
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १४ साउन । क्रियाशील सदस्यता विवाद टुंगो नलाग्दा नेपाली कांग्रेसको १४औं महाधिवेशन फेरि अन्योलमा परेको छ। महाधिवेशन पूर्वाधारका रूपमा रहेको क्रियाशील सदस्यता टुंगो नलाग्दा महाधिवेशन अन्योलमा परेको हो। महाधिवेशन सुरु हुन एक महिनामात्र बाँकी रहँदा कांग्रेसले बुधबारसम्म क्रियाशील सदस्यता टुंगो लगाउन सकेको छैन। केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको सदस्यता छानबिन समितिले मंगलबार ८ लाख क्रियाशील सदस्यताको टुंगो लगाउँदै प्रतिवेदन बुझाएको छ। तर बारा र सप्तरीको नयाँ क्रियाशील सदस्यको फाइल खोलिएको छैन भने धनुषा र सर्लाहीका एकरएक निर्वाचन क्षेत्रको सदस्यता विवाद कायमै छ। सात सयभन्दा बढी वडाको सदस्यता टुंगो लाग्नै सकेको छैन। समितिले बुझाएको प्रतिवेदनमा पनि अझै प्राविधिक पक्ष मिलाउन…
झापा, १४ साउन । अर्थमन्त्री जनार्दन शर्मा र दक्षिण कोरियाली राजदूत पार्क चोङ सकबीच दक्षिण कोरियामा नेपाली कामदार लैजाने विषयमा भेटवार्ता भएको छ । बुधवार अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवाहरूलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरे । कोभिड–१९ महामारीका कारण रोकिएको प्रक्रिया चाँडै अघि बढाउन सरकारको तर्फबाट गर्नुपर्ने आवश्यक काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री शर्माले कोरियाको तर्फबाट आवश्यक प्रक्रिया अघि बढाइदिन समेत आग्रह गरेका छन् । ‘ईपीएसअन्तर्गत कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेका हजारौं युवाहरू बेरोजगार बसेका छन् । यो समस्या चाँडै समाधान गरिनेछ भन्ने विश्वास लिएको छु,’ मन्त्री शर्माले भने…
झापा, १४ साउन । निषेधाज्ञा खुकुलो पारिएसँगै हेलचेक्र्याइँका कारण कोरोना महामारीको तेस्रो लहर सन्निकट देखिएको छ। खोप अभियान जारी रहेकै बेला पछिल्लो एक सातामा संक्रमणदर २४.२ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जब कि साउन ५ गते संक्रमणदर २०।७ प्रतिशत मात्र थियो। १७ हजार हाराहारी व्यक्तिको परीक्षण गर्दा ४ हजार हाराहारीमा संक्रमण पुष्टि हुने गरेको छ। सरकारले यससँगै १७ जिल्लालाई अति उच्च जोखिम क्षेत्रमा राखेको छ। जसमा झापा, सिरहा, धनुषा, महोत्तरी, रौतहट, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, प्युठान, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, डोटी, अछाम र बाजुरा छन्। यस्तै २२ जिल्ला उच्च जोखिम क्षेत्रमा परेका छन्। जसमा मोरङ, सप्तरी, सर्लाही,…
झापा, १४ साउन । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षामा सहभागी सबै विद्यार्थीलाई परीक्षा अगावै कोभिड–१९ को खोप दिलाउन सरकारलाई सुझाव दिएको छ । कोरोना संक्रमण तेस्रो लहर आउन सक्ने आशंकासँगै कक्षा १२ को परीक्षा हुनै लाग्दा परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन समितिले सरकारलाई सुझाव दिएको हो । समितिले बुधबार आयोजना गरेको बैठकको निर्णय सुनाउँदै सभापति ओनसरी घर्तीले स्वास्थ्य मापदण्ड पालना गरी परीक्षामा सहभागी सबै विद्यार्थीलाई खोपको व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभएको हो । समितिले सबै परीक्षार्थीलाई पीसीआर टेस्ट गर्न समेत आग्रह गरेको छ । परीक्षा यही साउन ३१ देखि भदौ ९ सम्म हुँदै छ, जसमा ३…
बिर्तामोड, १३ साउन । झापाकी दिदीबहिनीलाई भारतको विहारबाट उद्धार गरी नेपाल फर्काइएको छ । बिर्तामोड नगरपालिका–२ निवासी १५ वर्षीया किशोरी र २१ वर्षीया युवतीलाई नेपाल प्रहरी र माइती नेपालको सहकार्यमा उद्धार गरी नेपाल ल्याइएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । उद्धार गरिएका दुवै जना नातामा दिदीबहिनी हुन । प्रहरीका अनुसार घरका सदस्यलाई कुनै जानकारी बिना ती दिदीबहिनीलाई बिर्तामोडका लक्ष्मी दास र इटहरीका खुश्बु नाम गरेका व्यक्तिले भारतको विहार राज्यस्थित मोथिहारी जिल्लाको छौडादानी लगेका थिए । दिदीबहिनीलाई भारतमा आरकेस्ट्रा (डान्स) काम लगाइदिने भन्दै लक्ष्मी र खुश्बुले ललाइफकाइ लगेको प्रहरी अनुसन्धानबाट खुलेको डिएसपी थापाले बताए । उनीहरू बेपत्ता भए…
