झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, ३ असार । झापा मेचीनगर नगरपालिका–६ शान्तिनगर टोल स्थितबाट आज दिउसो लागूऔषध नियन्त्रण ब्युरो काकँडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ गरेको छ । क्राउ पर्नेमा सोही स्थानका ३४ वर्षीय पबन राई रहेका छन् । उनको साथबाट प्रहरीले ब्राउनसुगर २२ ग्राम फेला पारेको हो । पक्राउ परेका राई उपर इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको छ ।

Read More

झापा, ३ असार । झापा मेचीनगर नगरपालिका–५ का ४० वर्षीय भीमराज लिम्बूको हत्या गरी फरार रहेका सोही स्थानका ५६ वर्षीय सुकराज लिम्बूलाई पक्राउ गरिएको छ । बुधबार राति मेचीनगर–५ इटाभट्टास्थित अधेरी टोलको ग्राबेल बाटोको छेउमा घाँटीमा कपडाको क्र्याक ब्यान्डेजले बाँधिएको र मुखबाट रगत आइरहेको अवस्थामा भीमराज मृत अवस्थामा फेला परेका थिए । तत्काल घटनास्थलमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनको हत्या भएको पुष्टी गरेसँगै घटनामा संलग्न भई फरार रहेका सुकराजलाई पक्राउ गरेको हो । पक्राउ परेका सुकराजले आपसी झगडा हुँदा खुट्टामा बाध्ने क्र्याक ब्यान्डेजले मृतकको घाँटीमा बाँधी घटना घटाएको अनुसन्धानको क्रममा स्विकार गरेका छन् ।

Read More

झापा, ३ असार । पछिल्लो एक साताको संक्रमण दरलाई आधार मान्दा अहिले दैनिक ३ हजार ३ सय ७४ जनामा संक्रमण देखिएको छ । गत बिहीबारदेखि बुधबारसम्म ९८ हजार ४ सय ५१ जनाको पीसीआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा २३ हजार ६ सय १५ जनामा संक्रमण देखिएको छ । सोहीअवधिमा ३ सय ७९ संक्रमितको मृत्यु भएको छ । हाल देशका ४३ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । मूलतः काठमाडौं, ललितपुर, भक्तपुर, दाङ, धनुषा, चितवन, सुर्खेतमा संक्रमण दर तुलनात्मक रूपमा धेरै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यद्यपि, ती जिल्लामा पनि संक्रमितको संख्या क्रमिक रूपमा घट्दै…

Read More

झापा, ३ असार । मनसुन शुरु भएसँगै देशभर बढेको वर्षाका कारण जनधनको क्षति हुने क्रम पनि शुरु भएको छ । वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानमा परेर मंगलबार रातिदेखि बुधबार साँझसम्म ६ जनाको ज्यान गएको छ भने २७ जना बेपत्ता भएका छन् । सिन्धुपाल्चोकको मेलम्ची बजारमा मंगलबार साँझबाट आएको बाढी पहिरोमा परेर दुई जनाको ज्यान गएको छ । यसैगरी पाल्पा, कास्की, बाजुरा र डोटीमा एक एक जना गरी ६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले बाढी पहिरोमा परेर ६ जनाको मृत्यु भएको बताए । बाढी तथा पहिरोमा परेका…

Read More

झापा, ३ असार । कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’ तर्फ जाने निर्णय गरेको छ । अबको साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्याङ्कन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराई केही क्षेत्र खुल्ला गरिनुपर्ने निष्कर्ष समितिले निकालेको जानकारी प्रधानमन्त्रीको निजी सचिवालयले दिएको छ । प्रधानमन्त्री एवम् समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार राति अबेरसम्म बसेको समितिको बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई ,जापान र मलेसिया जस्ता देशहरुमा हवाई उडान पुनः संचालन…

