
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ७ साउन । सशस्त्र प्रहरी बलभित्र माथिल्लो तहमा लामो समयदेखि बढुवा नहुँदा प्रहरी निरीक्षकदेखि एसपीसम्मकै वृत्ति विकासमा असर परेको छ। प्रहरी निरीक्षकमा भर्ना भएको १६ वर्ष पुग्दा पनि एउटै दर्जामा रहनु डिएसपीदेखि एसएसपीसम्मको बढुवा पनि समयमा नहुँदाउनीहरूको वृत्तिविकासमा असर पुगेको हो। माथिल्लो तहमा बढुवाको प्रक्रिया अघि नबढ्दा प्रहरी अधिकृतहरूमा निशासा छाउन थालेको छ। सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) मा सेवा प्रवेश गरेका अधिकृतहरूलाई संगठनभित्र भावी महानिरीक्षक (आइजिपी) का रूपमा हेरिने भए पनि उनीहरूको समयमै वृत्तिविकास नहुँदा एक तहमाथिको नायब उपरीक्षक (डिएसपी) मै घर जाने अवस्था सिर्जना हुन थालेको छ। प्रहरी निरीक्षकको बढुवा सामान्यतया १० देखि ११ वर्षभित्र भइसक्नुपर्ने भए पनि…
झापा, ७ साउन । बालबालिकालाई मोबाइल प्रयोगको लतबाट छुटाउन अभिभावकले नै पहल गर्नुपर्ने सुझाव विज्ञहरूको छ । कोभिड–१९ को महामारीका कारण अहिले डिजिटल प्रविधिको सिकाइ, सामाजिकीकरण र मानसिक स्वास्थ्य व्यवस्थापन गर्न गाह्रो भएको अवस्थामा अभिभावकले आफ्ना बालबालिकालाई सावधानीपूर्वक मोबाइलको प्रयोग गर्न प्रेरित गर्नुपर्ने बाल मनोरोग विशेषज्ञ डा गुञ्जन घोजूले जानकारी दिए । उनले भने, “इन्टरनेटमा अत्यधिक समय खर्चिनु भनेको पनि एक प्रकारको मानसिक रोग नै हो । धेरै इन्टरनेट वा फोन, ल्यापटपजस्ता उपकरण (ग्याजेट) मात्र चलायो र पठनपाठनतर्फ खासै ध्यान दिन सकेको छैन भने बालबालिकालाई मानसिक समस्या भएको भन्ने बुझ्नुपर्छ ।” बालबालिकाले कुन अवस्थामा इन्टरनेट चलाइरहेको छ भन्ने बुझ्न जरुरी…
झापा, ७ साउन । एमालेभित्र पार्टी एकताका लागि दबाब बढ्दै गएपछि अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको बताएका छन्। पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा उनले केन्द्रीय सदस्यहरूलाई सम्बोधन गर्ने क्रममा नेपाललाई दोस्रो अध्यक्ष दिन तयार रहेको बताएका हुन्। सर्वोच्च अदालतले २०७७ फागुन २३ मा एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काइदिएबमोजिम एकताका लागि हदैसम्म लचिलो हुन तयार रहेको ओलीले बताए। ‘माधव नेपालले मिल्ने हो भने दोस्रो अध्यक्ष दिने हो। मैले भनेको छु, पार्टी एकता बचाउन माधव नेपाल आउँछन् भने दोस्रो अध्यक्ष दिन म तयार छु,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने। ओली पक्षको…
झापा, ७ साउन । नेपालमा उमेर, वर्ग र पेसाका आधारमा लक्षित समूह तोकेर कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ। तर, लक्षित समूहमा रहेका नागरिकले सहज रूपमा खोप लगाउन पाएका छैनन्। घण्टौं लाम लागे पनि ज्येष्ठ नागरिक नै त्यत्तिकै घर फर्किएका थुप्रै उदारहण छन्। पहुँचवालाले भने सहजै घरमै पनि खोप लगाउन पाएका छन्। खोपको आसमा रहेका ७२ प्रतिशत नागरिकलाई खोपमा पहुँच पु¥याउन धौ–धौ देखिएको छ। विश्वभर साढे ३ अर्बभन्दा बढी व्यक्तिले खोप लगाउँदा नेपालमा ४।३ प्रतिशतले मात्र पाएको देखिन्छ। कोरोना भाइरसबाट जोगिन १८ वर्षभन्दा माथिका नागरिकको नजर खोपमै केन्द्रित छ। देशव्यापी रूपमा २९ असारदेखि खोप अभियान सञ्चालन गरिए पनि कतिपय…
झापा, ७ साउन । कोभिड १९ उच्च जोखिमका कारण रोकिएको कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि भौतिक उपस्थितिमै हुने निर्णय भएको छ। राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले परीक्षा साउन ३१ गतेदेखि भदौं ९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले बताए। परीक्षालाई स्वास्थ्य सुरक्षाको हिसाबले सुरक्षित बनाउन बोर्डले शिक्षा मन्त्रालयसँग परीक्षामा सहभागिता जनाउने विद्यार्थीलाई उच्च प्राथमिकतामा राखी कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न अनुरोध गरेको छ। बिहान ११ बजेदेखि २ बजेसम्म तीन घण्टा सञ्चालन हुने परीक्षामा विद्यार्थीले सय नम्बरकै लिखित परीक्षा दिनुपर्ने छ। ‘देशभरिका तीन लाख ७५ हजार परीक्षार्थीको परीक्षा होम सेन्टरबाटै हुन्छ,’ अर्यालले भने, ‘परीक्षा केन्द्रमा स्वास्थ्य…
