
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, १८ असार । वीरता जेसीज बिर्तामोडले धनकुटा नगरपालिका–६ स्थित जेसीज गाउँका २२ घर परिवारलाई राहत तथा शैक्षिक सामग्री प्रदान गरेको छ । मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने कुरालाई आत्मसात गरी विश्ववन्धुत्वको भावना बढाउन वीरता जेसीजले धनकुटा लेडी जेसीजको समन्वयमा उक्त राहत प्रदान गरेको हो । अति विपन्न २२ परिवारलाई एक÷ एक बोरा चामल तथा ती परिवारका बालबालिकाको लागि कापी प्रदान गरिएको हो । कोभिड महामारी र जारी निषेधाज्ञाका कारण आर्थिक र खाद्यान्न समस्यामा परेको विपन्न परिवारलाई केही समय भए पनि छाक टार्न सहज होस् भनेर राहत प्रदान गरिएको वीरता जेसीजका अध्यक्ष राजिव धिमालले बताए । अध्यक्ष…
बिर्तामोड, १८ असार । रोटरी क्लब अफ बिर्तामोडको अध्यक्षमा नवीन गट्टानी चयन भएका छन् । अर्जुनधारा निवासी युवा उद्योगीका रुपमा परिचित गट्टानी सन् २०२१/०२२ का लागि अध्यक्षमा चयन भएका हुन् । क्लबको आईपीपीमा निर्मल भट्टराई रहेका छन् भने सेक्रेटरीमा सञ्जीव घिमिरे, प्रेसिडेन्ट इलेक्टमा ओमकृष्ण विमली, प्रेसिडेन्ट नोमिनीमा वविता गिरी, भोइस प्रेसिडेन्टमा सुरेशकुमार अग्रवाल भद्रपुरे, ट्रेजररमा आमोद आचार्य रहेका छन् । त्यस्तै क्लब एड्मिनिस्टेसनमा निकिता गिरी, डाइरेक्टर रोटरी फाउन्डेसनमा राजकुमार पोखरेल, डाइरेक्टर मेम्बर सिपमा प्रकाश सिवाकोटी, सर्भिस प्रोजेक्टमा सुरेश वंशल, यूथ सर्भिसमा विनोद बस्नेत , पब्लिक इमेजमा मीनप्रकाश मैनाली सरजेन्ट अफ आम्समा आशा चटौत आचार्य, क्लब मेम्बरमा जितेन्द्र बस्नेत, क्वल टेनरमा…
विराटनगर, १८ असार । कोरोना बिमा वापत दाबी गरिएको रकम एक हप्ताभित्र भुक्तानी गर्न माग गर्दै विराटनगरका कोरोना पीडित पत्रकारहरुले बिमा कम्पनीलाई ज्ञापन पत्र बुझाएका छन् । विराटनगरस्थित अजोड इन्सुरेन्स लि.का प्रबन्धक केदारबहादुर खत्रिसमक्ष बिमाबाट रकम नपाएका १९ जना पत्रकारहरुको टोलीले ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले संक्रमित भई बीमा दाबी गरेको एक महिनाभित्र भुक्तानी दिने भनि गरेको प्रतिवद्धता विपरीत ११ महिना बितिसक्दा पनि भुक्तानी नदिएको बताएका छन् । ‘तपाईंहरूले नेपाल सरकारको घोषित कार्यक्रम कार्यान्वयन गर्नुभएको हो । हामीले तपाईंहरुले तोकेको प्रिमियम तिरेर बीमा गरेका हौं । तपाईहरुले हामीसँग लिखित सम्झौता गर्नुभएको छ,’ ज्ञापन पत्रमा उल्लेख छ, ‘तर, हामीले पाउनु पर्ने…
इटहरी, १८ असार । सुनसरीको इटहरी उप–महानगरपालिका एरियाका दुई छुट्टाछुट्टै स्थानमा चोरी गरेको आरोपमा इलाका प्रहरी कार्यालय इटहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा इटहरी उप–महानगरपालिका–३ का २९ वर्षीय सुमन तामाङ र धरान उप–महानगरपालिका–१९ का २४ वर्षीय सुरज परियार रहेका छन् । तामाङ इटहरी–३ का अनन्तप्रसाद पौडेलको घर कोठामा रहेको नगद १ लाख ३५ हजार र १४ हजार मुल्य बराबरको सुनको गहना चोरी गरेको आरोपमा पक्राउ परेका हुन् । जेष्ठ १२ गते बिहान पौडेलको घर कोठाबाट नगद तथा गहना हराएको भन्ने सूचनाका आधारमा चोरीमा संलग्न रहेका ब्यक्तिको खोजतलासमा खटिएको प्रहरी टोलीले तामाङलाई पक्राउ गरेको हो । तामाङको साथबाट…
आजभोलि मानिसमा काम कम गफ ज्यादा भइरहेको छ । त्यसमा पनि अरुको आंगको जुम्रा देख्ने तर आफ्नो आंगको भैंसी पनि नदेख्ने प्रवृत्ति हावी भइरहेको छ । खाली अरुको आलोचना गर्ने, यसो भएन–उसो भएन भनेर कुरा गर्ने गरिन्छ । तर आफ्नो काम, कर्तव्य र जिम्मेवारी बिर्सिइन्छ । काम नगर्ने र फलको मात्र आस गर्ने ‘लुटेरा’ मानसिकता हाबी हुँदै गएको छ । अरुलाई भ्रष्ट र दुष्ट देख्ने तर अरुलाई औंला देखाउँदा आफूतिर फर्किएको चार वटा औंला नदेख्ने प्रवृत्ति बढ्दै गएको छ । काम बिना दामको आश बढ्दै गएको छ । भ्रष्टाचार सदाचार जस्तै बनेको छ । काम नै नगरी गफको भरमा वा…
बिर्तामोड, १८ असार । बिर्तामोड नगरपालिकाले कृषकहरूको लागि ब्याडको वोयर जातका बोका, कृषि औजार तथा कृषि सामाग्री वितरण गरेको छ । नगरपालिकाको कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमका बिच नगरका १० वटा वडाका कृषक तथा विभिन्न कृषक समूहहरूलाई बोयर जातका बोका,कृषि औजार तथा साइलेज मेसिन वितरण गरिएको हो । नगरपालिकाको पशुपक्षी तथा मत्स्य विकास शाखा र कृषि विकास शाखाको आर्थिक वर्ष २०७७–७८ को स्वीकृत कार्यक्रम अनुसार श्रीजंघा बाख्रा पालन समूह बिर्तामोड ७,लखिबारी युवा बाख्रा पालन कृषक समूह बिर्तामोड ९, बद्रीवासी बाख्रा पालन कृषक समूह बिर्तामोड ९ र नयाँ नमुना बाख्रा पालन कृषक समूह बिर्तामोड ८ लाई बोका वितरण गरिएको हो ।…
झापा, १७ साउन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोसी नदीमा अहिले रहेको कोसी ब्यारेजको विकल्पमा नयाँ सडक र पुल निर्माण हुने भएको छ । कोसी ब्यारेजको सञ्चालन अवधि (म्याद) समाप्त भइसकेकाले नयाँ पुल निर्माण गर्न लागिएको सडक विभागले जनाएको छ । नयाँ पुल र सडक निर्माणका लागि अध्ययन र डिजाइन समेत सम्पन्न भइसकेको छ । सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले नेपाल भारत सीमानामा नै निर्माण गरिएको कोसी ब्यारेजको सञ्चालन अवधि समाप्त भई जीर्ण भइसकेकाले जुनसुकै बेला ब्यारेजमा क्षति भई ठूलो दुर्घटना हुनसक्ने भएकाले त्यसको विकल्पमा नयाँ सडक र पुल निर्माण गर्ने प्रक्रिया अगाडि बढाइएको स्पष्ट पारे । सन् १९६२ मा निर्माण सम्पन्न…
झापा, १७ साउन । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा पास गरेका चालकलाई साउन १ गतेदेखि परीक्षणकालीन अनुमतिपत्र दिने भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले लाइसेन्स परीक्षा पास गरेपछि १ वर्षको परीक्षणकालीन लाइसेन्स दिनुपर्ने व्यवस्था गरेको छ । विभागले ऐन बनेको २९ वर्षपछि उक्त व्यवस्था गर्न लागेको हो । विभागले गत वैशाख पहिलो साता नै जेठ १ गतेदेखि नै परीक्षणकालीन लाइसेन्स दिने निर्णय गरेर त्यसअनुसार तयारी गरे पनि निषेधाज्ञाका कारण जेठबाट उक्त व्यवस्था लागू गर्न सकेको थिएन । ‘चालकको सहजताका लागि ऐनअनुसार प्रयोगात्मक लाइसेन्स दिन लागेका हौं,’ विभागका महानिर्देशक नवराज घिमिरेले बताए ।…
काठमाडौं, १७ असार । एक महीनाको अवधिमा काठमाडौंमा हरियो तरकारीको मूल्य २ सय ३० प्रतिशतसम्म बढेको पाइएको छ । कालीमाटी फलपूmल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीअनुसार गएको १ महीनाको अवधिमा हरियो तरकारीको मूल्य यति धेरै बढेको पाइएको हो । वर्षात् शुरू भएसँगै किसानहरूले तरकारी लगाएको जमीनमा धान रोपाइँ शुरू गरेकाले तरकारीको उत्पादन घट्न गई मूल्य बढेको हो । जेठ १६ गते प्रतिकिलो ३५ रुपैयाँ थोक मूल्य रहेको हाइब्रिड घिउ सिमीको मूल्य असार १६ मा २ सय ३० प्रतिशतले वृद्धि हुँदै १ सय १५ रुपैयाँ कायम भएको पाइएको छ । स्थानीय काउलीको मूल्यमा २ सय प्रतिशतले वृद्धि हुँदै प्रतिकिलो…
झापा, १७ साउन । यातायात व्यवसायीले सरकारले अनुमति नदिएपनि शुक्रबार (असार १८) देखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी दिएका छन् । सरकारले गत वैशाख १६ देखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइरहेको छ। उपत्यकाका तीनवटै प्रशासन कार्यालयले असार १५ गतेदेखि २५ र सोभन्दा बढी सिट क्षमताका सार्वजनिक यातायात जोर–बिजोर प्रणालीमा चलाउने अनुमति दिएको छ। तर व्यवसायीले सबै खालका सार्वजनिक यातायात सञ्चालन गर्न पाउनुपर्ने माग गरिरहेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला कोभिड–१९ ले १० खर्बभन्दा धेरै लगानी रहेको यातायात क्षेत्र ध्वस्त हुने अवस्था आएकाले सरकारी निषेधाज्ञा अवज्ञा गरेरै भए पनि सार्वजनिक यातायात सञ्चालन…