झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ४ जेठ । पछिल्लो २४ घण्टामा नेपालमा थप ८२०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १९६ जनाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि सोमबार देशभर ९ हजार २४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो भने २१४ जनाको मृत्यु भएको थियो । मंगलबार भने पीसीआर विधिबाट २०२८६ र एन्टिजेन विधिबाट ६९३ जनाको स्वाब परीक्षण भएकोमा कुल ८२०३ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ भने निको हुनेको संख्या ३ लाख ५२ हजार ४१४ रहेको छ । यसैगरी पछिल्लो २४ घण्टामा देशभर…

Read More

बनियानी, ४ जेठ । झापाको मेचीनगर नगरपालिकामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । सोमबार राति करिब १२ः३० बजे गाउँ पसेको हात्ती खेदाउने क्रममा मेचीनगर–९ का ४५ वर्षीय श्याम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । राति स्थानीय मागुरमाडी सामुदायिक वनबाट जंगली हात्ती गाउँ पसेको थियो । हात्ती खेदाउने क्रममा राईलाई हात्तीले आक्रमण गरी गम्भीर घाइते बनाएको हो । घाइते राईको मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा राति २ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । हात्तीलाई स्थानीयबासी र प्रहरीले सोही जंगलतर्फ लखेटिएको छ ।

Read More

मोरङ, ४ जेठ । मोरङको बुढीगंगा गाउँपालिका–३ गोकुवा चोक स्थित कोशी लोकमार्गमा मोटरसाइकलको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान का ५० बर्षीय बाल कुमार बस्नेत रहेका छन् । सोमबार बेलुका पौने ८ बजे उत्तरबाट दक्षीण तर्फ जादै गरेको प्र १–०२–०४५ प ६०८७ नम्बरको मोटरसाईकलले ठक्कर दिई घाईते भएका बस्नेतको बिराट मेडिकल कलेज गंगा चौकमा उपचारको क्रममा सोही दिन राती ९ बजे मृत्यु भएको हो । सो दुर्घटनामा मोटरसाईकल चालक सुनसरी ईटहरी ७ का २५ बर्षीय समराज्य चौधरी समेत घाईते भई सोही अस्पतालमा उपचार भईरहेको छ भने मोटरसाईकल ईलाका प्रहरी कार्यालय नेमुवाको नियन्त्रणमा रहेको…

Read More

झापा, ४ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार १४ अन्तर्राष्ट्रिय उडान हुँदै छन् । नेपाल एयरलाइन्सका ३ चार्टर बिमानले साउदी अरेबिया, दमाम र चिनको बेइजिङका लागी उडान अनुमती लिएका छन् । नेपाल एयरलाइन्सको चार्टर कार्गो बिमान मध्यान्ह बेइजिङबाट काठमाडौं आउँदै छ । हिमालय एयरलाइन्सको एक कार्गो बिमान चिनको कुन्मिङबाट विहान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । हिमालय एयरलाइन्सका अरु ५ चार्टर बिमानले मंगलबार उडान भर्ने अनुमती पाएका छन् । रसियन एयरलाइन्सको चार्टर विमानले मस्कोबाट काठमाडौं आउने अनुमती पाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

Read More

झापा, ३ जेठ । पछिल्लो २४ घण्टामा २२ हजार ८७ नमुना परीक्षणमा ९ हजार २४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा ५ हजार ७६७ जना संक्रमणमुक्त भएका छन् । पीसीआर विधिबाट २१ हजार ६३५ र एन्टिजेन विधिबाट ४३४ जनाको परीक्षण गर्दा ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ जानकारी दिएको छ । यस्तै २४ घण्टामा थप २१४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२१५ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० रहेको छ…

Read More

झापा, ३ जेठ । पछिल्लो २४ घण्टामा थप २१४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएको छ । मन्त्रालयका अनुसार देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० रहेको छ भने आजमात्रै ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ भने निको हुने संख्या ३ लाख ४५ हजार ५२३ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ७६७ जनामा संक्रमण निको भएको थियो ।

