
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २० साउन । भदौ दोस्रो साता १४ औं महाधिवेशन गर्न कांग्रेसले यतिबेला वडा, गाउँरनगर अधिवेशन सक्नुपथ्र्यो। तर, क्रियाशील सदस्यताको विवाद सुल्झाउन नसक्दा महाधिवेशनको कार्यतालिका भत्किँदै गएको छ। अब बाँकी एक महिनाभन्दा कम अवधिमा महाधिवेशन सम्पन्न हुनेमा नेताहरूले नै आशंका व्यक्त गर्न थालेका छन्। कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गर्न केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा समिति बनाएको थियो। बारा, रौतहटलगायत जिल्लाको विवाद समाधान गर्न नसकेर समितिले शीर्ष नेतृत्वलाई नै जिम्मा लगायो। सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला सम्मिलित उच्चस्तरीय समितिले छलफल जारी राखे पनि विवादको टुंगो लगाउन सकेको छैन। कांग्रेसलाई भदौ २३ भित्र १४ औं…
झापा, २० साउन । झापा बाह्रदशी–५ घोडामाराका ५१ वर्षीय नारदप्रसाद रिजाल उपचार अभावमा यतिबेला घरमै थलिनुभएको छ । गत साउन ९ गते नरिवलको बोटमा लडेर गर्दन र मेरुदण्ड भाँचिएको उहाँको आर्थिक अवस्था कमजोर भएका कारण उपचार हुन सकेको छैन । उपचार खर्च जुटाउन नसक्दा सख्त घाइते हुनुभएका रिजाल अहिले घरमै थलिएर बस्नु भएको छ । उहाँलाई परिवारले उपचारका लागि विराटनगरको न्यूरो हस्पिटल र बिर्तामोडको बिएण्डसी अस्पतालमा लगेर परीक्षण गराउँदा गर्धन र ढाँडको मेरुदण्ड भाँचिएको चिकित्सकले जनाएका थिए । रिजालको उपचारमा रू ४० लाखदेखि ५० लाख खर्च लाग्ने चिकित्सकले बताएको उहाँका आफन्त चन्द्रमणि ढुंगानाले बताउनुभयो । “यत्रो ठूलो रकम जुटाउन सम्भव…
झापा, २० साउन । संयुक्त अरब इमिरेट्स ९युएई०ले कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण नेपाल, भारतलगायत विभिन्न छ देशका यात्रुमाथि लगाएको यात्रा प्रतिबन्धलाई हटाएको छ। कोभिड–१९ सङ्क्रमणको विश्वव्यापी महामारीको अवस्थालाई मध्यनजर गर्दै युएईले नेपाल, भारतसहितका देशबाट युएई जानरआउन प्रतिबन्ध लगाइएको थियो। युएईले नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, नाइजेरिया र युगान्डाका नागरिकलाई आवतजावतमा लगाउँदै आएको यात्रा प्रतिबन्ध हटाएको हो। युएईको ‘नेशनल इमरजेन्सी एण्ड क्राइसिस म्यानेजमेन्ट अथरिटी’ (एनसीईएमए) ले ट्वीटमार्फत जारी सन्देशमा भनिएको छ , ‘यात्रा प्रतिबन्ध फुकुवा हुनेमा कोभिड–१९ खोपको दोस्रो मात्रा लगाएका वैधरूपमा आवसीय अनुमति पाएका विदेशीहरू पनि समावेश हुनेछन्।’ तर उनीहरूले कोभिडविरूद्धको दोस्रो खोप लगाएको १४ दिन बितिसकेको हुनुपर्ने युएईले जनाएको छ।…
वि.सं.२०७८ साल साउन २० गते । बुधवार । ईश्वी सन् २०२१ अगष्ट ०४ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण कृष्णपक्ष । तिथि– एकादशी, दिउसो ०२ बजेर १८ मिनेट उप्रान्त द्वादशी । नक्षत्र– मृगशिरा, रातको ०४ बजेर ३१ मिनेट उप्रान्त आद्रा । योग– व्याघात, रातको ०१ बजेर ५९ मिनेट उप्रान्त हर्षण । करण– बालव,दिउसो ०२ बजेर १८ मिनेट उप्रान्त कौलव,रातको ०३ बजेर १२ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–वृष,दिउसो ३ बजेर १९ मिनेट उप्रान्त मिथुन । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापारमा प्रशस्त समय खर्चिए मात्र भनेजस्तो आम्दानी हुनेछ । नराम्रा…
झापा, १० साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार साँझ उपसभापति विमलेन्द्र निधिलाई सरकारी निवास बालुवाटार बोलाएर छलफल गरेका छन् । १४ औँ महाधिवेशनमा निधि सभापतिको प्रत्याशी बन्ने बताएपछि देउवा र निधिबीचको भेट पातलिएको छ । देउवालाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास पुगेका निधिले आफ्नो संयोजकत्वमा गठन भएको समायोजन समितिले सर्वसम्मतिबाट पारित गरिसकेको विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विवाद निकालेको बताएका छन् । पौडेल पक्षको आग्रहमा निर्णय भइसकेको फाइल पुनः खोल्नु विधिसम्मत नभएको भन्दै निधिले बागलुङसहित जिल्लाका विषयमा उत्पन्न गरिएको विवादप्रति असन्तुष्टि व्यक्ति गरेका छन् । सो विषयमा सदस्यता छानबिन समिति प्रवेश गरेको भन्दै उनले असन्तुष्टि जनाएका हुन् ।…
