झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १८ साउन । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रको विभेद हटाउन बराबरी अधिकार आवश्यक भएको बताएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाललाई दोस्रो अध्यक्ष दिएर भए पनि नेपाल समूहलाई पार्टीभित्रै राख्ने योजना बनाएका छन्। तर नेता नेपालले दोस्रो अध्यक्ष अस्वीकार गर्दै पार्टी एकताका लागि ओलीलाई भएजति अधिकार आफूले पनि प्रयोग गर्नु पाउनुपर्ने बताएका हुन्। ‘पार्टीभित्र लामो समय विवाद भयो। फेरि पनि बहुमतका नाममा पेल्ने काम हुनेछ। नेताहरूको मूल्याँकन हुने सम्भावना कम छ। पहिला पनि धेरै नै पेलेपछि अहिलेको अवस्था आएकाले सबै नेता र कार्यकर्तालाई समान जिम्मेवारी दिनका लागि पनि बराबरी अधिकार आवश्यक छ’, नेपाललाई उद्धृत गर्दै स्रोतले…

Read More

झापा, १८ साउन । नेपाली कांग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी र नेकपा एमालेको माधव नेपाल गुट मिलेर बनेको गठबन्धनको नेतृत्व गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको तीन साता भएको छ । यो गठबन्धनलाई आगामी आम निर्वाचनसम्म लैजाने कार्ययोजना खासगरी माओवादी अध्यक्ष पुष्पकमल दाहालले बनाएका छन् । तर गठबन्धनले देउवा नेतृत्वको संयुक्त सरकार गठन गरेको तीन साता पनि नबित्दै गठबन्धनभित्रका दलमा भाँजो उत्पन्न हुन थालेको छ । खास गरेर वर्तमान गठबन्धनका प्रमुख २ पार्टीका प्रमुख कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका बीचमा नेतृत्वलाई लिएर फरक विचार उत्पन्न हुन थालेको छ । आजको साँघु साप्ताहिकमा खबर…

Read More

झापा, १८ साउन । पाँच दल आबद्ध सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चा मिलेर बनेको सत्ता गठबन्धले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको हो । २९ असारमा शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि गठबन्धनमा रहेका दलहरूबीचको सहमतिबाट सरकारका कामकारबाहीलाई सहयोग गर्न भन्दै कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा सात सदस्यीय कार्यदल बनाइएको थियो । सो कार्यदलले सरकारको न्यूतम साझा कार्यक्रमको मस्यौदा तयार पारेको हो । कार्यदलले तयार पारेको मस्यौदालाई शीर्ष नेतृत्वबाट अन्तिम रूप दिने तयारी भइरहेको छ । कार्यदलले नै सरकारमा सहभागी…

Read More

झापा, १८ साउन । सरकारले कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा जारी गरेपछि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल खुलाउने तयारी गरेको छ । यातायात व्यवस्था विभागले साउन अन्तिम सातादेखि लाइसेन्सको ट्रायल परीक्षा खुलाउने तयारी गरेको हो । विभागले आगामी आइतबार मातहतका कार्यालयसँग छलफल गरेर ट्रायल परीक्षा खुलाउन लागेको हो । विभागले यसअघि नै लाइसेन्सको ट्रायल खुलाउने तयारी गरेकोमा कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञा पूर्णरूपमा नहटेको भन्दै यातायात कार्यालयले ट्रायल खुलाउन नसकिने बताएका थिए । पछिल्लोपटक विद्यालय, विश्वविद्यालयलगायतका परीक्षा धमाधम सुरु भएपछि विभागले पनि ट्रायल खुलाउने तयारी गरेको हो । विभिन्न खाले सवारी साधान चलाउनका लागि अनलाइन आवेदन दिएर…

Read More

झापा, १८ साउन । दोस्रो डोज खोप लगाइसकेकालाई पनि कोरोना संक्रमण देखिन थालेको छ। सुनसरीको इटहरी उपमहानगरपालिका–६ का उमेश दाहालले गत असार २८ गते भेरोसेलको दोस्रो डोज खोप लगाए। त्यसको दुई दिनपछि नै उनलाई ज्वरो आउने, खोकी लाग्नेलगायतका लक्षण देखियो। पहिले त उनले खोपको असर होला भन्ने लाग्यो। तर, साउन २ गते गरेको एन्टिजेन परीक्षण गर्दा उनमा कोरोना संक्रमण भएको पुष्टि भयो। त्यसैगरी विराटनगरका ३२ वर्षीय एक युवालाई पनि गत बुधबार कोरोना पोजेटिभ देखियो। उनले कोरोनाविरुद्धको खोप दुईवटै डोज लगाइसकेका थिए। एकाएक शनिबार घाँटी खसखसाउने, टाउको दुख्ने, रुघा लाग्ने जस्ता लक्षण देखियो। सुरुमा उनले भाइरल ज्वरो भनेर वास्ता गरेनन्। तर,…

