झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, २६ चैत । नेपाल पत्रकार महासंघ झापा शाखामा एकराज गिरी नेतृत्वको व्यावसायिक पत्रकारहरुको संयुक्त प्यानलले जितेको छ । नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, मिडिया नेपाल र स्वतन्त्र पत्रकारहरूको संयुक्त प्यानलले २० पदमध्ये १६ पदमा विजय हासिल गरेको हो । अध्यक्षमा संयुक्त प्यानलका एकराज गिरी निर्वाचित भएका छन् । प्रेस युनियनका गिरीले १५५ मत ल्याए । उनका प्रतिद्वन्द्वी ओली निकट प्रेस चौतारीका विशाल नेम्वाङले ७४ मत प्राप्त गरे भने नेपाल–खनाल निकट प्रेस चौतारीका तिर्थ सिग्देलले २६ मत ल्याए । उपाध्यक्षमा संयुक्त प्यानलका केशव भट्टराई १३१ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्दी ओेली निकट प्रेस चौतारीका गोपाल झापालीले ९६…

Read More

बिर्तामोड, २५ चैत । दाहुवा सीसी क्यामेराको आधिकारिक विक्रेता वर्ल्ड इलेक्ट्रोनिक्समा चिनियाँहरु आगमन गरेर पूर्वी नेपालमा प्रविधिको स्तर, प्रयोग र संभावनाको चर्चा गरेका छन् । सीसी क्यामेराको उत्पादन र बिक्री गर्ने अगुवा कम्पनी दाहुवाले विश्‍वभरिमै आफ्नो पहुँच विस्तार गरेको र नेपालमा पनि यसको लोकप्रियता बढ्दै जानेमा विश्वस्त भएको दक्षिण एसियाका जेनेरल म्यानेजर अल्भिन लिउले बताउनुभयो । सिसि क्यामेरा अहिलेको आधुनिक समयमा घर, पसल, अफिस, सडक, सपिन कम्प्लेक्स हरेक ठाउँमा आवश्यक हुँदै गएको कम्पनीका कन्ट्री सेल्स मेनेजर माओ सान्काईले बताउनुभयो । चिनियाँ टोलिसँगै आउनुभएका सेल्स ईन्जिनियर अजयराज आर्याल भन्नुहुन्छ, ‘दाहुवा सिसि क्यामेराको जगतमा अग्रणि त छदैछ, यसबाहेक पनि यसले मनिटर, हार्डडिक्स,…

Read More

झापा, २४ चैत । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली झलनाथ खनाल–माधवकुमार नेपाल पक्षलाई फुटाउन लागिपरेका छन् । ओलीले नेपाल नेपाल पक्षका नेतासँग विभिन्न माध्यमबाट अलगअलग कुराकानी गरेर नेपाललाई एक्ल्याउने प्रयास गरेका छन् । नेपाल पक्षमा लागेका कतिपय नेतालाई ओली आफैले मनाउने प्रयास गरेका छन् । आन्तरिक संघर्षका लागि समानान्तर कमिटी बनाइरहेका नेपाल पक्षलाई फुटाएर ओली आफू बलियो हुने दाउमा लागेका छन् । उनले आफू पक्षधर नेतालाई पनि परिचालन गरी नेपाल पक्षका नेतासँग कुराकानी गरिरहेका छन् । ‘प्रधानमन्त्रीज्यूले विभिन्न माध्यमबाट हामीसँग कुराकानी अघि बढाउनुभएको छ । यद्यपि उहाँहरुको कुरा खास अर्थपूर्ण छैन,’ नेपाल पक्षका एक नेताले भने । ओलीले…

