
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
राजेश ढुंगानानेपाली कांग्रेस विगत अर्थात् २०४७ सालको जनआन्दोलन लगत्तैजसो भएको आम निर्वाचन पश्चात् नै दुई धार वा बहुधारमा हिंड्न थालेको हो । त्यसो त २०१७ सालपछि नै र जन्मैदेखि दुई धारमा चलेको हो । तर, त्यतिबेला धारहरू सैद्धान्तिक एवम् वैचारिक थिए । तर, २०५० साल यताका धारहरू कुनै विचार र सिद्धान्तका लागि भएका छैनन्, होइनन् । केवल नितान्त निजी स्वार्थ, सत्ताप्राप्ति एवम् त्यसबाट प्राप्त हुने अवैध आर्जनका लागि मात्र थिए । अपवाद बाहेक सत्तामा बस्नु नपरेको कांग्रेस यतिबेला लामो समयपछि सत्ता बाहिर रहनु परेकोले पानी बिनाको माछा झैं छट्पटाई रहेछ । सत्ता÷शासन सेवाका लागि हो भन्ने बिर्सेर मेवा खाने साधनमा…
झापा, २२ बैशाख । झापाको मेचीनगर नगरपालिका–४ स्थित आमडाँगीमा हात्तीले क्षति पु¥याएको छ । आज दिउँसो मेचीनगर–४ आमडाँगीमा २ वटा जंगली हात्ती आएर सोही स्थानका बालगोपाल खड्काको एक तले टिनको घर, अन्नपातमा क्षति पु¥याएको छ । हात्तको उत्पातका कारण करिब ३० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, २२ बैशाख । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर हालसम्मकै महँगो बन्दा अस्ट्रेलियन डलर, पाउन्डसहितका केही मुद्रा भने सस्तिएका छन् । तर, युरो, कुवेती र बहराइन दिनार लगायत कतिपय मुद्राको भाउ भने आज पनि बढेको राष्ट्र बैंकले जनााएको छ । आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ८५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४५ पैसा छ। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो । हिजो अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा थियो। तीन दिनसम्म एउटै मूल्यमा स्थिर रहेको…
झापा, २२ बैशाख । सरकारले निजामती कर्मचारी ट्रेड युनियन खारेज गर्ने निर्णयलाई ६ वटा कर्मचारी संगठनले अस्वीकार गरेका छन्। सोमबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेसी निजामती कर्मचारी मञ्च तथा स्वतन्त्र राष्ट्र सेवक कर्मचारी संगठनका केन्द्रीय अध्यक्षहरूले सरकारको कदमलाई स्वेच्छाचारी भन्दै खेद प्रकट गरेका हुन्। विज्ञप्तिमा नेपालको संविधानको धारा १७ र धारा ३४, प्रचलित ट्रेड युनियन तथा श्रम ऐन, मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ को धारा २० तथा श्रमसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि नम्बर ७, ९, १४४, १५१ र १५४ ले श्रमिक तथा राष्ट्र…
इलाम, २२ वैशाख । इलामको पर्यटकीय गन्तव्य अन्तु पोखरी चार दशकअघिसम्म भैँसी चरन क्षेत्र थियो । विसं २०४० सम्म यहाँ चार गाउँका मान्छेले भैँसी चराउँथे । एकापट्टि पानीको आल थियो । अन्त पानी सुके पनि यहाँ कहिल्यै सुक्थेन । वरिपरि घर थिएन । जङ्गल पनि थिएन । तर, दिउँसै रात परेजस्तो सुनसान हुन्थ्यो । त्यो बेला दिउँसै रातपर्ने अन्तु पोखरी आसपासमा अहिले मध्यरातसम्म उज्यालै हुन्छ । “हामी केटाकेटी हुँदा २०–२२ भैँसी चराएको । अन्तु डाँडा, बुधेडाँडा, उनीउटार, तकपत, छिरुवातिरका भैँसी चराउन र पानी खुवाउन यहाँ ल्याइन्थ्यो”, स्थानीय खगराज घिमिरेले भन्नुभयो, “दुई बजेपछि अन्धकार हुने । मान्छे हिँड्नै डराउँथे । भैँसी…