Read More

झापा, ३ जेठ । झापामा आज १८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापाको भद्रपुरमा ८४, विर्तामोडमा ३९, अर्जुनधारामा २५, मेचीनगरमा २३, दमकमा २२, शिवसताक्षीमा २१, बुद्धशान्तिमा २०, कनकाईमा १८, कचनकवल र गौरादहमा ४–४, कमल गाउँपालिकामा ३, हल्दिबारी र बा¥हदशीमा २–२, झापा गाउँपालिकामा १ र स्थानीय तह नखुलेका १५ सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज १ हजार १४० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४०१, झापामा २८३, सुनसरीमा २३६, धनकुटामा ६२, संखुवासभामा ४२, इलाममा २६, पाँचथरमा २०, ताप्लेजुङमा १९, ते¥हथुममा १३, उदयपुरमा ६, भोजपुरमा १…

Read More

झापा, ३ जेठ । अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको कोरोनाका कारण मृत्यु भएको छ । २० दिनअघि स्वास प्रश्वासमा समस्या आएपछि उनको बिर्तामोड स्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको थियो । लामो समयदेखि उपचार गरिरहँदा पनि उनको स्वास्थ्यमा सुधार आउन सकेको थिएन । उनको वैशाख १० गते एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । कोरोना पोजेटिभ भएपछि ३ दिन अर्जुनधारा नगरपालिकाको होम आइसोलेसनमा बसेका थिए । ५१ वर्षीय खाम्याहाङको उपचारकै क्रममा आज दिउसो साढे २ बजे बीएन्डसी अस्पतालमा मृत्यु भएको हो । उनको २ बजेर ३० मिनेटमा निधन भएको बीएन्डसी अस्पतालका सम्पर्क अधिकृत प्रमिश गिरीले बताए । उनलाई…

Read More

झापा, ३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुभएको पद तथा गोपनीयताको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा चार रिट निवेदन दर्ता भएका छन् । वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली तथा अधिवक्ता लोकेन्द्र ओली, नवराज अधिकारी, सन्तोष भण्डारी र राजकुमार सुवालले छुट्टाछुट्टै रिट निवेदन दर्ता गरेका हुन् । उक्त निवेदनमाथिको सुनुवाइ मङ्गलबार तोकिएको छ । निवेदनमा प्रधानमन्त्री ओलीले लिनुभएको शपथमा केही शब्द उच्चारण नै नभएको, जुन कार्य गैरसंवैधानिक भएको र आफूअनुकूल शब्द प्रयोग गरी शपथ ग्रहण गर्न नमिल्ने उल्लेख छ । निवेदनमा सङ्घीय संसद्का सदस्य नै नभएका तर मन्त्रीका रुपमा शपथग्रहण गरेका सात जनाको नियुक्ति अन्तरिम आदेशद्वारा बदर गर्न समेत…

Read More

ताप्लेजुङ, ३ जेठ । नेकपा (एमाले) नेता तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईका समन्वयमा ताप्लेजुङमा स्वास्थ्य सामग्री उपलब्ध हुने भएको छ । कोभिडको संक्रमण बढ्दै गएपछि नियन्त्रण लागि आवश्यक सामग्री काठमाडौंका आज ताप्लेजुङ पठाइएको जनाइएको छ । उनका स्वकीय सचिव प्रेम गुरागाईँले सात थान अक्सिजनसहित अक्सिजन, एन ९५ मास्क १०० थान, गाउन १०० थान, पन्जा १०० जोर, मास्क २००० थान, सेफ्टी चस्मा ५० थान र सेनिटाइजर २० लिटर काठमाडौँबाट ताप्लेजुङ पठाइएको बताए । ताप्लेजुङ जिल्ला अस्पतालका प्रमुख डा।सोनिङ लामाले जिल्ला अस्पतालमा आवश्यक सामग्री माग गरेपछि पठाइएको हो । ताप्लेजुङ भट्टराईको गृहजिल्ला हो ।

Read More