झापा, १३ साउन । कोरोना संक्रमणको जोखिम बढेपछि पुरै झापा जिल्ला सिल गर्ने तयारी गरिएको छ । एकपछि अर्को गर्दै जिल्लाका आधाजति पालिकाहरुले आ–आफ्नो क्षेत्र सिल गर्न थालेपछि पुरै जिल्ला नै सिल गर्ने तयारी थालिएको हो । जिल्लाका दमक , बिर्तामोड , कनकाई , बुद्धशान्ति , शिवसताक्षी ,कमल , मेचीनगर , गौरादहले आ–आफ्नो क्षेत्र सिल गर्ने निर्णय गरिसकेका छन् ।जसलाई जिल्ला प्रशासन कार्यालयले अनुमोदन गरिसकेको छ । डिसीसीएमसीको बैठकले कोरोनाको जोखिम हेरेर सिल गर्न पाउने अधिकार पालिकाहरुलाई प्रदान गरेको छ । ‘ हामीसँग समन्वय गरेर पालिकाहरुले त्यस्तो निर्णय गरेका छन् ’प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले भने ,‘ आएका सिफारिसलाई हामीले…
झापा, १३ साउन । एमाले एकताका निम्ति एउटा अन्तिम सूत्र आएको छ– आगामी महाधिवेशनसम्मका निम्ति अन्तरिम व्यवस्था गरेर विधानमै दुई अध्यक्ष राख्ने र प्रत्येक निर्णयमा दुबैको हस्ताक्षर अनिवार्य गर्ने भनिन्छ, यदि यस्तो भयो भने माधव नेपाल एकताका निम्ति सहमत हुनुहुनेछ । तर, यसो भएन भने विभाजनभन्दा अर्को बाटो छैन । तर, एमाले विभाजन भर्खरै निर्वाचन आयोगले अबलम्बन गरेको जनता समाजवादी पार्टीका हकमा आधिकारिकताको शैलीबाट सम्भव छैन । जसपाको केन्द्रीय कार्यकारिणी समितिभित्र बहुमत र अल्पमत छुट्याउनका निम्ति टाउको गन्ती गरियो । तर, एमालेमा त्यसो गरेर पार लाग्ने अवस्था छैन । ०७५ जेठ २ को केन्द्रीय सदस्यमध्येबाट ४० प्रतिशत सदस्यले हस्ताक्षर बुझाउँदा…
झापा, १३ साउन । कोभिडका कारण वैदेशिक रोजगार क्षेत्र प्रभावित भए पनि त्यस क्षेत्रबाट प्राप्त हुने रेमिट्यान्स (विप्रेषण) मा भने कुनै प्रभाव परेको छैन। ०७६ चैतपछि वैदेशिक रोजगारीको क्षेत्र प्रभावित बनेको छ। छिटफुट संख्यामा केही युवा वैदेशिक रोजगारीमा जान सफल भए पनि अधिकांश गन्तव्य मुलुकले रोजगारीका लागि श्रमिकलाई बोलाएको छैन। कोभिड अघिसम्म बर्सेनि ५ लाख युवा वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुक पुग्ने गरेका थिए। कोभिडपछि वैदेशिक रोजगारमा जानेको संख्या घटेर १ लाखमा झरेको छ। नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले औपचारिक क्षेत्रबाट आउन थालेकाले रेमिट्यान्सको परिमाण बढेको बताए। ‘पहिला हुन्डीबाट आउँथ्यो, अहिले बैंकिङ तथा रेमिट कम्पनीबाट आउन थालेको छ,’ उनले…
झापा, १३ साउन । प्रमुख विपक्षी नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा जारी विवाद समाधानका निम्ति क्रियाशील दोस्रो पुस्ताका नेताहरूसमक्ष दोस्रो अध्यक्ष झलनाथ खनाललाई बनाउन आग्रह गरेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओली अधिकारसहित नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार भएको भन्दै दोस्रो पुस्ताका नेताहरूले एकताका लागि दबाब बढाएपछि उनले आफूभन्दा खनाललाई दोस्रो अध्यक्ष बनाउनुपर्ने सर्त अघि सारेका हुन्। उनले नयाँ पुस्ताका कुनै नेतालाई यो जिम्मेवारी दिए पनि मान्य हुने बताएका छन्। ‘मैले केपीको भनाइ बुझिसकेको छु,’ नेपाललाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘उनी दिन तयार छन् भने जेएन कमरेड वा तपाईंहरू दोस्रो पुस्तामध्येबाट कोही अध्यक्ष भए पनि…
झापा, १३ साउन । बैतडीको शिवनाथ गाउँपालिका–६ कानलीका करन राना र उनकी श्रीमती राजु राना दुवै जना शिक्षक हुन् । करन हिरापुर माविमा निमावि राहत कोटाअन्तर्गत र राजु कृष्ण निमाविमा बालविकास कोटामा कार्यरत थिए । दुवै जना शिक्षण पेसामा कार्यरत रहेकाले पनि उनीहरूको आर्थिक अवस्था राम्रै थियो । राम्रैसँग जीविकोपार्जन गर्दै आएका थिए । तर, उनीहरूको जीवनमा ६ वर्षअघि एउटा यस्तो घटना भयो कि जुन घटनाका कारण उनीहरू गाउँ र समाजबाटै विस्थापित बन्न पुगे । समाजले उनीहरूमाथि जुन आरोप लगाएको थियो । त्यसमा कुनै पनि सत्यता नभएको उनीहरूको दाबी छ । तर, समाजले उनीहरूको प्रस्टीकरण सुन्न चाहेन । फलतः निर्दोष…