झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १४ जेठ । व्यवसायिक रेडियोको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेको निधन भएको छ। कोरोना भाइरस संक्रमणका कारण गम्भीर अवस्थामा विराटनगरमा उपचाररत न्यौपानेको ४७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो। स्थिति गम्भीर भएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो। पूर्वको सबैभन्दा ठूलो रेडियो सप्तकोशी एफएमको सञ्जाल विस्तारमा न्यौपानेको महत्त्वपूर्ण योगदान छ। स्थापनामा मार्केटिङबाट प्रवेश गरेका न्यौपानेले विगत एक दशकदेखि स्टेशन म्यानेजर भई सप्तकोशी एफएमलाई उचाई प्रदान गरेका थिए। न्यौपाने नेकपा एमाले केन्द्रीय प्रचार विभाग सदस्य तथा विज्ञापन बोर्डका सदस्य थिए। झापाको गौरादह स्थायी घर भएका न्यौपाने डेढ दशकदेखि इटहरीमा बसोबास गर्दै आएका थिए। उनका श्रीमती…

Read More

दमक, १४ जेठ । झापामा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । दमक नगरपालिका १० बस्ने संक्रमित महिलाको उपचारका क्रममा शुक्रवार बिहान दमकस्थित लाइफलाइन अस्पतालमा मृत्यु भएको अस्पतालका कोभिड फोकल पर्सन डम्बर मोतेले जानकारी दिए । उनलाई एक साता अघि स्वास्थ्य समस्या भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। त्यसपछि उनको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । दमकमा नयाँ भेरियन्टबाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।

Read More

झापा, १४ जेठ । कोरोना भाइरसबाट हालसम्म ८१३ जना पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन् । नेपाल पत्रकार महासङ्घका अनुसार ५२२ पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन् । त्यसैगरी हालसम्म १६ पत्रकारको कोरोना भाइरसबाट मृत्यु भएको छ । महासङ्घले दिएको जानकारीअनुसार हाल तीन पत्रकार आइसीयूमा छन् भने तीन जना पत्रकारको भेन्टिलेटरमा उपचार भइरहेको छ । महासङ्घले प्रकाशित समाचारको विषयलाई लिएर अन्नपूर्ण पोष्ट दैनिकका सुनसरी संवाददाता रत्नप्रसाद आचार्यलाई विभिन्न सङ्घसङ्गठनले विज्ञप्ति निकालेर धम्क्याएको घटना निन्दनीय र प्रेसविरोधी भएको जनाएको छ । महासङ्घ सुनसरी शाखाका अनुसार केही दिनअघि अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित ‘सर्दु जलाधार १८२ बिघा जग्गा फिर्ता’ शीर्षक समाचारलाई लिएर पत्रकार…

Read More

झापा, १४ जेठ । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक इजलास गठन गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सुनुवाइका लागी संवैधानिक इजलास गठन गरिएको हो । न्यायाधीशहरु दीपककुमार कार्की, डा आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई इजलासमा राखिएको छ । संवैधानिक इजलासमा प्रधान न्यायाधीश सहित ५ जना न्यायाधीश हुन्छन् । प्रधान न्यायाधीशले आफूसहित रोष्टरमा रहेका सिनियर न्यायाधीश मध्येबाट इजलास गठन गर्ने कानुनी व्यवस्था छ । प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा शुक्रवारबाट संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ । बिहिबार प्रधान न्यायाधीशको एकल बेन्चले १९ वटा रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश गरेको थियो । विपक्षी गठबन्धनका नेता शेरबहादुर देउवासहित १…

Read More

सुनसरी, १४ जेठ । सुनसरीको कोशी गाउँपालिका–८ स्थितमा रहेको कोशी ब्यारेजको पुलबाट हामफालेका एक ब्यक्तिको शकुशल उद्धार गरिएको छ । बिहिवार अपरान्ह पौने ५ बजेको समयमा कोशी ब्यारेजको १० नम्बर ढोकाबाट एक्कासी नदीमा हामफालेका संखुवासभा घर भई मोरङको सुन्दरहरैचा बस्ने ४० बर्षीय एक पुरुषको प्रहरी चौकी कोशी ब्यारेजबाट खटिएको प्रहरी टोलीले स्थानीय माझीहरुको सहयोगमा तत्कालै शकुसल उद्धार गरेको हो । उद्धार गरिएका पुरुषलाई उपचारको लागी ईनरुवा अस्पताल पठाएको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Read More

भद्रपुर, १४ जेठ । झापामा थप एक साता निषेधाज्ञा लम्बाइएको छ । जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको जिल्ला स्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जेठ २१ गते मध्यराति १२ बजेसम्मको लागि निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो। बैठकले खाद्यान्न, माछामासु, तरकारी, फलफूलको हकमा होम डेलिभरीको व्यवस्था मिलाउने निर्णय जस्ताको त्यस्तै राखेको छ । घरमा खाद्यान्न अभाव भएको खण्डमा व्यक्तिले स्थानीय पालिका, वाणिज्य सङ्घ र प्रहरीको समन्वयमा पसलबाट खाद्यान्न लैजान पाउने एउटा निर्णय थपेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए । विकास निर्माणको हकमा आयोजनासँग सहकार्य गरी निर्माण सामग्री बोक्ने सवारीसाधनलाई स्थानीय तहको सिफारिसमा सञ्चालन गर्न…

