
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
इटहरी, १७ चैत । सुनसरी इटहरी उपमहानगरपालिका–२ मा सोमबार एक जनाको हत्या भएको छ । स्थानीयवासी केशव कार्कीको हत्या भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नगेन्द्र कार्कीले बताए । सुतेकै ठाउँमा सुँगुर मार्ने झिरले रोपेर कार्कीको हत्या गरिएको सुनसरी प्रहरीले जनाएको छ । हत्या गरेको आरोपमा छिमेकी जीवनाथ रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । छिमेकीको हत्या गरी भागिरहेको अवस्थामा रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो । पुरानो रिसइबी साँध्नका लागि रेग्मीले कार्कीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
झापा, १७ चैत । झापा भद्रपुर नगरपालिका–१० भृकुटी चौक स्थितबाट लागूऔषध ब्राउनसुगर कारोबार गर्ने २ जनालाई पक्राउ गरेको छ । आइतबार दिउँसो साढे २ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले किनबेच गर्न लागेको अवस्थामा १६ ग्राम ९३० मिली ग्राम ब्राउनसुगरसहित सोही स्थान बस्ने ३९ वर्षीय माइक मर्डी र कचनकवल–६ बस्ने २१ वर्षीय रोशन मगरलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मोरङ, १७ चैत । मोरङ मिक्लाजुङ गाउँपालिका–६ थामीझोडा बस्ने ५० वर्षीय यामबहादुर बोहोराको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । हिजो राति १० बजे छिमेकीको घरबाट टेलिभिजन हेरेर घर फर्केन क्रममा जंगलबाट आएका ३ वटा जंगली हात्तीले किल्ची गम्भीर घाइते भएका बोहोराको उपचारको लागि लैजाँदै गर्दा रातको ११ बजे बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
ताप्लेजुङ, १७ चैत । ताप्लेजुङ पाथिभरा याङ्बरक गाऊपालिका–४ डुम्रिसेस्थित थुम्बेदिन डुम्रिसे सडक खण्डमा भएको ट्रिफर दुर्घटनाबाट एक जनाको मृत्यु र दुई जना घाइते भएका छन् । सोमबार राति १० बजे प्रदेश ३–०१–०५ ख ९२७१ नम्बरको बालुवा लोड भएको ट्रिफर बाटो मोड्ने क्रममा अनियन्त्रित भई सडकबाट अन्दाजी २०÷२५ मिटर तल खसी दुर्घटना हुँदा ट्रिफर चालक सिन्धुली कमलमाई–४ बस्ने २४ वर्षीय यामकुमार बिक, सहचालक लमजुङ दोर्दी–६ किर्ती गाँउ बस्ने १८ वर्षीय कृष्ण बिक र ताप्लेजुङ पाथिभरा याङबरक–२ थेचम्बु बस्ने २० वर्षीय मन्दिप लिम्बू घाइते भएका थिए । घाइतेमध्ये कृष्ण बिकको उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने क्रममा राति ११ बजे मृत्यु भएको…
काठमाडौं, १४ चैत । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको निजी सचिवालयबाट बिहीबार बिहान अचानक डिल्लीबजार कारागारका जेलर वसन्त पुरीलाई खबर गयो, ‘मन्त्रीज्यँ, कारागारमा आउँदै हुनुहुन्छ, समय मिलाउनु होला ।’ जेलर पुरी आफ्नै कार्यकक्षमा थिए । उनले हतारहतार कर्मचारीलाई बोलाएर कार्यकक्षका टेबल÷सोफा मिलाउन निर्देशन दिए । त्यसको केहीबेरमा करिब सवा ८ बजेतिर सुरक्षाकर्मीको दलबलसहित मन्त्री भट्ट कारागार प्रवेश गरे। मन्त्रीलाई स्वागत गर्दै जेलर पुरीले सिधै आफ्नो कार्यकक्षमा लगे। केहीबेरमै कैलाली–१ का निलम्बित सांसद रशमलाल चौधरी जेलरको कार्यकक्षमा आए । मन्त्री भट्टले जेलरसँगै बसेर चौधरीसँग करिब २० मिनेटजति कुराकानी गरे। स्रोतका अनुसार भेटमा सरकारमा चौधरी आबद्ध दल जनता समाजवादी पार्टी ९जसपा०…
