झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

वि.सं.२०७८ साल असार २२ गते । मंगलबार । ईश्वी सन् २०२१ जुलाई ०६ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । आषाढ कृष्णपक्ष । तिथि– द्वादशी,रातको १२ बजेर ५९ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र– कृतिका,बेलुकी ०४ बजेर १६ मिनेट उप्रान्त रोहिणी । योग– शूल,बेलुकी ०४ बजेर १४ मिनेट उप्रान्त गण्ड । करण– कौलव,बिहान ११ बजेर ५८ मिनेट उप्रान्त तैतिल,रातको १२ बजेर ५९ मिनेट उप्रान्त गर । आनन्दादिमा–गद योग । चन्द्रराशि–बृष । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर १५ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०२ मिनेट । दिनमान ३४ घडी २६ पला । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)…

Read More

झापा, २२ असार । सर्वोच्च अदालतको संवैधानिक इजलासमा डेढ महिनादेखि चलेको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस सोमबार सकिएको छ । बहस सकिएसँगै इजलासले सो मुद्दा हेर्दाहेर्दैका लागि २८ असारका लागि पेसी तोकिएको छ । सम्भवतः सोही दिन फैसला आउन सक्ने सम्भावना छ । ७ जेठमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीका लागि दाबी पर्न आएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवेदन खारेज गरेकी थिइन् । सोही रात प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले ८ जेठमा संसद् विघटन गर्दै निर्वाचनको मिति घोषणा गरिएको थियो । संसद् विघटन भएसँगै सर्वोच्चमा…

Read More

झापा, २२ असार । देशभर कोरोना भाइरस संक्रमणविरुद्ध खोप लगाउन योग्य २ करोड ९ लाख ९६ हजार ८ सय ९ जना नागरिक खोपको प्रतीक्षामा छन् । स्वास्थ्य मन्त्रालयले तयार पारेको कोभिड–१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणअनुसार अनुमानित २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाइनेछ । जसअन्तर्गत अहिलेसम्म ७ लाख ५९ हजार ९ सय ५४ जनाले खोपको दुवै मात्रा ९पहिलो र दोस्रो० लगाएका छन् । २६ लाख ११ हजार ८ सय ७ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । १३ लाख ५० हजार ज्येष्ठ नागरिक र अन्य उमेर समूहकाले पहिलो मात्रा लगाएको तीन महिना बित्नै लाग्दा…

Read More

झापा, २२ असार । देशका २ सय २० वटा स्थानीय तह प्रशासकीय अधिकृतविहीन अवस्थामा छन् । प्रमुख प्रशासकीय अधिकृत नहुँदा ती स्थानीय तहले प्रशासनिकदेखि नीतिगत तहमा समेत विभिन्न समस्या भोग्न बाध्य भइरहेका छन् । महानगरपालिका, उपमहानगरपालिकादेखि नगरपालिका र गाउँपालिका गरी २ सय २० वटा स्थानीय तह लामो समयदेखि निमित्तका भरमा सञ्चालन भइरहेका छन् । गाउँको सिहदरबारका रूपमा रहेका स्थानीय तहमा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा ती स्थानीय तहले विकासका कार्य तथा सेवा प्रवाहसमेत प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको पाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार केन्द्रमा उपसचिव र शाखा अधिकृतको अभावका कारण स्थानीय तहमा प्रमुख प्रशासकीय…

Read More

झापा, २२ असार । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ले हचुवाको भरमा पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोबेसन) ब्रान्ड दिएको खुलेको छ। सुरुमा सहकारी विभागसहित संयुक्त रूपमा दिँदै आएको प्रोबेसन ब्रान्डबाट विभाग पछि हटिसकेको छ। दाङको महाप्रभु बचत तथा ऋण सहकारी संस्थाको ५ करोड २७ लाख रकम हिनामिनाको समाचार बाहिरिएसँगै नेफ्स्कुनको लेखापरीक्षणमाथि प्रश्न चिह्न खडा भएको छ। नेफ्स्कुनले प्रोबेसन ब्रान्डका लागि तीन÷तीन महिनामा नियमन गरी लेखापरीक्षण गर्छ। तर महाप्रभुको समस्या बाहिरिएसँगै नेफ्स्कुनले दिँदै आएको ब्रान्ड हचुवाको भरमा रहेको खुलेको हो। प्रोबेसन ब्रान्ड प्राप्त गर्न सहकारी लालायित हुन्छन्। कतिपय सहकारीले ब्रान्डका लागि धेरै प्रयत्न गर्दा पनि नेफ्स्कुनले…