Read More

झापा, २४ चैत । सरकारले दलालीमार्फत घरजग्गा कारोबारमा रोक लगाउने गृहकार्य थालेको छ । घरजग्गा किनबेच दलालीमार्फत भइरहँदा अपेक्षाकृत राजस्व नउठेपछि सरकारले एजेन्सीमार्फत मात्रै खरिद गर्न सकिने नयाँ व्यवस्था ल्याउन लागेको हो । दलालीमार्फत किनबेच हुँदा करको दायरामा नदेखिएपछि सरकारले एजेन्सीबाट किनबेच व्यवस्था गर्न लागेको छ । ‘संसारभर एजेन्सीमार्फत नै घरजग्गा किनबेच हुन्छ,’ नेपाल राजस्व परामर्श समिति अध्यक्ष महेशप्रसाद दाहाल भन्छन्, ‘तर, नेपालमा दलालीले घरजग्गा खोज्ने, किन्नेले चित्त बुझाएर लिएको अवस्थामा केही प्रतिशत कमिसन दिने गरेको पाइन्छ । अब त्यसलाई एजेन्सीमार्फत खरिदबिक्री व्यवस्था मिलायौं भने करको दायरा फराकिलो हुन आउँछ ।’ अहिले घरजग्गाको वास्तविक लाभकरसमेत नतिरिएको अवस्था छ । लाभकर…

Read More

झापा, २४ चैत । वैदेशिक रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका श्रमिकको शव स्वदेश ल्याइएको छ । आइतबार मात्रै नेपाल एयरलाइन्समार्फत मलेसिया, साउदी अरब र कतारबाट १५ जनाको शव नेपाल ल्याएको वैदेशिक रोजगार बोर्डले जनाएको छ । बोर्डका अनुसार आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका १५ वटा शवमध्ये मलेसियाबाट १२ वटा, साउदी अरबबाट दुईवटा र कतारबाट एकवटा शव एकैपटक ल्याइएको हा । यसअघि गत माघमा मलेसियाबाट १८ वटा शव नेपाल एयरलाइन्सबाट ल्याइएको थियो । त्यसो त चालू आर्थिक वर्ष २०७७/०७८ को पहिलो नौ महिनामा मलेसियाबाट मात्रै २१९ वटा शव आएको बोर्डले जनाएको छ । बोर्डका अनुसार चालू आर्थिक वर्षमा मात्रै वैदेशिक रोजगारीका…

Read More

झापा, २४ चैत । वैदेशिक रोजगार विभागले कतार प्रहरीमा पठाउने भनेर ठगी हुन सक्नेप्रति आम युवालाई सचेत गराएको छ । विभागले सोमबार विज्ञप्तिमार्फत कतार प्रहरीका लागि कतारस्थित नेपाली दूतावासबाट कुनै मागपत्र प्रमाणीकरण भएर नआएको भन्दै सम्भावित ठगीबाट बच्न सूचित गरेको हो । कतार प्रहरीमा सुरक्षाकर्मीमा पठाउने भन्दै युवासँग राहदानी लिने, अवैध अन्तर्वार्ता लिने जस्ता काम भएको भन्दै उजुरी विभागमा आएकाले यस विषयमा सचेत हुन विभागले विज्ञप्तिमार्फत आग्रह गरेको छ । कतार प्रहरीका लागि विभागबाट हाल कुनै पनि पूर्वस्वीकृति प्रदान गर्ने कार्य नभएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । विभागका अनुसार कतार प्रहरीमा पठाइदिने भन्दै राहदानीलगायतका कागजात सङ्कलन गर्ने, अन्तर्वार्ता लिने…

Read More

झापा, २४ चैत । मुलुकभरका सबै ७ सय ५३ स्थानीय तह आवधिक योजना तथा मध्यकालीन खर्च संरचनासहितको आवधिक योजना तर्जुमा गर्न जुटेका छन् । वि। सं २०१३ सालबाट शुरू भएर संघीय सरकारको १५औं पञ्चवर्षीय योजनामा नेपाल रहेको बेला संघीयता कार्यान्वयनसँगै बनेका प्रदेश सरकारले ५ वर्षका लागि पहिलो आवधिक योजना थालेका हुन् । सार्वजनिक खर्चको कुशल व्यवस्थापनद्वारा आवधिक योजना तथा प्रदेश सरकारका विषयगत मन्त्रालयले लिएका समष्टिगत विषय, क्षेत्रगत लक्ष्य र उद्धेश्य हासिल गर्न सार्वजनिक खर्च व्यवस्थापनको भूमिका महत्वपूर्ण रहन्छ । मध्यकालीन खर्च संरचनालाई विनियोजन कुशलता, कार्यान्वयन दक्षता र वित्तीय सुशासन कायम गरी सार्वजनिक स्रोतको प्रभावकारी व्यवस्थापन गर्ने महत्वपूर्ण औजारका रुपमा लिइन्छ…

