झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

सुरुङ्गा, १ बैशाख । कनकाई सामुदायिक वन समूह सुरुङ्गाको गत चैत ३० गते भएको मत गणनामा निर्वाचन आयोगका संयोजक टिकाकुमार पोखरलेले धाँधली गरेको यहाँस्थित चार दलले आरोप लगाएका छन् । आज सुरुङ्गामा भएको पत्रकार सम्मेलनमा लोकतान्त्रिक प्यानलका उम्मेदवारसहित नेपाली कांग्रेसका कनकाई नगर अध्यक्ष नेत्रप्रसाद चिमरिया, सचिव दुर्गा प्रसाईं, कनकाई ३ का वडाअध्यक्ष यदुनाथ अधिकारी, माओवादी केन्द्रका कनकाई नगर सचिव विष्णुप्रसाद बिमली, जनता समाजवादी पार्टीका प्रदेश कमिटी सल्लाहकार भरतकुमार श्रेष्ठ, राप्रपा नेपालका कनकाई नगर अध्यक्ष ज्योतिकुमार उप्रेतीले निर्वाचनको मत गणना पुनः नगरिसम्म आन्दोलन जारी राख्ने बताउनुभयो । चुनावी मोर्चामा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राप्रपा नेपालले पत्रकार…

Read More

भद्रपुर, १ बैशाख । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकामा व्यक्तिगत घटना दर्ता अभियान शुरु भएको छ । राष्ट्रिय व्यक्तिगत घटना दर्ता दिवसको अवसर पारेर भद्रपुरमा आजदेखि अभियान सञ्चालन गरिएको हो । भद्रपुर नगरपालिका वडा नं १० को सभाहलमा आयोजित एक समारोहका बीच नगरप्रमुख जीवनकुमार श्रेष्ठले अभियानको उद्घाटन गर्नुभयो । व्यक्तिगत घटना दर्ता नागरिकको मोल्कि अधिकार भएकोले जन्म, विवाह वा मृत्युको ३५ दिनभित्र आफ्नो वडामा घटना दर्ता गराई आफ्नो अधिकार उपयोग गर्न भद्रपुरवासीसँग आग्रह गर्नुभयो । अहिले पनि व्यक्तिगत घटना दर्ताको महत्व र आवश्यकता धेरैले नबुझेको, कतिपय बुझेक नागरिकले पनि बेवास्ता गर्दै आएकोले नगरको यथार्थ विवरण अद्यावधिक गर्न केही समस्या रहेको…

Read More

झापा, १ बैशाख । एमाले संस्थापन पक्षलाई चुनौती दिँदै समानान्तर समिति गठन गरिरहेको झलनाथ खनाल–माधवकुमार नेपाल समूहसँग एकताको सम्भावना करिबकरिब सकिएको अध्यक्ष केपी ओली पक्षले जनाएको छ। पार्टीभित्र आन्तरिक संघर्षमा जुटेको खनाल–नेपाल पक्षका पछिल्ला अभिव्यक्ति र गतिविधिले गर्दा एकता कायम राख्नुको औचित्य नभएको र त्यसको सम्भावना पनि टरेको निष्कर्ष ओली समूहले निकालेको छ। ‘माधव नेपालले पछिल्लो समयमा जुन अभिव्यक्ति दिनुभएको छ, त्यसले पार्टी एकता कायम रहन्छ भन्ने सोच्न पनि सकिन्न, उहाँकै कारण हजारौं नेता कार्यकर्ताको राजनीतिक भविष्य अन्योलमा पर्दैछ’, ओली पक्षका एक प्रभावशाली नेताले भने। उनका अनुसार पार्टी एकताको पक्षमा धेरै काम गरिए पनि नेपाल पक्षका नेताले पछिल्ला दिनमा जेजस्ता…