बिर्तामोड, २२ बैशाख । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १ मा बालक्लबका पदाधिकारीहरुलाई प्रतिवेदन लेखन तालिम सम्पन्न भएको छ । आदर्श बालक्लबका २९ जना बालबालिकाहरुको लागि आयोजित २ दिने तालिम सम्पन्न भएको हो । योसंगै सामाजिक सञ्जालको प्रयोग, लागुपदार्थ दुर्व्यसनी, व्यक्तिगत घटना दर्ता लगायतका विषयमा तालिम प्रदान गरिएको वडासचिब जानुका बस्नेतले जानकारी दिनुभयो । तालिममा चेतना नेपालका सञ्चालक ईन्द्रप्रसाद ओली र प्रेम कुमार सेडाईले प्रशिक्षण प्रदान गर्नु भएको थियो ।समापन कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड १ का वडाअध्यक्ष तथा नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेले देशको नेतृत्वमा पुग्ने बालबालिकाहरुलाई यस प्रकारको ज्ञान आवश्यक भएकोले तालिमको आयोजना गरिएको बताउनु भयो । आगामी वर्षको बजेटमा…
झापा, २२ बैशाख । पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने तराईमा आंशिक बादल लाग्नेछ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र गण्डकी प्रदेशका केही स्थानहरु तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात हुने छ । त्यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ भने बाँकी प्रदेशमा आंशिक बादल लाग्नेछ । कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने छ भने बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा÷हिमपातको सम्भावना रहेको छ महाशाखाले जनाएको छ ।
देवेन्द्र के. ढुङ्गाना नागरिकता पुरिएको बस्तीमा माटोले चिच्याइरहेको छ— ‘हामी छौँ, हामी जिउँदै छौँ!’ सिमसिम पानीले धोइरहेको छैन पीडा, बरु झन् प्रष्ट देखाइरहेको छ राज्यको संवेदनहीन अनुहार। त्यहीँ, चिसो हावासँग काँप्दै जीर्ण अस्थिपंजर जस्तो जीवन बोकेर मिनाकुमारीहरु उभिएकी छन्— आँखाभरि प्रश्न, हातभरि खालीपन, र मनभरि अधुरो अस्तित्व बोकेर । उनीहरु खोजिरहेकी छिन्— कुनै सुन होइन, कुनै सम्पत्ति होइन, एउटा कागज— तर त्यो कागज होइन केवल कागज, त्यो हो नाम, पहिचान, अधिकारको ढोका खोल्ने साँचो- नागरिकता । तर डोजरले बुझेन कागज र अस्तित्वबीचको सम्बन्ध। डोजरले देखेन किताबका पानामा लुकेको भविष्य, नागरिकतामा लेखिएको जीवन। तयारीविहीन निर्णयका फलस्वरूप राज्यले चलायो आफ्नो शक्ति— तर…
दिपक चन्द भद्रपुर, २१ बैशाख । वर्षैभरि प्रायः सुनसान रहने देशकै पुरानो सहर भद्रपुर बजारमा यतिबेला भने चहलपहल बढ्न थालेको छ । नेपाल सरकारले सीमावर्ती भन्सार नाकामा कडाइ गरेसँगै स्थानीय बजारमा व्यापारिक सम्भावना देखिन थालेपछि यहाँका नेपाली व्यवसायीहरु खुसी भएका छन् । लामो समयदेखि भारतीय बजारमा निर्भर रहेका उपभोक्ता र व्यापारीहरू क्रमशः स्वदेशी बजारतर्फ फर्किन थालेपछि भद्रपुरको व्यापारमा सकारात्मक सङ्केत देखिएको छ । भारततर्फबाट नेपाल ल्याउँदा रु एक सयभन्दा बढीका सामानमा भन्सार लाग्ने भएपछि नेपालतर्फबाट बजार चलायमान हुन थालेको स्थानीयहरु बताउँछन् । झापाको भद्रपुर आसपासका स्थानीयका लागि भारतको विहार राज्यअन्तर्गत पर्ने गलगलिया बजार प्रमुख किनमेल केन्द्रका रूपमा स्थापित थियो ।…
रुकुम पूर्व, २१ बैशाख । रोल्पाको धार्मिक तथा पर्यटकीय स्थल जलजला जाने क्रममा वैशाख १७ गते भएको जीप दुर्घटनामा ज्यान गुमाएका रुकुम पूर्व सिस्ने गाउँपालिका–५ टाकुराका एकै परिवारका ६ जनाको पाँच दिनपछि सामूहिक अन्त्येष्टि गरिएको छ । विदेशमा रहेका आफन्तहरू आइपुगेपछि सोनोभेरी नदी किनारमा मृतकहरूको सामूहिक अन्त्येष्टि गरिएको हो । अन्त्येष्टि गरिएकाहरूमा गोर्ख बहादुर बुढाथोकी, तिलकुमारी बुढाथोकी, युवा बुढाथोकी, दिव्यन बुढाथोकी र सुदीप बुढाथोकी रहेका छन् । एउटै घरबाट लगातार शवयात्रा निस्कँदा टाकुरा गाउँ शोकमग्न बनेको छ । बैशाख पूर्णिमाको अवसरमा जलजला दर्शनका लागि जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जीप दुर्घटनामा परेर २० जनाको ज्यान गएको थियो ।…