
तित्रा
के लेख्ने भन्ने विषय नजुराइ लेख्न बसेंछु । कुनै नयाँ सिर्जना कल्पनाले मस्तिष्कमा फेरो मारेको थिएन । नयाँ सिद्धान्त, दर्शन, चिन्तन भन्ने कुरा पनि इण्डियन विषादीयुक्त दाल, चामल, तेल, तरकारी खाएर चाइनिज ज्याकेट जुत्ता लाएर, अमेरिकन ह्याट ढल्काएर, युरोपियन आर्इृएनजीओ, एनजीओको डलरले खाइजीविका गनेर् मबाट सम्भव थिएन । देशमा आफ्नो भन्नु तिनै पृथ्वीनारायण शाह, भक्ति थापा, नेपालको झण्डा र सगरमाथा बाहेक अरु केही छैन । ‘कोदो खाएपछि कालै आउँछ’ भने झैँ सिर्जना कल्पना पनि परिवेश अनुसार नै आउने भए ।
कलम समाएर कागज रंग्याउन त थालिनै हालियो, अब के लेख्ने ? पत्रिकाको एउटा कुनो त भनैर् पनेर् छ । केही नभए दुक्की नै फ्याँक्नु भनेर बाह्रमासेहरूले भनेको सुन्या थिएँ । मैले पनि आज त्यही दुक्की फ्याँक्नु पर्यो भन्ने विचार गरेँ । अहिले हाम्रो देश दुनियाँको सन्दर्भमा दुक्की फ्याँक्नु भनेको झिंगा भन्किएको राजनीतिको गर्तमा फाल हान्नु नै हो । आज चाहिँ राजनीतिको दुक्की फ्याँकेर नै पत्रिकाको छाक टानेर् निधोमा म पुगेँ ।
फेरि विचार गरेँ, बाह्रहातको लामो टाँगोले पनि म राजनीतिलाई छुन सक्ने मान्छे होइन । उहिले सानो छँदा बा–आमाले राम्ररी पढ्नु पर्छ छोरा ! भन्नुभयो, पढेँ । पढिसकेपछि जागिर खानुपर्छ भन्नुभयो, खाएँ । लु अब बिहे गर्नुपर्छ भन्नुभयो, गरेँ । त्यसपछि हामीलाई नाति–नातिनाको मुख हेनेर् रहर छ भन्नुभयो, त्यो पनि मैले थाहै नपाइ पूरा गर्दिएँछु । राम्ररी दाएको घोडा झंै म आफ्नो बाटोमा हिँडिरहेँ । राजनीतिसँग जिन्दगीमा कहिल्यै कतै भेटघाट नै भएन । अनि कसरी राजनीतिको कुरा जान्नु र लेख्नु ?
स्कूल पढ्दा सरहरूदेखि डर लाग्थ्यो, कहिल्यै मास्टर कुट्न सकिन । हुलहुज्जत हुल्दुङ्गा गर्न जान्दै जानिन । परीक्षामा चोनेर् आँट कहिल्यै आएन । साथीभाइसँग कुटाकुट गरेर मामाघरको सिमन्टी तताउन एकै पटक पनि पुगिन । तन्नेरी भएपछि पनि उद्योगी, व्यापारी, तस्कर, बिचौलिया, पुलिस, जाली, फटाहा…आदि जस्ता महानुभावहरूसँग मित्रताको हात बढाउन सकिन । मानेर् मनेर्का नाउँमा बारीमा खनजोत गर्दा अन्जानमा केही कीरा–फट्याङ्ग्रा–कमिला मरेका भए मात्रै हो, एउटा कोही मान्छेलाई मार्न सक्या होइन । साँच्चै ठूलो राजनीतिज्ञ बन्न हजारौँ हजार मान्छेलाई इहलोकबाट डाँडा कटाउनु पर्दाेरहेछ । मलाई के थाहा ? म त बा–आमाको अनुशासित छोरो ।
कहिल्यै कस्तै अवस्थामा पनि धर्म छोड्नु हुँदैन, नीति नियमभित्र बस्नु पर्छ, अर्काको सम्पत्तिमा आँखा गाड्नु हुँदैन, ढाट्नु छल्नु चोर्नु हुँदैन, सित्तैमा कसैको केही खानु हुँदैन भन्ने पारिवारिक स्कूलमा हुर्किएर त्यसैको अनुशरण गदैर् आएको म जस्तो मान्छेले हाम्रो देशको राजनीति के बुझ्नु, के लेख्नु ! म अहिले त्यही दुक्की फ्याँक्न पनि नसक्ने नजान्ने भएको छु । खै कुन पार्टी फुट्यो अरे, त्यो फुटेको चोइटिएको पार्टीमा हाँपझाँप गदैर् गयो भने ठूलै पद पाइन्छ, सदस्यसम्म केन्द्रकै पाइन्छ भनेर राजनीतिको भेलामा माछा छोप्न कहिल्यै जानिएन । जान्ने–बुझ्नेहरू लाइनमा बसिरहेका छन् । राजनीतिक पद पाएर पद अनुसार देश काल परिस्थिति अनुरुप कोपर्न दार्न चुस्न छिनाउन लुछ्न, झम्टिन, अँठ्याउन नजान्ने नसक्नेका निम्ति के गर्नु र त्यो पद ?
