
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
मोरङ, १० असोज । मोरङ बिराटनगर महानगरपालिका १४ जतुवा कि २५ बर्षीया आरती देवी यादवलाई लागूऔषध गाँजा सहित पक्राउ गरिएको छ । हिजो दिउसो साढे १२ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनको घरबाट लुकाई छिपाई राखेको १७ केजि गाँजा बरामद गरेको हो । गाँजा बरामद भए पश्चात आरती देवीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
दमक, ९ असोज–झापाको दमकमा आज नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटी घोषणा तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा दमक नगरका पूर्व प्रमुख इन्द्रबहादुर बुडाथोकीको प्रमुख आतिथ्यतामा दमक नगर कमिटी घोषणा तथा सपथ ग्रहण भएको हो । नगर कमिटीको अध्यक्षमा महेश घिमिरे, उपाध्यक्षमा सुमन कार्की, हमला सिटौला, बिराट जबेगु लिम्बू छन् । सचिवमा निर्मल लामिछाने, सहसचिवमा रोशन भण्डारी छन् । त्यस्तैं, कमिटीको सदस्यहरुमा चन्द्र थापा, राजु भट्टराई, युवराज दुलाल, तारादेबी धिमाल, गोमादेवी कटुवाल, किरण भट्टराई, उमेश बुडाथोकी, कमला श्रेष्ठ, प्रेम भुजेल, जीवन सेढाई, युवराज घिमिरे, कमला बोहोरा, मनकुमार दर्नाल, जुलन गजमेर, प्रेम नेपाल, मदन…
झापा, ९ असोज । नजिकिँदो चाडपर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय झापाले सुरक्षा योजना बनाएको छ । चाडपर्वका समयमा हुन सक्ने आपराधिक र उत्छृङ्खल गतिविधि रोक्न रणनीतिक सुरक्षा योजना बनाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । “जिल्लाको समग्र शान्ति सुरक्षालाई प्रभावकारी बनाउन प्रहरी परिचालनलाई व्यवस्थित एवम् परिणाममुखी बनाउन चाडपर्व लक्षित सुरक्षा योजना तयार गरिएको छ”, उहाँले भन्नुभयो, “कोरोना भाइरसको महामारीको विषम परिस्थिति समेतलाई मध्यनजर सुरक्षा योजना अघि सारिएको छ ।” धार्मिक तीर्थस्थल, शक्ति पीठ, मठ मन्दिर लगायतका स्थानमा भक्तजनहरूलाई सामाजिक दूरी कायम गरी सुरक्षा व्यवस्था मिलाइने कार्यालयले जनाएको छ । अराजक, उच्छृङ्खल गतिविधि…
फिल्म ‘छ माया छपक्कै’ का निर्माता दीपकराज गिरी, दीपाश्री निरौला र रोहित अधिकारीको सहकार्यमा नयाँ फिल्म ‘कालो कोट’ बन्ने भएको छ । दसैंपछि छायाँकनका लागि फ्लोरमा निस्कने फिल्मको लेखन प्रदीप भारद्वाजले गर्दैछन् । निर्माता मध्येका एक रोहित अधिकारीले फिल्मको कथा राम्रो भएकोले स्क्रिप्ट लेखन कार्य भइरहेको बताए । ‘कथा राम्रो छ । स्क्रिप्ट पनि राम्रो भयो भने छिट्टै फिल्म बन्छ’ अधिकारीले थपे । फिल्म ‘कालो कोट’ को पटकथा लेखक भारद्वाजले नै राखेका हुन् । कथासँग मिल्ने गरेर उनले यो नाम राखेका हुन् । नामअनुसार वकिलहरूको कथालाई फिल्मको विषयवस्तु बनाइएको अनुमान लगाउन सकिन्छ । फिल्मका निर्देशक भने अहिले टुङ्गो लागेको छैन…
इटहरी, ९ असोज । सुनसरी इटहरी उपमहानगरपालिका–३ सुनौलो टोलका ६२ बर्षीय देवी प्रसाद अधिकारीले छिमेकी २१ बर्षीय राजु थापालाई छुरा प्रहार गरी हत्या गरेका छन् । हिजो बेलुका सामान्य घरयासी बादबिबाद हुँदा अधिकारीले छातीमा छुरा प्रहार गरी गम्भिर घाइते बनाएका थापाको उपचारको लागी घोपा धरानमा पुर्याउन साथ मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय इटहरीबाट प्रहरी टोलीले हत्या गर्ने देवी प्रसाद अधिकारीलाई पक्राउ गरेको छ । घटनाबारे इलाका प्रहरी कार्यालय इटहरीले थप अनुसन्धान गरिरहेको छ ।
