
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ११ साउन । पूर्वी नाका काँकडभिट्टा हुँदै नेपाल प्रवेश गर्ने पर्यटकको सङ्ख्या आर्थिक वर्ष २०७७/०७८ मा शून्य रहेको अध्यागमन कार्यालय झापाले जनाएको छ । कोभिड–१९ का कारण सरकारले पर्यटकलाई सीमानाकाबाट नेपाल प्रवेशमा रोक लगाएसँगै यो नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकको सङ्ख्या शून्य भएको हो । अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख जनक कोइरालाले कोरोना भाइरसको महामारीका कारण आर्थिक वर्ष २०७६/०७७ को चैत ११ गतेदेखि हालसम्मको अवधिमा एकजना पर्यटक पनि नेपाल प्रवेश नगरेको बताए। नेपाल सरकारले विदेशी पर्यटकलाई हवाई मार्गबाट मात्र नेपालमा प्रवेश खुल्ला गरेको तर सीमानाकाबाट अझै प्रवेशमा रोक लगाइरहेको उनले बताए । उनका अनुसार यो नाका भएर विदेश जाने पर्यटकका…
बिर्तामोड, ११ साउन । बैङ्किङ कसुर मुद्दाका फरार एक अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा साबिक दमक नगरपालिका १० हाल वडा नम्बर ५ निवासी ४७ वर्षीय विनोदकुमार कार्की रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । प्रहरीका अनुसार उच्च अदालत पाटनको २०७७ साल मङ्सिर ३० गतेको फैसला अनुसार बैङ्किङ कसुर मुद्दामा कार्कीलाई तीन दिन कैद र सात लाख जरिवाना र पीडित राहत कोषमा २८ हजार क्षतिपूर्ति दाखिला गर्नुपर्ने फैसला सुनाएका थिए । फैसला सुनाएदेखि फरार रहेका कार्कीलाई अदालत फैसला कार्यान्वयनका लागि झापाबाट खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको डिएसपी थापाले बताए । उनलाई कैद भुक्तानका लागि झापा…
मोरङ, ११ साउन । मोरङ बिराटनगर महानगरपालिका १४ जतुवा बस्ने फुलियादेवी महतोको छोरा १८ महिनाको राज कुमार महतो हिजो दिउसो सभा २ बजे नहरको छेउमा खेल्ने क्रममा नहरमा लडि डुबी मृत्यु भएको छ । घटनाको जानकारी पाएलगतै ईलाका प्रहरी कार्यालय रानीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ । उता, मोरङ लेटाङ नगरपालिका ५ बस्ने शरन कुमार राईको छोरा १५ बर्षीय समृद्ध राईको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । हिजो दिनको ३ बजे सोही स्थानमा रहेको मोरङ्गे खोलामा पौडी खेल्ने क्रममा डुबी मृत्यु भएको भन्ने जानकारी प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय लेटाङबाट प्रहरी टोली खटि गई…
झापा, ११ साउन । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले विभिन्न मन्त्रालय र निकायका प्रशासनिक नेतृत्वमा रहेका सचिवको सरुवा तयारी गरेको छ । विभिन्न मन्त्रालय र निकायमा कार्यरत झन्डै ६० जना सचिवको फेरबदल गर्ने गृहकार्य अघि बढाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ । सरकार परिवर्तनसँगै स्थायी सरकार हाँक्ने जिम्मेवारीमा रहेका सचिवसमेत परिवर्तन हुने प्रचलन रहेको छ । सोही प्रचलनअनुसार नै सरकारले सचिव परिवर्तनको गृहकार्य अघि बढाएको हो । यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री भएलगत्तै एकैपटक ४० बढी सचिवको सरुवा गरेका थिए । त्यसयता पनि ओली सरकारले दर्जनौंपटक सचिवहरूको सरुवा गरेको थियो । सामान्यतया आवश्यकता र विज्ञताका…
झापा, ११ साउन । जनता समाजवादी पार्टी (जसपा) आधिकारिताबारे निर्वाचन आयोगले आज (सोमबार) निर्णय गर्दै छ । आयोगको निर्णय आउन निश्चित भएसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर समूह छुट्टाछुट्टै बैठक बस्दै अगामी रणनीति तय गर्नमा जुटेका छन् । यादव पक्षले आफूनिकट कार्यकारिणी समितिका सदस्य तथा सांसदलाई गोदावरी भिलेज रिसोर्टमा राखेर आइतबार प्रशिक्षण दिएको छ । संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई, अध्यक्ष यादव र वरिष्ठ नेताा अशोक राईले प्रशिक्षण दिएका छन् । उनीहरूलाई आइतबार राति रिसोर्टमै राख्ने र सोमबार बिहानको चिया तथा खाना खाएर सिधै निर्वाचन आयोग लैजाने योजनामा यादव पक्ष रहेको जसपा स्रोतले जनाएको छ । यादव…
