झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १७ साउन । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले साउन २१ गते बिहीबारका लागि प्रदेशसभाको बैठक आह्वान गरेका छन् । गत असार २५ गते प्रदेश सरकारको बजेट पारित भएपछि अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो । प्रदेश सरकारले यही अधिवेशनबाट प्रदेशको नामकरण टुङ्ग्याउने तयारी थालेको छ । मुख्यमन्त्री शेरधन राईले सरकारका तर्फबाट प्रदेशको नामकरण टुङ्ग्याउने तयारीका साथ केही दिन अघिमात्र प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुबीच परामर्श गरेका थिए । विपक्षी दलहरुले यस विषयमा आन्तरिक छलफल गर्नुपर्ने भन्दै सरकारसँग समय माग गरेका थिए । मुख्यमन्त्री राईले दलहरूसँगको सहमतिमा यही अधिवेशनबाट प्रदेशको नामकरण टुङ्ग्याउने पक्षमा आफु रहेको रातोपाटीलाई बताए…

Read More

झापा, १७ साउन । सरकारले ‘ह्यूमन मिल्क बैङ्क’ स्थापना गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले आइतबार पत्रकार सम्मेलन गरी काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालमा ‘ह्यूमन मिल्क बैङ्क’ स्थापना गर्ने तयारी गरिएको जानकारी गराएको हो । विश्व स्तनपान सप्ताह शुभारम्भ गर्दे महाशाखाका पोषण शाखा प्रमुख केदारराज पराजुलीले ६ महिनासम्मका शिशुलाई अनिवार्य रूपमा आमाको दूध मात्रै खुवाउनुपर्ने भएकाले प्रशस्त दूध आउने आमाको दूध संरक्षण गरेर राख्न सो बैङ्क स्थापना गर्न लागिएको जानकारी दिए । उनले भने, ‘कम दूध आउने आमाका शिशुलाई चिकित्सकहरूको सल्लाहमा आमाकै दूधको व्यवस्था गर्न सरकारले ‘ह्यूमन मिल्क बैङ्क’ स्थापना गर्ने तयारी गरेको…

Read More

झापा, १७ साउन । संसदीय समितिले ईपीएस परीक्षा पास गरेर अलपत्र परेका कामदारलाई तत्काल दक्षिण कोरिया पठाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद राष्ट्रियसभा अन्तरगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले ईपीएस परीक्षा पास गरेर बसेका कामदारलाई तत्काल दक्षिण कोरिया पठाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो । ईपीएस परीक्षा पास गरेर बसेका करिव १० हजार कामदारहरूले दक्षिण कोरिया पठाउने काममा सरकारले आलटाल गरेको भन्दै समितिमा उजुरी दिएका थिए । सोही उजुरीको सुनुवाई गर्दै सम्बन्धित मन्त्रालयसँग छलफल गरी आवश्यक प्रक्रिया पूरा…

Read More

झापा, १७ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७२५ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ३३१ जनाको पीसीआर परीक्षण गर्दा ४१२ र १ हजार ६ जनाको एन्टिजेन परीक्षण गर्दा ३१३ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १९३, मोरङमा ११७, सुनसरीमा ७८, इलाममा ६, पाँचथरमा ५, उदयपुरमा ३, ताप्लेजुङ, संखुवासभा, ते¥हथुम, भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको छ । झापाको दमकमा ५३, विर्तामोमा ४२, कनकाईमा २८, अर्जुनधारामा १६, शिवसताक्षीमा १४, मेचीनगरमा १२, भद्रपुरमा १०, बुद्धशान्तिमा ९, गौरादह र कमल गाउँपालिकामा ३–३, बा¥हदशीमा २,…

Read More

बिर्तामोड, १७ साउन । झापा अर्जुनधारा नगरपालिका ११ नयाँ बसपार्क स्थितबाट अटो टेम्पुबाट लागूऔषध ब्राउन सुगर सहित २ जनलाई पक्राउ गरिएको छ । हिजो दिउसो साढे ११ बजे अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले मे१ह ३४३१ नम्बरको अटोलाई चेकजाँच गर्ने क्रममा अटो चालक बिर्तामोड ४ बस्ने २१ बर्षीय रुपेश साह र पछाडि सवार हल्दिबारी ३ का २१ बर्षीय बिबेक बानियाको साथबाट लागूऔषध ब्राउन सुगर २ ग्राम ९० मिलि ग्राम र नगद रु २० हजार बरामद भएको हो । प्रहरीले उनिहरुलाई अटो सहित पक्राउ गरि ईलाका प्रहरी कार्यालय अनारमनीमा लगि थप अनुसन्धान गरिरहेको छ ।