अहिले देशमा सित्तैमा आएको पाएको पचास अर्ब रुपैयाँ त्यत्तिकै छोड्नु हुँदैन । त्यसलाई ल्याउनु खानु पर्छ भनेर राजनीतिका खेलाडीहरू भन्दैछन् । बाहिर घिउ दलेर वास्नादार बनाएर मुसा मार्न फ्याँकिएको आँटाको डल्लो जस्तै हो त्यो रुपैयाँ – खानु हुँदैन भनेर सारा जनता खबरदारी गरिरहेका छन् । सित्तैमा पाए जे पनि खाने राजनीतिज्ञ र सित्तैमा प्राप्त चिजमा पाप लुकेको हुन्छ, कलुषित भावना हुन्छ, कल्षम व्याप्त हुन्छ भन्ने जनताबीच दोहोरी चलिरहेको छ । यो पनि राजनीतिक कुरो नै होला, हामी जस्तो सामान्य मान्छेले के जान्नु ?
राजनीतिका कुरा धेरै नजाने पनि एउटा कुरा चाहिं मलाई मज्जा लागेको छ । अहिलेको गठजोड सरकार बनेको दुई महिना नाघेर अरू धेरै दिनहरू बितिसकेका छन् । अहिलेसम्म मन्त्रीमण्डलले पूर्णता पाएको छैन । कर्मचारीहरूले नै काम गरिरहेका छन् । मन्त्री नहुँदा पनि हुँदो चल्दो रहेछ त ! बेलैमा सबै मन्त्री बनेका भए अहिलेसम्ममा कति तलब–भत्ता खाइसक्थे होलान् ? कति कमिशन, नजराना, अरू के के लतारी सक्थे होलान् ! आफ्ना भाइ भतिज भान्जा साला साली सम्धी……हरूलाई अनेक पद सिर्जना गरेर खुवाइसक्थे होलान् ! त्यो रकम चाहिं यो सरकारले सुप्पथ बचाएको छ । सरकारले राम्रो काम गरेन भनेर मान्छे बित्थामा गीत गाउँदै हिँड्छन् । अठाह्र–बीस जना मन्त्रीले डाढु पन्यु हातमा लिएर यो दुई अढाई महिनामा मुठी फुकाएर बाँड्दा कति आफ्ना भागमा र कति आफन्तका भागमा बाँडिसक्थे होलान् । राष्ट्रको पैसो जोगाएकोमा बधाई छ – यो सरकारलाई ।
राजनीतिमा ‘माछो माछो–भ्यागुतो’ को खेल साह्रै टेसिलो हुन्छ । अनेक कलबल छल गरी दल अदल बदल गरेर आएका गठबन्धनका साथीहरूलाई कसैले पार्टी चोइट्याएर आउन चाहिँ आओ न, मन्त्री नै नाथे कति खान्छौ – त्यसको निम्ति म भएँ भनिदिएपछि लोभी पापीहरूको ओइरो लाग्यो । पार्टी दर्ता गरेर सरकारलाई सघाएकोे दुई महिना नाघिसक्यो, मन्त्री खान पाउने अत्तोपत्तो छैन । अहिले धेरै मन्त्री पाउनु त कता हो कता, एक दुई वटा पाउन पनि क्या हो, कसो भयो । ब्याइते भए पो हक अधिकार हुन्थ्यो, पोइला आइतेको किन विश्वास गथेर् ? फेरि अकोर् कसैले लोभलालच देखायो भने उतै बग्छन् । सधैं आशको पासोमा लोभ्याएर झुण्ड्याएर राख्यो, अन्त्यमा माछो माछो भ्यागुतो ! राजनीति भनेकै त्यही हो । पूर्व प्रधानमन्त्रीले भनेझैँ सिरक ओडेर रुनु र झोलमा डुबेर मर्नु बाहेक अब के रह्यो र ! राजनीतिमा यसको बेग्लै स्वाद हुन्छ क्यार ? आफूलाई के थाहा ! के पत्तो !
