
मेचीनगर, १३ साउन । झापाको मेचीनगर नगरपालिका–१० नागरडुब्बामा फ्रिजको तार सर्ट हुँदा आगलागी भई करिब २ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान करिब ३ः५० बजे स्थानीय लाल मोहम्मदको भान्सा कोठामा रहेको फ्रिजको तार सर्ट भई आगलागी भएको हो ।
आगलागीबाट फ्रिज, डाइनिङ टेबल, भाँडाबर्तन, चामल, एउटा मिटर बक्स तथा अन्य घरायसी सामग्री जलेर नष्ट भएका छन् । घटनामा मानवीय तथा चौपाया क्षति भने भएको छैन । स्थानीयवासी, नेपाल प्रहरी र मेचीनगर नगरपालिकाको दमकलको संयुक्त प्रयासमा आगो बिहान ४ः२० बजे पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको थप विवरण संकलन भइरहेको छ ।
Facebook Comments Box


