएचसी० ले जनाएको छ । गत जुलाई यता देशमा स्थानीय सङ्क्रमण फेला नपरेको यो पहिलो अवसर हो । गत जुलाई २० यता निकै सङ्क्रामक मानिएको कोरोनाभाइरसको डेल्टा भेरियन्टको सङ्क्रमणबाट चीन ग्रस्त बनेको थियो । पूर्वी सहर नान्जिङमा विमानस्थलका सफाइ कर्मचारीमा पहिलोपटक यो भेरियन्ट पुष्टि भएको थियो । त्यसपछि चीनमा सन् २०२० यताकै खराब सङ्क्रमणको अवस्था देखिएको थियो । देशका ३१ प्रान्तमा १२ सयभन्दा बढीमा सङ्क्रमित फेला परेका थिए । यसमा मुख्य खतरा डेल्टा भेरियन्ट देखिएको थियो जसले…

Read More

झापा, ८ भदौ । मनसुनी वायुका कारण मौसममा सुधार हुन अझै केही दिन लाग्ने भएको छ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसुनी गतिविधि अझै सक्रिय रहेको हो । “अहिलेको अवस्थालाई हेर्दा मौसममा सुधार हुने देखिएको छैन् । बुधबारदेखि मनसुन थप सक्रिय हुने सम्भावना छ ।” जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् बरुण पौडेलले बताए । शुक्रबारसम्म देशका धेरैजसो स्थानमा बदली रहनका साथै हल्कादेखि मध्यम खालको वर्षा हुने र केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेकोे छ । त्यस अवधिमा दिउँसोभन्दा राति र बिहान पानी धेरै पर्ने बताइएको छ । हाल देशभर सामान्य बदली रही प्रदेश नं १,…

Read More

झापा, ८ भदौ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले भौतिक उपस्थितिमै कक्षा–१२ को परीक्षा लिन निर्देशन दिएको छ । मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा शिक्षा मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि समिति सभापति जयपुरी घर्तीले कोभिड खोप दिएर भौतिक उपस्थितिमा परीक्षा संचालन गर्न निर्देशन दिएकी हुन् । कोभिड संक्रमणको जोखिम रहेको भन्दै स्थगित भएको कक्षा १२ को परीक्षा भौतिक उपस्थितमै लिने तयारी भएको शिक्षा मन्त्रालयले बताएको छ । शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर दशैँअघि भौतिक उपस्थितिमै परीक्षा लिने तयारी भइरहेको जानकारी दिए । ३ लाख ९६ हजार विद्यार्थी १८ वर्षमाथि रहेकोले उनीहरूका लागि कोभिड दिन सकिने बताउँदै…

Read More