
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २६ असार । प्रहरीले झापाको बुद्धशान्ति गाउँपालिका–१ होक्सेबाट अवैध सखुवाको काठ बरामद गरेको छ । गएराति ८ बजे बुद्धशान्ति १ होक्सेबाट मे १ त २७४७ नम्बरको ट्याक्टरबाट प्रहरीले गोलिया १८ थान २६.७१ क्यूफिट र चिरान फेन्टा ९ थान १५.८६ क्यूफिट गरी जम्मा ४२.५६ क्यूफिट काठ बरामद गरेको हो । त्रिपालले छोपेर बुधवारेतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले उक्त काठ फेला पारेको हो । इलाका प्रहरी कार्यालय बुधबारेबाट सादा पोसाकमा गएका प्रहरीलाई देखेर चालकले ट्याक्टर भगाउन खोजेका थिए । प्रहरीले ट्याक्टर नियन्त्रणमा लिई चाबी खोसेपछि स्पेयर चाबीले ट्याक्टर भगाए पनि बाटो नभेटेपछि ट्याक्टर छोडेर चालक भागेको स्थानीयले बताएका छन् । आवश्यक…
इलाम, २६ असार । कोभिडका कारण मृत्यु भएका परिवारलाई इलामको देउमाई नगरपालिकाले राहतस्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । नगर कार्यपालिकाको बैठकले आर्थिक वर्ष ०७८/०७९ को नीति तथा कार्यक्रममा नगरवासीको मृत्यु भए सो रकम दिने निर्णय गरेको हो । नगरपालिकाका प्रमुख सूर्यप्रसाद पोख्रेलले यो यस वर्षको नयाँ कार्यक्रम भएको बताए । नगरपालिकाले नयाँ कार्यक्रमका रुपमा देउमाइलाई अपाङ्ता मैत्री घोषणा गरेर अपाङ्ता भएका पहेँलो कार्ड भएका व्यक्तिलाई मासिक रु ५०० दिने निर्णय गरेको छ । सो नगरपालिकाले एकल पुरुषलाई समेत भत्ता दिँदै आएको छ । साथै ४५ वर्ष उमेर नाघेका अविवाहित महिलालाई मासिक एक हजार रुपैयाँ भत्ता उपलब्ध गराउने…
झापा, २६ असार । देशभर मनसुनी वायुको प्रभाव रहेकाले हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनाका साथै केही स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भारी वर्षाका कारण पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनाका साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र दैनिक जीवन÷यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहनाका साथै प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा…
झापा, २६ असार । इलाम सन्दकपुर–२ घर भई झापा बिर्तामोड–१ बस्दै आएका ३८ वर्षीय आयुस राईको करेन्ट लागेर मृत्यु भएको छ । हिजो अपरान्ह सवा ५ बजे अर्जुनधारास्थित एक घरमा छत ढलान गरी ढलानको भाईबरेटर मेसिनको तार फुस्काउने क्रममा अचानक राईलाई करेन्ट लागी उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
मोरङ, २६ असार । मोरङको बिराटनगर महानगरपालिका–५ पृथ्वी चोकका ३१ वर्षीय साजन सिंहले ४२ वर्षीय दाजु भोला सिंहको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । हिजो राति साढे १० बजेको समयमा मादक पदार्थ सेवन गरी एक्कासी दाजुलाई धारिलो हतियारले प्रहार गर्दा घाईते भएका भोलाको उपचारको क्रममा विराट अस्पताल बिराटनगरमा मृत्यु भएको तथा घटनामा संग्लग्न रहेका साजनलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
