
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १६ साउन । झापाको विर्तामोड नगरपालिकामा खोप तस्करी गर्ने माथि कडा कार्वाही गर्न नेकपा (माओवादी केन्द्र) नगर समितिले माग गरेको छ। शुक्रबार विर्तामोड नगरपालिकाको एक निजी होटलमा कोभिड १९ विरुद्धको खोप लुकाइराखेको अवस्थामा नगरपालिकाका कोभिड फोकल पर्सन पक्राउ परेका थिए। माओवादीका विर्तामोड नगर इन्चार्ज युवराज दाहाल र सचिव मोहन सुब्बाद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, घटनाको निष्पक्ष छानबिन गरि दोषी उपर कडा कारबाही गर्न र पर्याप्त मात्रामा खोपको व्यवस्था गर्न विर्तामोड नगरपालिका समक्ष जोडदार माग गर्दछौँ । मिति २०७८र०४र१५ गते बिर्तामोड स्थित एक होटलमा बिर्तामोड नगरपालिकाका कोभिड १९ फोकल पर्सन खोप सहित संदिग्ध रुपमा पक्राउ पर्नुले नगरपालिका नागरिकको…
झापा, १६ साउन । सरकारले कोरोना भाइरस सङ्क्रमण विरुद्धको खोप आगामी असोज मसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलद्वारा आज जारी भएको विज्ञप्तिमा आगामी असोजमसान्तसम्म सरकारले चीन, जापान र भारतबाट कूल एक करोड ८३ लाख ८२ हजार ८५० खोप ल्याउने तयारी गरेको उल्लेख छ । उनका अनुसार चीनको साइनोफार्म कम्पनीबाट ६० हजार मात्रा खोप खरिदको सम्झौता अगाडि बढिसकेको छ । त्यस्तै कोभ्याक्स सुविधामार्फत जापान सरकारले एस्ट्राजेनिका १६ लाख मात्रा र भारतबाट खरिद गरेको १० लाख मात्रा कोभिशिल्ड आउने छ । उनले कोभ्याक्समार्फत १२ वर्षमाथिका बालबालिकाका लागि एक…
झापा, १६ साउन । ‘मधेसको समस्याः विभेदको पहिचान र समाधान’ का लागि विभिन्न क्षेत्रका अगुवाको सहभागितामा २०५४ सालमा विराटनगरमा उपेन्द्र यादवको नेतृत्वमा गठन भएको मधेसी जनअधिकार फोरम विभिन्न स्वरूप पार गर्दै अहिले मधेसको सबैभन्दा शक्तिशाली राजनीतिक संगठन हुन पुगेको छ। फोरमले मधेसको आधारभूत समस्या समाधानका लागि २०५४ सालमा २२ बुँदे घोषणापत्र समेत जारी गरेको थियो भने २०६० साउन १० र ११ गते विराटनगरमा फोरमको पहिलो महाधिवेशन आयोजना भयो। महाधिवेशनबाट उपेन्द्र यादवको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन भएको थियो। फोरम आफ्नो झन्डा र ब्यानरसहित २०६२÷६३ को जनआन्दोलनमा समेत आफ्नो सहभागिता जनाएको थियो। जनआन्दोलनको सफलतापछि संसद् पुनःस्थापना भयो। नेपालको अन्तरिम संविधान जारी…
झापा, १६ साउन । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधवकुमार नेपालसँगको विवादलाई अब लामो समय नतन्काउने बताएका छन् । शुक्रबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले केही दिनभित्रै यसबारे अन्तिम टुंगो लाग्ने बताए । नेकपा (एमाले)मा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाल समूहबीच चलेको विवादले पार्टी एकीकृत नै रहने कि विभाजित भएर जाने भन्ने बहस सिर्जना गरिरहेको छ । कार्यक्रममा महासचिव पोखरेलले शनिबार बस्ने बैठकबाट यसबारे टुंगो लगाउने बताए । ‘अब धेरै प्रतीक्षा गर्नु उचित हुँदैन भन्ने मेरो बुझाइ छ,” महासचिव पोखरेलले दुई समूहबीचको एकता प्रसंगबारे स्पष्ट पार्दै भने, ‘भोलि बस्ने स्थायी कमिटीको बैठकबाट वारपार…
झापा, १६ साउन । बिर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई हिजो प्रहरीले नियन्त्रणमा लिएको छ । बिर्तामोडको टाइमलेस होटलबाट खड्कालाई अपरान्ह ४ बजेतिर खोपसहित नियन्त्रणमा लिइएको थियो । स्थानीयबासीले खोप नियोजितरुपमा होटलमा लुकाउन खोजिएको आरोप लगाएका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले होटलबाट खोपसहित स्वास्थ्य शाखाका फोकल पर्सन खड्कालाई नियन्त्रणमा लिएर केहीबेर इप्रकामा राखिएको र कानून बमोजिम थप कार्वाहीका लागि स्वास्थ्य कार्यालयमा पठाइएको बताए । बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले उक्त खोप विर्तामोड नगरपालिकाको आग्रह बमोजिम स्वास्थ्य कार्यालय झापाले पठाएको जिकीर गर्दै होटलमा लुकाइएको आरोप…