बिर्तामोड, ६ साउन । कोरोना भाइरसको संक्रमणका कारण हिजो एकैदिन झापामा सात जनाको मृत्यु भएको छ । समुदाय तहमा संक्रमण फैलिने क्रम जारी रहेकाले मानवीय क्षतिका घटना बढ्दै गएका हुन् । स्वास्थ्य कार्यालय झापाले हिजो साँझ संक्रमितको तथ्यांक सार्वजनिक गर्दै तीन महिला र चार पुरुष गरी सात जनाको मृत्यु भएको जनाएको हो ।हिजो मात्रै झापामा १४८ जनामा कोरोना पुष्टि भएको छ । संक्रमण घट्दै गएको अनुमानका आधारमा निषेधाज्ञा खुकुलो भएपनि संक्रमण र मृत्युदर अझै नघटेको हो । स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन जीवन चौलागाईका अनुसार कोरोना संक्रमण सुरुभएयता झापामा ३८३ जनाले ज्यान गुमाएका छन् । संक्रमण बढ्दै जाँदा बिर्तामोडमा हिजो…
भद्रपुर, ६ साउन । भद्रपुर भन्सार कार्यालय झापाले निर्धारित लक्ष्यअनुसार कम राजश्व असुली गरेको छ । भन्सार कार्यालयले आर्थिक वर्ष २०७७–७८ मा कोरोना भाइरस सङ्क्रमणका कारण विभागले तोकेको वार्षिक लक्ष्य पुर्याउन नसकेको जनाएको छ । भन्सारले वार्षिक ३० करोड २१ लाख राजश्व असुली गर्नु पर्नेमा २७ करोड ९ लाख १८ हजार रुपैयाँ मात्र असुली गरेको भद्रपुरका प्रमुख भन्सार अधिकृत प्रमोद पौडेलले जानकारी दिए । कार्यालयको तथ्याङ्क अनुसार भन्सार महसुल बापत रु १३ करोड ५० लाख ४८ हजार, मूल्य अभिवृद्धि करतर्फ रु ११ करोड आठ लाख ८६ हजार, कृषि सुधार शुल्क रु एक करोड छ लाख ७६ हजार, भन्सार सेवा दस्तुर…
झापा, ६ साउन । सुशासन र पारदर्शिताको मामलामा यसरी पनि तुलना गर्ने दिन आयो कि कहाँ धरहराझैं इमानका अग्ला सुशील कोइराला अनि कहाँको साम्यवादी नेता केपी शर्मा ओली ? ०७० सालमा सुशील कोइरालाले एउटा ऐतिहासिक निर्णय गरे, प्रधानमन्त्री कार्यालयसहित सम्पूर्ण मन्त्रालयले ५ हजार रुपैयाँमाथिको सरकारी खर्चको बिल भुक्तानी विवरण वेबसाइटमार्फत ०७२ घण्टाभित्र सार्वजनिक गर्ने । यो प्रक्रिया प्रारम्भ भएबाट शासक मात्र होइन, कार्यालयमै बसेर भ्रमण भत्ता बुझ्ने प्रशासक पनि तिल्मिलाए । तिनका खेतीपातीमा खडेरी लाग्यो । ७४ सालमा बालकोटबाट केपी शर्मा ओली बालुवाटार छिरेसँगै त्यो प्रक्रिया अवरुद्ध भयो । बरु प्रधानमन्त्रीको ठाडो आदेशमा कैयौं बिल गोप्य राख्ने र त्यही आधारमा…
झापा, ६ साउन । शेरबहादुर देउवा देशको प्रधानमन्त्री भएको आठ दिन पूरा भएको छ । यहीबीचमा प्रधानमन्त्री देउवाले संविधानतः ३० दिनभित्र लिइसक्नुपर्ने विश्वासको मत पनि लिइसकेका छन् । चार मन्त्रीकै भरमा प्रधानमन्त्रीले सरकार चलाइरहँदा अब मन्त्रिमण्डल विस्तार कहिले भन्ने प्रश्न पनि उठ्न थालेको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का मन्त्रिमण्डल विस्तारबारे प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तथा अन्य नेताहरूबीच सामान्य छलफल भएको भए पनि ठोस कुरा नभइसकेको बताउँछन् । ‘प्रधानमन्त्रीले भर्खरै विश्वासको मत लिनुभयो, दाहाल र प्रधानमन्त्रीज्यूबीच मंगलबार मात्रै पनि वान टु वान वार्ता भएको छ तर मन्त्रिमण्डल विस्तारबारे अहिले नै ठोस कुरा भइसकेको छैन,’ कांग्रेस महामन्त्री…
झापा, ६ साउन । एमाले केन्द्रीय कमिटीमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाभियोग लगाउने सम्भावनाको चर्चा भएको छ । राष्ट्रपतिलाई महाभियोगमार्फत संसदमा उपलब्ध सदस्यहरुको दुई तिहाई मतले बर्खास्त गर्ने १ सय ८० जना सांसद भए सम्भव छ । विश्वासको मतमा मतदान नगरेका माधव समूहका आठ सांसद जोड्दा अहिले शेरबहादुर देउवासँग १ सय ७३ जनाको समर्थन छ । केपी ओली पक्षका बाँकी सात थान सांसदलाई मन्त्री बनाइदिएपछि राष्ट्रपति हटाउन मुस्किल नपर्ने महेश बस्नेतको भनाइ थियो । र, प्रतिनिधिसभा पुनस्र्थापना भएकै रात राष्ट्रपतिद्वारा भलाकुसारी गरिएका तीन पात्रमा केपी ओली, ईश्वर पोखरेल र यिनै महेश बस्नेत थिए । जनआस्था साप्ताहिकमा खबर छ ।