
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २० साउन । इजराइलमा हुने उन्नत जातको केरा खेती झापामा शुरु भएको छ । झापा गाउँपालिका–३ का कृषक चन्द्रप्रसाद बस्नेतले इजरायलमा हुने उन्नत जातको ‘विलियम हाइब्रिड’ जातको केरा खेती शुरु गर्नुभएको हो । झापामा पहिलो पटक भित्र्याइएको उक्त जातको केरा सुगन्धित र स्वादिलो हुने उहाँले बताउनुभयो । “एउटै माटोमा १० वर्षसम्म खेती गर्न मिल्ने यो जातको केरामा रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ”, उहाँले भन्नुभयो, “यो जातको केरा खेतीबाट १० वर्षसम्म आम्दानी लिन सकिन्छ, यो अन्य जातको केरामा हुँदैन ।” यो जातको केरामा रोग कम लाग्ने भएकाले उत्पादन बढ्ने र उच्च लाभ मिल्ने उहाँको दाबी छ । विलियम केराको बोटको…
झापा, २१ साउन । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र समस्यामा परेका पर्यटकलाई उडान भर्ने हेलिकप्टर चालक र विमान कम्पनीलाई सरकारले निगरानीमा राख्न थालेको छ । राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्यटकलाई घुमाउन लैजाने र समस्यामा परेका पर्यटकको उद्धार गर्ने बहानामा वन्यजन्तुको चोरी सिकार तथा अन्य अवैध गतिविधि सञ्चालन हुन थालेपछि सरकारले हेलिकप्टर कम्पनी र चालकलाई निगरानी गर्न थालेको हो । विशेषगरी सगरमाथा राष्ट्रिय निकुञ्जमा पछिल्ला दिन यस्ता खालका शङ्कास्पद घटना बाहिर आउन थालेपछि सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले हरेक पटक हेलिकप्टर चालकले प्रवेश अनुमति पत्र लिएर मात्र उडान भर्ने व्यवस्था लागूू गरेको छ । उद्धारका लागि हेलिकप्टर उडान गर्दा गृह मन्त्रालय तथा स्थानीय प्रशासनबाट…
झापा, २१ साउन । रोजगारीका क्रममा मलेसियामा मृत्यु भएका २४ जनाको शव एक साताअघि नेपाल ल्याइयो। कोरोना महामारीका कारण नियमित हवाई उडान हुन नसक्दा ती शव केही समयदेखि मलेसियामै रोकिएका थिए। वाइड बडीको जहाज गएपछि ती शव ल्याउन सकिएको वैदेशिक रोजगार बोर्डले जनाएको छ। सुन्दर भविष्य खोजी गर्दै मलेसिया गएका ती युवाको शव ल्याएर घरपरिवारलाई बुझाएको केही समय बित्न नपाउँदै त्यहाँबाट फेरि अन्य शव ल्याउनुपर्ने अवस्था सिर्जना भएको छ। बोर्डका अनुसार मलेसियाबाट अझै कम्तीमा २५ शव ल्याउनुपर्ने अवस्था छ। मलेसियाजस्तै अन्य मुलुकमा पनि रोजगारीमा गएका युवाको दिनहुँजसो मृत्यु हुने गरेको छ। नेपालबाट स्वास्थ्य परीक्षण गरी स्वस्थ रहेको प्रमाणपत्र लिएर रोजगारीका…
झापा, २१ साउन । प्रदेश नं १ मा हालसम्म ९४ दशमलव ६५ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि निर्देशनालय विराटनगरले जनाएको छ । गएको वर्षमा यस अवधिमा ९३ दशमलव ९५ प्रतिशत रोपाइँ भएको थियो । चौध जिल्ला रहेको यस प्रदेशमा कूल तीन लाख ४० हजार ८२९ हेक्टर जग्गामा धान खेती लगाउने गरिएको छ । यसमध्ये तीन लाख २२ हजार ५९७ हेक्टर जग्गामा रोपाइँ भएको निर्देशनालयका प्रवक्ता सरस्वती श्रेष्ठले जानकारी दिइन् । निर्देशनालयबाट प्राप्त जानकारीअनुसार उच्च पहाडी जिल्ला ताप्लेजुङमा आठ हजार ५६२ हेक्टर, सङ्खुवासभामा १३ हजार १५८ हेक्टर र सोलुखुम्बुमा एक हजार ५२५ हेक्टर जग्गामा रोपाइँ भएको छ । त्यसैगरी मध्यपहाडी जिल्ला…
झापा, २१ साउन । संयुक्त राष्ट्रसंघ (यूएन) को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन मिसनको प्रि–स्याट परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको आशंकापछि प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डीआइजी) वसन्त लामाको नेतृत्वमा छानबिन समिति बनाएर अनुसन्धान थालेको हो । गत १५ र १६ साउनमा प्रधान कार्यालय तथा सातवटै प्रदेश प्रहरी कार्यालयमा यूएनमा जाने प्रहरी कर्मचारीका लागि परीक्षा सञ्चालन हुँदै थियो । परीक्षामा प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी०सम्मका २ हजार ४ सय परीक्षार्थी सहभागी हुँदै थिए । तर, १६ गतेको परीक्षा सुरु हुनु अघिल्लो दिन नै प्रश्नपत्र बाहिरिएपछि…
