झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, १७ असार । स्थानीय सरकारले माग सम्बोधन गर्ने प्रतिबद्धता जाहेर गरेपछि भद्रपुर नगर क्षेत्रका बाल शिक्षक र कर्मचारीहरूले आन्दोलन फिर्ता लिएको छ । सरकारले बजेट भाषणमार्फत घोषणा गरेको न्यूनतम पारिश्रमिक १५ हजारको माग गर्दै आन्दोलित बनेका बाल शिक्षक र कर्मचारीहरूले आन्दोलनका कार्यक्रम फिर्ता लिएको बाल शिक्षक सञ्जाल भद्रपुरकी अध्यक्ष तारा मैनालीले जानकारी दिइन । भद्रपुर नगरपालिका समक्ष एक सूत्रीय माग राख्दै शिक्षक महासंघ नगर समितिसहित नगर क्षेत्रका ६ वटा शिक्षक तथा कर्मचारी सङ्गठनले संयुक्त रुपमा असार १३ गतेदेखि शान्तिपूर्ण आन्दोलनमा उत्रिएका थिए । आन्दोलित बनेका उनीहरूले प्रत्येक दिन नगरपालिकामा गएर शान्तिपूर्ण धर्ना दिँदै आएका थिए । शिक्षक महासंघ र…

Read More

बिर्तामोड, १७ असार । झापाबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका १५ का २० वर्षीय सुवास मेचे र मेचीनगर १० का २५ वर्षीय सुरज लामिछाने रहेका छन् । दुबैलाई झापा कमल गाउँपालिका ३ पूर्वपश्चिम राजमार्गस्थित केरखाबाट बुधबार पक्राउ गरिएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । उनका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१ह ५९९० नम्बरको भाडाको टेम्पोको पछाडि सवार रहेका मेचे र लामिछानेको साथबाट ८८ ग्राम ब्राउनसुगर बरामद गरिएको छ । विशेष सूचनाको आधारमा दिउँसो साढे ३ बजे प्रहरीले केरखामा चेक प्वाइन्ट राखेको थियो । दुबैलाई ब्राउनसुगरसहित पक्राउ गरेपछि हिरासतमा राखेर…

Read More

झापा, १६ असार । लोक सेवा आयोगले कोरोना ९कोभिड–१९० महामारी र पदाधिकारी नहुँदा रोकिएका सम्पूर्ण परीक्षा साउन १५ गतेदेखि सञ्चालन गर्ने भएको छ । आयोगमा पदाधिकारीहरू नियुक्त भएपछि स्थगित भएका सम्पूर्ण परीक्षा सञ्चालन हुने भएको हो । पूर्व सूचनाअनुसार स्थगित भएका परीक्षालाई सोमबार बसेको आयोगको बैठकले साउन १५ देखि असोज २५ गतेसम्म गर्ने निर्णय गरेको हो । खरिदारदेखि सहसचिवसम्मको परीक्षा सञ्चालनमा अवरोध पुगेको थियो । परीक्षा सञ्चालनको सूचना प्रकाशित गरेर पनि कतिपय परीक्षा स्थगित भएका थिए । पदाधिकारी नियुक्ति भएपछि सहज हुने भएको हो । आयोगले चालू आर्थिक वर्षको सबै विज्ञापन वार्षिक कार्यतालिकाअनुसार नियमित रूपमा गरेको थियो । विज्ञापन भए…

Read More

झापा, १६ असार । अन्तरराष्ट्रिय बजारमा भटमास र सूर्यमुखी कच्चा तेलको मूल्यमा ह्रास आएपछि नेपालमा पनि खाने तेलको मूल्य घट्ने भएको छ । नेपाली बजारमा तेलको मूल्य घट्दा उपभोक्तालाई भने फाइदा हुनेछ । तर, मूल्य घट्नुअघि नै एलसी खोलेर कच्चा तेल मगाएका उद्योगीहरूले घाटा बेहोर्ने भएका छन् । मूल्य घट्नुअघि एलसी खोलेर मगाएको कच्चा तेलमा नेपाली उद्योगीले करीब १ अर्ब ८० करोड गुमाएका छन् । नेपालका उद्योगीहरूले अर्जेन्टिना र ब्राजिलबाट पैठारी गर्ने भटमासको कच्चा तेलको मूल्यमा १ सातामा ३ सय डलर प्रतिमेट्रिक टन घटेको छ । साता अघिसम्म १ हजार ४ सय ७५ डलर रहेको भटमासको तेलको मूल्य १ हजार…

Read More

झापा, १६ असार । नेपाल कम्युनिस्ट पार्टी (एमाले) २ जेठ २०७५ कै अवस्थामा फर्किने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले २ जेठमा फर्किने निर्णय औपचारिक रूपमा गरेको हो । एमाले सचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीले बैठकले १८ असारमा बस्ने गरी एकतापूर्वको केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको बताए । दोस्रो तहका नेताहरूको छलफल र सर्वोच्च अदालतले महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि २ जेठकै अवस्थामा एमालेलाई फर्काउन अध्यक्ष ओली सहमत भएका हुन् । गत २३ फागुनमा सर्वोच्च अदालतले एमाले ब्युँताएपछि २ जेठ २०७५ कै पार्टी कमिटी, विधान र नेतृत्व कायम हुनुपर्ने माग पार्टीभित्र भइरहेको थियो…

