
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
इलाम, १९ साउन । इलाममा आजदेखि निषेधाज्ञामा थप कडाई गरिएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या र मृत्युदर बढेपछि २५ गते सम्मका लागि जारी गरिएको निषेधाज्ञामा कडाई गरिएको हो । निषधाज्ञा अवधिभर निजी तथा सार्वजनिक यातायात, पसल, बैँक समेत बन्द रहने छन् । तरकारी, फलफूल र दूध विक्री गर्ने पसललाई बिहान ५ देखि साढे ७ बजेसम्म मात्र खोल्न दिइने ईलामका प्रमुख जिल्ला अधिकारी धुर्व बहादुर खड्काले जनकारी दिए । परीक्षार्थीहरुलाई सोझै परीक्षा केन्द्रसम्म र घरसम्म फर्किने बाहेक अन्यत्र हिँडडुल गर्न बन्द गरिएको पनि प्रशासनले जनाएको छ ।
झापा, १९ साउन । सशस्त्र प्रहरीमा आईजीपी शैलेन्द्र खनालले चिफ इन्स्पेक्टर पद थप्नेसम्बन्धी प्रस्ताव अघि बढाएपछि सङ्गठनभित्र व्यापक असन्तुष्टि देखिएको छ । सङ्गठनमा छलफल नै नगरी हचुवाको भरमा यस्तो योजना बनाइएको भन्दै उच्च अधिकारी मात्र होइन इन्स्पेक्टरहरु नै बेखुसी देखिएका छन् । सशस्त्रमा १६ वर्ष पुराना इन्सपेक्टरबाट डिएसपीमा बढुवा हुन सकेका छैनन् । २०६२ सालमा भर्ना भएकाहरू अझै इन्स्पेक्टर नै छन् । २०६४ सालमा भना भएकाहरू डिएसपी हुन २० वर्ष लाग्ने अवस्था छ । यो समस्या समाधानका लागि सशस्त्र प्रहरीमा लामो समयदेखि कुरा उठ्दै आएको छ । इन्स्पेक्टर र डिएसपीको बीचमा चिफ इन्स्पेक्टर पद सिर्जना गरेर समस्या समाधान गर्न महानिरीक्षक…
झापा, १९ साउन । मन्त्रिपरिषद् विस्तारका लागि मूल समस्या भागबन्डामा देखिएको छ । सत्तारूढ दलहरूबीच कसले कति र कुनकुन मन्त्रालय लिने भन्ने विषयमा अझैसम्म सहमति बन्न सकेको छैन । सो विषयमा सहमति गर्न भन्दै सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक बिना निष्कर्ष टुंगिएको छ । बैठकमा मन्त्रालय बाँडफाँडमा सहमति नभएपछि प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष दाहाल र जसपा अध्यक्ष यादव पहिले सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने त्यसपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णयमा पुगेका छन् । सोमबारको बैठकमा माओवादी केन्द्रले माधव नेपाल समूह सरकारमा नजाने अवस्थामा नौ मन्त्रालय आफूलाई चाहिने प्रस्ताव राखेको छ । यस्तै, जसपालेसमेत सो अवस्थामा मन्त्रालय बढी पाउनुपर्ने…
झापा, १९ साउन । बिमा कम्पनीहरुले बिमा लेख धितो राखेर बिमितहरुलाई दिने कर्जामा बैंकभन्दा बढी ब्याजदर लिने गरेका छन् । बिमा समितिले कम्पनीहरुलाई कर्जाको ब्याजदर प्रचलित वाणिज्य बैंकले तोकेको ब्याजदरभन्दा बढी नहुने गरी निर्धारण गर्नुपर्ने व्यवस्था गरे पनि कम्पनीहरुले बैंकको भन्दा बढी ब्याज असुल्दै आएका हुन् । हाल बजारमा बाणिज्य बैंकको ब्याजदर एक अंकमा रहेको छ । तर बिमा कम्पनीहरुले भने १० प्रतिशतभन्दा बढी ब्याजदर लिने गरेका छन् । सञ्चालनमा रहेका जीवन बिमा कम्पनीहरुमध्ये सबैको ब्याजदर १० प्रतिशतभन्दा बढी छ । आजको कारोबार दैनिकमा खबर छ ।
झापा, १९ साउन । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कक्षा १२ को परीक्षा आन्तरिक मूल्यांकनबाट गर्न शिक्षा मन्त्रालयलाई पत्राचार गर्ने सार्वजनिक अभिव्यक्ति दिएपछि अन्योल सिर्जना भएको छ । प्रश्नपत्र नै तयारी गरिरहेको अवस्थामा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले नै आन्तरिक मूल्यांकनबाट परीक्षा लिन पत्राचार गर्ने बताएपछि शिक्षा मन्त्रालय अनिर्णयको बन्दी बनेको छ । राज्यमन्त्रीको भनाइपछि परीक्षाको तयारीमा जुटेको राष्ट्रिय परीक्षा बोर्डलाई परीक्षा तयारी गर्ने वा नगर्ने भन्ने विषयमा समस्या परेको छ । परीक्षाको कार्यक्रम स्थगित गर्ने कि नगर्ने भन्ने विषयमा कुनै जानकारी नआएको बताउँदै बोर्डका सदस्यसचिव दुर्गा अर्यालले स्वास्थ्य मापदण्ड पालना गरी होम सेन्टरमै परीक्षा लिने व्यवस्था गरिएको जानकारी दिए । मन्त्रालयका सचिव…
