झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, ८ असार । प्रदेश नं. १ का चार पत्रकार पुरस्कृत भएका छन् । स्पोट्र्स फर अल कमिशन नेपाल प्रदेश नं. १ को समन्वयमा नेपाल पत्रकार महासंघ झापा शाखाले आयोजना गरेको विश्व ओलम्पिक दिवसको अवसरमा प्रदेशस्तरीय लेखन प्रतियोगितामा नगदसहित उनीहरु पुरस्कृत भएका हुन् । पुरस्कृत हुनेमा इलामका पत्रकार नमिन ढकाल (प्रथम), ताप्लेजुङका खगेन्द्र अधिकारी (द्वितीय), झापाका हिमाल खरेल (तृतीय) र पाँचथरका भीमकुमार बाँस्कोटा (सान्त्वना) रहनुभएको छ । पुरस्कारको राशी क्रमशः रू ११ हजार, रू ८ हजार, रू ५ हजार र रू ३ हजार रहेको छ । पत्रकार महासंघ झापा शाखाको कार्यालय परिसरमा आज आयोजित कार्यक्रममा पोट्र्स फर अल कमिशन नेपाल…

Read More

पाँचथर, ८ साउन । पाँचथर हिलिहाङ गाउँपालिका–५ सुभाङ स्थित मध्यपहाडी लोकमार्गमा रोडकै काम गरिरहेका मजदुरको पहिरोले पुरेर मृत्यु भएको छ । मृत्यु हुनेमा तेहथुम आठराई गाऊपालिका ५ छातेढुंगा का २७ बर्षीय टिका मोक्तान रहेका छन् । हिजो दिउसो ३ बजे रसुवा कन्ट्रक्सनको मजदुर रहेका मुक्तानको रोडको भित्तामा ग्याबिन भर्ने काम गरिरहेको अवस्थामा १५ मिटर माथीबाट पहिरो खसेर पुरेको थियो । घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय अमरपुरबाट प्रहरी टोली खटि गई पहिरोबाट उद्धार गरि निकाल्दा मुक्तानको मृत्यु भईसकेको थियो । घटना सम्बन्धी थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय पाँचथरबाट भइरहेको छ ।

Read More

दीपक भट्टकाठमाडौँ, ७ साउन । कुलमान घिसिङ गत वर्ष भदौमा आफ्नो चार वर्षे कार्यकाल पूरा गरी नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बाहिरिए। उनी बाहिरिने समय आउनैलाग्दा सामाजिक सञ्जालमा उनैलाई पुनः उक्त पदमा दोहोर्‍याउनुपर्ने चर्कै आवाज उठ्यो। सामाजिक सञ्जालमा यसरी आवाज उठाउनेमध्ये एक थिए– तत्कालीन नेकपाका नेता नारायणकाजी श्रेष्ठ। उनले फेसबुकमा स्टाटसै लेखेर घिसिङलाई नै पुनर्नियुक्तिको माग गरेका थिए। कुलमानलाई पुननियुक्ति दिन यसरी आवाज उठाउने धेरै थिए। यसको कारण थियो– लोडसेडिङ हटाउन खेलेको उनको नेतृत्वदायी भूमिका। त्यसबेला ऊर्जामन्त्री थिए वर्षमान पुन, जो घिसिङको कार्यकाल थप गर्न चाहन्थे। त्यसैले उनले मन्त्रिपरिषदमा घिसिङलाई पुननियुक्ति दिन प्रस्ताव लगे। तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा…

Read More

झापा, ७ साउन । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आम जनतालाई कोरोना खोपको आवश्यक व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । वरिष्ठ नेता नेपालले बाढी, पहिरो र डुबानबाट आक्रान्त जनताको पीडालाई पनि तत्काल सम्बोधन गरी हुने राहतको प्रबन्ध गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरे । ४३ औँ पुष्पलाल स्मृति दिवसको अवसर पारेर बिहीबार काठमाडौँको चम्पादेवीस्थित पुष्पलाल स्मृति पार्कमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, “आम जनतालाई खोप उपलब्ध गराउने, उपचारको व्यवस्था देखि लिएर बाढी, पहिरो र डुबानका कारण भोकले पीडित भएका जनताको निम्ति आवश्यक प्रबन्ध गर्ने कुरामा संवेदनशील भएर अगाडि बढ्नुहोस् भनेर प्रधानमन्त्री शेरबहादुर देउवा…

Read More

भद्रपुर, ७ साउन । भद्रपुरमा आयोजित रक्तदान कार्यक्रममा ७९ पिन्ट रगत संकलन भएको छ । रोटरी क्लब अफ भद्रपुरको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी, भद्रपुर उपशाखा, रोट्याक क्लब अफ भद्रपुर र इनल व्हील भद्रपुरको सहकार्यमा बुधबार भएको रक्तदान कार्यक्रममा ७९ जनाले रगतदान गरेका हुन । रक्तदान गर्नेमा ९ जना महिला थिए । रोटरी क्लव अफ भद्रपुरका अध्यक्ष विगत ओझाको सभापतित्वमा भएको रक्तदान कार्यक्रममा रक्त संचार केन्द्र भद्रपुरको प्राविधिक सहयोग रहेको थियो ।

