
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
संसारमा विभिन्न देश तथा शहरहरुका आ–आफ्नै संस्कृति तथा विशेषता छन् । कतिपय ठाउँका चलनहरु त यस्ता हुन्छन् जो अरुभन्दा नितान्त फरक मात्र होइन निकै अनौठा र अपाच्य पनि लाग्दछन् । संसारमा एउटा यस्तै शहर छ जहाँ मानिसहरु निर्वस्त्र घुम्न सक्दछन् । त्यहाँका मानिसहरु सपिङ मलदेखि रेष्टुरेन्ट र जिमखानासम्मै कपडा नलगाइकन जान्छन् । त्यहाँका बासिन्दा मात्र होइन त्यहाँ आउने पर्यटकहरु पनि निर्वस्त्र जीवनको मज्जा उठाउँछन् । अनौठो लाइफस्टाइलका कारण सदैव चर्चा तथा विवादमा आइरहने शहरको नाम हो केप डी एज । फ्रान्सको यो शहर नग्न शहर अर्थात् न्युड सिटीको नामले पनि चिनिन्छ । यो संसारको एकमात्र यस्तो शहर हो जहाँ मानिसहरु…
काठमाडौं, ३ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक बस्न लागेको हो । दोस्रो पटक पुनर्स्थापना भएको प्रतिनिधि सभाको बैठक पनि आज अपराह्न ४ बजे बस्दैछ । प्रतिनिधि सभा बैठकअघि एमालेले स्थायी कमिटी बैठक बोलाएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीबाट च्युत हुनुका साथै संसद पुनर्स्थापना भैसकेपछि पार्टीभित्र देखिएको समस्याको विषयमा छलफललाई निरन्तरता दिन बैठक बोलाइएको हो । एमालेले सोमबारका लागि केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ । केन्द्रीय कमिटी बैठक पनि तुल्सीलाल स्मृति प्रतिष्ठानमै बस्नेछ । बैठकमा पार्टीको आन्तरिक विवाद समाधानका लागि…
झापा, ३ साउन । २०७७ साउन १ बाट परीक्षणका रूपमा सुरु गरिएको कोरोना बीमा २०७८ साउन १ देखि बन्द भएको छ तर अझै पनि कोरोना बीमा गरेका सयौँ कोरोना पीडितले बीमाबापतको दाबी भुक्तानी पाउन सकेका छैनन् । विशेष गरी सामूहिक कोरोना बीमा गरेकाहरूको बीमा रकम भुक्तानीमा ढिलाइ भइरहेको छ । कुनै पनि महामारीको बीमा गर्ने प्रचलन विश्वका अन्य देशमा नभए पनि नेपालमा भने लघु बीमाअन्तर्गत परीक्षणका रूपमा कोरोना बीमा थालिएको थियो । आर्थिक वर्ष २०७७र७८ को बजेटमा नै कोरना बीमासम्बन्धी व्यवस्था गर्ने उल्लेख भएपछि बीमा समितिले कोरोना बीमा मापदण्ड २०७७ जारी गरेर प्रतिव्यक्ति ५० हजार र एक लाख गरी दुई…
झापा, ३ साउन । नेपाली कांग्रेसका संस्थापक नेताहरू बिपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोराहरू हुन् शशांक, प्रकाशमान र विमलेन्द्र। १४ औं महाधिवेशनमा सभापतिको प्रत्यासी बन्ने बताउँदै तयारी थालेका यी तीन नेताले थालेको लन्च मिटिङले कांग्रेस राजनीतिमा नयाँ तरंग ल्याएको थियो। कांग्रेसमा पुस्तान्तरणको बहस चलिरहेका बेला पार्टीमा आ–आफ्नो स्थान बनाएका यी नेता मिलेर महाधिवेशनमा उम्मेदवार दिन्छन् कि भन्ने नेता तथा कार्यकर्ताले अपेक्षा गरेका थिए। तर, ती नेताले थालेको लन्च मिटिङ अहिले अवरुद्ध छ। एक दर्जन नेताले महाधिवेशनमा नेतृत्वका लागि आकांक्षा व्यक्त गर्दै आएका बेला सभापतिका तीन आकांक्षी शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइराला लन्च मिटिङमा जुटेका छन्। कोइराला…
झापा, ३ साउन । यातायात व्यवस्था विभागले एउटा प्रदेशबाट अर्को प्रदेशमा जाने सवारी साधनमा भाडा बढाए पनि यातायात व्यवसायीले भने राजधानीमै सके जति असुल्न थालेका छन् । विभागको वेबसाइटमा गत ३१ गते अन्तर प्रदेशमा चल्ने सार्वजनिक सवारीमा भाडा बढाइएको सूचना राखिएको छ । राजधानीमै व्यवसायीले मनपरी भाडा लिँदा पनि विभागले अनुगमन नगरेको यात्रुको गुनासो छ । यात्रु रामचन्द्र सिम्खडाले शुक्रबार गोकर्णेश्वरबाट जोरपाटीसम्म तीन किमीभन्दा कम दूरी यात्रा गरेको भाडा २० असुलेको बताए । बढी भाडा लिने बा २ ख ६८०५ नम्बरको बसबारे प्रहरीलाई जानकारी गराए पनि कारबाही भएन । ट्राफिक प्रहरीको नम्बर १०३ मा फोन गरी तोकिए भन्दा ६ रुपैयाँ…
