झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १ साउन । सत्तारूढ गठबन्धनबीच मन्त्रालय बाँडफाँडमा सहमति जुटेको छ । बाँकी रहेको २० वटा मन्त्रालयमा आपसी समझदारी कायम गरेर अगाडि बढ्ने समझदारी भएको हो । कानुनीरूपमा २५ जनालाई मन्त्री बनाउन मिल्ने भएका कारण नेपाली कांग्रेसबाट ६, माओवादी केन्द्रबाट ६, जनता समाजवादीबाट ६ जना मन्त्री बनाउने विषयमा शीर्ष नेताहरूबीच मोटामोटी सहमति जुटेको बताइएको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह सरकारमा सहभागी हुने अवस्थामा बढी नै मन्त्रालय दिनुपर्ने समझदारी पनि गठबन्धनबीच भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ नेता नेपाललाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएको छ । जवाफमा नेता नेपालले…

Read More

बिर्तामोड, १ साउन । झापामा बिहीबार दुई जनाको मृत्यु भएको छ । करेन्ट लागेर एक जना र पानी सर्किएर एक जनाको मृत्यु भएको हो । मेचीनगर–३ सिर्जना बस्ती बस्ने ३१ वर्षीय सरोज किसानको करेन्ट लागेर मृत्यु छ । उनको स्थानीय गंगटे खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैँलाई करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनले हाइटेन्सन लाइनमा तार जोडी करेन्ट लगेका थिए । उता, भद्रपुर–६ बस्ने २४ बर्षीय अर्पण श्रेष्ठको पानी सर्किएर मृत्यु भएको छ । आफ्नै घरमा गिलासबाट पानी पिउने क्रममा एक्कासी पानी सर्किएर बेहोस भएकोमा उनको मेची अस्पताल भरद्रपुरमा उपचारको क्रममा पौने ९…

Read More

झापा, २७ साउन । कर प्रणाली छलेका, नक्कल गरिएका र चोरीका मोबाइल दूरसञ्चार सेवामा प्रयोग गर्न नमिल्ने बनाउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले यसका लागि सफ्टवेयर जडान गरिसकेको छ । साउन १ देखि प्रारम्भिक रूपमै भए पनि यसरी अवैध प्रयोगका मोबाइल पहिचान गर्ने काम सुरु गरिने प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए । करिब पाँच वर्षको प्रयत्नपछि मोबाइल संयन्त्र व्यवस्थापन प्रणाली (मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) को परीक्षणको प्रयोगमा प्राधिकरण जुटेको छ । यद्यपि यसका लागि आवश्यक हार्डवेयर नेपाल आइनसकेकाले यसको पूर्ण कार्यान्वयन भने अझै केही महिना हुने छैन । प्राधिकरणका अनुसार साउन १ पछि हाल…

Read More

झापा, २७ साउन । बालबालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेका छन् र उनीहरूलाई कोरोनाबाट बचाउनु अबको महत्त्वपूर्ण कार्य भएको चिकित्सकको सुझाव छ । बालबालिकालाई कोरोनाबाट जोगाउन अभिभावकको भूमिका महत्वपूर्ण हुने विज्ञको सुझाव छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ वर्षभन्दा मुनिका ४१ जना बालबालिकाको मृत्यु कोरोनाकै कारण भइसकेको छ । यसैगरी १० देखि १९ वर्ष उमेर समूहका ४८ जनाको कोरोनाबाट मृत्यु भएको छ । २० देखि २९ वर्ष उमेर समूहका २७६ जनाको मृत्यु कोरोनाबाट भएको छ । प्राप्त तथ्याङ्कले किशोर तथा युवासँगै बालबालिका कोरोनाको उच्च जोखिममा रहेका छन् भन्ने प्रस्ट देखाउँछ । शनिबारको मात्र तथ्याङ्क हेर्ने हो भने १०…

Read More

झापा, २७ असार । कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । माराकाना रंगशालामा पहिलो हाफको २२ औं मिनेटमा एन्जल डि मारियाले निर्णायक गोल गर्दा आयोजक ब्राजिललाई हराएर अर्जेन्टिनाले उपाधि जितेको हो । अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका जितेको हो, पछिल्लोपटक १९९३ मा उसले यो उपाधि जितेको थियो । त्यसयता, अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिना उपाधि विहिन थियो । त्यस्तै, कप्तान लियोनल मेसीले देशबाट जितेको यो पहिलो प्रमुख उपाधि हो । मेसीको कप्तानीमा २०१४ को विश्वकप, २०१५ र २०१६ को कोपा अमेरिकामा अर्जेन्टिनाले फाइनल यात्रा गरेको थियो । तर उपाधि जित्न असफल रह्यो । मेसीले यसअघि ओलम्पिकमा स्वर्ण जितेका थिए, त्यसलाई अन्तर्राष्ट्रिय…

