झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

गंगा बरालभद्रपुर, ८ बैशाख । झापा जिल्लास्तरीय राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि जित्न सफल आफ्ना खेलाडीहरुलाई भद्रपुर नगरपालिकाले बधाइसहित सम्मान गरेको छ । यही चैत ३, ४ र ५ गते मेची रंगशालामा आयोजित प्रतियोगितामा जिल्लाका १४ वटा पालिकालाई पछि पार्दै भद्रपुर नगरपालिकाले १५ स्वर्ण, ५ रजत र ६ कास्य पदक जित्दै उपाधिमा कब्जा जमाएको थियो । भद्रपुरले एथ्लेटिक्समा ९, उसुमा ३, तेक्वान्दोमा २ र कबड्डीमा १ स्वर्ण जित्यो भने एथ्लेटिक्समा ३ र उसुमा २ रजत जितेको छ । एथ्लेटिक्समा ४, तेक्वान्दो र उसुमा १÷१ कास्य जितेको छ । स्थानीय तहको प्रतिनिधित्व रहने गरी पहिलोपटक आयोजना भएको प्रतियोगिताको उपाधि जित्नु ऐतिहासिक भएको…

Read More

सुरुङ्गा, ८ बैशाख । आयोजक कनकाई भेट्रान्स क्लब झापाको सुरुङ्गामा जारी कनकाई भेट्रान्स कप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा विराटनगरको विराट बुद्ध स्पोर्टिङ्ग क्लबलाई २–१ गोल अन्तरले हराउँदै आयोजक कनकाईले फाइनलमा स्थान पक्का बनाएको हो । खेलको पहिलो हाफमा विराट बुद्धले अग्रता बनाए पनि दोस्रो हाफमा आयोजकले दुई गोल फर्काएको थियो । खेलको २९ औँ मिनेटमा विराट बुद्धका निराजन बस्नेतले उत्कृष्ट गोल गरेका थिए । कनकाईको रक्षापंक्ति बिट भएको मौकाको फाइदा उठाउँदै बस्नेतले गोल गरेका थिए । त्यस्तै, ३४ औँ मिनेटमा विराट बुद्धका विराटकुमार भूजलको प्रहार कनकाईका गोल रक्षक सञ्जय ठाकुरले सुन्दर बचाउ…

Read More

झापा, ७ बैशाख । यातायात व्यवस्था विभागले यातायात व्यवस्था ऐनले गरेको व्यवस्था २९ वर्षपछि लागू गर्ने भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले व्यवस्था गरेको परीक्षणकालीन चालक अनुमतिपत्र (लाइसेन्स) लागू गर्न लागेको हो । विभागले लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका चालकलाई १ वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिने तयारी गरेको छ । जेठ १ गतेदेखि नै परीक्षणकालीन लाइसेन्स वितरण गरिने विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए । ‘ऐनले नै परीक्षा पास गरेलगत्तै लाइसेन्स दिन नमिल्ने व्यवस्था गरेकोमा हालसम्म परीक्षणकालीन लाइसेन्स वितरण गरिएको छैन,’ उनले भने, ‘चालकको सहजताका लागि परीक्षा पास गरेपछि यस्तो लाइसेन्स दिने व्यवस्था गर्न लागेका हौं ।’…

Read More

झापा, ७ बैशाख । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल इतिहासकै कठिन परिस्थितिको सामना गर्नुपर्ने अवस्थामा पुगेका छन् । उनलाई साथ दिइरहेका धेरैजसो नेता कार्यकर्ताले माओवादीसँग एकीकरण गर्नेगरी पार्टी विभाजन नगर्न दबाब दिएपछि नेपाल कठिन परिस्थितिमा पुगेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल पक्षका नेतालाई जिम्मेवारी लिन आग्रह गरेसँगै पार्टीभित्रै संघर्ष गर्नुपर्ने लाइन बलियो भएको छ । जिम्मेवारी पनि खोसिएको र अब हुने निर्वाचनमा आफूहरुले टिकट पाउने सम्भावना पनि नदेखेपछि समानान्तर कमिटी बनाइरहेको नेपाल पक्षका केही नेताले अर्को पार्टी निर्माण गर्ने पहल थालेपछि त्यसो नगर्न दबाब बढेको हो । ‘धेरै साथी एमाले विभाजन गर्नुहुँदैन भनेर लाग्नुभएको छ ।…

Read More

बिर्तामोड, ७ बैशाख । झापाको खुदुनावारीमा एकहप्ता भित्र प्रहरी चौकी सञ्चालन हुने भएको छ । लामो समयदेखिको स्थानीय बासिन्दाको माग अनुसार प्रहरी चौकी स्थापनाको तयारी अन्तिम चरणमा पुगेको हो । ‘एउटा सानो सर्जिमिन गर्न पनि शनिश्चरे बजार पुग्नु पर्ने अवस्था थियो’, अर्जुनधारा ३ का अध्यक्ष जीवन भण्डारीले भन्नुभयो, ‘हामीले वर्षौंदेखि प्रहरी चौकी आवश्यक छ भनेर भनेका थियौं । झलनाथ खनाल प्रधानमन्त्री हुँदा उहाँलाई ज्ञापन पत्र पनि बुझायौं । हाम्रो माग कसैले सुनेको थिएन । अहिले पूर्वमन्त्री अग्निप्रसाद खरेललाई भेटेर चौकीको आवश्यक्ता बारे जानकारी गराएपछि उहाँले प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरिक्षक लगायतसँग म र २ नम्वर वडा अध्यक्ष रघुनाथ खनाल लगायतका…