झापा, १६ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बालबालिकाहरूका लागि भेन्टिलेटरसहितका आईसीयू बेड थप्ने कार्य अगाडि बढेको जानकारी दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले बालबालिकाहरूका लागि १८० भेन्टिलेटरसहित २५० बेड आईसीयू थप्ने जानकारी दिए । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणको तेस्रो लहर सुरु हुनसक्ने भन्दै कोरोना उपचार भइरहेका अस्पताललाई बालबालिकाहरूका लागि छुट्टै २० प्रतिशत बेड तयारी अवस्थामा राख्न यसअघि नै निर्देशन दिइसकेको छ । डा पौडेलले देशभर हाई डिपेन्डेन्सी युनिट (एचडीयू) बेड पनि विस्तार गर्न लागेको जानकारी दिनुभयो । उहाँले देशभर थप एक हजार चार सय एचडीयू बेड विस्तार गर्न लागिएको बताए । हाल देशभरका…
झापा, १६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गृहकार्य अन्तिम चरणमा पुर्याए पनि ‘गठबन्धन दलमा कसलाई मन्त्री बनाउने ?’ भन्ने विवादका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन सकिरहेको छैन । गठबन्धनबीच मन्त्री छनोटमा विवाद भइरहँदा देउवाका सारथीका रूपमा ‘कस्ता मन्त्री भित्रिएलान् ?’ भन्ने आमचासो छ । कोभिडका कारण संकट निम्तिरहेको छ । यो संकटबाट मुलुकलाई पार लगाउन सरकार परम्परागतभन्दा ‘क्रान्तिकारी र कामयाबी चरित्र’को हुनुपर्ने र यसका लागि देउवालाई काबिल, दक्ष र रातदिन काम (रेडी टु वर्क) गरेर परिणाम निकाल्न सक्ने दक्ष सारथी आवश्यक पर्ने राजनीतिक विश्लेषक एवं प्रशासनविज्ञको सुझाव छ । देउवा नेतृत्वको सरकारले लक्ष्य र सफलता हासिल गर्न सारथीका रूपमा…
चर्चित हास्य–व्यङ्ग्य गायक श्रीकृष्ण लुइँटेल ‘बोकेदाह्री’ ले नयाँ गीत बजारमा ल्याएका छन् । ‘केराको थम्बा’ नामको गीत उनले युट्युबमार्फत सार्वजनिक गरेका हुन् । उनको आधिकारिक युट्युब च्यानलमार्फत गीत सार्वजनिक भएको हो । उनले गीतमार्फत मनोरञ्जनका साथै सन्देश दिन खोजेको बताएका छन् । प्रतीक श्रेष्ठको छायाङ्कनमा बनेको सो गीतको भिडियोमा गायक बोकेदाह्रीका साथै केशव रायमाझी, कल्पना पाण्डे, प्रतीक श्रेष्ठ, सङ्गीता यादव, कृष्ण सुवेदी, रुविना गहतराज, भरत पोद्दारलगायतको अभिनय छ । गीतको भिडियो केशव रायमाझीले निर्देशन तयार भएको हो । भिडियोhttps://www.youtube.com/watch?v=HAnk9nk8HgE&feature=emb_title
झापा, १५ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १४४ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ९६७ जनाको पीसीआर परीक्षण गर्दा ५८० र १ हजार ६६६ जनाको एन्टिजेन परीक्षण गर्दा ५६४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १९१, सुनसरीमा १८७, झापामा १५७, इलाम र धनकुटामा १६–१६, उदयपुरमा ४, खोटाङ र संखुवासभामा २–२, ताप्लेजुङ र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको छ । मोरङको बेलबारीमा ६३, विराटनगरमा ५५, पथरीशनिश्चरेमा ३०, सुन्दरहरैचामा १३, उर्लाबारीमा १०, बुढीगंगामा ५, ग्रामथानमा ४, केराबारी, धनपालथान, लेटाङ, कानेपोखरीमा २–२,…
बिर्तामोड, १५ साउन । लागुऔषध ब्राउनसुगरको कारोबार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मेचीनगर नगरपालिका–९ लिलाबस्तीस्थित लिलाचोकबाट बिहीबार दिउँसो ब्राउन सुगर कारोबार गर्ने दुई जनालाई नगद र ब्राउन सुगर सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । पक्राउ पर्नेमा मेचीनगर–१ का २६ वर्षीय सरोज भुजेल र सोही स्थानका ३५ बर्षीय निर्मल भुजेल रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा, लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ब्राउन सुगर कारोबार गर्न लागेको अवस्थामा फेला पारी खानतलासी गर्दा झोलाभित्र लागूऔषध ३४ ग्राम ब्राउनसुगर…