Read More

झापा, १ बैशाख । कारोनाविरुद्धको खोपको पहिलो मात्रा लगाइसकेका नागरिकले दोस्रो मात्रा २०७८ वैशाख ७ देखि ११ गतेसम्म लगाउन पाउने भएका छन् । नेपालमा भारत सरकारको सहयोगमा २०७७ माघ ८ गते पहिलोपटक १० लाख डोज खोप भित्रिएसँगै माघ १४ देखि फागुन १० गतेसम्म खोपको पहिलो मात्रा लगाइएको थियो। खोपको पहिलो मात्रा लगाएको मितिअनुसार दोस्रो मात्राका लागि मिति तोकिएको छ । गत माघ १४, १५, १६, १७ र २६ गते खोप लगाएकालाई दोस्रो मात्राको खोप लगाउने मिति वैशाख ७ गते तोकिएको छ । त्यसै गरी, माघ १८, १९, २०, २१ र २७ मा पहिलो खोप लगाउनेले वैशाख ८ गते, माघ २२,…

Read More

झापा, १ बैशाख । चुनाव अहिले नभए मंसिरमा, मंसिरमा नभए पनि अर्को वर्ष यही बेला हुन्छ नै । तर, कुन चुनाव कहिले हुने टुंगो नलाग्दा निर्वाचन आयोगमा अन्यौल छाएको छ । चैत २६ गते माओवादी छाडेर एमाले बनेका प्रतिनिधिसभा सदस्य तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, सहरी विकास मन्त्री प्रभु साह र श्रममन्त्री गौरीशंकर चौधरीको पद समाप्तिपछि निर्वाचन आयोगमा अन्यौल छ । त्यसमाथि माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य रहेका गृहमन्त्री रामबहादुर थापा ९बादल० र अर्घाखाँचीका चन्द्रबहादुर खड्कामाथि पनि त्यस्तै कारवाही गर्‍यो भने ३५ दिनभित्र देशभरका गाउँ र नगरपालिका प्रमुख, उपप्रमुखले ताँती लागेर उनको ठाउँमा निर्वाचन गराइसक्नुपर्छ । निर्वाचन कानुनमा, प्रतिनिधिसभा…

Read More

विराटनगर, १ बैशाख । प्रदेश १ सामाजिक विकास मन्त्रालयले नेपाल पत्रकार महासंघ प्रदेश र जिल्ला शाखाको निर्वाचनबाट निर्वाचित भएका पदाधिकारी, सदस्य, राष्ट्रिय परिषद् सदस्य, प्रदेश परिषद् सदस्यहरुलाई बधाई तथा नयाँ बर्ष २०७८ को शुभकामना आदान प्रदान गरेको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री उषाकला राई, मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले नवनिर्वाचितलाई बधाई ज्ञापन गर्नुभयो । बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री राई, सचिव कार्कीले सफल कार्यकालको शुभकामना दिनुभएको थियो । नेपाल पत्रकार महासंघ प्रदेश १ अध्यक्ष लीलाबल्लभ घिमिरे, निवर्तमान अध्यक्ष विक्रम लुईटेल, मोरंग अध्यक्ष सञ्जीव खनालले सामाजिक विकास मन्त्रालयले आगामी आर्थिक बर्षको कार्यक्रममा पत्रकारको क्षमता विकासलाई समेट्न…

Read More

झापा, १ बैशाख । तेस्रो मुलुक जान भारतीय नागरिकले नेपालको हवाई रुट प्रयोग गर्न थालेका छन् । विदेश जान आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा भारतीयको घुइँचो लाग्ने गरेको छ । दूतावासले कोरोना संक्रमण बढेसँगै भारतीय नागरिकलाई एनओसी आवश्यक परे दूतावासको वेबसाइटमा रहेको इमेल ठेगानामा सम्पर्क गर्ने र त्यसपछि क्रमिक रूपमा बोलाउने एडभाइजरी जारी गरेको थियो । ‘एडभाइजरी हामीले वेबसाइटमा हाल्यौं, तर धेरै मान्छे नबोलाइकनै आइरहेका छन्, एडभाइजरीको पालना भएको देखिन्न,’ दूतावासका प्रवक्ता नवीन कुमारले भने, ‘एक दिनमा ५० जना आउनुपर्ने हो । तर तीनदेखि चार सयसम्म आइरहेका छन् । यसले गर्दा भीड बढेको हो ।’…

