झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २० असार । मे‌ची प्रादे‌शिक अस्पतालले‌ एक साताभित्रै‌ दै‌निक ३५ सिलिन्डर‌ अक्सिजन उत्पादन गनेर्‌ क्षमताको‌ प्लान्ट सञ्चालनमा ल्याउने‌ भएको‌ छ । दुईदिनभित्र प्लान्टको‌ जडान कार्य सम्पन्न हुने‌गर‌ी निर्माण कार्य भइर‌हे‌को‌ र‌ लगत्तै‌ अक्सिजन उत्पादन गरि‌ने‌ भएको‌ हो‌ । प्रदे‌श नं. १ सर‌कार‌को‌ १ कर‌ो‌ड सहयो‌गमा अक्सिजन प्लान्ट निर्माण भएको‌ र‌ यसै‌ सातादे‌खि अक्सिजन उत्पादन सुरु हुने‌ भएको‌ हो‌ । प्लान्ट खरि‌दमा मात्रै‌ ५५ लाख खर्च भएको‌ र‌ अरु बजे‌ट प्लान्ट र‌ाख्ने‌ अलग को‌ठा निर्माण र‌ सिलिन्डर‌ खरि‌दलगायतमा खर्च हुने‌ जनाइएको‌ छ । अस्पतालले‌ असार‌ मसान्तभित्र सीटी स्क्यान मे‌सिन समे‌त सञ्चालनमा ल्याउने‌ तयार‌ी गर‌े‌को‌ छ । सीटी स्क्यान सञ्चालनका लागि सर‌कार‌ले‌ ६ कर‌ो‌ड रुपै‌याँ सहयो‌ग…

Read More

बिर्तामोड, २० असार । सामाजिक सञ्चालमा नक्कली आइडीको‌ प्रयो‌गबाट धे‌र‌ै‌ मानिस ठगिएको‌ समाचार‌ सुने‌कै‌ हो‌ । छो‌र‌ाबाटै‌ बुबा ठगिएको‌ घटना भने‌ विर‌लै‌ सुन्न पाइन्छ र‌ विश्वास गर्न पनि कठिन हुन्छ । तर‌, भद्रपुर‌मा भएको‌ यो‌ घटनाले‌ सामाजिक सञ्जालको‌ दुरुयो‌ग कतिसम्म हुन्छ भन्ने‌ थाहा पाउन सकिन्छ । किनकि, यहाँ छो‌र‌ाबाटै‌ बुबा ठगिएका छन् । घटना अनुसार‌ भद्रपुर‌–२ विशालपुर‌मा सामाजिक सञ्जाल फे‌सबुकको‌ दुरुपयो‌ग गर‌े‌र‌ छो‌र‌ाले‌ बुबालाई ६५ हजार‌ रुपै‌याँ ठगी गर‌े‌का छन् । ट्याक्टर‌ सञ्चालन गदैर्‌ आएका ४६ वर्षीय सिंहबहादुर‌ लिम्बूको‌ फे‌सबुक आइडीको‌ दुरुपयो‌ग गर‌ी उनका २५ वर्षीय छो‌र‌ा र‌ो‌मन लिम्बूले‌ बुबाका साथीहरुबाट र‌कम ठगे‌का हुन् । स्थानीय सञ्चार‌माध्यममा पीडित बुबाको‌ भिडियो‌ सन्दे‌श नै‌ सार्वजनिक गर‌ी ठगी घटनाको‌…

Read More

झापा, २० असार । छो‌र‌ाले‌ विदे‌शमा र‌ाम्रो‌ काम नपाएपछि उनका बुबाले‌ वै‌दे‌शिक र‌ो‌जगार‌ीमा पठाउने‌ ‘एजे‌न्ट’लाई यो‌जना बनाएर‌ै‌ गो‌ली हानी हत्या गर‌े‌का छन् । कपिलवस्तु कृष्णनगर‌ नगर‌पालिका–१० का ५५ वर्षीय पार‌स पुर‌ीलाई गो‌ली हानी हत्या गर‌े‌को‌ आर‌ो‌पमा प्रहर‌ीले‌ एक जनालाई पक्राउ गर‌े‌को‌ छ । विजयनगर‌ गाउँपालिका–१ का ५० वर्षीय पशुपति कुर्मीलाई प्रहर‌ीले‌ पक्राउ गर‌े‌को‌ हो‌ । उनलाई कपिलवस्तु नगर‌पालिका–१० ने‌पाल–भार‌त सिमाबाट पक्राउ गरि‌एको‌ प्रहर‌ी नायब उपर‌ीक्षक धर्मर‌ाज भण्डार‌ीले‌ बताए । २०७५ साल चै‌त १७ गते‌ पुर‌ीको‌ गो‌ली हानी हत्या गरि‌एको‌ थियो‌ । हत्यापछि भागिर‌हे‌का कुर्मीलाई नियन्त्रणमा लिएर‌ सो‌धपुछ गर्दा आर‌ो‌पीको‌ पहिचान खुले‌पछि हिर‌ासत लिइएको‌ भण्डार‌ीले‌ बताए । पुर‌ी वै‌दे‌शिक र‌ो‌जगार‌ीका लागि युवाहरूलाई विदे‌श पठाउने‌ कार्यमा संलग्न थिए ।…