Read More

झापा, ३ असार । सरकारले मनसुन सुरु भएसँगै विपद्बाट हुने घटना न्यूनीकरणका लागि जोखिम क्षेत्रको नक्सा तयार गरी प्रतिकार्य योजना बनाएको छ । प्रतिकार्य योजनामा विपद्बाट प्रभावित हुनेहरूको ३० मिनेटभित्रै उद्धार गर्नेगरी तयारी गरिएको छ । गृह मन्त्रालयले बुधबार ‘ मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्य योजना २०७८’ पारित गर्दै विपद्बाट हुन सक्ने जोखिम कम गर्नेगरी रणनीति तय गरेको हो । गृहमन्त्री खगराज अधिकारीको नेतृत्वमा रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ११औं बैठकले विपद्बाट हुन सक्ने क्षति र त्यसलाई रोक्न सरकारी स्तरबाट गरिनुपर्ने कार्यलाई पारित योजनामा राखेको छ । जसअनुसार प्रत्येक जिल्लामा सडकको पहुँच भएको ठाउँमा घटना भएको ३०…

Read More

झापा, २ असार । दमकको लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत छात्रा सेजल कोइरालाको बलात्कारपछि हत्या भएको आशङ्कामा प्रहरीले एक आरोपीलाई नियन्त्रणमा लिएको छ । पीडित परिवारको तर्फबाट किटानी जाहेरी र मृतकको परीक्षण रिपोर्ट आएपछि प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा भोजपुर जिल्ला घर भई हाल दमकमा बस्दै आएका अरुण राईलाई मङ्गलबार नियन्त्रणमा लिइएको जनाइएको छ । अरुण र सेजलबीच प्रेम सम्बन्ध रहेको बताइएको छ । आरोपितलाई म्याद थपका लागि आज जिल्ला अदालतमा पेश गर्ने तयारी भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए । दमक–५ स्थित एक घरमा डेरा गरी बस्दै आएका सेजल प्रतिष्ठानको रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत…

Read More

बिर्तामोड, २ असार । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ। प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले मंगलबार प्रदेशसभामा उक्त बजेट पेस गरेका हुन्। बजेटमा पूँजीगत खर्च १५ अर्ब ५ करोड ३५ लाख र चालु खर्च १४ अर्ब १६ करोड १५ लाख छुट्याइएको छ। चालु आर्थिक वर्षको बजेटभन्दा यो बजेट करिब ७ अर्ब कम आकारको हो। अघिल्लो आर्थिक वर्ष ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट विनियोजन गरिएको थियो। प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ९ करोड ७७…

Read More

झापा, २ असार । झापा बुद्धशान्ति गाउँपालिका–३ राजाटोल शितल बस्ती बस्ने ४८ वर्षीय विष्णुमाया बासकोटाको हाती जोगाउन राखेको करेन्टमा परी मृत्यु भएको छ । मंगलबार घर नजिक आफ्नै खेतबारीमा जंगली हात्ती नआओस भनेर राखेको बिजुलीको नाङगो तारमा करेन्ट लागी घाईते भएकी उनको बिर्तासिटी अस्पतालमा मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमणीबाट थप अनुसन्धान भईरहेको छ ।

Read More

झापा, १ असार । काठमाडौं सम्भावित तेस्रो लहरको कोरोना संक्रमण मध्यनजर गर्दै त्यसले बालबालिका बढी प्रभावित हुने आँकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो र दोस्रो लहरमा युवा–प्रौढमा संक्रमण देखिएपछि तेस्रो लहरमा बालबालिका प्रभावित हुनसक्ने औंल्याएको हो । हालसम्म देशभर १० वर्ष उमेर समूहसम्मका १४ हजार ३ सय १६ जनामा संक्रमण देखिएको छ । कुल संक्रमितमध्ये १४ हजारभन्दा बढीमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको तथ्याकंले देखाउँछ । कुल संक्रमितमध्ये ६ प्रतिशतभन्दा बढी बालबालिकामा कोरोना पाइएको छ । राष्ट्रिय बाल अधिकार परिषद्का अनुसार देशभर कुल जनसंख्याको ४१।८४ प्रतिशत बालबालिका छन् । केही दिनयता संक्रमित संख्या घटेको देखिए पनि जोखिम कायमै…

Read More