दाङ, १४ चैत । बालगृहमा रहँदै आएकी बालिकामाथि त्यसका सञ्चालकबाटै बलात्कार भएको भन्दै उजुरी परेको छ । तुलसीपुर–१८ बिजौरीस्थित असहाय बाल विकास नेपालका अध्यक्ष विष्णु चौधरीले बालगृहमा रहेकी एक बालिकालाई ६ महिनादेखि बलात्कार गर्दै आएको आरोप लागेको हो। बालगृहमा बस्दै आएकी जुम्लाकी १४ वर्षीया बालिकाले आफुलाई चौधरीले ६ महिनादेखि पटक–पटक बलात्कार गरेका भन्दै प्रहरीमा बिहीबार जाहेरी दिएकी छन्। जाहेरीपछि चौधरीको खोजी भइरहेको दाङ प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले बताए । बालगृहमा रहेका बालबालिका जोखिममा रहेको पाइएपछि स्थानान्तरण गर्न थालिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । ‘बालबालिकालाई तुलसीपुर उपमहानगरसँग समन्वय गररे सुरक्षित स्थानमा राख्ने तयारी भइरहेको छ,’ उनले भने, ‘बालगृहमा…
झापा, १४ चैत । महिलाले परिवारकै सदस्यबारे अन्यायविरुद्ध न्याय खोज्न थालेपछि सम्बन्ध विच्छेदको दर बढेको छ। जिल्ला अदालतमा परेका निवेदनमध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदकै छन्। गत साउनयता अदालतमा ७ सय ६ मुद्दा ९गत आवबाट सरिआएका २ सय ८२० रहेकामा ३ सय १० मुद्दा सम्बन्ध विच्छेदका छन्। यीमध्ये १ सय ९५ मुद्दा फस्र्योट भएको अदालतले जनाएको छ। जिल्ला न्यायाधीश हरिशचन्द्र इङनामले परिवारकै सदस्यबाट भएको अन्यायविरुद्ध लड्ने चेतना जागृत भएकाले सम्बन्ध विच्छेदका मुद्दाको संख्या बढेको हुनसक्ने बताए। ‘घर–परिवारमा बेमेल भए पनि अन्याय सहेर बस्ने चलन विस्तारै हटेको देखिन्छ,’ उनले भने, ‘आफूमाथि अन्याय भएको चेतनाले महिला र पुरुषलाई अदालतसम्म ल्याइपुर्याएको हो।’ सम्बन्ध विच्छेदका…
काठमाडौं, १४ चैत । कोरोना भाइरस संक्रमित संख्या पाँच दिनयता ह्वात्तै बढेको पाइएको छ । फागुन अन्तिम साता २ अंकमा झरेको संक्रमित संख्या उकालो लागेको हो । मुख्यतः भारतमा संक्रमण दर फैलिनु र हेलचेक्र्याइँका कारण संक्रमित संख्या बढेको जनस्वास्थ्य विज्ञले बताएका छन् । भारतमा पछिल्लो २४ घण्टामा थप ५९ हजार १ सय १८ जनामा संक्रमण देखिएको छ । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार गत २४ घण्टामा संक्रमणबाट २ सय ५७ जनाको मृत्यु भएको छ । भारतमा रहेका नेपाली फर्किनेक्रम समेत बढेको छ । तीमध्ये केहीमा संक्रमण देखिएको छ । गत सोमबार १ सय ५०, मंगलबार १ सय ८८,…
बिर्तामोड, १४ चैत । बिर्तामोड एजुकेशन फाउण्डेशनको सहयोग र राष्ट्रिय युवा परिषद नेपाल झापाको आयोजनामा आजबाट झापाको विर्तामोडमा ३ महिने निःशुल्क कम्प्युटर शिक्षा तालिम शुरु भएको छ । विपन्न तथा जेहन्दार विद्यार्थीलाई लक्षित गरी कम्प्युटर शिक्षा तालिम आयोजना गरिएको हो । एक कार्यक्रमका बीच प्रदेशसभा सदस्य एकराज कार्कीले कम्प्युटर अन गरेर तालिम उद्घाटन गरे । प्रमुख अतिथि कार्कीले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम प्रदान गर्ने जमर्को गरेर विर्तामोड एजुकेशन फाउण्डेशन र युवा परिषद झापाले उदाहरणीय कार्य गरेको बताए । कार्यक्रमका विशिष्ट अतिथि विर्तामोड नगरपालिका ३ का वडाध्यक्ष भोजराज सिटौला, ,नेकपा एमाले विर्तामोड नगर कमिटी अध्यक्ष उमानाथ ओली, नेपाल…
विराटनगर, १३ चैत । सर्वोच्च अदालतको फैसलापछि पद जोगिएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सरकार विस्तारको तयारी थालेका छन् । गत पुस १२ गतेयता मुख्यमन्त्रीसहित चारवटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मुख्यमन्त्री राईले प्रदेश सरकार विस्तारको तयारी थालेका हुन् । बुधबार नेकपा एमाले संसदीय दलको बैठकमा मुख्यमन्त्री राईले आफूविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका माधव नेपाल समूहका नेतालाई सात दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका थिए । अविश्वासको प्रस्ताव असफल हुने भएपछि मुख्यमन्त्री राईले मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् । प्रदेश १ मा सातवटा मन्त्रालय छन् । मुख्यमन्त्री राईले मुख्यमन्त्रीसहित चारवटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार…