
झापा, १९ असार । सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग कोरोनाविरुद्धको खोप खरिदको सम्झौता गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले विज्ञप्ति जारी गर्दै सरकार र सिनोफार्मबीच खोप खरिदका लागि सम्झौता भएको बताएका छन्।
असार २४ गतेबाट खोप आपूर्ति सुरु हुने र साप्ताहिक रुपमा आउने विज्ञप्तिमा जनाइएको छ। २४ गते नै खोप लिन नेपाल एयरलाइन्सको जहाज चीन जाने नेपाल एयरलाइन्सका महाप्रवन्धक डिम प्रसाद पौडेलले बताए।
मन्त्रालयले कति मात्रा खोप सम्झौता भएको हो भन्नेबारे भने जानकारी दिएको छैन।‘नन् डिस्क्लोजेवल एग्रिमेन्टु अनुसार खोप खरिदको सम्झौता भएको जनाइएको छ।
असार २२ गतेदेखि भेरोसेल खोपको दोस्रो डोज लगाइदै छ। हालसम्म कूल ४२ लाख ४८ हजार मात्रा खोप नेपालले प्राप्त गरिसकेको छ।
अहिलेसम्म २५ लाख ७४ हजार ७१५ (९ प्रतिशत) ले पहिलो मात्रा र ७ लाख ५७ हजार ३८० जनाले ९३ प्रतिशत० ले दोस्रो मात्रा कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन्।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