Read More

भद्रपुर‌, २० असार । को‌भिड–१९ को‌ महामार‌ी शुरु भएयता हुने‌ खाने‌ले‌ निजी अस्पतालबाट र‌ाम्रै‌ से‌वा पाए पनि बहुसंख्यक जनता भने‌ सर‌कार‌ी से‌वाकै‌ भर‌मा छन् । को‌भिडको‌ महामार‌ीले‌ मुलुकमा स्वास्थ्य क्षे‌त्रको‌ अवस्था कस्तो‌ छ भन्ने‌ खुले‌को‌ छ । महामार‌ी शुरु भएपछि संघ, प्रदे‌श र‌ स्थानीय सर‌कार‌ले‌ स्वास्थ्य क्षे‌त्रमा ठूलो‌ लगानी गर‌े‌का छन् । जसमा स्वास्थ्य उपकर‌ण मुख्य हो‌ । तर‌, अस्पताल सञ्चालनका लागि स्वास्थ्य उपकर‌णसँगै‌ दक्ष जनशक्ति मुख्य कुर‌ा हो‌ । दक्ष जनशक्ति नहुँदा ती उपकर‌ण थन्किएका मात्र छै‌नन्, ठूलो‌ लगानी प्रतिफलमुखी बन्न सके‌को‌ छै‌न । को‌र‌ो‌नो‌ संक्रमितको‌ उपचार‌का लागि भे‌न्टिले‌टर‌ मुख्य कुर‌ा हो‌ । सर‌कार‌ले‌ गत वर्ष झापाको‌ मे‌ची अस्पताल भद्रपुर‌लाई तीन, दमक अस्पताललाई एक र‌ प्राथमिक…

Read More

मोरङ, २० असार । मोरङ वेलबारी नगरपालिका ७ का ४८ वर्षीय सिता घिमिरेलाई उनकै श्रीमान् ५६ बर्षीय अम्बिका घिमिरेले हत्या गरेका छन् । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली खटि गई हत्यामा संलग्न अम्बिका घिमिरेलाई घरबाट २ किलोमिटर दक्षिणमा गुवालीमा लुकी छिपी बसेको अबस्थामा पक्राउ गरिएको हो । अम्बिका घिमिरेले मादक पदार्थ सेवन गरी घरमा गएको र श्रीमतीसँग सामान्य वादविवाद भई दुवै जना सुतेको र राती उठी एक्कासी आवेसमा आई काठको मुङ्ग्रोले निधाई रहेकी श्रीमती सिताको वाँया कन्चटमा चार–पाँच पटक प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । पक्राउ परेका अम्बिका घिमिरे उपर ज्यान…

Read More

झापा, १९ असार । सत्तारुढ नेकपाभित्रको आन्तरिक विवाद मिल्ने क्रममा रहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको टेलिफोन संवादपछि फेरि भाँडिएको छ। अध्यक्ष ओलीले नेता नेपाललाई शुक्रबार बिहान टेलिफोन गरी भेटघाट गरी सहमतिमा अघि बढ्न आग्रह गरेका थिए। ओलीको आग्रहलाई नेपालले अस्वीकार गरेपछि दोस्रो पुस्ताका नेताहरूले थालेको एकता पहल फेरि बिच्किएको छ। बिहीबार साँझ दुवै पक्षका नेताहरूले विवादको निकासका लागि ओली र नेपालबीच संवाद गराउने सहमति गरेका थिए। सोही बमोजिम ओलीले नेपालसँग भेटघाटको प्रस्ताव राखेका थिए। तर नेपालले भेट्न नमानेको स्रोतको दाबी छ। नेता नेपालले कुनै पनि कुरा नमिलीकन भेटघाट गर्नुको अर्थ नभएको र…