झापा, २५ असार । चीन सरकारसँग सरकारले खरिद गरेको कोरोनाविरुद्धको खोपको पहिलो खेपमा १० लाख मात्रा भेरोसेल नेपाल आउने भएको छ । उक्त खोप लिन नेपाल एयरलाइन्सको विमान बिहीबार अपराह्न चीनको राजधानी बेइजिङका लागि उडेको छ । सरकारका अनुसार बिहीबार दिउँसो ३ बजेर २५ मिनेट जाँदा त्रिभुवन विमानस्थलबाट उडेको नेपाल वायुसेवा निगमको वाइडबडी ए ३३० राति ११ बजेर २५ मिनेटमा ‘भेरोसेल’ खोप लिएर फर्कने कार्यतालिका छ । कोरोनाविरुद्धको खोप नहुँदा कोरोना संक्रमित तथा मृतकको संख्या ह्वात्तै बढेकाले सरकारले चीनसँग ४० लाख डोज खोप खरिदका लागि नन् डिस्क्लोजर सम्झौता गरेको हो । सोही सम्झौताअनुसार पहिलो चरणमा १० लाख डोज खोप आउँदै…
भद्रपुर, २३ असार । नेपाल सरकार, गृह मन्त्रालयद्वारा आयोजित ‘देशव्यापी कविता प्रतियोगिता’मा झापा जिल्लाका राघव न्यौपाने प्रथम पुरस्कृत भएका छन् । भद्रपुर नगरपालिका, वडा नं. ८ का राघव हाल काठमाडौंको मध्यबानेश्वरस्थित भ्याली भ्यू इंग्लिश स्कूलमा कक्षा– १० मा अध्ययनरत् छन् । ‘लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस–२०२१’ को अवसरमा आयोजित देशव्यापी भर्चुअल कविता वाचन प्रतियोगितामा सामेल १६५ विद्यार्थीमध्येबाट राघव प्रथम भएका हुन् । उनले पुरस्कारमा नगद ५ हजार र प्रमाण-पत्र पाएका छन् । काठमाडौंकै २ विद्यार्थी द्वितीय र तृतीय भएका सो प्रतियोगितामा प्रदेशगत रूपमा अन्य ७ प्रतिस्पर्धी सान्त्वना पुरस्कृत भएका थिए ।
विराटनगर, २३ असार । सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले छ पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । सहकारी संस्थाले विराटनगरस्थित बिजमाण्डु अनलाइनका सम्वाददाता अनन्तराज न्यौपाने, कारोबार दैनिकका सम्वाददाता मीनकुमार श्रेष्ठ, राससका विराटनगरका प्रमुख मोहम्मद सदरुल, न्युज २४ की सम्वाददाता तारा आचार्य, निगरानी अनलाइनकी राजकुमारी तामाङ र सिम्रिक एफएम पथरीकी एलिना दियालीलाई सहकारी संस्थाको दशौं स्थापना दिवस पारेर सम्मान गर्न लागेको हो । न्यौपाने र श्रेष्ठ २०७५ सालदेखि प्रदान गर्न सुरु गरिएको ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मानित हुने भएका हुन् । समाजसेवी दीनवन्धु गोयलले आफ्ना दाजुको नाममा राखेको सो पुरस्कारको राशि ५० हजारको छ । यो पुरस्कारको लागि समाजसेवी गोयलले पा“च…
झापा, २३ असार । नेपाल आयल निगमले मंगलबार फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमका अनुसार मंगलबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोल डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ वृद्धि गरिएको हो । यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२९ पुगेको छ भने डिजेल तथा मट्टितेलको मूल्य ११२ रुपैयाँ पुगेको छ। यस्तै हवाइ इन्धन (आन्तरिक उडानतर्फ) प्रतिलिटर रु २ बढेर ८४ कायम गरिएको छ भने हवाइ इन्धन (अन्तर्राष्ट्रियतर्फ) अमेरिकी डलर १९ ले वृद्धि गरी ७५४ प्रतिकिलोलिटर कायम गरिएको छ । यस्तै खाना पकाउने ग्यास प्रति सिलिन्डर रु २५ बढाएर १४२५ रुपैयाँ कायम गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
झापा, २२ असार । झापा भद्रपुर–८ का पत्रकार माधव विद्रोही राष्ट्रिय समाचार समिति राससको बोर्ड सदस्यमा नियुक्त हुनुभएको छ । तीन दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रित विद्रोही हाल स्वाधीन सम्वादका प्रधान सम्पादक र रेडियो भिजनमा कार्यक्रम निर्देशकको रुपमा कार्यरत हुनुहुन्छ ।