Read More

कचनकवल, २२ असार । कचनकवल गाउँपालिका–६ स्थित लक्ष्मी माध्यमिक विद्यालयले सार्वजनिक खरिद ऐन मिचेर दर्ता नभएको बोलपत्रदातालाई टेन्डर स्वीकृत गरेको भन्ने समाचार लेखेपछि पत्रकार पार्थ मण्डललाई विद्यालयका प्रधान अध्यापकले स्पष्टिकरण मागेका छन् । विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले आवेदन दर्ता नभएको बोलपत्रदातालाई टेन्डर दिएको खुलसा गरिदिएका मण्डललाई विद्यालयमा २४ घण्टाभित्र आएर स्पष्टीकरण दिन आदेश गर्दै प्रधान अध्यापक राजु बुढाथोकीले फेसबुक मार्फत पत्र सार्वजनिक गरेका छन् । विद्यालयले सार्वजनिक खरिद ऐनको धज्जी उठाउँदै नीति नियम मिचेर दर्ता नभएको फर्मलाई टेन्डर स्वीकृत गरेको छानबिन समितिले समेत ठहर गरेको छ । ऐन मिचेर बोलपत्र स्वीकृत गरेको समाचार प्रकाशन भएपछि कचनकवल गाउँपालिकाको…

Read More

सर्लाही, २० असार । सर्लाहीमा एक जनप्रतिनिधिको मृत्यु भएको छ । रामनगर गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बर्माको मृत्यु भएको हो । नेपाली काँग्रेसबाट निर्वाचित बर्माको उपचारको क्रममा काठमाडौंस्थित नेपाल मेडिसिटी अस्पतालमा मृत्यु भएको परिवारजनले जनाएको छ । हृदयघातका कारण अध्यक्ष बर्माको मृत्यु भएको परिवारका सदस्य राहुल श्रीवास्तवले बताए । अन्दाजी ७० वर्षीय अध्यक्ष बर्मा २०३५ सालदेखि गाविस अध्यक्ष हुँदै स्थानीय तहको निर्वाचनपछि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । रामनगर गाउँपालिकाको खैर्वा निवासी रहेका अध्यक्ष बर्मा ५ पटकसम्म गाविस अध्यक्ष रहिसकेका छन् भने उनी नेपाली काँग्रेसको महासमिति सदस्य थिए । उनको पार्थिव शरीरलाई काठमाण्डौबाट पैतृक गाउँ खैर्वा ल्याई अन्तिम दाहसंस्कार गरिने…

Read More

इलाम, २० असार । इलाम माङसेबुङ गाँउपालिका–५ का ४२ बर्षीय प्रविन राई करेन्ट लागेर मृत्यु भएको छ । हिजो बेलुका साढे ७ बजे राईले माई नगरपालिका ४ स्थित मानिस नबसेको घरबाट विद्युतको तार जोडी गङटेखोलामा माछा मार्ने क्रममा करेन्ट लागी गम्भिर घाईते भएका उनको उपचारको लागी लैजादै गर्दा बाटैमा मृत्यु भएको हो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।

Read More

झापा, २० साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन अन्तिम साताबाट सञ्चालन गर्ने प्रस्ताव गर्दै सरकारसँग अनुमति मागेको छ । भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने भन्दै बोर्डले परीक्षाका लागि अनुमति मागिएको जनाएको छ । बोर्डका अध्यक्ष प्रा।चन्द्रमणि पौडेलले परीक्षा सञ्चालनका लागि सरकारले अनुमति दिएलगत्तै आफूहरूले परीक्षाको प्रक्रिया अगाडि बढाउने जानकारी दिए । अध्यक्ष पौडेलले लाखौँ विद्यार्थी सहभागी हुने परीक्षा भएका कारण अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्न नसकिने स्पष्ट गरे । केही समय ढिला भए पनि भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने योजना बोर्डले बनाएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

Read More

झापा, २० असार । ‘हामी त्यतिखेर आठ कक्षामा पढ्थ्यौं, १३–१४ वर्षका थियौं । स्वीमिङ सिकाउने र हाइकिङ पनि गर्ने भनेर हाम्रो कक्षालाई कहिले एक दिनको लागि त कहिले रातै बस्नेगरी बाहिर लगिन्थ्यो । कैयन पटक बनभोज जाँदा एकान्त पारेर र स्विमिङ सिकाइदिने नाममा इङलिस टिचर हामीसँगै पौडिन आउनुहुन्थ्यो र हाम्रा संबेदनशील अंगसँग खेल्नुहुन्थ्यो’ घटनाको १४ वर्षपछि पीडित किशोरीले बताएकी छन् । एसओएस बालग्रामका छात्राहरुमाथि भएको सन् २००५ को एउटा प्रतिनिधि घटना हो यो । चारमध्ये दुई छात्रा त्यहींको एसओएस बालग्राम सुर्खेतमा बस्थे भने दुई छात्रा बाहिरबाट पढ्नका लागि मात्र बालग्रामद्वारा सञ्चालित विद्यालयमा आउँथे, उनीहरु बाहिर आफ्नै घरमा खाने–बस्नेगर्थे । यो…

Read More