Read More

झापा, ७ बैशाख । झापा मेचीनगर नगरपालिका–७ स्थित पुर्व पश्चिम राजमार्ग ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । सोमबार बिहान साढे ९ बजे पुर्व जादै गरेको WB73B3324 नम्बरको भारतीय ट्रकले साईकललाई ठक्कर दिँदा साईकल यात्री मेचीनगर नगरपालिका ८ जोर सिमलका ३० बर्षीय मनोज मेचे गम्भिर घाईते भएका उनको B&C अस्पतालमा उपचारको क्रममा बिहान सँवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रक नियन्त्रणमा रहेको र चालक फरार रहेकोले खोजतालस भईरहेको सो कार्यालयले जनाएको छ ।

Read More

विराटनगर, ७ वैशाख । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले समाज परिवर्तनका लागि स्काउटको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ । उहाँले मर्यादित राष्ट्र बनाउने काममा स्काउटको भूमिका आवस्यक रहेको बताउनुभयो । नेपाल स्काउट प्रदेश समितिले आयोजना गरेको दीक्षान्त समारोहमा मन्त्री राई ले सो कुरा बताउनु भएको हो । उहाँले प्रत्येक बालबालिकालाई स्काउट शिक्षा आवस्यक रहेकोमा जोड दिनुभयो । प्रदेशका विद्यालयमा स्काउट शिक्षा लागू गराउनका लागि आफु प्रतिबद्ध रहेको समेत उहाँले बताउनुभयो । मन्त्री राईले भन्नुभयो,‘ मानव जीवनलाई समृद्ध बनाउने काम स्काउटले गर्छ ।’ सामाजिक विकास मन्त्रीमा नियुक्त भएपछि नेपाल स्काउट प्रदेश समितिले आज मन्त्री राईलाई दीक्षित गरेको…

Read More

सुरुङ्गा, ७ बैशाख । टाइब्रेकरमा जीत निकाल्दै विराटनगरको विराट बुद्ध भेट्रान एफसी झापाको सुरुङ्गामा जारी कनकाई भेट्रान कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । कनकाई माविको खेलमैदानमा सोमबार भएको खेलमा विराटनगरले धरान भेट्रान क्लबलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश पाएको हो । निर्धारित समयमा दुवै टोलीले समान १–१ गोलको बराबरी गरेपछि निर्णय टाइब्रेकरबाट लिइएको हो । टाइब्रेकरमा विराटनगर भाग्यमानी सावित भयो । प्रतिस्पर्धात्मक खेलमा दुवै टिमको गोल भने दोस्रो हाफमा सम्भव भएको हो । धरानका लागि खेलको ५२औँ मिनेटमा शिवकुमार राईले गोल गरेर अग्रता दिलाएका थिए । तर, त्यो अग्रता २ मिनेट पनि बचाउन नसक्दा विराटनगर…

Read More

झापा, ७ बैशाख । माथिल्लो तामाकोसी आयोजनाको पूर्वाधारमा आधारित अर्को जलविद्युत् आयोजना तामाकोसी–५ निर्माणको तयारी भइरहेको छ । दोलखाको सुरी दोभानमा विद्युत्गृह रहने गरी ९९।५ मेगावाट क्षमताको यो क्यासकेड आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ भने वित्तीय व्यवस्थापनका लागि अन्तिम पहल भइरहेको जनाइएको छ । ४५६ मेगावाटको माथिल्लो तामाकोसीको विद्युत्गृहबाट निस्किएको पानी आठ किलोमिटर लामो सुरुङबाट अर्को विद्युत्गृहमा पु(याउने र त्यहाँबाट विद्युत् उत्पादन गर्ने योजनाअनुरूप नेपाल विद्युत् प्राधिकरणले यो आयोजना बनाउन लागेको हो । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले तामाकोसी–५ जलविद्युत् कम्पनीमार्फत काम अगाडि बढाइरहेको जानकारी दिए । जनताको जलविद्युत् कार्यक्रममा राखिएको यो आयोजना आगामी आर्थिक वर्षभित्र निर्माण थाल्ने…

Read More

झापा, ३ बैशाख । सीमासम्बन्धी बैठक बस्न नेपालले तारन्तार पहल गरे पनि भारतले बेवास्ता गरेको छ । नेपालले बाउन्ड्री वर्किङ ग्रुप ९बीडब्लूजी० को बैठकका लागि तीनपटक औपचारिक रुपमा नै पत्र पठाएर पाँच वटा मिति प्रस्ताव गरे पनि भारतले कुनै जवाफ पठाएको छैन । भारतको बेवास्ताले प्रत्येक वर्ष हुनुपर्ने बीडब्लूजी बैठक प्रभावित भएको हो । बीडब्लूजीको पछिल्लो बैठक सन् २०१९ नोभेम्बरमा देहरादुनमा भएको थियो । ‘कोभिडका कारण फिल्डमा जान सम्भव नरहेको जस्ता कारण देखाएर भारतले अनौपचारिक रुपमा बैठकको मितिप्रति असहमति जनाएको छ तर औपचारिक जवाफ आएको छैन’, परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने । नेपालले गत वर्ष जुलाईमा पहिलोपटक बैठकका लागि दुई…

Read More