
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २७ जेठ । झापाको दमकस्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत एक छात्राको रहस्यमयी मृत्यु भएको छ । दमक नगरपालिका–५ स्थित एक घरमा कोठा भाडामा लिएर अध्ययन गर्दै आएकी इलामकी सेजला कोइरालाको बुधबार साँझ रहस्यमय मृत्यु भएको हो । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज कार्कीका अनुसार सेजलाको शव धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि पठाउने तयारी भइरहेको छ । प्रहरीले मृत्युको कारणबारे अनुसन्धान शुरु भइसकेको जनाएको छ । प्रहरी नायब उपरीक्षक कार्कीले सेजलालाई बेलुकी करिब ५ः०० बजे साथीले मोबाइलमा सम्पर्क गरेका थिए । त्यसक्रममा मोबाइल नउठेपछि साथी कोठामा पुग्दा उनलाई शौचालयको कम्बोर्टमा बेहोस…
झापा, २७ जेठ । कारोना खोप लगाउनेक्रम बढ्दै गर्दा गम्भीर संक्रमित भर्ना दरमा पनि केही कमी आएको पाइएको छ । यद्यपि, केही दिनयता संक्रमित संख्या घटे पनि जोखिम कायम रहेको भन्दै हेलचेक्रयाईं नगर्न जनस्वास्थ्य विज्ञले आग्रह गर्दै आएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभर १ हजार ६ सय ८७ जना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । जसअन्तर्गत १ हजार ३ सय १२ आईसीयू र ३ सय ७५ संक्रमित भेन्टिलेटरमा छन् । यसअघि, मंगलबार १ हजार ४ सय ३४ जना आईसीयू र ३ सय ९७ भेन्टिलेटरमा उपचाररत थिए । बुधबार देशभर प्रदेश १ मा २ सय २…
झापा, २७ जेठ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण गाउँगाउँमा तीव्र रूपमा फैलिएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा।कृष्णप्रसाद पौडेलले सहरमा केही कम भए पनि गाउँमा कोरोना सङ्क्रमण तीव्र भएको जानकारी दिँदै अब गाउँबाट सहरमा फैलने त्रास सिर्जना भएको बताए । अझै पनि ४६ भन्दा बढी जिल्लामा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेको तथा तीमध्ये काठमाडौँ, ललितपुर, भक्तपुर, झापा, मोरङ, रुपन्देही, कैलाली र चितवनमा धेरै सङ्क्रमित रहेको बताउँदै उनले पछिल्लो १४ दिनमा पाँचथर, ओखलढुङ्गा, तेह्रथुम, सिरहा, सिन्धुपाल्चोक, नुवाकोट, नवलपरासी पूर्व, रोल्पा, रुकुम पश्चिम र दार्चुलामा सक्रिय सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेकाले गाउँमा कोरोना फैलिएको पुष्टि…
झापा, २७ जेठ । संघीय प्रणाली आर्थिक दृष्टिकोणले बोझिलो संरचना रहेको भन्ने प्रश्न उठिरहेका बेला त्यसलाई मलजल पुग्ने गरी एकपछि अर्को प्रदेश सरकारले मन्त्रालय थप्ने होडबाजी गरेका छन् । आवश्यकता र औचित्यभन्दा पनि व्यक्ति तथा दलहरूलाई भागबन्डा पुर्याउन मन्त्रालय र मन्त्रीको संख्या थप्ने संसदीय व्यवस्थाको पुरानो विकृति प्रदेशमा सरेको हो । प्रदेशमा साढे ३ वर्षसम्म ७ वटा मन्त्रालय रहेकामा अहिले ११ वटासम्म पुगेका छन् । २०७४ माघमा गठन भएका प्रदेश सरकारहरूले स्रोत साधन, नीति, कानुन, कर्मचारी, भौतिक पूर्वाधारलगायतका आधारभूत आवश्यकताको अभावबीच काम गरिरहेका छन् । आफ्नो संरचनालाई जेनतेन स्थापित गर्न प्रयत्नशील रहेका बेला मन्त्रालयको संख्या बढाइँदा दीर्घकालीन आर्थिक बोझ थपिएको…
झापा, २७ जेठ । प्रदेश १ मा बुधबार १ हजार ४६५ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६२० महिला र ८४५ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४४ हजार ८९९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा बुधबार ५०७ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १६५, झापामा १३२, मोरङमा ११९, पाँचथरमा ५४, इलाममा ८, धनकुटामा ६, ते¥हथुममा ४, भोजपुर र उदयपुरमा ३–३, संखुवासभामा १ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । झापाको दमकमा ३७, भद्रपुरमा २२, विर्तामोडमा २०, अर्जुनधारामा १२, कनकाई र शिवसताक्षीमा ८–८, बा¥हदशीमा ७, गौरीगञ्जमा…