झापा, २१ साउन । पहिलो विकल्प– सर्वोच्च अदालतले गरेको शून्य समयको ब्याख्यामा टेकेर ४ महिना पर महाधिवेशन सार्ने। अघिल्लो वर्ष सर्वोच्च अदालतले कर तिर्नका लागि लकडाउनको ४ महिनाको अवधिलाई शून्य समय भनी ब्याख्या गरेको थियो। त्यसमै टेकेर ४ महिनालाई शून्य समय मानेर अघि बढ्न सकिनेमा नेताहरूबीच छलफल भइरहेको छ। दोस्रो विकल्प – प्रत्येक पार्टीका प्रादेशिक र केन्द्रीय नेतृत्व ५ वर्षमा निर्वाचित हुनुपर्छ भन्ने संवैधानिक व्यवस्था छ। त्यो समयमा भएन भने विशेष परिस्थिति भन्दै थप ६ महिना महाधिवेशन पर सार्न पाइन्छ। ५ वर्ष ६ महिना कट्यो भने निर्वाचन आयोगले ५० हजार जरिवाना तिराएर थप ६ महिनाको समय दिन सक्ने भन्ने आधार…
झापा, २१ साउन । झापा गौरीगञ्ज गाउँपालिका–६ खजुरगाछीका ६५ बर्षीय गंगा सुन्दासको खोला तर्ने क्रममा डुबी मृत्यु भएको छ । बुधबार सोही स्थानमा रहेको गेउरीया खोला तर्ने क्रममा लडेर मृत्यु भएको हो । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ ।
दमक, २० साउन । झापाको दमक र पूर्वी मोरङको पथरी शनिश्चरेका शिविरमा बस्दै आएका करीब तीन हजार भुटानी शरणार्थीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । स्थानीय स्वास्थ्य शाखामार्फत दुई शिविरका १८ वर्ष माथिका करीब तीन हजार शरणार्थीलाई जोन्सन खोप दिइएको हो । नेपाल सरकार र शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्चायोग (यूएनएचसिआर) को समन्वय तथा त्यहाँका शरणार्थी व्यवस्थापन समितिको व्यवस्थापनमा एकैसाथ खोप लगाइएको शनिश्चरेस्थित शिविर व्यवस्थापन समितिका सचिव चम्पासिंह राईले जानकारी दिए । उनका अनुसार पथरी शिविरमा कूल एक हजार ५०० भुटानी शरणार्थीमध्ये ८५६ र दमकको बेलडाँगीस्थित शिविरका दुई हजार ३०७ शरणार्थीलाई खोप लगाइएको हो । खोपकार्यको अनुगमनमा दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारी,…
बिर्तामोड, २० साउन । झापामा हालसम्म ९३ प्रतिशत रोपाइँ सकिएको छ । कृषि ज्ञान केन्द्र झापाका प्रमुख नीलकमल सिंहले जिल्लामा धान खेती हुँदै आएको ८७ हजार पाँच सय हेक्टर क्षेत्रफलमध्ये ९३ प्रतिशत अर्थात् ८१ हजार ३७५ हेक्टरमा धान रोपाइँ सकिएको जानकारी दिनुभयो । मनसुन समयै शुरु भएको र खेतमा पानी जमिरहेका कारण यस वर्ष रोपाइँ शतप्रतिशत रोपाइँ हुने उहाँले बताउनुभयो । “खेतमा पानी पनि छ, मौसम अनुकूल भएकाले धमाधम रोपाइँ भइरहेको छ”, उहाँले भन्नुभयो, “यो वर्ष उत्पादन पनि बृद्धि हुने देखिन्छ ।” गत वर्ष झापामा बर्खे धानको उत्पादकत्व ४.५ मेट्रिकन रहेको थियो । यो वर्ष १० प्रतिशत धान उत्पादन बृद्धि…
झापा, २० साउन । मन्त्रालयको संख्या र विषयमा कुरा मिल्न नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको तीन साता वितिसक्दासमेत मन्त्रीमण्डललाई पूर्णता दिन सकेका छैनन् । सत्ता गठबन्धनका नेताहरुबीच कुन कुन मन्त्रालय लिने भन्नेमा सहमति बन्न दनसक्दा मन्त्रीमण्डल विस्तारमा ढिलाइ भएको हो । सत्ता साझेदार दल जनता समाजवादी पार्टीका नेता महेन्द्रराय यादवले भने शुक्रबारसम्म मन्त्रीमण्डल विस्तार हुनसक्ने बताए । उनले मन्त्रालय र मन्त्रीमण्डल विस्तारको विषयमा छलफल भइरहेको बताए । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।