Read More

झापा, १७ साउन । झापा दमक नगरपालिका–८ स्थितमा रहेको पेरुङगो होटलमा तास खेलिरहेको अवस्थामा होटल संचालक सहित ६ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा दमक–७ का होटल संचालक ३२ बर्षीय पदम सुब्बा, दमक ५ का २९ बर्षीय कैलास लिम्बु, सोही स्थानका ३३ बर्षीय मोहन ढुंगाना, दमक ६ का ३८ बर्षीय द्रोणचार्य कार्की, सोही स्थानका ५० बर्षीय प्रेम सुब्बा र सोही स्थानका ५० बर्षीय भिम सुब्बा रहेका छन् । हिजो बेलुका पौने ५ बजे सो होटलमा जुवाजन्य खेल खेलाईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई तास ३ बुङ, नगद १ लाख ६० हजार…

Read More

बिर्तामोड, १६ साउन । बिर्तामोड नगरपालिकाको खोप प्रकरणको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा आज बसेको जिल्ला कोभिड खोप व्यवस्थापन समितिको बैठकले बिर्तामोडको खोप काण्ड ७ दिनभित्र छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्ने निर्णय गरेको छ । छानबिन समितिको सदस्यहरुमा जिल्ला समन्वय समिति अधिकारी लालबहादुर श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका डीएसपी राकेश थापा, सशस्त्र प्रहरी बल २ नम्बर गणका डीएसपी प्रेम प्रसाई र राष्ट्रिय अनुसन्धान झापाका अनुसन्धान अधिकृत किरण भट्टराई छन् । बैठकले खड्कालाई छानबिन प्रतिवेदन सार्वजनिक नहुँदासम्मको लागि खोप सम्बन्धी कुनै गतिविधिमा संलग्न नगराउन…

Read More

झापा, १६ साउन । भारतको विभिन्न स्थानबाट दुई वर्षदेखि अभिभावकसँग सम्पर्कविहीन रहेका पाँच बालकको उद्धार गरिएको छ । विश्व सेवा विस्तार संस्थाले भारतको कलकत्तास्थित नेपाली महावाणिज्य दूतावाससँगको सहकार्यमा उद्धार गरेका पाँचमध्ये चार जना मेचीनगर नगरपालिका र एक जना दमकको रहेको जनाएको छ । शुक्रबार उद्धार गरिएका बालकमा मेचीनगर–१ गाडागल्लीका १६ वर्षीय अनिश विश्वकर्मा र १४ वर्षीय महेश विश्वकर्मा, मेचीनगर–५, अधेरीका १५ वर्षीय नवीन लिम्बू र १६ वर्षीय रोमन कटुवाल र दमकका १४ वर्षीय खेम राजवंशी रहेका संस्थाका कोअर्डिनेटर कुमार बस्नेतले बताए। उद्धार गरिएका सबैलाई शुक्रबार नै परिवारको जिम्मा लगाइएको छ । उद्धार गरी ल्याइएका बालकले आफूहरु २०५६ सालमा घुम्नका लागि…

Read More

झापा, १६ साउन । जिल्ला स्वास्थ्य कार्यालयले कोरोनाविरुद्ध सञ्चालित खोप अभियानमा कुनै अनियमितता नभएको जनाएको छ । ​बिर्तामोडको टाइमलेस होटलबाट स्वास्थ्य शाखा बिर्तामोडका फोकलपर्सन ओमबहादुर खड्कालाई १०३ भाइरल भेरोसिल खोपसहित शुक्रबार नियन्त्रणमा लिइएको घटना सम्बन्धमा रासससँग कुरा गर्दै कार्यालय प्रमुख योगराज घिमिरेले खोप लुकाइएको भन्ने आरोप गलत भएको बताए। “बिर्तामोडमा खोप अभाव भएको हुँदा स्वास्थ्य कार्यालयका खोप प्राविधिक बालकृष्ण भण्डारी र कर्मचारी विशाल घिमिरेलाई १०३ भाइल खोप पठाएका थियौँ”, कार्यालय प्रमुख घिमिरेले भने, “इएलएमआइएस प्रणालीमा दर्ता गरेर इमेलसमेत गरेर हामीले वैधानिकरुपमा खोप पठाएका हौँ, तर खोप होटलमा लुकाइयो भनेर अफवाह फैलाइयो ।” उनले खोप अभियानमा संलग्न स्वास्थ्यकर्मी खाजा खान होटलमा…

Read More

झापा, १६ साउन । कोभिड–१९ महामारीको सङ्क्रमणको दर उच्च हुँदै गएपछि झापा जिल्लामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ । दुई सात अघि मात्र झापा प्रशासनले कोरोना संक्रमणको दरमा कमी आएको भन्दै जारी निषेधाज्ञा खुकुलो बनाउँदै लगेको थियो । विहीबार बसेको जिल्ला विपत व्यवस्थापन समितिको बैठकले साउन १६ गते शनिवार (आज) राती देखी झापा जिल्ला पूर्णरुपमा निषेधाज्ञा गर्ने निर्णय गरेको हो । संक्रमणदर उच्च हुँदै गएपछि नियन्त्रणको उपाय स्वरूप निषेधाज्ञा घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए । उनका अनुसार साउन १६ गते शनिवार राती १२ बजे देखी लागु हुनेगरी साउन २३ गते राति १२ बजे सम्मको लागी पूर्ण निषेधाज्ञा…

Read More