Read More

झापा, २७ असार । एमालेको एकताका लागि गठित कार्यदल ब्युँतिएको एक साता पुगेको छ। कार्यदलमा रहेका दुवै पक्षका नेताले आइतबार औपचारिक रूपमै एकताको घोषणा हुने बताएका छन्। नेताहरूले यसअघि शनिबार निष्कर्षमा पुग्ने बताए पनि एकता घोषणा भने हुन सकेन। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कार्यदल संयोजक सुवास नेम्बाङले आइतबार सबैले सुखद खबर सुन्न पाउने बताए। ‘आइतबार बिहान ८ बजे सुखद समाचार सुन्न पाउनुहुन्छ’, नेता नेम्बाङले भने। वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदल संयोजक भीम रावलले सहमतिको अन्तिम बिन्दुमा रहेकाले छिट्टै निष्कर्षमा पुग्ने बताए । ‘विभिन्न विषयवस्तुमा छलफल गर्‍यौं। अब अन्तिम बिन्दुमा छौं’, नेता रावलले भने, ‘छिट्टै निष्कर्षमा…

Read More

मोरङ, २७ असार । मोरङको पथरीशनिश्चरेकी १३ वर्षीय बालिकालाई जबरजस्ती बलात्कार गरेको अभियोगमा एक जना आँखाका डाक्टर पक्राउ परेका छन् । पथरीशनिश्चरे–१ स्थित दृष्टि चस्मा घरमा कार्यरत सप्तरी जिल्ला स्थायी घर भएका २८ वर्षीय आँखा डाक्टर राजेश साहलाई इलाका प्रहरी कार्यालयले पक्राउ गरेको हो । साहलाई पीडित परिवारले इप्रका पथरीमा जबरजस्ती करणी सम्बन्धी किटानी जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो । आँखा डाक्टर साहले अश्लील भिडियो देखाउँदै ती बालिकालाई पटक पटक जबरजस्ती करणी गरेको पीडित बालिकाले प्रहरीको बयानमा दिएकी छन् । साह र पीडित परिवार एउटै घरको फ्लाइटमा डेरा बस्दै आएका थिए । बालिकाको अभिभावक घरमा नभएको बेला साहले ती…

Read More

झापा, २७ असार । निषेधाज्ञा खुकुलो बनाएसँगै झापामा कोरोना संक्रमण र मृत्यु दर बढ्न थालेपछि चिन्ता थपिएको छ । निषेधाज्ञा खुकुलो बनाएकै कारण संक्रमण दर बढेको पाइएकोले अब निषेधाज्ञाका बिषयमा पुनर्विचार गर्नुपर्ने माग उठ्न थालेको छ । निषेधाज्ञा खुकुलो बनाएयता संक्रमण बढेपछि प्रहरी प्रशासनलाई मुख्य चिन्ता थपिएको हो । निषेधाज्ञामा ढिलाई गरेकै कारण संक्रमण बढ्दा त्यसको जिम्मेवारी लिनुपर्ने भएपछि प्रहरी प्रशासनलाई तनाव भएको हो । निषेधाज्ञामा कडाई नगरिँदा कोरोना संक्रमण र मृत्यु दर बढेपछि चिन्ताको बिषय बनेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए । ‘संक्रमण बढ्दै जाँदा तनाव थपिएको छ ’उनले भने , ‘अब के गर्ने भनेर सोच्ने बेला भएको…

Read More

झापा, २६ असार । प्रदेश १ मा आज ३८३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २४१ महिला र १४२ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६८ हजार ३७८ पुगेको छ । प्रदेश १ मा आज ३०५ जना कोरोना संक्रमित थपिएका छन । ८६५ जनाको पीसीआर परीक्षण गर्दा १२५ महिला र १८० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीको १५६, मोरङमा ५९, झापामा ४४, उदयपुरमा १५, पाँचथरमा १४, धनकुटामा ९, इलाममा ४, संखुवासभामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण पुष्टि भएको हो । सुनसरीको धरानमा ७२, बराहक्षेत्रमा ५१, इटहरीमा २८, दुहवीमा…

Read More

बिर्तामोड, २६ असार । प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश नं.१, विराटनगरले कोरोना भाइरसको संक्रमणबाट बिरामी भएका पत्रकारलाई आज आर्थिक सहयोग प्रदान गरेको छ । झापाको बिर्तामोडमा आज एक कार्यक्रमका बीच प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञप्रसाद शर्माले कोरोना प्रभावित पत्रकार पर्वत पोर्तेललाई सहयोग रकम हस्तान्तरण गर्नुभयो । प्रतिष्ठानले पत्रकार पोर्तेललाई रू २५ हजार बराबरको चेक हस्तान्तण गरेको हो । प्रतिष्ठानका अध्यक्ष शर्माले मापदण्ड निर्धारण गरेर प्रदेशभरका कोरोना प्रभावित पत्रकारलाई सहयोग प्रदान गरिने बताउनुभयो । “कोरोना भाइरसको संक्रमणबाट बिरामी भई अक्सिजन, एचडीयू, आइसीयू, भेन्टिलेटर लगायत राखेर उपचार गरिएका पत्रकारलाई मापदण्ड बनाएर सहयोग गरिँदै छ”, उहाँले भन्नुभयो, “महामारीका बेला प्रभावित पत्रकारलाई केही भए पनि राहत…

Read More