झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २४ साउन । नेपाल घुम्न आएका भाले हात्ती (मत्ता हात्ती) कोसी टप्पुमा रहेका पोथी हात्ती (ढोई)सँग मायापिरती गाँस्दै रमाउन थालेका छन् । आफ्नो माउ समूह छाडेर भारतबाट नेपाल घुम्न आएका सबै भाले हात्ती कोसी टप्पुमा विगत दुई वर्षदेखि रमाइरहेका छन् । कोसी टप्पु वन्यजन्तु आरक्षका अनुसार आरक्षभित्र हाल १४ वटा भाले हात्ती घुमफिर गर्दै रमाइरहेका छन् । ती सबै भारतबाट नेपाल घुम्दैफिर्दै आएका हुन् । वन्यजन्तु, चराचुरुङ्गीको भौगोलिक सीमा हुँदैन । वन्यजन्तुलाई विचरण गर्न, आफ्ना पुर्खाले हिँड्ने गरेको क्षेत्र घुमफिर गर्न न पासपोर्ट चाहिन्छ, न भिसा नै लिनुपर्छ । पूर्वी नेपालको झापा हुँदै कोसी टप्पु पुग्ने हात्तीको समूह भारतको…

Read More

झापा, २४ साउन । कोभिडले संकटग्रस्त आर्थिक क्षेत्रको पुनरुत्थान गर्न सरकारले छिट्टै विशेष आर्थिक प्याकेज ल्याउने भएको छ । नेपाली कांग्रेस, माओवादी र जसपाका नेताहरू सम्मिलित ७ सदस्यीय कार्यदलले तयार पारेको ‘संयुक्त सरकारको साझा नीति तथा कार्यक्रम’ मा कोभिडका कारण संकटग्रस्त उद्योगधन्दा, पर्यटन व्यवसाय, सञ्चार, यातायात, पार्टी प्यालेस, सिनेमा तथा मनोरञ्जन उद्योगलगायत क्षेत्र तथा श्रमजीवी, विपन्न, बेराजगार आदिको उत्थानका लागि विशेष आर्थिक प्याकेजको छिट्टै व्यवस्था गर्ने बताइएको हो । आगामी असोजसम्ममा १ तिहाइ नागरिकलाई र चैत मसान्तसम्ममा खोप लगाउन योग्य सबै नेपालीलाई निःशुल्क खोपको व्यवस्था गर्ने, कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि अस्पताललगायत भौतिक पूर्वाधारको विकासमा प्राथमिकता दिने, खोप उत्पादनका…

Read More

झापा, २४ साउन । गत आर्थिक वर्ष २०७७–७८ मा पनि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घट्ने क्रमले निरन्तरता पाएको छ । गत आवमा वैदेशिक रोजगारमा जाने कामदारको संख्या ५५ प्रतिशतले घटेको छ । अघिल्लो आव २०७६–७७ मा पनि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या २८ प्रतिशतले घटेको थियो । यो क्रमले गत आवमा पनि निरन्तरता पाएको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको गत आवको वार्षिक प्रतिवेदनअनुसार गत आवमा १ लाख ६६ हजार ६९८ जना नेपाली कामदार मात्र वैदेशिक रोजगारीमा गएका छन् । अघिल्लो आव २०७६÷७७ मो भने ३ लाख ६८ हजार ४३३ जना नेपाली कामदार वैदेशिक रोजगारीमा गएका थिए ।…

Read More

झापा, २४ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिशिल्डको दोस्रो मात्रा लगाउन नपाएका नागरिकलाई साउन २५ र २६ गते खोप दिने भएको छ । मन्त्रालयले कोभिशिल्डको पहिलो मात्रा लगाएकालाई अस्ट्राजेनेका खोप दिन लागेको हो । जापानले कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध गराउने भनेको १६ लाखमध्ये ५ लाख डोज खोप शनिवार काठमाडौं आइपुगेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ५ लाख १३ हजार ४२० खोप प्राप्त भएको जानकारी गराउँदै आइतवार थप ५ लाख खोप आइपुग्ने बताएका छन् । सोमवारदेखि हाल खोप उपलब्ध गराइरहेका खोप केन्द्रबाट कोभिशिल्ड लगाएका ६५ वर्षभन्दा माथिका नागरिकलाई लगाउने निर्णय गरिएको स्वास्थ्य सेवा विभागअन्तर्गत खोप केन्द्रका प्रमुख झलक शर्मा गौतमले…

Read More

झापा, २४ साउन । कोरोना महामारीका कारण विद्यालय डेढ वर्षदेखि बन्द छन्। विद्यालय कहिले खुल्ने हुन्, अझै टुंगो छैन। साढे ३५ हजार विद्यालयमा भौतिक रूपमा उपस्थित भएर पठन–पाठन ठप्पप्रायः छ। कतिपयले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन्। विद्यालय र विश्वविद्यालय बन्द हुँदा ८६ लाखभन्दा बढी विद्यार्थीको भविष्य अन्योलग्रस्त छ। विद्यालय स्तरमा ८१ लाख र विश्वविद्यालयमा ५ लाखभन्दा बढी अध्ययनरत छन्। कोरोना महामारीका कारण शिक्षा क्षेत्र सबैभन्दा बढी प्रभावित भएको विज्ञहरू बताउँछन्। २०७६ चैत ११ गते लकडाउन सुरु हुनुभन्दा केही अघिदेखि नै शैक्षिक क्षेत्र बन्द गरिएका थिए। पहिलो लहरको संक्रमण कम भएपछि खुल्न थालेका विद्यालय, कलेज दोस्रो लहरसँगै पुनः बन्द भए। पहिलो…