Read More

झापा, २४ चैत । सरकारले मुलुकका विभिन्न भागमा निर्माणाधीन २७ वटा नयाँ सहरका लागि ५० अर्ब रुपैयाँ आवश्यक पर्ने जनाएको छ । मध्यपहाडी लोकमार्गमा पर्ने १२, हुलाकी राजमार्गमा पर्ने १० र तराई मधेसमा पर्ने ५ सहरलाई अत्याधुनिक, प्रविधियुक्त र सुविधायुक्त बनाउन उक्त रकम चाहिने भएको हो । राष्ट्रिय योजना आयोगको पन्ध्रौं योजनाले रुपान्तरणकारी आयोजनामा समावेश गरी सर्वसुलभ आधुनिक पँर्वाधारयुक्त सहरका रूपमा विकास गर्ने लक्ष्यसाथ काम भइरहेको नयाँ सहर आयोजनाका निर्देशक रोशन श्रेष्ठले बताए । ‘बढ्दो सहरीकरण र सहर केन्द्रित बसाइँ सराइका कारण मुलुकका विभिन्न स्थानमा सुविधायुक्त र अत्याधुनिक सहर निर्माण गर्नुपर्छ,’ कान्तिपुरसँग उनले भने, ‘उच्च र दिगो उत्पादन तथा उपादकत्व…

Read More

झापा, २४ चैत । राष्ट्रिय बालअधिकार परिषद्का अनुसार गत साउनदेखि फागुन मसान्तसम्मको ८ महिनामा मात्रै २ हजार ३ सय ८८ बालबालिका हराएका छन् । तीमध्ये १ हजार १ सय ६९ बालबालिका अझै हराइरहेका छन् । यो तथ्यांकअनुसार दिनहुँ औसतमा झन्डै दस जना बालबालिका हराउँछन्, जसमध्ये करिब आधा फेला पर्दैनन् । प्रदेश २ बाटै साउनयताको ८ महिनामा ५ सय ३३ बालिकासहित ६ सय १२ बालबालिका हराएका छन् । परिषद्का अनुसार ७ प्रदेशमा सबैभन्दा धेरै बालबालिका हराउनेमा प्रदेश २ अगाडि छ, जहाँ अन्य प्रदेशको तुलनामा सबैभन्दा धेरै ९८७ प्रतिशत० बालिका मात्रै छन् । हराएकामध्ये २ सय २१ बालिका भेटिए पनि ३ सय…

Read More

दुधे, २२ चैत । झापाको दुधेमा आईतबारदेखि जारी १ नम्बर प्रदेश स्तरिय प्रथम कर्णबहादुर नेम्वाङ स्मृति भेट्रान कप फुटबल प्रतियोगितामा चन्द्रगढी सिभिसीले विजय सुरुवात गरेको छ । ट्राईब्रेकरमा आयोजक दूधे भेट्रान (रातो) लाई ४–३ गोल अन्तरले पाखा लगाउँदै चन्द्रगढी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि निर्णयका लागि रेफ्री भाग्य लिम्बूले आयोजकको सहयोगमा टाइब्रेकर गराएका थिए। चन्द्रगढी सिभिसीले ट्राईब्रेकरमा ४ गोल गर्यो । आयोजकले तीन गोल मात्र गर्न सफल भयो । विजेता टिमका सुरज गुरुङ, ख्याम पोखरेल, उत्तमकुमार राई र अजय ओरानले गोल गरे । तारा कटुवालको गोल आकासिएको थियो । यता आयोजकका पेमा स्यम्बा…

Read More