झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

पाँचथर, २ साउन । आगलागीमा परी घाइते भएका यहाँका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ । खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घाइते भएका फिदिम नगरपालिका–४ जोरसालका ४९ वर्षीय दीनानाथ सापकोटाको गएराति मृत्यु भएको परिवारजनले जनाएका छन् । बाबुको काजकिरियामा बसेका सापकोटा गत जेठ २४ गते राती आगलागी हुँदा घाइते भएका थिए । उपचारका क्रममा झापाको मेची प्रादेशिक अस्पतालमा सापकोटाको गएराति मृत्यु भएको हो । उनीसँगै घाइते भएकी उनकी आमा ७२ वर्षीया चनमाया सापकोटाको गत जेठ २६ गते मृत्यु भएको थियो । दीनानाथका बाबु भगीरथ सापकोटाको जेठ २४ गते मृत्यु भएको थियो । भगीरथको मृत्युपछि काजकिरियाको सुरुआत गरेकै दिन…

Read More

झापा, २ साउन । अग्रज पत्रकार एवम् विराटनगर प्रेस क्लबका संस्थापक अध्यक्ष जीवेश्वर लाखे र पत्रकार सुरेश निरौलाको निधनको सम्झनामा नेपाल पत्रकार महासंघ मोरङले शनिबार श्रद्धाञ्जली सभा गरेको छ । सभामा प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश १ का कार्यकारी निर्देशक यज्ञ शर्माले नेपाली पत्रकारितालाई जीवनता प्रदान गराउन लाखेले ठुलो भुमिका खेलेको बताउनुभयो । नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लिलाबल्लभ घिमिरे, मोरङका अध्यक्ष संजीव खनाल, सल्लाकार शंकर खरेल, नेपाल पत्रकार महासंघ मोरङका पुर्व अध्यक्ष शिवबहादुर कार्की, अग्रज पत्रकार रामरिजन यादव, प्रध्यापक चक्रपाणि खनालले पत्रकारद्धय लाखे र निरौलाले पत्रकारिता क्षेत्रमा गरेको योगदानको स्मरण गर्नुभयो । श्रद्धाञ्जली सभा कार्यक्रममा जीवेश्वर लाखेको बारेमा…

Read More

झापा, २ साउन । प्रदेश १ मा आज ४६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २०५ महिला र २६४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७० हजार ८५३ पुगेको छ । प्रदेश १ मा आज १६१ जना कोरोना संक्रमित थपिएका छन् । ६७९ जनाको पीसीआर परीक्षण गर्दा ७१ महिला र ९० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीमा ९२, मोरङमा ३४, झापामा २३, धनकुटामा ६, भोजपुर, उदयपुर र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण पुष्टि भएको छ । सुनसरीको धरानमा ५५, बराहक्षेत्रमा २४, इटहरीमा ३, दुहवीमा १…

Read More

बिर्तामोड, २ साउन । प्रेस सङ्गठन नेपाल झापाले साउन ७ गते वितरण गर्ने भनिएको डी.कौडिन्य स्मृति पत्रकारिता पुरस्कार समारोह हाललाई स्थगित गरेको छ । सङ्गठनका संयोजक झुलन रेग्मीको अध्यक्षतामा शनिवार बिर्तामोडमा बसेको बैठकले कोरोना महामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै पुरस्कार समारोह स्थगित गरेको हो । झापा लगायत देशभर कोरोना संक्रमण दर बढिरहेको र प्रशासनले सभा सम्मेलनमा रोक लगाएका कारण कार्यक्रम केही समयका लागि सारिएको सङ्गठनका सचिव उद्धव पुरीले जानकारी दिए । प्रशासनले साउन ७ गतेसम्म झापामा निषेधाज्ञ जारी गरेको छ । क्रान्तिकारी विचारधाराका पत्रकार देवकुमार आचार्य (डी.कौडिन्य) लाई समाचार लेखेकै कारण तत्कालीन शाही सेनाले २०५९ साउन ७ गते चारआली व्यारेकमा…

Read More

झापा, २ साउन । झापा दमक नगरपालिका(७ हाटखोला स्थितबाट जुवा खेलिरहेको अवस्थामा ११ जना जुवाडे पक्राउ परेका छन । पक्राउ पर्नेमा झापा दमक–७ का ४० वर्षीय कर्ण वहादुर राई, ४४ बर्षीय गंगा पाठक, ४० बर्षीय राजन दाहाल रहेका छन । यसैगरी, गौरादह–३ का ४२ वर्षीय दिनेश अधिकारी, ३४ वर्षीय अंकित कार्की, गौरादह–८ का ३८ वर्षीय ईन्दुकुमार राजवंशी रहेका छन । यस्तै, गौरादह–२ का ३२ वर्षीय निर्मल थापा, दमक–२ का ४२ वर्षीय रामबहादुर धिमाल, दमक–६ का ३३ वर्षीय विजय सिंह, सुनसरी इटहरी–४ का ३५ वर्षीय विक्रम गुरुङ र इटहरी–१९ का २६ वर्षीय मिलन राई रहेका छन । हिजो बेलुका ६ बजे…

