झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, १० जेठ । झापा अर्जुनधारा नगरपालिका–११ स्थित रेखा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा आइतबार बेलुका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा–११ का ३८ वर्षीय धनेन्द्र तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । साथीहरुसँग माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका तामाङको उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी पु¥याउन साथ मृत्यु भएको हो । घटनाको सूचना पाएलगतै इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटि गई तामाङसँग गएका साथीहरु सोही स्थानका ३८ वर्षीय दिलबहादुर खजुम लिम्बू र इलाम घर भई सोही स्थानमा बस्दै आएका ३२ वर्षीय रमेश एक्तेन लिम्बूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

Read More

बिर्तामोड, ८ जेठ । झापामा ब्राउनसुगर किनबेच भइरहेको अवस्थामा दुई युवा पक्राउ परेका छन् । शुक्रबार दिउँसो मेचीनगर–६ स्थित बद्री टोलमा केही मानिसहरुले लागू औषध खरिद बिक्री गरिरहेको भन्ने गोप्य सूचानाको आधरमा सिमा प्रहरी चौकी नकलबन्दा र लागू औषध नियन्त्रण व्युरो काँकरभिट्टा बाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । मेचीनगर–६ का २६ वर्षीय सुमन दनुवारले दमक–५ की २१ वर्षीय समिता राईलाई ब्राउनसुगर बिक्री गर्दै गरेको अवस्थामा प्लास्टिक बाहेक ५ ग्राम बरामद गरी फेला पारी उनीहरु दुबै जनालाई तत्कालै नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ ।

Read More

झापा, ७ जेठ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना महामारीका सन्दर्भमा १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्।​ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कोरोना संक्रमणबाट जनतालाई सुरक्षित राख्न देउवाले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका हुन्। सभापति देउवासँग नेता कृष्णप्रसाद सिटौला, महामन्त्री पूर्णबहादुर खड्का, सह महामन्त्री प्रकाशशरण महत, नेता डा. रामशरण महतलगायत नेता सिंहदरबार पुगेका थिए । प्रधानमन्त्रीसँग उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी, एमाले नेता सुवास नेम्वाङलगायत थिए । कोरोनाको तेस्रो लहर आएकोले त्यसबाट सुरक्षित राख्न तत्काल खोप ल्याएर सबै नागरिकलाई लगाउन देउवाको माग छ। खोप खरिद लगायतमा देखिएका अनियमितता छानविन गर्न…

Read More

झापा, ७ जेठ । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा पराजित भएपछि सत्तारुढ एमालेको विवाद उत्कर्षमा पुगेको छ । उपनिर्वाचनमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट उम्मेदवार भएका थापा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहसहित विपक्षी गठबन्धनका उम्मेदवार खिमलाल देवकोटासँग पराजित भए । थापा पराजित हुनुको दोष ओली पक्षले नेपाल समूहलाई लगाएको छ । एमाले विवाद समाधान कार्यदलको मंगलबार बसेको पहिलो बैठकले पार्टीभित्र असहयोग, अविश्वास र अन्तरविरोध सिर्जना हुने कामबाट अलग रहन पार्टी पङ्क्तिलाई आग्रह गरेको थियो । तर बिहीबार भएको राष्टिय सभा सदस्य निर्वाचनमा कार्यदलको आग्रह विपरीत काम भएको भन्दै ओली पक्षका नेताले यसमा नेपाल…

Read More

झापा, ७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाविपरीत नयाँ सरकार गठनको प्रक्रिया सुरु गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिच्दै गरेको सिफारिसलाई आधार बनाएर राष्ट्रपति भण्डारीले २४ घण्टा पनि समय नदिई सरकार गठनका लागि आह्वान गरेकी हुन् । संविधानको धारा ७६(३) बमोजिम प्रधानमन्त्री बनेका ओलीले विश्वासको मत लिने प्रक्रिया सुरु नगरी वा राजीनामा नदिई संविधानको धारा ७६(५) बमोजिम नयाँ सरकार गठन प्रक्रिया सुरु गरिएको हो । राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा सदस्यहरूलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छन् । संविधानको धारा ७६९३० बमोजिम प्रतिनिधिसभाको ठूलो दलको नेताको हैसियतमा गत वैशाख २७ गते ओलीले प्रधानमन्त्रीको शपथ लिएका थिए ।…

Read More

झापा, ७ जेठ । कोरोना संक्रमितको उपचारमा अति आवश्यक अक्सिजनमा बिचौलियाको चलखेल भइरहेको खुलेको छ। अक्सिजन आपूर्तिमा चलखेल नहोस् भनी स्वास्थ्य मन्त्रालयले अस्पतालका लागि कोटा छुट्याएको छ। तर कोटाअनुसार अक्सिजन नपाएको अस्पतालले जनाएका छन्। यसो हुनुमा अक्सिजन उद्योग तथा डिपोमा बिचौलियाको चलखेलले काम गरेको गुनासो उनीहरूको छ। त्यसै त कोटा आवश्यकभन्दा कम छ, त्यसमा पनि कम सिलिन्डर उपलब्ध हुँदा स्वास्थ्य संस्थामा उपचाररत कोरोना संक्रमित बिरामी अत्यन्त जोखिममा परेको अस्पतालहरूले जनाएका छन्। त्रिवि शिक्षण अस्पताल महाराजगन्जका लागि स्वास्थ्य मन्त्रालयले दैनिक २ सय सिलिन्डर कोटा छुट्याएको छ। तर अस्पतालले १ सय १० सिलिन्डरमात्रै पाउँछ। यो अस्पताललाई पनौतीस्थित नवज्योति अक्सिजन प्रालिले अक्सिजन उपलब्ध…

Read More

बुधबारे, ७ जेठ । बुधबारे जेसीजको ‘खासदिन जन्मदिन’ कार्यक्रम अन्तर्गत बुद्धशान्ति गाउँपालिकाले अक्सिजन लगाउनुपर्ने कोभिड संक्रमितका लागि तयार गरेको आइसोलेसनमा भर्ना हुने बिरामीका लागि हर्लिक्स प्रदान गरेको छ । बुधबारे जेसीजका सदस्य उमेश तिम्सिनाको संयोजकत्वमा आज गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल, बुद्धशान्ति ३ का वडाध्यक्ष कमल उप्रेती, स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीको रोहबरमा आइसोलेसन समितिलाई १७ थान हर्लिक्स हस्तान्तरण गरिएको बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले जानकारी दिए । बुधबारे जेसीजका सदस्य उमेश तिम्सिनाको जन्मदिनको अवसर पारेर सो कार्यक्रम गरिएको बुधाबारे जेसीजका निबर्तमान अध्यक्ष नन्दकुमार याफू राईले बताए । जेसीज मानवताको सेवामा समर्पित संस्था भएकाले आफूहरूले सकेको योगदान गरेको बुधबारे जेसीजका अध्यक्ष…

Read More

झापा, ६ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठन गर्न दलहरुलाई २१ घण्टाको समय दिएकी छिन्। बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले ७६ (५) को नयाँ सरकार गठनको लागि आह्वान गरकेी हुन्। तर, राष्ट्रपति भण्डारीले सूचना जारी गरेपछि भोलि पाँच बजेसम्म करिब २१ घण्टाको समय बाँकी रहन्छ।

Read More

झापा, ६ जेठ । पछिल्लो २४ घण्टामा थप ८३०५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा १९० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ । यसअघि बुधबार ८ हजार १७३ मा संक्रमण पुष्टि हुनुका साथै २४६ को मृत्यु भएको थियो । यस्तै ७ हजार ९८९ जना संक्रमण मुक्त भएका थिए । यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ५४३ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना निको हुनेको संख्या ३ लाख ६६ हजार ९४६ पुगेको छ । यस्तै निको भएकासहित कुल संक्रमितको संख्या ४ लाख ८८ हजार ६४५ पुगेको छ । मन्त्रालयले आजसम्म देशभर…

Read More

झापा, ६ जेठ । सर्वोच्च अदालतले सात जना मन्त्रीको नियुक्तिविरुद्ध परेको रिटमा नियुक्ती बदर गर्न अन्तरिम आदेश दिएको छ । सांसद नभएका व्यक्तिलाई मन्त्री बनाइनु प्रथम दृष्टिमै असंवैधानिक भएको सर्वोच्च अदालतले बताएको छ । नेकपा विवादमा गत फागुन २३ को फैसलापछि माओवादीमा नफर्की एमालेमा बसेका र सांसद पद खारेज भएका उनीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो मन्त्रिपरिषद्मा नियुक्ती गरेका थिए । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले गृहमन्त्री रामबहादुर थापा बदलसहित पूर्व संघीय संसदको सदस्य नरहेका सात मन्त्री संविधानको धारा ७८ अनुसार एक पटकलाई बढीमा ६ महिनामात्र मन्त्री हुन सक्ने भन्दै पुनः नियुक्तिलाई अन्तरिम आदेशमार्फत बदर गरेको हो ।…

Read More