
राजबाबु शंकर
कुबेला सरकार परिवर्तनको रोग नेपालमा महामारी झैं व्याप्त हुँदै आएको जगजाहेर छ । प्रजातन्त्रोत्तर कालखण्डका करीब ३१ वर्ष बल्लतल्ल ३ पटक (जीपी कोइराला, प्रचण्ड र केपी ओलीको नेतृत्वमा) जनमतद्वारा बहुमतको सरकार बने पनि ती आफैले बेफ्वाँकको दम्भ र अराजनीतिक चरित्रका कारण जोगाउन सकेनन् ! र, अधिकांश समय अल्पमतको खिचडी सरकारका कारण जहिल्यै राजनीतिक वैमनस्य र हानाहानको स्थिति नै बहाल रह्यो । कुसंजोग कस्तो छ भने, हाल पनि त्यस्तै भजमने खिचडी सरकार बनेको छ !
यतिबेला बहुमतप्राप्त आफ्नै दल (नेकपा)लाई सत्ताबाट विस्थापन गनेर् पात्रहरू सम्भवतः आफ्नो पार्टीका निर्वाचित प्रधानमन्त्री (सरकार–प्रमुख)को बिनाबित्था, बेमौसमी र बेसोमती दुव्र्यवहारका कारण उनलाई सत्ताबाट बेदखल गर्न बाध्य भएहुन् वा आवश्यक ठानेहुन्– त्यो उनै जानुन् । तर, बारम्बारका यस्ता प्रकरणहरूले देश र देशबासीलाई भने अनाहक समस्यामा धकेलिंदै आएको पक्का हो । त्यसो त सत्ताबाट विवशतापूर्वक बहिर्गमनमा पारिएका ओलीले एकाध बाहेक धेरै चाहिं गलत काम नै गरिरहेकै हुन् । देश र देशबासीलाई फाइदा हुनेभन्दा आफू र आफ्ना कोटरीका नितान्त स्वार्थीहरूलाई लाभ हुनेगरी विवादास्पद बनेरै उनले सत्ता–समय घर्काए । त्यसको सजाय भनौं या उपदान भनौं, उनी सत्ताबाट हुरर्याइएकै हुन् ।
अब यतिखेर आफ्नै सरकार ढालेर राजनीतिक रूपमा विरोधी कांग्रेसलाई सत्ताको गुलदस्ता सुम्पने नेकपाई बागीहरूले कतिञ्जेल शेरबहादुर देउवालाई काखी चेपिरहने हुन्– झन् भेगिलो र अविश्वसनीय छ । सत्तामा पुगेपछि ओलीभन्दा कम उन्मत्त र मैमत्त नहुने इतिहास बनाएका देउवाको सत्ता–यात्रा पनि कतिञ्जेल हो, यसै भन्न सकिन्न । ‘आमाको दूधले नपुगेर बाउको घुँडा चुस्न पुगेको’ आहानजस्तो हालतमा रहेका माधव नेपाल र प्रचण्डहरूले अब यो सौतेनी शासन–सत्तालाई कसरी र कहाँसम्म सुचारु तुल्याउन सक्लान वा विवश होलान् – यो प्रश्न यतिबेला गम्भीर छ ।
नेपालमा राजनीति केवल सत्तासुख र शक्तिका लागि गरिन्छ भनिने गरिएझैं देउवाको नेतृत्वमा गठित सरकारले शासन शुरु गरेको ३ साता बितिसकेको छ । सरकारका निम्ति काम गनेर् समय ३ हप्ता कम्ती होइन, तर जनहितका काम थालनी नगरी ‘शासन’ मात्र गर्न खोज्ने शैलीको पहिलो प्याकेजमा सरुवा–बढुवा, खारेजी, निलम्बन इत्यादिको परेड खेल्न शुरु गरिएको छ ! सत्तालाई सुखभोगको साधन तुल्याउन खोज्नेहरूको चाहना असंख्य हुन्छ नै, त्यस्तालाई भने ओलीको पालामा झैं देउवाकाल पनि फलिफापपूर्ण नहुने कुरै भएन ।