Read More

भद्रपुर, ७ साउन । एशियन युथ जुनियर पुरुष तथा महिला बक्सिङ च्याम्पियनसीपमा भाग लिन जाने खेलाडी नरिका राईलाई भद्रपुरबाट विदाइ गरिएको छ । दुबर्इमा हुने सो च्याम्पियनसीपमा सहभागी हुने राईलाई भद्रपुरको ८ न. वडा कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा बिदाइ गरिएको हो । सन २०२१ को अगस्ट २० तारिखदेखि आयोजना हुने प्रतियोगितामा नरिकाले ५७ केजी वेन्टम वेट मा सहभागिता जनाउने छिन् । भद्रपुर–९ वडाकी राईले जिल्ला स्तरीय बक्सिङ प्रतियोगितामा उत्कृष्टता हासिल गर्दै एशियन युथ जुनियर च्याम्पियनसीप सहभागिताका लागि छनौट भएकी हुन । ८ नं. वडा अध्यक्ष गौरव सुब्बा, बक्सिङ कोच डम्बर लिम्बु, पूर्व खेलाडीहरु संजय राई, कुमार राया, भरत गुरुङ लगायतले…

Read More

केही अगाडि फिल्म क्षेत्रमा नेपोटिज्म रहेको धारणा राखेपछि विवादमा मुछिएकी अभिनेत्री नम्रता सापकोटा पछिल्लो समय फेरि चर्चामा छाएकी छन् । उनी अहिले विवाह नगरी बच्चा जन्माउने चाहना राखेर चर्चामा छाएकी हुन् । हालै एक टेलिभिजनका लागि उनले हालै दिएको अन्तर्वार्तामा उनले बिहे नगरी बच्चा जन्माउने चाहना रहेको बताएकी छिन् । सो क्रममा उनले विवाहभन्दा पनि बच्चा जन्माउन धेरै मन लागेको बताएकी थिइन् । उनले भनेकी छन्, ‘भोली समयले के मोड लिन्छ भन्न सक्दिन । विवाह नभए पनि म बच्चा चाहिँ अवश्य जन्माउँछु ।’

Read More

काठमाडौँ, ७ साउन । नेकपा एमालेको केन्द्रिय समितिको बैठकले पार्टी एकतालाई अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको छ । साउन ४ गतेदेखि जारी बैठकले ४ प्रस्तावहरु पारित गरेको छ । त्यस्तै, बैठकले सर्वोच्च अदालतले परमादेशमार्फत प्रधानमन्त्री चुनेको फैसलाप्रति विमति जनाउँदै नागरिकलाई यसबारे जनचेतना जगाउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जनाए । साथै, नेपालको संविधानको धारा ७६(५) लाई संशोधन गर्न पहल गर्ने समेत निर्णय भएको ज्ञवालीले जानकारी दिए । ज्ञवालीका अनुसार सर्वोच्चको फैसलाले शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनलाई खल्बल्याएको तथा दलीय प्रणाली खल्बल्याएकाले भन्दै यससँगका असहमतिहरु जनतामा पुर्याउने पहिलो प्रस्ताव छ । बैठकमा अदालतको फैसलाले पार्ने साइड इफेक्टलाई संवैधानिक तवरले समाधानको…

Read More

भारतको एउटा यस्तो गाउँ छ जहाँका घरमा खाना पकाउने काम केवल पुरुषहरूको मात्र हुन्छ । भान्सेको गाउँ अर्थात् भिलेज अफ कुक्स भनिने कलायुर गाउँ नै त्यस्तो गाउँ हो जहाँ हरेक घरका भान्सामा पुरुषको हात चल्दछ । गाउँका पुरुषहरूले किचेनका राजा भनिन्छ । पछिल्लो ५ सय वर्षदेखि उक्त गाउँमा पुरुषहरूले नै घरको खाना पकाउने परम्परा चल्दै आएको छ । गाउँमा झण्डै ८० घर छन् भने गाउँभरमा गरी झण्डै २ सय जना सिपालु शेफ त्यहाँ छन् । पण्डीचेरीबाट ३० किलोमिटर टाढा पर्ने यो गाउँका शेफहरुलाई आसपासका ठाउँहरूमा खाना पकाउने कामका लागि पनि ठूलो माग हुने गरेको छ । वर्षको ६ महिना त…

Read More

झापा, ७ साउन । आर्थिक अध्यादेशको गल्ती सच्याउँदै सरकारले राजपत्रमा सूचना प्रकाशन गरेको छ । अध्यादेशको दफा २० र २१ मा उल्लेखित शुल्क, थप दस्तुर, ब्याज तथा जरिवाना मिनाहा हुने विशेष व्यवस्था अन्तर्गत बिलम्ब शुल्कको ठाउँमा ब्याज लेखिएकोमा बिलम्ब शुल्कलाई नै ब्याजसरह गणना गरिने भन्दै अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेको हो । सूचनामा अन्तःशुल्क ऐन २०५८ बमोजिम तिर्नुपर्ने अन्तःशुल्क रकम निर्धारित समयमा नबुझाए वापत विलम्ब शुल्क लाग्ने व्यवस्था सो दफाको कार्यान्वयनमा आशंका उत्पन्न भएकाले अर्थ मन्त्रालयले आर्थिक अध्यादेशको दफा १९ को अधिकार प्रयोग गरी अन्तmशुल्कको विलम्ब शुल्कलाई ब्याजसरह गणना गरी सो दफाको विशेष व्यवस्था कार्यान्वयन गरी बाधा अड्चन फुकुवा…

Read More