झापा, ३ साउन । मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जानकारी दिएको छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार हाल देशभर सामान्यदेखि पुर्ण बदली रही गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ। यसैगरी, महाशाखाले आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली हुनुका साथै धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । यस्तै, प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको हुनसक्ने पूर्वानुमानमा…
झापा, ३ साउन । एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार कार्यदल विघटन गरे । तर कार्यदलमा रहेका दोस्रो तहका नेताहरु शनिबार बिहानैदेखि पार्टी मिलाउने अभियानमा जुटे । कार्यदलका नेताहरुले शनिबार अनौपचारिक बैठक गरेर पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधव कुमार नेपाललाई एकताका लागि दबाब जारी राख्ने निर्णय गरे । पार्टी मिलाउन अध्यक्ष ओलीपक्षीय र वरिष्ठ नेता नेपाल पक्षधर ५र५ जना नेता रहेको कार्यदल गठन भएको थियो । नेता नेपालसँग सहमति नजुट्दै अध्यक्ष ओलीले शुक्रबार स्थायी कमिटीको बैठक राखेर कार्यदल विघटन गरी १० बुँदे प्रतिवेदन अनुमोदन गराएका थिए । पार्टी जीवन संकटमा परेका बेला दोस्रो तहका नेताहरुको अभियानले कार्यकर्तामा एकताको…
झापा, २ साउन । झापामा आज कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ भने १४४ जना नयाँ संक्रमित थपिएका छन् । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–११ का ५७ वर्षीय पुरुषको बिर्ता सिटी अस्पतालमा र भद्रपुर नगरपालिका–९ की ७१ वर्षीया बृद्ध महिलाको ओमसाई पाथीभरा अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या झापामा ३९४ पुगेको छ । थपिएका सङ्क्रमितमध्ये एन्टिजेन ६९ सहित मेचीनगरमा ७७, दमकमा ३६, बिर्तामोडमा ८, गौरादहमा २, भद्रपुरमा ७, कनकाई २, अर्जुनधारामा १, गौरीगञ्जमा १, शिवसताक्षीमा ४, झापा गाउँपालिका १ र ठेगान नखुलेका ४ जना रहेका छन् । योसँगै झापामा कूल सङ्क्रमितको…
झापा, २ साउन । झापाको मेचीनगर नगरपालिकाले स्थानीयको असहमतिलाई बेवास्ता गर्दै फोहोर व्यवस्थापन र मल उत्पादनका लागि ल्यान्डफिल साइट निर्माण तयारी थालेको छ । यहाँ दैनिक १ हजार ५ सय टन फोहोर जम्मा हुने अनुमान नगरको छ । नगरपालिकाले बनाउन लागेको बायो ल्यान्डफिल साइट मेचीनगर ३ र बुद्धशान्ति गाउँपालिका ५ को सीमा क्षेत्रमा पर्छ । यी दुई वडाको बीचबाट निन्दा खोला बग्छ । वातावरणीय दृष्टिले पनि यो ठाउँ फोहोर बिसर्जनका लागि अनुपयुक्त देखिन्छ । निन्दा खोलाको बगर आसपास स्थानीय आदर्श माध्यमिक विद्यालयको करिब ६ बिघा जमिन छ । जमिन स्थानीयले ठेक्कामा जोतभोग गर्दै आएका थिए । ३ विघा जमिन नगरलाई ल्यान्डफिल साइटका लागि लिजमा दिने निर्णय भएको…
शरद् शर्मा काठमाडौं, २ साउन । सरकारले चीनबाट यही साउन १५ गतेभित्र ३२ लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ ल्याउने भएको छ । चीनसँग खरिद गरिएको खोप नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट नियमित चार उडानमार्फत यही साउन १५ गतेभित्र ल्याउन लागिएको हो । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले चीनबाट खरिद गरिएको खोप निगमको जहाजबाट नियमित ल्याउन थालिएको जानकारी दिए । गत असार २५ गतेदेखि चीनबाट खरिद भएको खोप ल्याउन शुरु गरिएकामा पुनः आगामी बुधबार (यही ६ गते साउन) जहाज चीनतर्फ जाने भएको उनले बताए । निगमको वाइडबडी जहाजले यही साउन ६ गतेदेखि तीन उडानमार्फत नियमित खोप ल्याउने छ । उनका अनुसार…