Read More

भद्रपुर, १६ असार । झापाको भद्रपुरमा सामुहिक रुपमा धान रोपेर मंगलबार १८ औं धान दिवस तथा रोपाइँ महोत्सव गरिएको छ । भद्रपुर नगरपालिकाको सहयोगमा किच्चकबध कृषि सहकारी संस्थाले मंगलबार विहान भद्रपुर–१ मा आयोजना गरेको कार्यक्रमका बीच दिवस मनाइएको हो । त्यहाँ झण्डै १० कट्ठा जग्गामा रोपाइँ गरिएको थियो । संस्थाका अध्यक्ष बुद्धिप्रसाद खरेलको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरप्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रा श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत होमनाथ भट्टराई, नेकपा (एमाले) भद्रपुर इञ्चार्ज असारु राजवंशी, नेकपा माओवादी केन्द्र भद्रपुर नगर कमिटी अध्यक्ष शिवकुमार राजभण्डारीलगायतmे धान रोपेका थिए । सो अवसरमा हिले दौड प्रतियोगिता पनि गरिएको थियो । प्रतियोगितामा पुरुषतर्फ…

Read More

भद्रपुर, १५ असार । करिब दुई महिनादेखि झापाका सरकारी कार्यालयहरूले बन्द राखेको सेवा मङ्गलबार (आज) देखि पुनः सुचारु गर्ने भएको छ । कोभिड १९ सङ्क्रमणपछि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा पश्चात् जिल्लाका सबै सरकारी कार्यालयहरूले वैशाख १९ गतेदेखि अत्यावश्यकबाहेक सबै सेवा बन्द राखेका थिए । जिल्ला प्रशासन कार्यालय झापामा सोमबार बिहान बसेको कोभिड १९ सङ्कट व्यवस्थापन समिति ९डिसीसीएमसी०को बैठकले सरकारी, सार्वजनिक संस्था, बिमा लगायतका कार्यालयहरूले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी भिडभाड नगरीकन आलोपालो प्रणाली अवलम्बन गरी सेवा प्रवाह गर्ने निर्णय गरेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए । सोही निर्णय बमोजिम बढी भिडभाड हुने जिल्ला प्रशासन कार्यालय, भूमिसुधार…

Read More

झापा, १५ असार । झापाका दुई गाउँपालिकाले आफ्ना नागरिकको बिजुलीको बिल तिरिदिन बजेटमा रकम छुट्याएका छन् । कमल र झापा गाउँपालिकाले आर्थिक वर्ष २०७८/०८९ को बजेटमा बिजुलीको बिल तिर्ने व्यवस्था गरेका हुन् । झापा गाउँपालिकाले २० यूनिटभन्दा कम विद्युत् खपत गर्ने पालिकाभित्रका सबै नागरिकको शुल्क तिरिदिने अध्यक्ष जयनारायण साहले बताए । उक्त विद्युत् शुल्क तिरिदिनका लागि पालिकाले नवौँ गाउँसभाबाट रु २० लाख बजेट विनियोजन गरेको उनले जानकारी दिए । गाउँपालिकाले गर्भवतीलाई झापा जिल्लाभरिका अस्पतालसम्म लैजान निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने समेत बजेटमार्फत घोषणा गरेको छ । यसका लागि पालिकाले रु पाँच लाख रकम विनियोजन गरेको छ । यसैगरी कमल गाउँपालिकाले…

Read More

झापा, १५ असार । जल तथा मौसम विज्ञान विभागले आगामी बुधबारदेखि मनसुन थप सक्रिय हुने प्रक्षेपण गरेको छ । देशको पूर्वी तथा मध्यभागमा बुधबारदेखि मनसुनी गतिविधि बढ्ने विभागले जनाएको छ । विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले अहिले अलि–अलि मात्र सक्रिय मनसुन आगामी बुधबार मध्यान्हदेखि देशको पूर्वी तथा मध्य भू–भागहरूमा सक्रिय भएर वर्षा हुने सम्भावना देखिएको बताए । उहाँका अनुसार अब सक्रिय हुने मनसुनले प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका अधिकांश भागमा भारी वर्षा गराउन सक्छ । यी क्षेत्रमा बाढी र पहिरोको सम्भावना रहेकाले त्यही अनुरूप पूर्वतयारी गर्न पनि विभागले आग्रह गरेको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली…

Read More

झापा, १५ असार । सरकारले आगामी साउनदेखि सरकारी तथा निजी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारी गरेको छ । साउनदेखि दर्ता हुने नयाँ सवारीसाधन र नवीकरण हुने सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न लागिएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका महानिर्देशक नमराज घिमिरेले सवारीसाधनको वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यसहित आगामी साउनदेखि नयाँ सवारीसाधन र नवीकरण हुने सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न लागिएको जानकारी दिए । नयाँ खरिद गरिने दुई पाङ्ग्रे, चार पाङ्ग्रेलगायत सबै प्रकारका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको छ । इम्बोस्ड नम्बर प्लेट जडानका लागि भर्नुपर्ने फारम भर्ने प्रणालीलाई अहिले परिष्कृत गर्नेलगायत सबै प्रकारका प्राविधिक काम…

Read More