झापा, ११ साउन । एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाललाई माफी दिने व्यक्ति आफू नभएको बताएका छन्। उनले माफी दिने वा कारबाही गर्ने भन्ने पार्टीले तय गर्ने भन्दै आफ्नो यसअघिको अभिव्यक्तिलाई सच्याएका हुन्। ओलीले गत बिहीबार केन्द्रीय कमिटी बैठकमा बाटो बिराएकालाई आममाफी दिने बताएपछि नेपालले त्यसको चर्को आलोचना गरेका थिए। त्यसपछि ओलीले आइतबार अखिल नेपाल महिला संघको प्रथम बैठकलाई सम्बोधन गर्दै भने, ‘बाटो बिराएकालाई पनि फर्केर आउन आग्रह गर्छु, पार्टीको नीति र सिद्धान्तअनुसार चल्नुपर्छ। पार्टीलाई स्वार्थ र बिकाउमा नलगाऊँ। देशको सबैभन्दा बढी जनसंख्या एमालेमा छन्। एमाले परिपक्व राजनीतिक पार्टी हो, यो देशको मुख फेर्ने पार्टी हो।’ एमाले…
झापा, ११ साउन । इजरायलमा सुसारे (केयरगिभर) रूपमा एक हजार नेपाली दक्ष श्रमिकको माग आएको छ । वैदेशिक रोजगार विभागका अनुसार इजरायलबाट सरकारी तवरबाट केयरगिभरको माग आएको हो । विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले इजरायल र नेपाल सरकारबीच भएको सम्झौताअनुसार इजरायलबाट एक हजार केयरगिभरका लागि माग आइसकेकाले सामान्य अवस्था रहेमा अबको एक/डेढ हप्ताभित्र विज्ञापन खुल्ने जानकारी दिए । मागअनुसार विज्ञापन गर्न इजरायलसँग अन्तिम स्वीकृतिको अनुुमतिको माग गरिएको र स्वीकृति प्राप्त हुनासाथ विज्ञापन गरिने उनले स्पष्ट गरे । “नेपाल कोरोना सङ्क्रमण उच्च जोखिममा नै रहेकाले तत्कालै विज्ञापन खुलाउने अनुमति दिनलाई गाह्रो मान्छ कि भन्ने मात्रै हो,” उनले भने, “विदेश जानेलाई खोप आइसकेकाले…
बिर्तामोड, १० साउन । काठमाडौंमा १८ वर्ष देखि ५० वर्ष उमेर समूहका नागरिकहरुले विद्युतीय दर्ता नम्बर भएमात्रै कोरोनाभाइरस (कोभिड—१९) बिरुद्धको खोप लगाउँन पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार खोप लगाउनका लागि अब www.vaccine.mohp.gov.np मा गएर फारम भर्नुपर्ने हुन्छ । स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार स्वास्थ्य कार्यालय काठमाडौंले १८ वर्ष देखि ५० वर्षका नागरिकले विद्युतीय दर्ता नम्बर लिएर खोप केन्द्रमा गएको खण्डमा मात्रै खोप लगाउन पाइने छ । ५० वर्ष माथिका नागरिकले पनि अनलाइन दर्ता गरी खोप लगाउँन खोप केन्द्रमा पुग्न जिल्ला जनस्वास्थ्य कार्यालयका अनुरोध गरेको छ । जनस्वास्थ्य कार्यालयले सबै पालिका र वडाका नागरिकलाई यस बारे जानकारी गराउन आग्रह…
बिर्तामोड, १० साउन । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा स्थानीय तहले आफ्लो अनुकुलताका आधारमा लक डाउनको नीति अवलम्वन गर्न थालेका छन् । संक्रमितको संख्या थपिने क्रम तीव्र भएपछि स्थानीय तहले लक डाउनलाई पहिलो प्राथमिकतामा राखेका हुन् । संक्रमणविरुद्धको लडाईमा पहिलो प्राथमिकता लक डाउनलाई दिइएको छ । नागरिक भने लक डाउन पालना गर्ने पक्षमा छैनन् । उनीहरु खोप पाउनु पर्ने माग गरिरहेका छन् । बिर्तामोड नगरपालिकाले पनि संक्रमणको जोखिमलाई हेरेर लक डाउनमा जाने तयारी गरेको छ । नगरपालिकाले साउन १३ गते राती १२ बजेदेखि १९ गते राती १२ बजेसम्म शिल गर्ने निर्णय गरेको छ ।
झापा, १० साउन । झापामा पछिल्लो २४ घण्टामा ५३० जनाको परिक्षण गर्दा १९९ जना कोरोना संक्रमित थपिएका छन् । ४०१ जनाको पिसिआर परिक्षण गर्दा १७४ जना र १२९ जनाको एन्टिजेन परिक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिनु भएको छ । संक्रमण पुष्टि भएकाहरु दमकका ४२ जना, बिर्तामोडका ६८ जना, गौरादहका ३ जना, मेचीनगरका १४ जना, भद्रपुरका ४ जना, कन्काईका १३ जना, हल्दिबारीका ५ जना, अर्जुनधाराका १६ जना, बुद्धशान्तिका २ जना, गौरिगञ्जका ३ जना, कमलका २ जना, शिवसतासीका २३ जना, बाह्रदशीका ३ जना तथा ठेगाना नखुलेका १ जनासहित जम्मा १९९ जना…