झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

मोरङ, ९ असार । मोरङ बिराटनगर–१६ दक्षिण गेटस्थितबाट लागूऔषध नियन्त्रणम ब्युरोबाट खटिएको प्रहरी टोलीले हिजो बेलुका साढे ६ बजे लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी चक्रघट्टी–७ का ३२ वर्षीय राजकुमार मगर रहेका छन् । उनले बोकेको झोलामा खानेतेलको गिलेनमा एभिल ७७ एम्पुल, लुपिजेसिक ७५ एम्पुल, डाइजाल्याप ७५ एम्पुल र फेनारगन ७८ एम्पुल फेला परेको थियो । पक्राउ परेका मगरलाई इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ ।

Read More

झापा, ८ असार । झापामा असार १४ गतेसम्मको लागि निषेधाज्ञा थपिएको छ । थपिएको निषेधाज्ञा केही खुकुलो बनाएता पनि सार्वजनिक सवारी साधन चलाउन रोक लगाइएको छ । बजारमा निश्चित व्यवसाय बिहान ६ बजे देखि १२ बजेसम्मका लागि संचालन गर्न पाइने भएको छ । होटल तथा रेष्टुरेन्टहरुले टेक– अवे सेवा मात्र सञ्चालन गर्न पाउने भएका छन् । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाद्वारा निम्न अनुसारको आदेश जारी गरिएको छ । सर्वसाधारणका लागिः–अत्यावश्यक कामका लागि बाहेक कुनै पनि व्यक्ति घर बाहिर ननिस्कने । खाद्य पदार्थलगायत अन्य सामग्री खरिद गर्न निस्कदा अनिवार्य मास्कको प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने र कुनै पनि भीडभाड नगरी…

Read More

मोरङ, ८ असार । मोरङ रंगेली नगरपालिका–७ रंगेली बजार स्थितमा पश्चिम तर्फ जादै गरेको ना ४ ख ३४९३ नम्बरको ट्रिफरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा प्र१–०२–०४३प ८०११ नम्बरको मोटरसाइकल चालक रतुवामाई–६ सौठा का ४२ वर्षीय तिलकराज खड्का रहेका छन् । आज बिहान सोही दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीरर घाइते भएका खड्काको रंगेली अस्पतालमा पुर्‍याउन साथ मृत्यु भएको थियो । ट्रिफर र चालक धनपालथान–६ का ३९ वर्षीय विद्या सागर राय ईलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा रहेको छ ।

Read More

बिर्तामोड, ८ असार । तत्कालिन शाही सेनाद्धारा झापाको चारआली सैनिक ब्यारेकमा २०५९ साल साउन ७ गते हत्या गरिएका झापाका पत्रकार देवकुमार आचार्य डि कौडिन्यको नाममा स्थापित डि कौडिण्य पत्रकारिता पुरस्कार यस बर्ष साउन ७ गते बिर्तामोडमा प्रदान गरिने भएको छ । डिकौडिन्य डिकौडिन्य बिर्तामोडमा भएको प्रेस संगठन झापाको आयोजनामा भएको बैठकले हरेक बर्ष साउन ७ गते प्रदान गरिदै आएको उक्त पुरस्कारको राशी समेत बढाइएको छ । पहिले १५ हजार रुपैँयाको उक्त पुरस्कारको राशी बढाएर हाल २१ हजार बनाइएको छ । पुरस्कार छनौटका लागि प्रेस संगठनका केन्द्रिय सदस्य तथा नेपाल पत्रकार महासंघ प्रदेश समिति कोषाध्यक्ष बिमल लामिछानेको संयोजकत्वमा पत्रकार महासंघ प्रदेश…

Read More

झापा, ६ असार । यही महिनाको दोस्रो हप्ताबाट आर्थिक क्षेत्र चलायमान हुने गरी निषेधाज्ञा (स्मार्ट लकडाउन) कार्यान्वयनमा आउने भएको छ । कोभिड–१९ निर्देशक समिति बैठकले असार ७ गतेपछि ‘स्मार्ट लकडाउन’ लागू गर्न निर्देशन दिएको हो । यसको स्वरूप र प्रकृति कस्तो किसिमले बनाउने भन्ने कुराको जिम्मेवारी कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (सीसीएमसी) लाई दिइएको छ । सीसीएमसी प्रमुख बालानन्द शर्मा स्मार्ट लकडाउन कस्तो हुने भनेर सम्बद्ध पक्षसँग छलफल भइरहेको बताउँछन् । सीसीएमसीमा आबद्ध एक उच्च अधिकारीका अनुसार मुलुकको आर्थिक क्षेत्रलाई चलायमान बनाई कोरोना सङ्क्रमण घटाउने रणनीति हो । निषेधाज्ञा कायमै रहेको अवस्थामा आवश्यक मापदण्ड अपनाई केही सेवा सञ्चालनमा ल्याउन सकिन्छ ।…

