
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ३२ साउन । नेपाली कांग्रेसले पालिका अधिवेशनमा वडा सभापति र क्षेत्रीय प्रतिनिधि मात्रै मतदाता हुनेगरी विधान संशोधन गरेको छ । कांग्रेसको शनिबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यको अधिकार कटौती गर्दै पालिका अधिवेशनमा वडा सभापति र क्षेत्रीय प्रतिनिधि मात्रै मतदाता हुन पाउनेगरी विधान संशोधन गरेको हो । यसअघि भने कांग्रेस विधानमा पालिकाभित्र रहेका सबै क्रियाशील सदस्य अधिवेशनका सदस्य हुने प्रावधान थियो । कांग्रेस नेता रमेश लेखकले कोरोना महामारीलाई ध्यान दिँदै अधिवेशनमा भीडभाड नहोस् भनेर यस्तो व्यवस्थासहितको विधान संशोधन गरिएको जानकारी दिए । संशोधित विषय मंसिरका लागि तय गरिएको १४औं महाधिवेशनबाट अनुमोदन गराइने लेखकले जानकारी दिए । ‘विधानको धारा ८…
बलिउड अभिनेत्री कंगना रनौतको तस्वीरको चर्को आलोचना भएको छ । फिल्म धाकडको सुटिङ पूरा भएपछि भएको पार्टीमा कंगनाले लगाएको पहिरनका कारण उनको आलोचना भएको हो । उनले तस्वीरमा निकै पारदर्शी कपडा लगाएकी छिन् जसका कारण उनले ट्रोलका सामना गर्नुपरेको छ । कंगनाले प्रायः अरुलाई पहिरनका बारेमा सुझाव सल्लाह दिइरहने गरेकोमा उनी आफैंले यस्तो पहिरन लगाएको भन्दै आलोचना भएको हो । सामाजिक संजालमा आलोचकहरुले विदेश जानासाथ कंगनाले संस्कृति बिर्सिएको आरोप लगाएका छन् । आलोचकहरुले कंगनाबाट आफूहरुले यस्तो अपेक्षा नगरेको बताएका छन् । कंगनाको आगामी फिल्म धाकडमा उनी एजेन्ट अग्नीको भूमिकामा देखिनेछिन् ।
झापा, ३१ साउन । झापाको बिर्तामोड स्थित गिरीबन्धु टि स्टेटको जमीन सट्टाभर्ना गर्न स्विकृत दिदा तत्कालिन संघिय सरकारले प्रदेश सरकारसंग सोधपुछ नगरि गरेको प्रदेस नम्बर १ का आन्तरिक मालिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले वताएका छन । प्रदेस सभामा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री कार्कीले संघीय सरकारले प्रदेस सरकारसंग सोधपुछ विना नै निणर्य गरेको र कमसल क्षेत्रको जमिनसंग सट्टाभर्ना गर्ने विषय गलत भएको मन्त्री कार्कीले बताए । हदबन्दी भन्दा बढी भएको जमीन कम्पनी सञ्चालन नगरिने भए सरकारलाई नै फिर्ता गर्ने सर्तमा सहित कम्पनीले उपभोग गर्दै आएको जमिन कमसल क्षेत्रको जमीनसँग सट्टाभर्ना गर्ने विषय गलत भएकोले उनले बताए ।…
झापा, ३१ साउन । झापामा आज कोरोना संक्रमणका कारण पाँच जनाले ज्यान गुमाएका छन् । दुई जना पुरुष र तीन जना महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । संक्रमण शुरु भए यता झापामा आइतबार साँझसम्म ५ सय १५ जनाको मृत्यु भइसकेको छ ।
गिनिज बुकमा नाम लेखाउने मौका एउटा सुँगुरले पनि प्राप्त गरेको छ । सबैभन्दा लामो उमेरसम्म बाँचेर एउटा सुँगुरले गिनिज बुकमा नाम लेखाएको हो । संसारमा मानव इतिहासमा सबैभन्दा लामो उमेरसम्म बाँच्ने व्यक्तिको नाम जिरोमोन किमुरा हो । जापानका किमुरा १२२ वर्ष अनि १६४ दिनसम्म जीवित रहे । त्यसो भए सबैभन्दा धेरै आयु बाँच्ने सुँगुरको उमेर कति भयो होला त रु हालै गिनिज बुकमा नाम लेखाएको उक्त सुँगुर २३ वर्षको भएको छ । अमेरिकाको इलिनोइसमा बस्ने एक दम्पतीले घरमा पालेको उक्त सुँगुरले अहिलेसम्मकै सबैभन्दा पाको उमेरको सुँगुरको रुपमा गिनिज बुकमा नाम लेखाएको हो । मुन्डेलिन क्षेत्रमा बस्ने प्याट्रिक कनिंघम र स्टेन…
