झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १० बैशाख । झापाको गौरादह नगरपालिका–३ का राजन पन्तको घरमा पालेको गाईको बाच्छीले नब्याइकन नै चार दिनदेखि दूध दिन थालेपछि स्थानीयवासी अचम्मित भएका छन् । नब्याएको गाईले दूध दिएको हेर्न अहिले पन्तको घरमा बिहानदेखि बेलुकासम्म मानिसको भीड लाग्न थालेको छ । “चिकित्सा विज्ञानलाई आश्चर्यमा पार्ने गरी आफ्नै गोठमा बाँधेर पालेको २१ महिनाको बाच्छीले दूध दिन थालेपछि अचम्म लाग्यो,” पन्तले भने । पशु चिकित्सकलाई जाँच गराउँदा गाईले गर्भधारण नगरेको पाइएको गाईधनी पन्तले बताउँदै भने, “घरमा बाँधेर पालेको बाच्छी २१ महिनाको मात्र भयो । यसलाई कहीँ लगिएको पनि छैन ।” “एक हप्तादेखि बाच्छीको अचानक फाँचो ह्वात्तै बढ्यो । थुनसमेत ब्याएको गाईको…

Read More

झापा, १० बैशाख । झापा कमल–५ सितापुरीका ८ वर्षीय योजल राईको रुखको हागा भाचिएर लागी मृत्यु भएको छ । बिहीबार दिउँसो बुबासँग सोही स्थानमा रहेको माई वृक्षारोपनको नर्सरीमा दाउरा टिप्न गएको अवस्थामा हावाहुरीले मसलाको रुखको हागा भाँचिएर लाग्दा गम्भिर घाईते भएका उनको दमक अस्पताल दमकमा पुर्याउन साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Read More

इलाम, ९ बैशाख । इलाम सुर्योदय नगरपालिका ९ गैरिगाउ स्थितमा रहेको ग्रामिण चिया उद्योग प्रालिमा आज बिहान साढे ५ बजे आगोलागी हुँदा स्टोरमा रहेको अन्दाजी ४५ बोरा चिया जलि नष्ट हुँदा १० लाख बराबरको क्षेती भएको जनाएको छ । सोही फ्याक्ट्रीका कामदारहरुले फ्याक्ट्री नजिकै चिया पकाउने क्रममा ग्यास लिग भई आगोलागी भएको थियो । उक्त आगो प्रहरी र स्थानियको सहयोमा बिहान ६ बजे पुर्णरुपमा नियन्त्रणमा आएको छ । आगोलागीबाट मानबिय क्षेती नभएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

Read More

दाङ, ९ बैशाख । दाङका पत्रकार दामोदर अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१७ बेलभार निवासी ४० वर्षीय पत्रकार अधिकारीको मङ्गलबार राति काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । अधिकारीले चैत २५ गते नेपाल पत्रकार महासङ्घ दाङमा निर्वाचनमा मतदान गरेका थिए । चैत २६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पिसिआर परीक्षणका क्रममा उनलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि वैशाख ३ गते अधिकारीलाई हेलिकप्टर चार्टर्ड गरी थप उपचारका लागि काठमाडौँ लगिएको थियो । गोरक्ष राष्ट्रिय दैनिक दाङमा लामो समयदेखि कार्यरत अधिकारी पछिल्लो समयमा व्यवसायमा पनि संलग्न थिए…

Read More

झापा, ९ बैशाख । एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयदेखिको संवादहीनता तोडिएको छ । काठमाडौंस्थित होटल मेरियटको कोठा नम्बर ९०१ मा बुधबार २ घण्टा चलेको छलफलमा भने नेपालले पार्टी जोगाउन ओलीसँग अनुरोध गरे । छलफलमा सुरुको एक घण्टा ओलीमात्रै बोलेको त्यहाँबाट फर्किएपछि नेता नेपालले निकटस्थहरूलाई ब्रिफिङ गरेका छन् । ‘उहाँले एमाले र माओवादीबीचको एकीकरणको पृष्ठभूमिदेखि कुरा गर्नुभयो, त्यसपछि नेकपामा भएका गतिविधि, एकअर्कालाई गरेको कारबाहीका सबै कुरा उठाउनुभयो,’ नेपालले आफूनिकट नेताहरूलाई भने, ‘मैले उहाँका कमजोरीबारे बताएँ, एकताका लागि पहल गर्नुस् भनें । कुनै ठोस प्रस्ताव आएन, अर्को पटक फेरि बस्ने भनेर उठ्यौं ।’ नेता नेपालले २०७५…

Read More

झापा, ९ बैशाख । कोभिड–१९ को १ वर्षबीचमा नेपालको अर्थतन्त्रमा व्यापक क्षति पुर्‍याए पनि वाणिज्य बैंकहरूको व्यवसायमा भने खासै प्रभावित भएको देखिँदैन । अधिकांश उद्योग तथा व्यवसाय प्रभावित भए पनि गत आर्थिक वर्ष (आव) २०७६–७७ को चैतसम्मको तुलनामा चालू आव २०७७/७८ को सोही अवधिसम्म बैंकहरूको कर्जा प्रवाह थप २५ दशमलव ६३ प्रतिशतले वृद्धि भएको छ । यसअवधिमा २७ ओटा वाणिज्य बैंकहरूबाट ७ खर्ब २९ अर्ब रुपैयाँ बराबरको थप कर्जा प्रवाह भएको छ । वाणिज्य बैंकहरूबाट कर्जा वृद्धि हुँदा चालू आवको चैतसम्ममा कुल कर्जा प्रवाह रू.३५ खर्ब ७३ अर्ब पुगेको छ । यसअघिको चालू आवसम्ममा वाणिज्य बैंकको कुल कर्जा २८ खर्ब…

Read More

झापा, ९ बैशाख । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा जेठको दोस्रो साता उपनिर्वाचन गर्न सरकारलाई अनौपचारिक प्रस्ताव गरेको छ । आयोगले सरकारसँगको अनौपचारिक छलफलका क्रममा जेठ दोस्रो साता राष्ट्रिय सभातर्फको रिक्त पदका लागि उपनिर्वाचन गर्न प्रस्ताव गरेको हो । तर, सरकारले भने आयोगको प्रस्तावलाई सुनेको छैन । यस्तै प्रतिनिधिसभा र प्रदेशसभा तथा स्थानीय तहका रिक्त पदमा पनि उपनिर्वाचन कहिले हुने टुंगो छैन । आयोगले भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै भेटेर उपनिर्वाचनका लागि तयार रहेको सन्देश दिइसकेको छ । आयोगका एक आयुक्तले उपनिर्वाचन हुन्छ कि जस्तो भएको तर हुने अवस्था नरहेको बताए । ‘उपनिर्वाचन गर्न आयोग तयार…

Read More

झापा, ९ बैशाख । सरकारको नेतृत्व गर्ने निर्णय गरेको नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि गृहकार्य तीव्र बनाएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा काँग्रेसका पूर्व तथा वर्तमान पदाधिकारीको बुधबार बसेको बैठकमा सभापति देउवाले नयाँ सरकार गठनका लागि वातावरण सकारात्मक बन्दै गएको ब्रिफिङ गरेका हुन् । कांग्रेसका एक नेताले देउवाको भनाइ उद्धत गर्दै भने – अन्योलता र आशंका हट्दै गएको छ, केही दिनभित्र परिणाम आउँछ । देउवाले बैठकमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने जानकारी गराएका थिए । २० चैतमा बसेको केन्द्रीय समिति बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने औपचारिक निर्णय गरेको नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने विषयमा…

Read More

सुनसरी, ८ बैशाख । सुनसरी ईनरुवा नगरपालिका ४ स्टार होटल अगाडीबाट मंगलबार साँझ सभा ५ बजे जाली नोट सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान १९ का ६६ बर्षीय टेक बहादुर तामाङ, हरिनगर २ का २४ बर्षीय नजिम साफि र धरान १७ का महेन्द्र तामाङ रहेका छन् । जाली नोटको कारोबार गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा उनिहरुको साथबाट नेपाली जाली नोट १ हजार दरका ४ सय १५ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । जाली नोट सहित पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ मुद्रा सम्वन्धि कसुर…

Read More

मोरङ, ८ बैशाख । मोरङ बिराटनगर ५ का २३ बर्षीय श्याम मण्डललाई लागूऔषध नाईट्राभेट चक्की सहित पक्राउ गरेको छ । आज दिउसो ३ बजे बिराटनगर १६ दरैया स्थितबाट प्रहरीले उनलाई लागूऔषध नाईट्राभेट २९ चक्की सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

Read More