यस्ता कुरा राजनीति जान्नेहरूले छिचोलेर गर्छन् । राजनीतिको गति र दुर्गतिमा यिनीहरू आफै पुगेका हुन् कि अरू कसैले पुर्याएको हो ? पार्टी फुटाउने टेण्डर कसले खोल्यो, कति जना सहभागी थिए, कसरी कसरी कसलाई पर्यो, ठेक्का टेण्डर कति कामयाव भयो– राजनीति गनेर्हरूले नै यस्ता कुरा जान्दछन् । राजनीतिको रस नचुसेकाले के जान्नु ! आफूले त यसो गफ गनेर् विषय केही नहुँदा दुक्की फ्याँक्ने सम्मको कुरो मात्रै हो, घुस नखाने मान्छे घुस भ्रष्टाचार सम्बन्धी लेखेको लेख एउटा घुस्याहा भ्रष्टाचारीले पढ्यो भने – यो बिचरा लेखकलाई यति मात्रै थाहा रैछ, मसँग ट्युशन पढ्न आउनु नि । पास बनाएर पठाइदिन्थेँ भन्दै तिघ्रा ठटाएर हाँस्तो हो । मेरा राजनीतिका गफ पनि यस्तै हुन्छन् ।
राजनीतिले शब्दकोशिय अर्थ छोडेपछि यो आफै भुमरीमा पर्यो । अनेकौं बठ्याइँ, धूत्र्याइँ, छलकपट गरेर सत्तामा पुग्ने, त्यसपछि देश दोहन गनेर् अहिलेको सफल राजनीतिज्ञ बनेका छन् । शब्दको अर्थले नै ठाउँ छोडेपछि बाँकी के रह्यो र ! अहिलेको राजनीतिमा पैसा पाइने भयो भने आमा–बाबु पनि बेच्न सक्नुपर्छ । त्यस्तो काम गर्न त के सोच्न सम्झन पनि नसक्ने मान्छेले राजनीतिका कुरा के बुझ्नु, के लेख्नु ?
अहिले भर्खर देशमा मान सम्मान पदवी विभूषणको ठूलो हल्लाखल्ला चलेको छ । कस्ले देशको दोहन गर्न बढी सफल भयो, उसैलाई राष्ट्रले सम्मान गरेको छ । सत्तावाला नेताहरूले निकट सम्बन्ध भएकाहरूले पनि राष्ट्रसेवाको पगरी पाएका छन् । कुनै दिन निर्वाचन भइहाल्यो भने– मैले मेरो बाबुलाई विभूषण दिलाउन सफल भएँ । म त्यस्तो खतरा नेता हुँ भन्दै मत माग्छन् कि के गर्छन् ? मैले मेरी श्रीमतीलाई राष्ट्रसेवाको पदवी दिलाउन सकेँ । म त्यस्तो खतरा क्रान्तिकारी नेता हुँ । अकोर् पटक पनि मत दिएर जिताउनु भयो भने मेरा दिवङ्गत माता–पितालाई पनि मरणोपरान्त सम्मान पुरस्कार दिलाउन दिलोज्यानले लाग्ने छु । मेरा छोरी, बुहारी, ज्वाइँ, श्रीमती, सम्धी…… आदिको पालो पुगेपछि तपाईंहरूले पनि यो अवसर पाउनु हुनेछ भन्ने कुरामा विश्वास दिलाउन चाहन्छु…… आदि भनेरै त भोट माग्लान् नि ? म पार्टी फुटाउन सफल भएँ, मैले पार्टी फुटाउन सहयोग गरेँ, हामी खतरा क्रान्तिकारी हौँ । हामी संयुक्त भएर भोट माग्न तपाईंहरूका घरदैलोमा आएका छौं भन्दै आउने सम्भावना पनि प्रबल देखिँदैछ । हुन त राजनीतिक कुरो हो, देश लुटेर विदेशी बैंक भर्न नजान्नेले राजनीति के जान्नु र !
अब यो देशमा नागरिकता प्रशासकले होइन, डाक्टरले दिए पनि हुन्छ । यसो आँखा च्यात्यो, जिब्रा निकाल्न लायो, भुँडीमा ग्यास भरिएको रहेछ भने नागरिकताको प्रमाण–पत्र त्यहीँ दिए हुन्छ । त्यस्तो लक्षणको पक्कै नेपाली हुन्छ । नब्बे प्रतिशतलाई भोक तिर्खाले ग्याष्टिक भएको छ भने दश प्रतिशतलाई अजीर्णले । अहिले आएर यो देशलाई सरकारलाई पनि ग्याष्टिक भएजस्तो छ । ग्याष्टिक भएपछि कब्जियत हुन्छ । कार्यपालिका व्यवस्थापिका न्यायपालिका निर्वाचन आयोग, अख्तियार…… आदि ठाउँबाट काँही कतै सहज निकास छैन । सब कब्जियतले ग्रष्त ! सरकार र देश चाहिँ पश्चिमी तातो वायु र उत्तरी चिसो वायु जुधेको कारण दुर्गन्धित ग्यास मात्रै फ्याँकिरहेको छ । दुई वटा वायु जुधेपछि कहिले करङ घोच्छ, कहिले मुटु पोल्छ, सधैँ टाउको दुखिरहन्छ, काम गनेर् जाँगर आउँदैन । डाक्टरकहाँ गयो, एकछिनको निम्ति जाति हुने पेनकिलर दिन्छ । त्यसले झन् ग्यास कुइरीमण्डल भएर बल्झिन्छ । डाक्टर लाउनुभन्दा पनि कुनै जानपा बोलाएर भाकल भाकेर निको हुन्थ्यो कि ? हुन त सरकार देश राजनीतिका कुरा हामी के जान्नु ! मान्छे मारेको छैन, बैंक लुटेको छैन, ढुकुटी चोरेको छैन, पार्टी फोरेको छैन ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