मेचीनगर, ३१ साउन । झापाको मेचीनगर क्षेत्रका व्यवसायीहरुले भदौ १ गतेदेखि आफ्नो ब्यपार व्यवसाय खुल्ला गर्ने घोषणा गरेका छन् । प्रशासनले जारी गरेको निषेधाज्ञा नमान्ने पनि उनीहरुले बताएका छन् । रोगले भन्दा पनि भोकले मर्ने स्थिती आएको भन्दै उनीहरुले १ गतेबाट व्यापार व्यवसाय पूर्ण रुपमा सञ्चालन गर्ने बताएका हुन् । होटल ब्यवसायी संघ मेचीनगर सहित १५ संघ–संस्थाले संयुक्त रुपमा आज मेचीनगरपालिकामा ज्ञापनपत्र बुझाएको होटल ब्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठले बताए । नगरप्रमुख बिमल आर्चायलाई व्यवसायीहरुले संयुक्त रुपमा ज्ञापन बुझाएको उनले जानकारी दिए । सरकारले जारी गरेको लकडाउन अवधिको बैंकको व्याज, घरभाडा र बिजुली पानीको छुट लगायतका माग अघि सारीएको…
भद्रपुर, ३१ साउन । लामो समय शिक्षण सेवामा रहेर योगदान दिएका भद्रपुरका दुई शिक्षक मिर्गौला रोगका कारण जीवनका कठिन मोडमा बाँच्नका लागि सङ्घर्ष गरिरहेका छन् । भद्रपुरका पुराना शिक्षक मोहम्मद बदरूद्दिन तथा गीताकुमारी भण्डारी दुवै मिर्गौला फेल भएर प्रत्यारोपण गर्नुपर्ने अवस्थामा जीवन बचाउने सङ्घर्षमा पुगेका हुन् । दुवै मिर्गौला फेल भएर सङ्घर्षपूर्ण जीवन व्यतीत गरिरहेका शिक्षकद्वय मिर्गौला प्रत्यारोपणमा समेत विभिन्न अड्चन भोग्न बाध्य हुनु परेको छ । मिर्गौला भेट्न गाह्रो, भेटिए पनि प्रत्यारोपण गर्न कानुनी अड्चनले दुवै शिक्षकको जीवन जटिल मोडमा पुगेको हो ।भद्रपुर–चन्द्रगढीका विभिन्न विद्यालयमा शिक्षण सेवा दिएका शिक्षक बदरूद्दिनको जीवन जटिल अवस्थामा छ । उनलाई मिर्गौला प्रत्यारोपण गर्न…
झापा, ३१ साउन । पाकिस्तानको कराँची शहरको बाहिरी इलाकामा भएको एक ग्रेनेड हमलामा १२ जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् । एक मिनी ट्रकमा भएको यो ग्रेनेड हमलामा एकै परिवारका १२ जनाको मृत्यु भएको जसमा ६ महिला र चार बालबालिका समावेश भएको बताइएको छ । हमलामा ९ जना घाइते भएका छन् । बलदिया इलाकामा भएको यो घटनामा सुरुमा सिलिन्डर बिस्फोट भएको बताइएको थियो । पछि कराँची प्रहरीले आतंकवाद विरोधी दस्ताका एक अधिकारी रजा उमर खत्ताबले सिलिन्डर बिस्फोट भएको सम्भावना नदेखिएको बताउँदै ग्रेनेड बिस्फोट भएको प्रमाण भेटिएको जानकारी दिए । उनका अनुसार घटनास्थलमा एउटा बम भेटिएको र हमलामा…
झापा, ३१ साउन । नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीका सबै जिल्ला कमिटीहरु विघटन गरेको छ । अब पार्टीका जिल्ला सम्मेलनहरू पनि नगर्ने माओवादीले घोषणा गरेको छ । काठमाडौंमा आयोजित दुईदिने केन्द्रीय कमिटी बैठकमा आइतबार अध्यक्ष प्रचण्डले भने, ‘आजैदेखि विधानबाट जिल्ला डिलिट भयो । अब जिल्ला सम्मेलन हुँदैन । अब सिधै जनतामा… ।’ अब संविधान र संघीयताको मर्म अनुसार पार्टीको स्थानीय तह, प्रदेश र केन्द्र मात्रै रहने प्रचण्डले बताए । जिल्ला कमिटीको साटो जिल्ला समन्वय कमिटी रहने र त्यसमा स्थानीय तहका प्रमुखहरुलाई राख्ने गरी स्थायी कमिटीले उपयुक्त व्यवस्था गर्ने प्रचण्डले केन्द्रीय कमिटीको बैठकलाई जानकारी गराएका छन् ।
झापा, ३१ साउन । झापामा आज १५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जिल्लामा आज सबैभन्दा बढी बिर्तामोडमा ३८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।त्यस्तै, दमकमा २७, कनकाईमा २३, शिवसताक्षीमा १६, अर्जुनधारामा १५, मेचीनगरमा ८, बुद्धशान्तिमा ६, गौरादह र बा¥हदशीमा ५–५, भद्रपुर र कमलगाउँपालिकामा ३–३, हल्दिबारी र गौरीगञ्जमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । यता, प्रदेश १ मा ६६० जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ९८ जनाको पीसीआर परीक्षणगर्दा ३९३ र १ हजार ४३ जनाको एन्टिजेन परीक्षणगर्दा २६७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर…