झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, २३ साउन । झापाबाट प्रकाशित मेचीखबर साप्ताहिक २५ औं वर्षमा प्रवेश गरेको छ । पत्रकार राजु पाठकद्वारा सम्पादित÷प्रकाशित मेचीखबर यही साउन २२ गतेदेखि २५ औँ वर्षमा प्रवेश गरेको हो । पत्रिकाका संस्थापक–सम्पादक राजबाबु शंकरले मेची खबरले दुई वटा मानक स्थापना गरेको बताउनुभयो । उहाँले दिनुभएको शुभकामना सन्देश ‘झापा जिल्लाको साप्ताहिक पत्रिकाको हकमा, ‘मेची खबर’ले २ वटा मानक समेत कायम गरेको छ । पहिलो, मेरै प्रकाशकत्वमा रहँदा अफसेट प्रविधिबाट प्रकाशित भएको यो पहिलो पत्रिका हो भने दोस्रो, राजु भाइको प्रकाशकत्वमा पुगेपछि यही पत्रिका कोरोना महाव्याधिपूर्व अर्थात् २०७६ सालभरि रंगीन कलेवरमा प्रकाशित भएको पहिलो साप्ताहिक हो’ भन्नुभएको छ । पत्रिकाका सम्पादक…

Read More

वि.सं.२०७८ साल साउन २३ गते । शनिबार । ईश्वी सन् २०२१ अगष्ट ०७ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण कृष्णपक्ष । तिथि– चतुर्दशी, बेलुकी ०६ बजेर २१ मिनेट उप्रान्त औशी । नक्षत्र– पुनर्वशु , बिहान ०८ बजेर २८ मिनेट उप्रान्त तिष्य । योग– सिद्धि, रातको ०१ बजेर ५८ मिनेट उप्रान्त व्यातिपात । करण– भद्रा, बिहान ०५ बजेर ५६ मिनेट उप्रान्त शकुनी, बेलुकी ०६ बजेर २१ मिनेट उप्रान्त चतुष्पद । आनन्दादिमा–छत्र योग । चन्द्रराशि– कर्कट । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आमासँग मनमुटाब बढ्नेछ । विद्यामा बढी नै समय लगानी नगरे अरूभन्दा पछि…

Read More

झापा, २३ साउन । पूर्ववर्ती सरकारका निर्णय उल्टाउन र खारेज गर्न व्यस्त रहेको सरकारले १७ वटा मन्त्रालयमा नयाँ मन्त्री ल्याउन सकेको छैन भने पाँच जना सचिवलाई कामविहीन अवस्थामा राखेको छ । नीतिगत तहमा समेत महत्वपूर्ण भूमिका खेल्ने र प्रशासनिक नेतृत्वमा रहने पाँच जना सचिवले लामो समयदेखि कुनै जिम्मेवारी पाउन नसक्दा उनीहरूमा निराशा छाएको छ । प्रधानमन्त्री देउवाले २९ असारदेखि नै १७ वटा मन्त्रालयको जिम्मेवारी आफैं सम्हाल्दै आइरहेका छन् । तीमध्ये केही मन्त्रालयमा सचिवसमेत छैनन् । मन्त्री र सचिव दुवै नहुँदा मन्त्रालयका महत्वपूर्ण कार्य रोकिँदै आएका छन् । सरकारले बढुवा भएका सचिवलाई समयमा नै पदस्थापन गर्न नसक्दा पाँच जना सचिव प्रधानमन्त्री…

Read More

झापा, २३ साउन । जनता समाजवादी पार्टी, नेपाल (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष जिल्ला दौडाहामा लागेका छन् । जिल्ला–जिल्ला पुगेर अर्का अध्यक्ष उपेन्द्र यादवको ‘भण्डाफोर गर्ने कार्यक्रम’ ठाकुर–महतो पक्षको छ । सो पक्षले शुक्रबार एकै दिन मधेसका चार जिल्लामा विस्तारित बैठकसमेत ग¥यो । जहाँ ठाकुर–महतो पक्षका शीर्षनेताले सम्बोधन गरेका छन् । निर्वाचन आयोगबाट अध्यक्ष यादव पक्षले आधिकारिकता पाएपछि ठाकुर–महतो पक्ष संगठन निर्माणका साथै ‘यादवको अवसरवादी चरित्र भण्डाफोर गर्न’ भन्दै जिल्ला दौडाहामा लागेका हुन् । जसपा कार्यकारिणी समिति सदस्य केशव झाका अनुसार बारा, सप्तरी, सिराहा र महोत्तरीमा एकै दिन विस्तारित बैठक सम्पन्न भएको छ । बारामा…

Read More

झापा, २२ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १८९ जनाको पीसीआर परीक्षण गर्दा ३६५ र १ हजार ५२६ जनाको एन्टिजेन परीक्षणगर्दा ४८२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२४, झापामा १०३, सुनसरीमा ९१, धनकुटामा १४, पाँचथरमा १०, उदयपुरमा ६, भोजपुरमा २, इलाम र ते¥हथुममा ४–४ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको छ । मोरङको विराटनगरमा ४९, बेलबारीमा ३१, सुन्दरहरैचामा १०, पथरीशनिश्चरेमा ९, उर्लाबारीमा ८, लेटाङमा ४, बुढीगंगा, कानेपोखरी र स्थानीय तह नखुलेका ३–३, ग्रामथानमा २, रंगेली र मिक्लाजुङमा…