Read More

बिर्तामोड, १२ जेठ । विश्व शान्तिको कामना गर्दै २५६५औं बुद्ध जयन्तीको अवसरमा भर्चुल अन्तरसम्वाद कार्यक्रम गरिएको छ । तमु ह्युल छोँज धिँ गुरूङ राष्ट्रिय परिषद् जिल्ला कार्य समिति झापाको आयोजनामा बुधबार भर्चुल मिटिङ अन्तरसंम्बाद कार्यक्रम सम्पन्न भएको हो । कोरोना महामारीका कारण विगतको वर्षमा झै गुम्बा, बिहारमा पुगेर पुजा पाठ गरी मनाइने बुद्ध जयन्ती यस वर्ष समय अनुकूल नभएकाले भर्चुल मिटिङ अन्तरसंम्बाद कार्यक्रम गरी मनाइएको जिल्ला अध्यक्ष धनबहादुर गुरूङले बताउनुभयो । कार्यक्रममा लामा गुरु कर्मा दोरजे ‘लोपेन’ र लामा हेम गुरुले बौध्द दर्शनका बारे ब्याख्या गर्नुभएको थियो । त्यस्तै, तमु ह्युल छोँज धिँ गुरूङ राष्ट्रिय परिषद् नगरका अध्यक्ष सलबहादुर गुरूङ,…

Read More

झापा, १० जेठ । करुणा फाउण्डेशनले प्रदेश १ सरकारलाई ३० थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ। आइतबार स्वास्थ्य सामग्री मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरिएको थियो। फाउण्डेशनले दिएका अक्सिजन कन्सन्ट्रेटर संखुवासभा, भोजपुर, तेह्रथुम लगायतका सात जिल्लाका जिल्ला अस्पताललाई ३/३ वटा र कोशी कोभिड अस्पताललाई नौवटा वितरण गरिने जनाइएको छ। उक्त कार्यक्रममा मुख्यमन्त्री राईले सबै नागरिकलाई कोभिड खोप लगाउन प्रदेश सरकार लागिपरेको बताए। उनले नागरिकको स्वास्थ्य सरकारको प्राथमिकता भएकाले सरकारले कुनै कसर बाँकी नराख्ने बताए। संघीय सरकारसँग पनि आवश्यक मात्रामा खोप माग गरिएको उनको भनाइ छ। प्रदेश सरकारले आगामी नीति, कार्यक्रम र बजेटमा समेत खोपलाई उच्च प्राथमिकता दिन लागेको जानकारी दिए। थाहा…

Read More

बिर्तामोड, १० जेठ । मेची अञ्चल अस्पतालको कोभिड उपचार केन्द्रमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक पुरुष र एक महिला रहेका छन् । झापाको बुद्धशान्ति गाउँपालिका २ निवासी ७७ वर्षीय वृद्ध पुरुष र पाँचथरको फिदिम निवासी ३१ बर्षीया महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी मनोज पोखरेलले जानकारी दिए । मृतक पुरुष जेठ ७ गते र महिला जेठ ८ गते कोभिड उपचार केन्द्रमा भर्ना भएका थिए । उनीहरूको शव व्यवस्थापनको तयारी भइरहेको अस्पतालले जनाएको छ । त्यस्तै भद्रपुर नगरपालिका ४ निवासी ५२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । उनको विराटनगरको नोबेल अस्पतालमा आइतबार साँझ मृत्यु…

Read More

बुधबारे, १० जेठ । बुधबारे जेसीजले कोरोना संक्रमितको उपचारका लागि आर्थिक सहयोग गरेको छ । बुद्धशान्ति गाउँपालिकाले सञ्चालनमा ल्याएको आइसोलेसन केन्द्रमा रहेको संक्रमितको उपचारमा सहयोग पुगोस् भनेर बुधबारे जेसीजले सोमबार २५ हजार रुपैँया सहयोग गरेको हो । सो रकम बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश भुजेललाई हस्तान्तरण गरिएको रकम हस्तान्तरण कार्यक्रमका संयोजक समेत रहेका बुधबारे जेसीजका उपाध्यक्ष विनोद रिजालले जानकारी दिए । रकम लिँदै गाउँपालिका अध्यक्ष भुजेलले कोरोना संकटका बेला बुधबारे जेसीजले खेलेको भूमिका र गरेको सहयोगको प्रशंसा गरेका छन् । रकम हस्तान्तरण कार्यक्रममा बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्ले, पूर्व अध्यक्ष सेमन्त पोखरेल, रमेश बराल, निर्वतमान अध्यक्ष नन्दकुमार याफू राई, कानुनी सल्लाहकार…

Read More