भद्रपुर, २७ जेठ । झापाका युवा उद्यमी दिपेन्द्र पोखरेलको निधन भएको छ । कोरोना संक्रमण भई विगत एक महिनादेखि काठमाडौमा उपचाररत युवा उद्योगी पोखरेलको बुधबार राति निधन भएको हो । काठमाडौंको नर्भिक हस्पिटलमा राति १२ बजे पाखरेलको निधन भएको उनका कान्छा भाइ प्रविण पोखरेलले जानकारी दिए । ५३ वर्षीय पोखरेल विगत ३६ दिनदेखि त्यहाँ उपचाररत थिए । नेपाल प्लाइउड भेनियर संघका प्रदेश अध्यक्ष पोखरेल उद्योगीसँगसँगै राजनीतिक र सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेका थिए । बिर्तामोड नगरपालिका ३ निवासी पोखरेलका श्रीमती, एक छोरा र एक छोरी छन् ।
बनियानी, २७ जेठ । झापामा ‘एकका लागि एक अभियान’ अन्तरगत स्थापना भएको अक्सिजन बैंक सञ्चालनमा आएको छ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बुधबार एक कार्यक्रमका बीच बैंकको औपचारिक रुपमा उद्घाटन गरेसँगै अक्सिजन बैंक सञ्चालनमा आएको हो । बैंकमा हालसम्म एक हजार २५ थान अक्सिजन सिलिण्डर जम्मा भएको अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो । कोरोना संक्रमितको उपचारमा सहयोग पु¥याउन र झापामा अक्सिजन सिलिण्डरको अभाव हुन नदिन अक्सिजन बैंक स्थापना गरिएको उहाँले बताउनुभयो । सोही कार्यक्रमका बीच अन्तर्राष्ट्रिय झापाली समाजले अभियानमा सहयोग स्वरुप रू १५ लाख र जिल्ला सहकारी संघ झापाले रू पाँच लाख सहयोग गरेको छ । समाजका…
झापा, २६ असार । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले जारी निषेधाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सार्ने भएको छ । गृह मन्त्रालयका अनुसार मुलुकभर जारी गरिएको निषेधको आदेश कार्यान्वयन र सङ्क्रमणको अवस्थाबारे समीक्षा भइरहेको र त्यसैका आधामा असारदेखि कसरी अघि बढ्ने भन्ने कुराको निर्क्योल हुने जनाइएको छ । गृहप्रवक्ता जनकराज दाहालले जिल्लाबाट रिपोर्टिङ् लिने क्रम जारी रहेको जानकारी दिए । “यसअघि ‘लकडाउन’ थियो, असारदेखि भने ‘लुज डाउन’ लागू गर्ने योजना छ, मुलुकभरको सुझाव आएपछि त्यसको आधारमा आवश्यक निर्णय लिइनेछ”, दाहालले भने “केही सहजीकरण भने पक्कै हुनेछ ।” सङ्क्रमणभन्दा निको हुने दर…
बिर्तामोड, २६ जेठ । झापाको बिर्तामोडमा करेन्ट लागेर आज बिहान एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–१० स्थित ठुटेबर निवासी डम्बरबहादुर गुरुङका तीन वर्षीय छोरा अभिनाश गुरुङ रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । प्रहरीका अनुसार आफ्नै घरमा पानी तान्ने मोटरमा रहेको नाङ्गो तार छुँदा ती बालकलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका बालकलाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन सामुदायिक हस्पिटल ल्याइ पुर्याउन साथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।
झापा, २६ जेठ । झापामा आजदेखि कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउन सुरु गरिएको छ । झापामा यस पटक चिनिया खोप भेरोसेल १३ हजार भाईल उपलब्ध भएकोले सोही आधारमा ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरूलाई लगाइने लक्ष्य लिइएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । खोप लगाउन आउँदा उमेर खुल्ने प्रमाणपत्रसहित आउन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ । चिनिया भेरोसेल खोपको पहिलो डोज लगाएकालाई दोस्रो डोज र नलगाएकालाई पहिलो डोज लगाइनेछ । यो खोप पहिलो मात्रामा लगाएको ४ हप्तापछि दोस्रो मात्रा लगाउनुपर्ने बताइएको छ । झापामा ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरूको सङ्ख्या करिब २० हजार…