Read More

झापा, ६ असार । यातायात व्यवस्था विभागले अब दुई प्रकारको सवारी चालक अनुमतिपत्र वितरण गर्ने भएको छ । साउन १ गतेदेखि ट्रायल उत्तीर्ण गरेका चालकलाई परीक्षणकाल ९प्रोभिजनल० र परीक्षणकाल उत्तीर्ण भएका चालकलाई स्मार्ट सवारी चालक अनुमतिपत्र वितरण गर्न लागिएको विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए । उनले भने, “पीभीसी कार्डमा स्मार्ट लाइसेन्सको जस्तो चिप हुँदैन । पीभीसी कार्डमा ुबार कोड’ हुन्छ । बारकोडमा सवारी चालकको सम्पूर्ण विवरण समावेश गरिएको हुन्छ ।’’ त्यसैगरी सवारी चालक अनुमतिपत्र नवीकरणका लागि निवेदन दिएका व्यक्तिलाई नयाँ स्मार्ट अनुमतिपत्र प्राप्त नहुञ्जेलसम्मका लागि नयाँ कार्ड वितरण गर्न लागिएको उनले बताए । ट्रायल उत्तीर्ण गरेका र नवीकरणका लागि…

Read More

झिलझिले, ६ असार । व्यावसायिक पशुपालन गरिरहेका शिवसताक्षी ६ का अधिकांश कृषकको पशु बिमा गराइदिएपछि वडा कार्यपालिकासंग उनीहरू खुसी छन् । वडामा जुनसुकै योजना संचालन हुन्छन् अन्य वडा भन्दा विल्कुलै फरक हुने गरेको स्थानीय बासिन्दाले बताएका छन् । वडा अध्यक्ष मनोज खुलाल कार्कीले पशुपालनमा प्रोत्साहन र वडाका बासिन्दाको आयआर्जन बृद्धि गराउन राहतका कार्यक्रम ल्याएपछि अब किसान पशुपालनमा आकर्षीत भए । वडामा ‘एक घर एक पशु बिमा’ कार्यक्रम लागु भएको छ । यो कार्यक्रम जिल्लामा संभवत पहिलो हो । किसान भन्छन् , ‘वडाले चौपायाको बिमा गरेपछि अब गोठैभरी पशु पालेर आयआर्जन बढाइन्छ ।’ स्थानीय ओमप्रकाश गुरुङ भन्छन् ‘हाम्रा वडा अध्यक्षले ल्याएका…

Read More

झापा, ३ असार । झापा प्रहरीले अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न २३ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको छ। प्रहरीले दुईमा नियन्त्रणमा लिएका २३ सवारीसाधनमध्ये १८ वटा टिपर, चार वटा ट्याक्टर र एउटा पिकअप रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। प्रहरीले मेचीनगर र अर्जुनधाराका खोलाबाट उत्खनन र ओसारपसार गर्ने सवारीसाधनलाई नियन्त्रणमा लिएको डिएसपी थापाको भनाइ छ। अस्थायी प्रहरी चौकी इँटाभट्टाले प्रदेश ०३–००१–क–०२८९, प्रदेश ०३–००१–क–२३४, प्रदेश ०३–००१–क–००९८ र प्रदेश ०३–००१–क–००१५ नम्बरको टिपर मेचीनगर ८ स्थित दोकान डाँडाबाट नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय बुधबारेले बालुवा लोड गरिएको मे१च २००५ नम्बरको पिकअप विरीङ खोलाबाट नियन्त्रणमा लिएको हो। नियन्त्रणमा…

Read More

भद्रपुर, ३ असार । पुरानो व्यापारिक शहर भद्रपुरलाई भारतको बिहार र बङ्गालसँग जोड्ने मेची पुल बनेको तीन वर्षपछि बल्ल भारतीय पक्षले पहुँच मार्गको निर्माण गरेको छ । भारतीय सीमा क्षेत्रमा पहुँच सडक नबन्दा लामो समयदेखि पुल प्रयोजनविहीन भएको थियो । भारतको विहार सरकारले पहुँच मार्गका रूपमा रहेको गलगलिया बजारबाट मेची पुलसम्मको ६५० मिटर लामो दुई लेनको पक्की सडक र त्यही सडकमा ३० मिटर लम्बाइको पुलसमेत निर्माण गरेको नेपाल–भारत मैत्री सङ्घ झापाका अध्यक्ष प्रदीपमणि रेग्मीले बताए । मेची पुलको पश्चिम भागमा नेपालतिर सडकको कुनै समस्या छैन । अब भारतीय क्षेत्रमा समेत पहुँच मार्गको निर्माण भएपछि दुवै देशबीच आवतजावत र मालसामानको ढुवानीमा…

Read More

झापा, ३ असार । झापामा आज ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार बिर्तामोडमा १५, हल्दिबारीमा १०, मेचीनगर र कनकाईमा ८–८, अर्जुनधारा र दमकमा ६–६, भद्रपुर र शिवसताक्षीमा ४–४, कमल गाउँपालिकामा २, कचनकवल, बुद्धशान्ति, बा¥हदशी र गौरादहमा १–१ जनामा संक्रमण देखिएको हो । यता, प्रदेश १ मा आज १ हजार २९९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५५५ महिला र ७४४ पुरुष रहेका छन् । हाल सम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५२ हजार ३७३ पुगेको छ । प्रदेश १ मा आज ३९३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १४५, सुनसरीमा ९०, झापामा…

Read More