
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भोजपुर, १८ भदौ । भोजपुर जिल्लाका बिभिन्न स्थानहरुमा प्राकृतिक रुपमा आफै उम्रिएका लागू औषध गाँजाको ८ हजार बोट तथा बेर्नाहरु प्रहरीले फडानी गरी नष्ट गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तरगत डाँडा पाखामा अबैध रुपमा लगाएका तथा आफै उम्रेका गाँजाका बोटहरु नष्ट गर्ने अभियानको क्रममा यो साता भोजपुरको इलाका प्रहरी कार्यालय घोडेटार, इलाका प्रहरी कार्यालय बोयाङ, प्रहरी चौकी हसनपुर र अस्थायी प्रहरी चौकी दुम्मानाबाट खटिएको प्रहरी टोलीले हतुवागढी गाउँपालिका र आमचोक गाउँपालिकाको विभिन्न वडा एरियाका करिव ४३ रोपनी क्षेत्रफलमा आफै उम्रिएका ४ हजार २ सय वटा गाँजाको बोट र ३ हजार ८ सय गाँजाको बेर्ना…
झापा, १८ भदौ । भाषा आयोगले सवारी साधनमा जडान हुने विद्युतीय सङ्केत (इम्बोस्ड नम्बर प्लेट) नेपाली भाषामा नै हुनुपर्नेमा जोड दिएको छ । सरकारी कामकाजको भाषा नेपाली भाषा नै हुने व्यवस्था नेपालको संविधानको धारा ७ को उपधारा १ मा रहेको स्पष्ट पार्दै आयोगले सवारी साधनको नम्बर प्लेट अग्रेजी भाषामा हुने व्यवस्थाप्रति आपत्ति जनाएको । संविधानले नचिनेको भाषा र लिपीमा नभई नेपाली भाषामा नै इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको फैसलाको समेत आयोगले जानकारी गराएको छ । सर्वोच्च अदालतले २०८१ असार ९ मा गरेको नेपाली भाषाको वर्णविन्याससम्बन्धी फैसलामा नेपालको संविधानको धारा ७ को उपधारा ३ ले भाषासम्बन्धी अन्य…
झापा, १८ भदौ । सिन्धुपाल्चोकको तारामराङ आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । मङ्गलबार राति ११ बजेर २३ मिनेटमा चार म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का सिन्धुपाल्चोक र आसपासका जिल्लाहरुमासमेत अनुभव गरिएको थियो । मङ्गलबार बिहान ६ः१५ मा पनि गोरखाको अजिकोट–३ हंशपुरलाई केन्द्रबिन्दु बनाएर चार म्याग्निच्यूडको भूकम्प गएको थियो भने दिउँसो ३ः१३ बजे दोलखाको लापिलाङ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर चार दशमलव एक म्याग्निच्यूडको भूकम्प गएको केन्द्रले जनाएको छ ।
झापा, १८ भदौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने बताएको छ । लुम्बिनी प्रदेशलगायत पहाडी भूभाग र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने हुनेछ । कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशका पहाडी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, तराई र वाग्मती प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाले वर्षाका पहिरो तथा…
विराटनगर, १७ भदौ । झापा र इलामबाट लागू औषध ब्राउन सुगरसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ १६ गते झापाको मेचीनगर नगरपालिका– ६ स्थितमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँको क्रममा अर्जुनधारा नगरपालिका(–२ का २८ बर्षीय प्रकाश योङहाङको साथबाट २ ग्राम ३२० मिलिग्राम ब्राउन सुगर फला पारी नियन्त्रणमा लिएको हो । त्यसैगरी प्रहरी चौकी फिक्कल इलामले मकवानपुर घर भई हाल सुर्यादय नगरपालिका– १० फिक्कल बजार स्थित डेरा गरी बस्दै आएका ३० बर्षीय डेबिड खरेल र सुर्यादय नगरपालिका– १० का ४० बर्षीय मनराज तामाङलाई १७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप…