झापा, २० साउन । सरकारले पाँच जना सचिवलाई कामविहीन अवस्थामा राखेको छ । नीतिगत तहमा महत्वपूर्ण भूमिका खेल्ने र प्रशासनिक नेतृत्वमा रहने सचिवलाई सरकारले लामो समयदेखि कामविहीन अवस्थामा राखेको हो । सरकारले बढुवा भएका सचिवहरूलाई समयमा नै पदस्थापन गर्न नसक्दा चार जना सचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा रहेर हाजिर गरिरहेका छन् । मंगलबार पुनः एक जना सचिवमा बढुवा भएपछि अतिरिक्त समूहमा रहने सचिवको संख्या पाँच पुगेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा रहेका सचिवमा कृष्णहरि पुष्कर, खगेन्द्र नेपाल, रामप्रसाद घिमिरे र किरणराज शर्मा रहेका छन् । मंगलबार सचिवमा बढुवा भएका हरि मैनालीलाई पनि हाललाई अतिरिक्त समूहमा…
भद्रपुर, २० साउन । झापाको गौरादहबाट प्रहरीले मंगलबार दिउँसो लागुऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले गौरादह–१ स्थित गौरादह बजारबाट छ ग्राम ब्राउनसुगरसहित ३७ वर्षीय कृष्णकुमार ताजपुरिया पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार मे.७ प. ६७६७ नं. को सुजुकी मोटरसाइकलमा सवार ताजपुरियालाई चेकजाँच गर्दा प्लाष्टिकबाहेक छ ग्राम ब्राउनसुगर बरामद गरिएको थियो । ताजपुरियालाई सोधपुछ गर्दा उनले गौरादह–२ का ३९ वर्षीय सुमनकुमार कार्कीबाट उक्त लागुऔषध खरिद गरेको बताएका थिए । घटनालगत्तै प्रहरीले कार्कीको घर सुत्ने कोठामा खानतलासी गर्दा प्लाष्टिक बाहेक ३० ग्राम…
झापा, १९ साउन । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री उषाकला राईवीच आज कार्र्य सम्पादन सम्झौता भएको छ । मुख्यमन्त्री कार्यालयमा आयोजित एक कार्यक्रमकावीच उहाँहरुवीच कार्यसम्पादन सम्झौता भएको हो । प्रदेश १ सरकारको काम कारवाहीलाई पारदर्शी, नतिजामुलक एवं उपलब्धिमा आधारित बनाउन ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा, प्रदेश सरकारको प्रथम आवधिक योजना उल्लिखत ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ निर्माणको दीर्घकालिन सोच प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ को नियम ६ बमोजिम कार्य जिम्मेवारी पुरा गर्न, विभागिय मन्त्रीका रुपमा कामको फस्र्यौट गर्न र प्रदेश सुशासन ऐन र नियमावलीको व्यवस्थालाई आत्मासाथ गर्दै मुख्यमन्त्री राई र सामाजिक विकास मन्त्री राईवीच…
झापा, १९ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९६३ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ७२१ जनाको पीसीआर परीक्षण गर्दा ५१७ र १ हजार ५४८ जनाको एन्टिजेन परीक्षण गर्दा ४४६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २०७, मोरङमा १४२, सुनसरीमा ११७, धनकुटामा १५, उदयपुरमा १३, इलाममा ९, संखुवासभामा ४, पाँचथरमा ३, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको छ । झापाको विर्तामोडमा ४२, भद्रपुरमा ३४, दमकमा २७, मेचीनगरमा २४, अर्जुनधारमा १९, कनकाई र शिवसताक्षीमा १५–१५, बुद्धशान्तिमा ९, गौरादहमा ७, कमल गाउँपालिका र बा¥हदशीमा ५–५,…
भद्रपुर, १९ साउन । झापाको विभिन्न स्थानबाट सोमबार प्रतिबन्धित औषधि र लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् । प्रहरीले गौरीगञ्ज, मेचीनगर र बिर्तामोडबाट उनीहरुलाई पक्राउ गरेको हो । सोमबार बेलुका गौरीगञ्ज गाउँपालिका–६ स्थित जनताचोकबाट इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले गौरादह नगरपालिका–१ का २० वर्षीय सुरेश ताजपुरियालाई प्रतिबन्धित औषधि ट्रामाजेक १५० क्यापसुल, नाइट्रोभेट २६ क्याप्सुल र कोरेक्स एक बोतलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । त्यसैगरी, सोमबार बेलुका करिब ८ बजे झापा मेचीनगर नगरपालिका–२ स्थित भृकुटीचोकबाट जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले ब्राउनसुगरसहित एक जनालाई…