तित्राके लेख्ने भन्ने विषय नजुराइ लेख्न बसेंछु । कुनै नयाँ सिर्जना कल्पनाले मस्तिष्कमा फेरो मारेको थिएन । नयाँ सिद्धान्त, दर्शन, चिन्तन भन्ने कुरा पनि इण्डियन विषादीयुक्त दाल, चामल, तेल, तरकारी खाएर चाइनिज ज्याकेट जुत्ता लाएर, अमेरिकन ह्याट ढल्काएर, युरोपियन आर्इृएनजीओ, एनजीओको डलरले खाइजीविका गनेर् मबाट सम्भव थिएन । देशमा आफ्नो भन्नु तिनै पृथ्वीनारायण शाह, भक्ति थापा, नेपालको झण्डा र सगरमाथा बाहेक अरु केही छैन । ‘कोदो खाएपछि कालै आउँछ’ भने झैँ सिर्जना कल्पना पनि परिवेश अनुसार नै आउने भए । कलम समाएर कागज रंग्याउन त थालिनै हालियो, अब के लेख्ने ? पत्रिकाको एउटा कुनो त भनैर् पनेर् छ । केही नभए दुक्की नै फ्याँक्नु भनेर बाह्रमासेहरूले…
राजबाबु शंकरनेपाली राजनीति विखण्डीकरण तर्फ यात्रारत छ । राजनीतिक मूढताका कारण मुलुकीको जीवनदैनिकी टुटेको एउटा सुन्दर काँचको ग्लासजस्तो बनेको छ । हाम्रो मुलुकको समकालीन राजनीतिमा उत्पन्न गञ्जागोलबीच देखिएको परिदृश्यले आम नागरिकको बेचैनी बढाई नै रहेको छ । राजनीतिका नाममा सारा लाजशरम पचाएर निजी लाभको भौडीमा कुहिगन्धे बन्न पुगेका सरकार सञ्चालकहरू र केही दलका नेतागण यसबेला मिलिनियम च्यालेन्ज कपोर्रेशन नामधारी अमेरिकी सहयोग परियोजनाको एजेन्ट समेत बन्न पुग्नुले उनीहरू नेपाल र नेपालीजनप्रति कति संवेदनशील, कति उत्तरदायी र कति जवाफदेही रहेछन् भन्ने पर्दाफास नै भइसकेको छ । एउटा विदेशी परियोजना, जो नेपालको विद्युतीकरण र त्यसका लागि आवश्यक निर्माणस्थलसम्म पुग्ने सडकसँग सम्बन्धित छ, मार्फत आउने भनिएको ५० अर्ब…
झापा, ९ असोज । झापा प्रहरीले सामाजिक सञ्जालमा लोभ देखाएर ठगी गरेको आरोपमा एक जना चर्चका पादरीलाई पक्राउ गरि कारवाहीका लागि काठमाडौं पठाएको छ । पक्राउ पर्नेमा भारत सिलिगुडीका ३३ वर्षीय सन्दीप क्षेत्री रहेका छन् । क्षेत्री पाँच लाख १० हजार ठगी गरेको आरोपमा काँकडभिट्टाबाट पक्राउ परेका हुन् । यो घटनाले सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर, ह्वाट् एप, इमोलगायतबाट लोभ देखाएर ठगी गर्ने क्रम अझै नरोकिएको पाइएको छ । त्यस्ता गिरोहले पार्सल पठाइदिन्छु भन्दै लाखौँ नगद ठगी गर्दै आएको प्रहरी अनुसन्धानमा खुलेको छ । उनले फेसबुकमा आफूलाई यूके नागरिक हुँ भन्दै न्यान्सी माइकलको नामबाट महिलालाई लोभ देखाएर विभिन्न प्रकारका उपहार पठाएको…
झापा, ९ असोज । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज झापासहित ६४ जिल्लाका पालिकामा अधिवेशन शुरू हुँदैछ । वडा अधिवेशन सम्पन्न भएका जिल्लाको पालिका एवम् नगर अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । क्रियासिल विवाद कायम रहेका जिल्लामा कहिले अधिवेशन गर्ने भन्नेबारे निर्णय हुन बाँकी छ । काठमाडौँको नगर अधिवेशन भने यही असोज १६ गते हुनेछ । दश प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको काठमाडौँमा काठमाडौँ महानगरपालिकासहित ११ स्थानीय तह र १३८ वडा रहेका छन् । शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले पार्टीको १४ औं महाधिवेशनको मिति नसर्ने स्पष्ट पारेको थियो । पार्टीको…
झापा, ९ असोज । नेपाल रेल्वे कम्पनी लिमिटेडले भारतसँग खरिद गरेको दुई सेट रेलको वारेन्टी सञ्चालन हुनुअगावै सकिएको छ । उक्त रेल एक वर्षअघि भारतको कोंकण रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा खरिद गरिएको दुई सेट रेलको एक वर्षे वारेन्टी सकिएको नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । नेपाल रेल्वे कम्पनीले भारतीय रेल निर्माण कम्पनी कोंकण रेल्वे कम्पनीसँग खरिद गरी दुई सेट रेल २०७७ असोज २ गते जनकपुर ल्याई नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गरेको थियो । सो रेल सोही दिन धनुषाको इनर्वा रेल्वे स्टेसनमा त्रिपालले छोपेर थन्काइएको थियो । खरिद गरेको एक वर्ष पूरा भएपछि उक्त रेलको…