वर्तमान सरकारले मन्त्रिमण्डललाई पूर्णता दिन अझसम्म सकेको छैन । मन्त्री बन्न सांसदहरू मरिहत्ते गरिरहेका छन्, गुट फेरिरहेका छन्, फोरिरहेका छन्, आफ्नो स्वार्थी चरित्र देखाइरहेका छन् । आखिर शीर्ष नेताहरूकै स्कूलिङ पदलालचीको रहँदै आएको परिदृश्यमा त्यो अन्यथा नहोला । शीर्ष नेतृत्व जस्ता छन्, त्यस्तै नेता र कार्यकर्ता उत्पादन हुने न हुन् । तर, यसले नेपाली राजनीतिकर्मीहरूको समग्र दुष्चरित्र नांगेझार त बनाइदिएकै छ । वर्तमान खिचडी सरकारका प्रमुख सूत्रधार माओवादी सुप्रिमो प्रचण्डले त आफ्नो तनाव सार्वजनिक नै गरिसके भने एमालेका अर्का बागी माधव नेपाल पनि कम दबाबमा छैनन् । यद्यपि यो कुरा जनताका हकमा खास होइन ।
भन्नैपर्छ – देशको हित र नागरिकको कल्याण गर्न नभई देशको ढिकुटी र त्यसका पाश्र्व स्रोत–साधन मनपरी दोहन गर्नकै लागि नेपालमा दल र त्यसका मरिहत्ते गनेर् कार्यकर्ता असंख्य छन्, उत्पादन गरिएका छन् । आम जनताको अपेक्षा विपरीत विधि–विधान थोपनेर्, देश र यहाँका नागरिक प्रतिकूल एजेण्डा लाद्ने, बाह्य सहयोगको नाममा अपारदर्शी तवरमा जनतालाई सकेसम्म भ्रममा पारेर अनेक शीर्षकमा अनुदानको झोली थाप्ने, विदेशीहरूको तलुवा चाट्ने हर्कत गनेर् र हरतरहले आफू गलत कामबाटै मालामाल हुन चाहने नेता हुन् वा कार्यकर्ताहरू – ती सब गद्दार हुन् ।
हाल गठबन्धन भनिने खिचडी सरकारमा कुन ओहदा वा स्थानमा कसले कति हिस्सा ओगट्ने, कुन पात्रलाई कुन ठाउँमा आसिन गराउने, कुन–कुन विदेशी सरकारको हुकूम मान्ने… यावत् नौटंकी चलिरहेकै छ । यहाँनेर उल्लेख गनैर् पर्छ, निवर्तमान सरकारलाई अठ्याउने तत्व नै वर्तमान देउवा–सरकारमाथि हाबी छ । त्यसैका निमित्त ‘उच्चस्तरीय राजनीतिक संयन्त्र’ या यस्तै कुनै नाममा प्रधानमन्त्री देउवामाथि सवार हुने एजेण्डा चालू छन् । देउवा आफै सत्ताका हकमा सदाचारी, सक्षम र निष्पक्ष पात्र हुँदै होइनन् भन्ने त उनकै विगत काफी छँदैछ । अबका दिनहरूमा अर्थात् करीब डेढ वर्ष अरू नै दलका नेताको ‘आज्ञापालक’ बनेर, कसैले नटेनेर् अक्कडो स्वभावका देउवाले कसरी आफ्नो शासन–सत्तालाई सुचारु तुल्याउन सक्लान् वा नसक्लान् – राष्ट्रिय राजनीतिको दिशा फेरि के र कस्तो होला – यस्तै गम्भीर एवम् सकसपूर्ण प्रश्नहरूले यतिबेला समय गिजलिएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