Read More

झापा, १९ असार । निरन्तरको बर्षा जारी रहेसँगै सप्तकोसी नदीको बहाव यस वर्षकै उच्च भएको छ । आज बिहान ६ बजे पानीको बहाव एक लाख ८० हजार सात सय ७० क्यूसेक मापन गरिएको छ । कोशीमा पानीको बहाव यस वर्षकै उच्च हो । शुक्रबार राति १२ बजेसम्म बहाव एक लाख ५५ हजार सात सय ७५ क्यूसेक मात्रै थियो । उच्च हिमाली तथा पहाडी क्षेत्रमा निरन्तर भइरहेको भीषण वर्षका कारण सहायक नदीमा समेत बाढी आउँदा कोसीको बहाव रातभरमा २४ हजार नौ सय ९५ क्यूसेक बढेको हो । बेला–बेला बढ्ने र घट्ने भइरहेको अवस्थामा बिहान भने बहाव एक्कासी बढेको कोसी ब्यारेज कन्ट्रोल…

Read More

झापा, १९ असार । सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग कोरोनाविरुद्धको खोप खरिदको सम्झौता गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले विज्ञप्ति जारी गर्दै सरकार र सिनोफार्मबीच खोप खरिदका लागि सम्झौता भएको बताएका छन्। असार २४ गतेबाट खोप आपूर्ति सुरु हुने र साप्ताहिक रुपमा आउने विज्ञप्तिमा जनाइएको छ। २४ गते नै खोप लिन नेपाल एयरलाइन्सको जहाज चीन जाने नेपाल एयरलाइन्सका महाप्रवन्धक डिम प्रसाद पौडेलले बताए। मन्त्रालयले कति मात्रा खोप सम्झौता भएको हो भन्नेबारे भने जानकारी दिएको छैन।‘नन् डिस्क्लोजेवल एग्रिमेन्टु अनुसार खोप खरिदको सम्झौता भएको जनाइएको छ। असार २२ गतेदेखि भेरोसेल खोपको दोस्रो डोज लगाइदै छ। हालसम्म कूल ४२ लाख…

Read More

झापा, १९ असार । मुलुकमा प्रजातान्त्रिक समाजवाद स्थापनाको कार्यनीतिसहित ७५ वर्षअघि कांग्रेसको स्थापना भएको हो। यस अवधिमा मुलुकको राजनीतिमात्र होइन, नेपाली कांग्रेसकै यात्रामा पनि निकै आरोहअवरोह आएको छ। एमालेसहितका अन्य दललाई बहुदलीय प्रतिस्पर्धामा सहभागी गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गर्ने कांग्रेस सांगठनिक रूपमा भने उनीहरूको नक्कल गर्न पुगेको छ। आफूलाई ‘मास बेस’ पार्टी भन्ने कांग्रेस ०४६ पछि कम्युनिस्ट पार्टीले जस्तै सदस्यता भएकै आधारमा नेतृत्व चयन गर्ने प्रणाली विकास गरेको हो। ‘मास बेस’ पार्टीको छविबाट बिस्तारै विचलित कांग्रेस ‘क्याडर बेस’ पार्टीमा रूपान्तरण हुँदै गएको छ। १३औं महाधिवेशनमा कायम रहेका क्रियाशील सदस्यको सतप्रतिशत नयाँ सदस्यता बाँडेर कांग्रेसले अहिले ८ लाख ३०…

Read More

भद्रपुर, १९ असार । झापासहित इलाम र मोरङका विभिन्न स्थानमा आज बिहान ६ बजेदेखि भारी वर्षा भइरहेकाले सतर्क रहन आग्रह गरिएको छ । जल तथा मौसम विभागले मोबाइलमा एसएमएस पठाएर प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो । मौसम विभागले यी जिल्लाका विभिन्न स्थानमा भारी वर्षा र थप बर्षा हुने जनाएको छ । वर्षाले मेची, विरिङ, निन्दा, कनकाई, चिसाङ खोला, मावा, रतुवा, लोहान्द्रा, बक्राहा, नूनखोला लगायतका अन्य खोलाको आसपासको क्षेत्रमा पानीको सतह बढेर बाढी आउन सक्ने, होचा स्थान डुबानमा पर्न सक्ने भएकाले राति १२ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

Read More