Read More

झापा, २४ साउन । प्रहरीको एक साता लामो सक्रियतापछि नक्कली नागरिकता बनाएर मिर्गौला तस्करी गर्ने काभ्रेका तीन तस्कर शुक्रबार राति पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक राजन कोइरालाले पीडितको जाहेरीका आधारमा मिर्गौला तस्करीमा संलग्न तीन जनालाई पक्राउ गरिएको जानकारी दिएका हुन् । उनले आरोपितमध्ये फरार रहेकाको खोजी कार्य जारी रहेको बताए । पक्राउ पर्नेमा भुम्लु गाउँपालिका–८ घर भएका ३५ वर्षीय राजकुमार भन्ने कुमार परियार, उनकै भाइ ३३ वर्षीय देवराज भनिने सुरेश परियार र साविक देवभूमि बालुवा गाविस हाल पाँचखाल नगरपालिका–१० घर भएका ३१ वर्षीय राजकुमार भनिने कुमार परियार रहेका छन् । पक्राउ परेका तीनै जना नातेदार…

Read More

भद्रपुर, २४ साउन । झापाको भद्रपुरबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । भद्रपुर–३ स्थित किच्चकबधबाट भारत पश्चिम बंगाल तोतापाडाका २८ वर्षीय श्रवण रायलाई शनिबार दिउँसो २१ दशमलव २६० ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । भारतबाट नेपालतर्फ शंकास्पद अवस्थामा आउँदै गरेको रायलाई जिल्ला प्रहरी कार्यालय झापा र सीमा प्रहरी चौकी पृथ्वीनगरको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट ब्राउनसुगर बरामद भएको उहाँले बताउनुभयो । यसैबीच, भद्रपुर–३ स्थित हातिमाराबाट प्रहरीले सोही वडाका २४ वर्षीय खेमराज कुँवरलाई शनिबार लागुऔषधसहित पक्राउ गरेको छ । प्रहरीले उनको साथबाट स्कुफ–३ बोतल र…

Read More

इलाम, २४ साउन । चियाको पकेट क्षेत्रमा प्रतिबन्धित र मानव स्वास्थ्यको लागि घातक औषधिको प्रयोग बढ्दै गएपछि राष्ट्रिय चिया तथा कफी विकास बोर्डले अनुगमन थालेको छ । मापदण्ड विपरीत इलामको कन्याम चिया बगानमा विषादीको प्रयोग भएको पाइएपछि विषादी घर शनिबार सिल गरिएको हो । मजदूरको स्वास्थ्यमा समेत ध्यान नदिइ प्रयोग हुँदै आएको बगानको विषादी भण्डारण कक्षमा अनुमगन टोलीले सिल गरेको हो । अर्गानिक चिया उत्पादनलाई प्राथमिकता दिँदै आएको अवस्थामा मात्रा नमिलाई उत्पादन बढाउने उदेश्यले विषादीको प्रयोग भएकाले भण्डारण कक्षमा सिल गरिएको चिया विस्तार योजना फिक्कलका प्रमुख इन्द्र अधिकारीले बताए । अनुगमनका क्रममा चिया बगानमा विषादी प्रयोग गर्ने मजदुरले स्वास्थ्य सुरक्षाका…

Read More

झापा, २३ साउन । गत वर्षको जेठ ३ मा कोरोना भाइरसका कारण नेपालमा पहिलो मृत्यु भयो। काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएर घर फर्केकी सिन्धुपाल्चोककी २९ वर्षीया एक महिलाको उपचारका लागि धुलिखेल अस्पताल ल्याउने क्रममा मृत्यु भएको थियो। त्यति बेला उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछिका १५ महिनामा नेपालमा कोरोना भाइरस संक्रमणबाट १० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जनाएअनुसार हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ। चिकित्सक र जनस्वास्थ्य विज्ञ समयमै यथेष्ट तयारी हुन सकेको भए मृत्यु संख्या कम गर्न सकिने ठान्छन्। कतिपय विज्ञ मृतकको तथ्यांक देखाइएभन्दा अझ बढी…

Read More

झापा, २३ साउन । सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा साउन २५ गते सम्म सार्वजनिक गर्ने भएको छ । विद्यार्थीको प्राप्ताङ्कको अन्तिम रुजु भइरहेकाले ढिलोमा साउन २५ भित्र नतिजा सार्वजनिक गर्ने अन्तिम गृहकार्यमा राष्ट्रिय परीक्षा बोर्ड जुटेको हो । बोर्ड (एसईई) हेर्ने परीक्षा नियन्त्रक रुद्र अधिकारीले परीक्षा प्रकाशनको अन्तिम चरणमा आफूहरू पुगेको र कार्यालयको सर्भर तथा प्राविधिक क्षेत्रमा समस्या भएन भने २५ गते सम्म नतिजा सार्वजनिक गरि सक्ने जानकारी दिए । नतिजा प्रकाशनका क्रममा विद्यार्थीको प्राप्ताङ्कमा त्रुटि नहोस् भनेर नै रुजुको काम भइरहे को उनले स्पष्ट गरे । हाल विद्यार्थीको प्राप्ताङ्क नम्बरलाई जीपीएमा परिवर्तन गर्ने काम भइरहेको…

Read More