कोकिला ढकालइलाम, १७ भदौ । सुधार गृहका रूपमा व्यवस्थापन गरिएको इलाम कारागार सञ्चालनमा आएदेखि क्षमताभन्दा बढी कैदीबन्दीको समस्या झेल्दै आएको छ । १२५ जना कैदीबन्दीको क्षमता रहेको कारागारमा अहिले ३३० जना कैदीबन्दी रहेका छन् । १६ महिला र ३१४ जना पुुरुष कैदीबन्दी रहेको कारागार इलामले जनाएको छ । यीमध्ये नौ जना विदेशी र पाँचजना मानसिक रोगी समेत रहेको बताइएको छ । कारागारलाई सुधारगृहका रूपमा लिइए पनि सङ्ख्या धेरै भएकाले खानेपानीको समस्या बढी हुनेगरेको कारागार प्रमुख मधु विशुुंङ्खेले बताउनुुभयो । ‘बिजुली र शौचालयको पनि समस्या उत्तिकै छ । समाधानका विभिन्न प्रयास गर्यौं र पूर्ण समाधान हुुन सकेको छैन’ उहाँले भन्नुुभयो, ‘क्षमताभन्दा…
अर्घाखाँची, १७ भदौ । अर्घाखाँचीमा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । छत्रदेव गाउँपालिका वडा नम्बर ४ का किरण गुरुङलाई उक्त अभियोगमा प्रहरीले मंगलबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख चक्रबहादुर मल्लका अनुसार निजले एक साताअघि ३४वर्षीया सुमित्राको हत्या गरेर भान्साकोठमा नै शव गाडेका थिए । छोरी हराइएको जाहेरी प्रहरीमा परेपछि अनुसन्धान गर्दा भान्सामा सडेको शव फेला परेको हो । घरायसी विवाद बढेपछि आवेशमा आफूले हत्या गरेको अभियुक्तले स्वीकार गरेका छन् । अभियुक्त प्युठानको नौबहिनी गाउँपालिका– १ स्थायी बासिन्दा हुन् । रासस
झापा, १७ भदौ । नेपाली लेखक संघ झापाले आमन्त्रित सदस्यका रुपमा पूर्वाञ्चल दैनिकका सह सम्पादक सुरेन्द्र भण्डारी सहित चार जनालाई मनोनयन गरेको छ । नेपाली लेखक संघका अध्यक्ष दयानन्द गोश्वामीको अध्यक्षतामा बसेको बैठकले पत्रकार भण्डारी सहित चार जनालाई सदस्यमा मनोनयन गरेको हो । भण्डारीसहित पत्रकार राजेन्द्र गौतम, जीआर धिताल र नारायण वहादुर वस्नेतलाई आमन्त्रित सदस्यको रुपमा मनोनयन गरिएको नेपाली लेखक संघ झापाका सचिव समिरवावु कट्टेलले जानकारी दिए । त्यस्तै वैठकले कार्यसमिति सदस्यमा कनकाई नगरपालिका ९ घैलाडुब्बा निवासी श्यामप्रसाद राजवंशीलाई मनोनित गरिएको छ । नेपाली लेखक संघ झापाले आगामी भदौ २१ गते शनिवार गौरादह नगरपालिकाको सभाहलमा माध्यमिक विद्यालय स्तरीय कविता बाचन…
शिवसताक्षी, १७ भदौ । झापाको डुँडामारीमा रहेको श्री कञ्जनजंघा बहुदेश्यीय सहकारी संस्थाले २५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । झापा दमकमा मुख्य कार्यालय रहेको उक्त सहकारीले शिवसताक्षी ८ स्थित डुँडामारी इकाईगत साधारण सभा सम्पन्न गरेको हो । साधारण सभामा संस्थाका उपाध्यक्ष विमल प्रसाद निरौलाले सञ्चालक समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले विभिन्न चुनौतिका बीच पनि सदस्य केन्द्रित काम गर्दै आएको बताए । उनले सहकारीले पछिल्लो समय मनकामना इन्जिनियरिङ हाइड्रोपावरमा ६ लाख, सोलुखेला दुधकोशी जलविद्युत आयोजनामा १० लाख लगानी गरेको जानकारी दिए । संस्थाले दमक नगरपालिका वडा नं. १२ मा ३ कठ्ठा जमिनमा खयर, बाँस र रबर प्रजातिका विरुवा…
झापा, १७ भदौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धिभएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु दुई लाख पाँच हजार ९०० कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । सोमबार प्रतितोला सुन रु दुई लाख पाँच हजार ३०० मा कारोबार भएकोमा आज प्रतितोला रू छ सय बढेको हो । चाँदीको मूल्य प्रतितोला रू १५ ले बढेर रु दुई हजार ४८५ पुगेको छ ।