बिर्तामोड, १८ साउन । झापाको बिर्तामोड नगरपालिकाबाट लागुऔषध ब्राउनसुगरसहित आज दुई जना पक्राउ परेका छन् । बिर्तामोड–३ स्थित आँखा अस्पताल अगाडिबाट ब्राउनसुगरसहित हल्दिबारी गाउँपालिका–१ का २० वर्षीय सुवास न्यौपाने र बिर्तामोड–१० का २४ वर्षीय समिर राई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउँसो १ बजे लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले मे८प ७३९२ नम्बरको मोटरसाइकल चढेर आएका न्यौपानेको साथबाट १२ ग्राम ब्राउनसुगर बरामद गरिएको हो । मोटरसाइकलमा सवार राई समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, १८ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७७३ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ४११ र १ हजार १६३ जनाको एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३२, सुनसरीमा ११३, झापामा ११२, धनकुटामा २३, इलाममा ६, उदयपुरमा ५, खोटाङमा ३, पाँचथर र ते¥हथुममा २–२, संखुवासभामा १ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको छ । मोरङको विराटनगरमा ६५, बेलबारीमा १६, सुन्दरहरैचामा १४, पथरीशनिश्चरेमा १२, उर्लाबारीमा ९, बुढीगंगामा ७, केराबारी र लेटाङमा ३–३, कानेपोखरीमा २, ग्रामथानमा १, सुनसरीको…
झापा, १८ साउन । सरकारले यही साउन २३ देखि २९ गतेसम्म ‘नेपाल मास्क सप्ताह’ मनाउने भएको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्नका लागि स्थानीय सरकारसँग समन्वय गरी ‘नेपाल मास्क सप्ताह’ आयोजना गरिएको जानकारी दिए। सो अवसरमा उनले आम नागरिकलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गर्ने बताए। राज्यमन्त्री श्रेष्ठले भने, ‘सबै नागरिकलाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउन आगामी श्रावण २३ गतेदेखि २९ गतेसम्म ‘नेपाल मास्क सप्ताह’ आयोजना गरिनेछ।’ सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘निकट भविष्यमा आउन सक्ने कोभिड १९ को तेस्रो लहर सामना गर्नका लागि समय तालिकासहितको विशेष रणनीति र कार्ययोजना अविलम्ब सार्वजनिक गरिनेछ।…
मोरङ, १८ साउन । मोरङ विराटनगर महानगरपालिका–२ दुर्गा चौकस्थितबाट लागूऔषध ब्राउन सुगर सहित एक जना पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे(६ का २३ बर्षीय निरज गोडी रहेका छन् । हिजो बेलुका साढे ४ बजे लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध ब्राउन सुगर ८ ग्राम सहित पक्राउ गरेको छ । पक्राउ परेका गोडीलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ । उता, उदयपुर बेलका नगरपालिका–८ कोठू स्थितबाट लागूऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भोजपुर हचुवागढी गाऊपालिका ८ का २६ बर्षीय नबिन्द्र राई र २३ बर्षीय हेम राज राई रहेका…
झापा, १८ साउन । देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पुर्याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजना अन्तर्गत असार मसान्तसम्म ६६३ स्थानीय तहमा इन्टरनेट जडान गरिएकोे छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको आर्थिक सहयोगमा उक्त सेवा उपलब्ध गराउन सम्बन्धित परियोजनालाई १८ वटा प्याकेज बनाएर सञ्चालन गर्दै आएको हो । उक्त प्याकेज अन्तर्गत असार मसान्तसम्ममा ९४ दशमलव ४४ प्रतिशत स्थानमा उच्च गतिको इन्टरनेट जडान भइसकेको छ । अठार प्याकेजमध्ये १५ प्याकेजअन्तर्गत ६० जिल्लाका तोकिएका स्थानमा १०० प्रतिशत तथा दुई प्याकेज अन्तर्गत १० जिल्लामा ५० प्रतिशतभन्दा बढी स्थानमा इन्टरनेट जडान गरिएको छ । यस्तै चार जिल्लाका तोकिएका स्थानमा सञ्जाल विस्तारका लागि…