
झापा, २० असार । मेची प्रादेशिक अस्पतालले एक साताभित्रै दैनिक ३५ सिलिन्डर अक्सिजन उत्पादन गनेर् क्षमताको प्लान्ट सञ्चालनमा ल्याउने भएको छ ।
दुईदिनभित्र प्लान्टको जडान कार्य सम्पन्न हुनेगरी निर्माण कार्य भइरहेको र लगत्तै अक्सिजन उत्पादन गरिने भएको हो । प्रदेश नं. १ सरकारको १ करोड सहयोगमा अक्सिजन प्लान्ट निर्माण भएको र यसै सातादेखि अक्सिजन उत्पादन सुरु हुने भएको हो ।
प्लान्ट खरिदमा मात्रै ५५ लाख खर्च भएको र अरु बजेट प्लान्ट राख्ने अलग कोठा निर्माण र सिलिन्डर खरिदलगायतमा खर्च हुने जनाइएको छ । अस्पतालले असार मसान्तभित्र सीटी स्क्यान मेसिन समेत सञ्चालनमा ल्याउने तयारी गरेको छ । सीटी स्क्यान सञ्चालनका लागि सरकारले ६ करोड रुपैयाँ सहयोग गरेको छ ।
हाल ५ वटा मृगौला डाइलासिस मेसिन रहेको अस्पतालले चालु आर्थिक वर्षभित्रै थपेर १५ वटा पुर्याउने र छुट्टै भवनमा सञ्चालन गनेर् अस्पतालका मेसु टंक बाराकोटीले जानकारी दिए ।
साविक मेची अञ्चलको सबैभन्दा ठूलो सरकारी अस्पतालको रुपमा रहेको भद्रपुरको मेची अस्पतालले झापा, इलाम, पाँचथर र ताप्लेजुङका विरामीलाई उपचार सेवा पु¥याउँदै आएको छ ।
नयाँ भवनमा सञ्चालन हुन थालेपछि मेची अस्पतालको डाइलासिस मेसिनबाट एकैपटकमा ४५ जना मृगौला रोगीलाई डाइलासिस सेवा पुर्याउन सकिने भएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