Read More

झापा, ३० चैत । भारतबाट फर्किरहेका ५ प्रतिशत नेपालीमा कोरोना संक्रमण देखिएको छ। कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट भित्रिएका नेपालीको एन्टिजेन परीक्षण गर्दा यो अवस्था देखिएको हो। दुवै नाकामा शनिबारसम्म ९ हजार जनाको परीक्षण गरिएकामा ४ सय १७ जनामा कोरोना पुष्टि भएको हो। तर, मुख्य नाकामा परीक्षण चलिरहे पनि खुला सीमाबाट आउजाउ रोकिएको छैन। प्रदेश १ का खुला ठाउँ हुँदै आवागमन चलिरहेकै छ। जसकारण कोरोनाको जोखिम झन्–झन् बढेको नियामक निकायकै पदाधिकारी स्वीकार गर्छन्। भारतमा दिनदिनै कोरोना संक्रमण बढिरहेका बेला नयाँ वर्ष र चैते दसँै मनाउन नेपाली घर फर्किनुले सुदूरपश्चिम प्रदेश उच्च जोखिममा परेको छ। प्रदेश १ मा त किनमेलकै…

Read More

दोलखा, ३० चैत । मेलुङ गाउँपालिका–७ की ४० वर्षीया एक महिला पाँच वर्षदेखि एकल रूपमा थिइन्। तर, छिमेकी ४५ वर्षीय पुरुषले स्थानीय बजार जाने क्रममा ‘जबर्जस्ती’ शारीरिक सम्बन्ध राखेका कारण गर्भ रहन गयो। तर, त्यो गर्भ यही चैत ५ गते आठ महिनामा फालियो, त्यो पनि छोराकै उपस्थितिमा। गर्भपतनका कारण ती महिलाको ज्यान जोखिममा परेपछि पीडित पक्ष प्रहरीमा पुगेको थियो। तर, प्रहरीले उजुरी दर्ता गर्न अस्वीकार गरेपछि पीडित महिलाले न्याय र उपचार नपाउने अवस्था देखिएको छ। कुन कानुनअन्तर्गत मुद्दा चलाउने भन्ने अन्योलका कारण उजुरी दर्ता गर्न नमिलेको दोलखाका प्रहरी प्रमुख डीएसपी भेषराज रिजालले बताए। यसले पीडित पक्षलाई न्याय दिलाउन कानुनी जटिलता…

Read More

झापा, ३० चैत । जनता समाजवादी पार्टी (जसपा) ले सत्ता समीकरणको विषय संसद्मा प्रवेश नगरेसम्म यसबारेमा नबोल्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको जसपाको शीर्ष नेताहरुको बैठकले यस्तो निर्णय गरेको जसपाका नेता राजेन्द्र महतोले बताएका हुन् । ‘सत्ता समीकरणको विषय संसद्मा प्रवेश गरेको छैन,’ उनले भने, ‘यो विषय संसदमा प्रवेश नगरेसम्म यसबारेमा नबोल्ने निर्णय गरेका छौँ ।’ जसपाको अहिलेको ध्यान सत्ता समीकरणको भन्दा आफ्ना मुद्दा कार्यान्वयनको विषयमा केन्द्रीत भएको उनले जनाए । जसपाले उठाएका माग ओली सरकारले पूरा गर्न प्रक्रिया अघि बढाइरहेको उनले बताए । नेपाली काँग्रेसले केही दिनअघि माओवादी केन्द्र र जसपाका नेताहरुलाई बोलाइ सत्ता समीकरणको विषयमा छलफल…

Read More