
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ३ बैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा ५० प्रतिशत शय्या कोरोना ९कोभिड–१९० सङ्क्रमितका लागि छुट्याउन निर्देशन दिएको छ । बिहीबार आठ बुँदे अपिल जारी गर्दै तीव्र गतिमा कोरोना महामारी फैलिन थालेपछि सो मन्त्रालयले यस्तो निर्देशन दिएको हो । मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले सबै सरकारी अस्पतालमा कोभिड–१९ का बिरामीका लागि ५० प्रतिशत शय्या छुट्याउन र कोभिडका बिरामीको उपचारका लागि यसअघि तोकिएअनुसार निःशुल्क सेवा प्रदान गर्न समेत मन्त्रालयले निर्देशन दिएको जानकारी दिए । मन्त्रालयले पीसीआर परीक्षण गर्ने निजी प्रयोगशाला र कोभिड–१९ को उपचार गर्ने निजी अस्पतालको हकमा पनि शुल्क तोकेको छ । मन्त्रालयले निजी प्रयोगशालाले दुई हजार रुपियाँ…
झापा, ३ बैशाख । धानमत्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन्। दुवै पक्षका कार्यदलका सदस्यको उपस्थितिमा भएको वार्ता सकारात्मक भए पनि सहमति केही भएको छैन। थप आन्तरिक छलफल र परामर्श गरेर पुनः वार्तमा बस्ने जानकारी ठाकुरले दिएका छन्। प्रधानमन्७शधवसत्री ओली र ठाकूरबीचको वार्तापछि बालुवाटारमै कार्यदलको छलफल भएको छ। कार्यदलमा सरकारी पक्षबाटसंसदीय दलका उपनेता सुवास नेम्वाङ, विष्णु पौडेल र राजन भट्टराई छन् भने जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण वार्तामा बस्दै आएका छन् । प्रधानमन्७शधवसत्रीसँग वार्तामा ठाकुरले पहिले जसपाले राखेका माग र सर्त सम्बोधनका लागि सरकारबाट ठोस् पहल भएपछि मात्र आफूहरूले सहयोगबारे छलफल गर्नसक्७शधवसने…
झापा, ३ बैशाख । सरकारले केराउ, सुपारी, छोकडा र मरीचको कोटा वितरण स्थगित गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीवार सूचनामार्फत यी वस्तुको कोटा विरतण स्थगित गरिएको जनाएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले परिमाणात्मक बन्देजसहित यस्ता वस्तुको आयात खुलाउने सूचना गत चैत ९ गते राजपत्रमा निकालेको थियो । कोटा वितरणमा भेदभाव र आर्थिक चलखेल भएको आरोप लागेपछि कोटा वितरण विवादित बन्दै आएको थियो । कोटा वितरण स्थगनका बारेमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेललाई सोध्न खोज्दा उनको फोन उठेन । विभागका प्रवक्ता शिवराज सेढाईंले यसबारे आफूलाई जानकारी नभएको बताए । सीमित कोटामा…
झापा, ३ बैशाख । प्रदेश १ मा बिहीबार १६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ८, सुनसरीमा ६, झापा र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरंगको विराटनगरमा ८, सुनसरीको इटहरीमा ३, देवानगञ्ज, बर्जु र धरानमा १–१, झापाको कमल गाउँपालिकामा १ र प्रदेश १ बाहिरका १ जना रहेका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार ५३२ पुगेको छ । संक्रमित मध्ये २९ हजार ८७० संक्रमणमुक्त भएका छन् । १९५ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा बिहीबार १६७ जनाको पीसीआर परीक्षण गरिएको छ…
बिर्तामोड, ३ बैशाख । नेकपा एमाले बिर्तामोडले नगर समितिको पूर्णतापछि वडा कमिटी गठनलाई तीब्रता दिएको छ । बिहीबारसम्ममा विर्तामोडका १० वटा वडामध्ये ७ वटामा वडा कमिटीले पूर्णता पाएको नगर सचिव सुवास भट्टराईले जानकारी दिनुभएको हो । उहाँले ९ नम्वरको कमिटीले बैशाख ६ गते पूर्णता पाउने र ७ तथा १० नम्वर वडा कमिटीले तत्काल पूर्णता पाउने बताउनुभयो । आज विर्तामोड नगरको वडा नम्वर १ मा कमिटी विस्तार तथा सपथ ग्रहण कार्यक्रम भएको छ । एमालेका जिल्ला अध्यक्ष चिन्तन पाठकको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रमबीच वडा कमिटीलाई पूर्णता प्रदान गरिएको हो । विर्तामोड १ को अध्यक्षमा त्रिलोचन प्रसाईं, सचिवमा प्रेमकुमार खरेल रहनु…