Read More

झापा, १८ साउन । विद्यार्थी वित्तीय सहायता कोषमार्फत आर्थिक अवस्था कमजोर भएका विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिन नसक्दा ८५ करोड रुपियाँ फ्रिज भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने छात्रवृत्ति रकम पाउने विद्यार्थीको प्रमाणीकरण हुन नसक्दा ती विद्यार्थीको भविष्य अन्योल भएको छ । सबै प्रक्रिया पूरा गरी छात्रवृत्ति वितरण गर्ने समयमा विद्यार्थीको खातामा रकम नपुगेपछि विश्व बैंकको निकायले उपलब्ध गराएको ८५ करोड रुपियाँ फ्रिज भएको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुष्ठप्रसाद अर्यालले कक्षा ९ र १० मा १४ हजार ५ सय ५६ र कक्षा ११ र १२ मा ८ हजार…

Read More

बिर्तामोड, १७ साउन । झापाको बिर्तामोड नगरपालिका–५ स्थित सुगम पेट्रोल पम्प नजिकै आफ्नै घरअगाडि अर्धनग्न अवस्थामा मृत फेला परेकी २५ वर्षीय सिर्जना बस्नेतको मृत्यु प्रकरणको अनुसन्धान सीआइबीको टोली खटिएको छ । उनलाई मृत अवस्थामा फेला परेको समाचार प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनरमनीबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनास्थलमा पुगेको प्रहरीले केही पत्ता लगाउन नसकेपछि प्रहरीले धरानबाट तालिम प्राप्त कुकुर मगाइएको थियो । तर, सोबाट पनि प्रहरीले सत्यतथ्य सार्वजनिक पत्ता लगाउन नसकेपछि सीआईबीको टोली अनुसन्धानमा खटिएको हो । मृतक बस्नेत बिर्तामोड नगरपालिका–५ स्थित आफ्नो सानिमाको घरमा आफ्नो परिवारसँगै बस्दै आएकी थिइन् । परिवारसँग खाना खाएर सुत्न गएकी उनी…

Read More

बिर्तामोड, १७ साउन । बिर्तामोड नगरपालिकामा लगाएको ताला ३० घण्टापछि खुलेको छ । खोप प्रकरणको विषयमा इलाका प्रहरी कार्यालय अनारमनिमा आइतबार बसेको सर्वपक्षीय भेला गरिएको सात बुँदे सहमति पश्चात् नगरपालिकाको ताला खोलिएको हो । सर्वपक्षीय भेलाले साउन १५ गते बिर्तामोड नगरपालिका- १ स्थित टायमलेस मोमेन्ट होटेलमा कोभिड– १९ विरुद्धको चाइनिज भेरोसिल खोप कार्टुनसहित बिर्तामोड नगरपालिकाका कोभिड फोकल पर्सन ओमबहादुर खडका शङ्कास्पद अवस्थामा परेको सम्बन्धमा बैठकमा अत्यन्त गम्भीर छलफल भएको र सो सम्बन्धमा जिल्ला प्रशासन कार्यालयले शनिवार नै सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको नेतृत्वमा छानबिन समिति गठन गरी सात दिन भित्र प्रतिवेदन पेस गर्ने गरी समिति गठन गरेकोछ । यो…

Read More

पछिल्लो समय अभिनेत्री पूजा शर्मा म्युजिक भिडियोमा धेरै देखिन थालेकी छन् । उनी अभिनित म्युजिक भिडियो दैनिक जसो सार्वजनिक हुने गरेका छन् । यस्तैमा उनी अभिनित अर्को म्युजिक भिडियो ‘तिमी आउने जाने’ सार्वजनिक भएको छ । जसमा उनलाई आनन्द सिंहको मोडलिङमा साथ दिएका छन् । गायिका अस्मिता अधिकारी र गायक अविनाश न्यौपानेको स्वर रहेको गीतमा टंक बुढाथोकी शब्द र संगीत छ । भिडियो सशान कँडेलले निर्देशन गरेका हुन् । पर्यटकीय स्थल कालिन्चोकको रमणीय स्थलमा छायाँकन भएको भिडियोमा बुद्ध थापाको छायाँकन, विकास दाहालको सम्पादन रहेको छ ।

Read More

क्यानडा विश्वको उच्च विकसित देशमा पर्छ । उत्तर अमेरिकास्थित यो देश क्षेत्रफलका हिसाबले रुसपछि विश्वको दोस्रो ठूलो देश हो । अमेरिकासँग यो देशको आठ हजार किलोमिटरभन्दा लामो सीमा जोडिएको छ । क्यानडाको ४० प्रतिशत भाग जंगल छ । क्यानडालाई तालको देश पनि भनिन्छ । किनकी, यहाँ धेरै तालहरू छन् । भनिन्छ, विश्वको २० प्रतिशत पानी क्यानडाको तालमै छ । यी तालहरूको पानी मिनरल वाटरभन्दा पनि सफा रहेको मानिन्छ । क्यानडाका रोचक पक्षबारे हामी यहाँ चर्चा गर्दैछौं । सबैभन्दा रोचक कुरा, यहाँ मुसा पाल्नु निकै मुस्किलको काम हो । यसका लागि तपाईले सरकारसँग अनुमति लिनुपर्छ । क्यानडामा जिउँदो मुसालाई मार्नु वा…

Read More