Read More

बिर्तामोड, २२ साउन । झापामा कोरोना संक्रमणको दर वढेसँगै साउन ३२ गतेसम्म निषेधाज्ञा थप गरिएकोे छ । जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसीसीएमसी) संयोजक श्रवणकुमार तिम्सिनाको संयोजकत्वमा शुक्रवार वसेको वैठकले उक्त निर्णय गरेको हो ।  डिसीसीएमसीले यसअघि १६ गते राती १२ वजेदेखि २३ गते राती १२ वजेसम्म निषेधाज्ञा जारी गरेको थियो । अति–आवश्यक सेवा बाहेक अन्य व्यवसाय, पसल, सवारीसाधन बन्द रहने डिसीसीएमसीले जनाएको छ ।

Read More

भद्रपुर, २२ साउन । मानव अपहरण तथा चोरी मुद्दा अदालतबाट सजाय तोकिएका एक व्यक्तिलाई प्रहरीले बिहीबार पाँच वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ–९ का ३४ वर्षीय अर्जुन थेवे (अर्जुन पेहिम लिम्बू) रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला अदालत झापाले २०७३ माघ ५ गते मानव अपहरण तथा चोरी मुद्दामा थेवेलाई नौ वर्ष एक महिना १५ दिन कैद साजय र रू ७८ हजार आठ सय जरिवाना तोकेको थियो । घटनापछि फरार रहेका थेवेलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी बिहीबार नै फैसला कार्यान्वयनको लागि सम्मानित झापा जिल्ला अदालतमा…

Read More

सन्तोष शर्माबनियानी, २२ साउन । धान सुकाउने ड्रायर मेसिन भित्रिएपछि झापा गौरादहका चैते धान खेती गर्ने कृषक उत्साहित बनेका छन् । ड्रायर मेसिन भित्रिएपछि चैते धान सुकाएर भण्डार गर्न र राम्रो मूल्य पाइने भएपछि यहाँका कृषक उत्साहित बनेका हुन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत लागत सहभागितामा गौरादह नगरपालिका–५ स्थित नमूना एकीकृत कृषि सहकारी खेतीलाई एउटा ‘मुभेवल’ (यताउता लान÷सार्न मिल्ने) ड्रायर मेसिन प्रदान गरिएको छ । संस्थाका अध्यक्ष वेदनिधि चापागाईंले ड्रायर मेसिन पाएपछि धान सुकाउन सहज भएको बताउनुभयो । “चैते धान नबिक्ने र मूल्य नपाउने समस्या छ”, उहाँले भन्नुभयो, “यो पटक धानको भाउ घटेर पाँच सय रुपैयाँमा प्रतिमन बेच्नुपर्ने अवस्था…

Read More

झापा, २२ साउन । करीब ५५ अर्ब रुपैयाँको अमेरिकी अनुदान सहयोग बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० सम्झौता झन् अन्योलमा फस्दै गएको छ । विघटित संसद् पुनःस्थापना भएसँगै पाँच दलीय गठबन्धनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको ३ साता बितिसकेको छ । तर, उक्त सम्झौता अनुमोदन गर्नेबारे गठबन्धनभित्रै चर्को मतभेद हुँदा अहिलेसम्म कुनै सहमति जुटेको छैन । प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति देउवा एमसीसी पारित गर्न इच्छुक देखिए पनि गठबन्धनभित्र रहेको चर्को मतभेदका कारण तत्काल एमसीसीलाई यथास्थितिमै राख्न चाहेको प्रधानमन्त्री निकट स्रोत बताउँछ । एमसीसी सम्झौतालाई अहिलेकै अवस्थामा अनुमोदन गर्ने पक्षमा प्रधानमन्त्री देउवा देखिएका छन् । तर, माओवादी केन्द्रका…

Read More

झापा, २२ साउन । नेपालमा पछिल्लो समय दैनिक कोरोना संक्रमण साउन १० गते २२ सयमा झरेको थियो। त्यसपछिको अवधिमा भने झन्डै दोब्बर बढेको छ। बिहीबार ३ हजार ९ सय ३८ जनामा संक्रमण देखिएको छ। यही अवधिमा बुधबार सबैभन्दा बढी ४ हजार १ सय ७ जनामा कोरोना पुष्टि भयो। स्वयं परीक्षण गर्न जाँदा पनि यत्रो संख्यामा दैनिक संक्रमण पुष्टि भइरहेको छ। यो अवस्थालाई विज्ञहरूले कोरोना संक्रमणको तेस्रो लहरको सुरुवाती संकेतका रूपमा लिइरहेका छन्। सक्रिय संक्रमितको संख्या फेरि ३४ हजार ४ सय २२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। तीमध्ये ३१ हजार १ सय ८ जना होम आइसोलेसनमा छन्। संस्थागत आइसोलेसनमा…

Read More