Read More

साउन महिना, नारीहरुका हातभरि चुरा र मेहेन्दी अनी बिवाहित महिलाको गलामा हरीयो पोते नेपाली समाजमा पर्यायवाची शब्द जस्तै बनेका छन् । साउन यस्तो विषेश महिना हो जहाँ साना बालिकादेखि हजुरआमा सम्मको एउटै फेसन देख्न पाइन्छ। हातभरी हरीयो चुरा र मेहेन्दी अनी हरीयो पोते। विवाहित महिलाले साउनमा हरियो चुरा हातमा मेहन्दी लगाउनाले श्रीमानको आयु बढ्ने र अविवाहिता महिलाले लगाए मनले चिताएको पूरा हुने धार्मीक विश्वार पनि रहिआएको छ। एकातिर साउन महिनासँग हरीयो चुरा र मेहेन्दीको धार्मीक, सांस्कृतिक महत्व जोडिएको छ भने अर्को तिर नयाँ पुस्तामा यो फेसन बनेको छ। साउन महिना सुरु भएसँगै बजारमा हरीयो चुरा,पोते र मेहेन्दीको रौनक यस्तो देखिएको…

Read More

झापा, २ साउन । मौसम पूर्वानुमान महाशाखाले आज देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार मनसुनी वायुको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ। त्यसैगरी, आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। भने, सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती, प्रदेश २ तथा प्रदेश १ का थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। यस्तै, राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको…

Read More

झापा, २ साउन । कोरोना (कोभिड–१९) को सङ्क्रमण फेरि बढ्न थालेको छ । क्रमिक रूपमा घट्दै गएको कोरोना सङ्क्रमण निषेधाज्ञा खुकुलो भएसँगै उकालो लाग्न थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको २४ घण्टामा देशभर दुई हजार ९३६ जना व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जनाएको छ । अघिल्लो दिन यस्तो सङ्ख्या एक हजार ७८२ रहेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या सात लाख १२ हजार ३७३ पुगेको छ । तीमध्ये छ लाख ६४ हजार ५७६ जना पीसीआर र ४७ हजार ७९७ जना एन्टिजेन परीक्षण गरिएको थियो । विगत २४ घण्टामा थप ४३ जना सङ्क्रमितको…

Read More

झापा, २ साउन । सूचना प्रविधिको विकास तथा विस्तारलाई तीव्रता दिएसँगै स्थानीय सरकार सूचना प्रविधिमैत्री बन्दै गएका छन् । इन्टरनेटको पहुँच विस्तारले स्थानीय तहहरू सूचना प्रविधिमैत्री बन्दै गएका हुन् । दुर्गम स्थानीय तहमा समेत इन्टरनेटको पहुँचको विस्तार भई सेवा प्रवाह सहज भएको छ । यसले सुशासन कायम गर्न सहयोग मिल्दै गएको छ । सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले स्थानीय सरकार सूचना प्रविधिमैत्री बन्दै जाँदा सेवा प्रवाहमा सहजता भई सुशासन कायम भएको बताए । “सूचना प्रविधिकै विकासले दुर्गम स्थानीय तहका सरकारी तथ्याङ्क सुरक्षित भएका छन्,” उनले भने, “सूचना प्रविधिलाई उद्योगका रूपमा प्रवद्र्धन तथा विकास गरी स्थानीय तहमा रोजगारीको सिर्जना भएका…

Read More

झापा, २ साउन । कोरोना महामारीको उच्च जोखिमका कारण पूर्ण रूपमा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न नसकेपछि सरकारले माध्यमिक शिक्षा परीक्षा ९एसइई० आन्तरिक मूल्यांकनबाटै गर्न विद्यालयलाई जिम्मेवारी दिएपछि ८० देखि ९० प्रतिशतमाथिको नतिजा ल्याउने विद्यार्थी प्रशस्तै रहेको पाइएको छ। यस वर्ष काठमाडौंबाट १ हजार ७ विद्यालयका ३७ हजार ३ सय विद्यार्थीले एसइईमा सहभागिता जनाएको शिक्षा विकास तथा समन्वय एकाइ काठमाडौंले जनाएको छ। यो जिल्लामा ९० प्रतिशत ल्याउने विद्यार्थीहरू थुप्रै छन्। एकाइ प्रमुख नन्दलाल पौडेलले विगतमा भन्दा हाल उत्कृष्ट अंक ल्याउनेको संख्या बढेको बताए। विगतमा राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको भौतिक उपस्थितमा परीक्षा सञ्चालन गर्दा केहीले मात्र ८०–९० प्रतिशत अंक ल्याउँथे भने…

Read More