विराटनगर, २ बैशाख । आहा रारा गोल्डकपको च्याम्पियन संकटा क्लबलाई हराउँदै विराटनगरमा जारी छैठो संस्करणको विराट गोल्डकपको फाइनलमा भारतको पंजाव पुलिस क्बल प्रवेश गरेको छ । विराटनगरको सहिद मैदानमा बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा विराट गोल्डकपको पूर्व विजेता पनि रहेको संकटालाई १–० गोलले निराश बनाउँदै पंजाव फाइनलमा पुगेको हो । पंजावले जितसँगै छैठौं संस्करणको विराट गोल्डकपको उपाधिको लागि शनिबार बिभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौंसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ । पहिलो पटक गोल्डकपमा भाग लिएको पाहुना टोली पंजावले खेलको ७५ औं मिनेटमा परमजीत सिंहले निर्णायक गोल गर्दै टिमलाई फाइनलमा पु¥याएको हो । हरजीन्द्र सिंहले निकालिदिएको क्रस पासलाई परमजीतले पेलान्टि एरिया नजिकदेखि…
विराटनगर, १ बैशाख । विराटनगरमा जारी छैठौं विराट गोल्डकपमा बिभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौं फाइनलमा प्रवेश गरेको छ । सहिद मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा घरेलु टिम विराटनगर ११ लाई ३–२ गोलले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो । जितसँगै एपीएफले फाइनल पुग्नको लागि संकटा व्वाइज स्पोटिङ्ग क्बल काठमाण्डौं र भारतको पंजाव पुलिस क्लबको बिजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ । जितको लागि एफिएफका सनिश श्रेष्ठ, रबि थिङ्ग र मणि लामाले गोल गरेका थिए । खेलको सुरूवातमा दुवै टिम आक्रमक देखिएपनि पहिलो हाफको २६ औ मिनेटमा एपीएफका सनिश श्रेष्ठले गोल गरि टिमलाई अग्रता दिलाए । श्याम नेपालीले दिएको क्रस पासलाई…
घटना दर्ता अभियान सम्बन्धी बिर्तामोड नपाको सूचना !
बिर्तामोड, १ बैशाख । अस्पतालको हब बन्दै गएको बिर्तामोड क्षेत्रमा अस्पतालका लागि चाहिने अत्यावश्यक सर्जिकल सामग्रीहरुको बिक्री कक्ष सञ्चालनमा आएको छ । सुरुङ्गाका युवा व्यावसायी सुजन शिवाकोटीले सञ्चालन गर्नुभएको सर्जिकल स्टोरको आज बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी र वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले उद्घाटन गर्नुभयो । क्यानोपस हेल्थ केयर काठमाडौंको शाखाका रुपमा बिर्तामोडमा सर्जिकल स्टोर सञ्चालनमा आएको शिवाकोटीले बताउनुभयो । यहाँबाट भिडियो एक्सरे, एक्सरे मेसिन, अल्ट्रासाउण्ड मेसिनलगायातका अस्पतालका लागि आवश्यक सबै प्रकारका मेसिनरी र सर्जिकल सामग्रीहरु किन्न सकिने छ । क्यानोपस हेल्थ केयर विदेशबाट भिडियो एक्सरे तथा एक्सरे मेसिनको आयातकर्ता समेत रहेको छ ।
झापा, १ बैशाख । प्रदेश १ मा आज २० जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १६, सुनसरी र प्रदेश १ बाहिरका २–२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १५, पथरीशनिश्चरेमा १, सुनसरीको धरानमा २ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको हो । प्रदेश १ मा सक्रिय संक्रमितको संख्या १७९ पुगेको छ । प्रदेश १ मा आज २२६ जनाको पीसीआर परीक्षण गर्दा ९ महिला र ११ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।