
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २६ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा लापरवाही भए गुनासो गर्न आग्रह गरेको छ। बिहीबार सूचना प्रकाशित गरी मन्त्रालयले ‘कुनै पनि स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा प्रवाह गर्ने क्रममा सेवाग्राही सर्वसाधारणलाई कुनै समस्य भए वा स्वास्थ्यकर्मीबाट कुनै त्रुटी भएमा’ सम्पर्कका लागि स्वास्थ्य मन्त्रालयको हटलाइन नम्बर र इमेल सार्वजिनक गरेको हो। मन्त्रालयका अनुसार हटलाइन नं ११३३ मा बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म गुनासो टिपाउन सकिन्छ भने इमेल (info@mohp.gov.np) मा पनि सम्पर्क गर्न सकिनेछ। प्राप्त गुनासोलाई गम्भीर रुपमा लिएर कार्यान्वयन गर्ने तथा लापरवाही भएको पाइएमा सम्बन्धित व्यक्तिलाई कारबाही गर्ने पनि मन्त्रालयले प्रतिवद्धता जनाएको छ।
बिर्तामोड, २६ चैत । अलैंची व्यवसाय तथा खेतीमा आबद्ध महिलाहरुका लागि झापामा तीनदिने क्षमता अभिबृद्धि तालिम सञ्चालन गरिएको छ । नेपाल अलैंची व्यवसायी महासंघअन्तर्गतको ठूलोृ अलैंची प्रवद्र्धनका लागि महिला सञ्जालको आयोजना र विर्तामोड नगरपालिकाको सहयोगमा तालिम सञ्चालन भएको हो । बुधबार एक समारोहका बीच विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईंले उद्घाटन गरेको तालिम शुक्रबारसम्म सञ्चालन हुने बताइएको छ । सञ्जालकी सचिव संगीता चिमरियाले सञ्चालन र कोषाध्यक्ष सुमित्रा भट्टराईले स्वागत गरेको उद्घाटन गरेको समारोहमा प्रमुखअतिथि उपप्रमुख प्रसाईंले आयमूलक व्यवसाय तथा खेतीमा महिलाको संलग्नता प्रेरणदायक रहेको बताउँदै सबै क्षेत्रका महिलाहरुको क्षमता अभिबृद्धि आजको आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले तालिमबाट प्राप्त ज्ञान…
झापा, २६ चैत । नेपाल पत्रकार महासंघ प्रदेश नं. १ को अध्यक्षमा लीलावल्लभ घिमिरे नेतृत्वको प्यानल नै विजय भएको छ । नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल र क्रान्तिकारी पत्रकार महासंघबीच लोकतान्त्रिक व्यवसायिक र श्रमजिवी पत्रकारहरुको साझा प्यानलको रुपमा चुनावी मैदानमा उत्रिएको घिमिरे नेतृत्वको प्यानल विजयी नै भएको हो । प्रेस चौतारी नेपाल (ओली समूह) बाट उम्मेद्वार बनेका मोहनकाजी न्यौपानेलाई १९६ मतान्तरले पराजित गर्दै घिमिरे विजयी भएका हुन् । घिमिरेले ७९३ मत प्राप्त गरे भने उनका प्रत्यासी उम्मेद्वार न्यौपानेले ५९७ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा लवदेव ढुङ्गाना निर्वाचित भएका छन् । उनले ८१० मत प्राप्त…
बिर्तामोड, २६ चैत । नेपाल पत्रकार महासंघको झापाको मतगणना सकिएको छ । जिल्लाबाट अध्यक्षका लागि खसेको मतमध्ये संयुक्त प्यानलका विपुल पोखरेलले निर्मला शर्मालाई पछि पारेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाबाट प्रेस युनियनका विपुल पोखरेलले १२० मत पाएका छन् । सत्तापक्षीय चौतारी निकट निर्मला शर्माले १११ मत पाएकी छिन् । जिल्ला शाखाका पदाधिकारीहरूमा पनि सत्ताइत्तर पक्षका बहुमत पदाधिकारीले जितेका छन् । युनियनका तर्फबाट एकराज गिरीले जिल्ला सभापतिमा जित हात पारेका छन् ।
झापा, २६ चैत । सार्वजनिक विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउन अझै पनि सरकारको धेरै ठूलो लगानी भौतिक पूर्वाधारकै क्षेत्रमा हुने गरेको पाइएको छ । सूचना प्रविधि, पुस्तकालय, नवीन प्रविधिको तुलनामा कक्षाकोठा तथा शौचालय निर्माणमा नै सरकारको ठूलो धनराशि खर्च हुने गरेको पाइएको छ । सरकारले हालै मात्र कार्यान्वयनमा ल्याएको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा विनियोजित बजेटमध्ये सबैभन्दा धेरै दुई अर्ब ६७ करोड रुपियाँ कक्षाकोठा निर्माणका लागि विनियोजन गरिएको छ । त्यसबाट दुई हजार ९६८ कक्षाकोठा निर्माण गर्ने लक्ष्य लिइएको छ । त्यसका साथै विद्यालयमा शौचालयको निर्माणका लागि २१ करोड रुपियाँ विनियोजन गरिएको छ । यसबाट ३११ वटा शौचालय निर्माण गर्ने सरकारी…
झापा, २६ चैत । सरकारले सबल संघीयता परिकल्पना साकार पार्नेगरी तयार पारेको सुस्पष्ट मार्गचित्र (रोडम्याप) सहितको १० वर्षे रणनीतिक योजना बुधबारबाट कार्यान्वयनमा ल्याएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको सो रणनीतिक योजनाको बुधबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले विमोचन गर्दै कार्यान्वयनमा आएको जानकारी गराएका हुन् । उपप्रधानमन्त्री पोखरेलले कर्मचारी प्रशासनले परिणाम दिनेगरी जिम्मेवारी बहन गर्नुपर्ने आवश्यकता औँल्याए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यान्वयनमा ल्याएको सो रणनीतिक योजनामा क्रियाकलापसहित समयावधि तोकेर नै कार्यान्वयन योजना बनाइएको छ । जसअनुसार आगामी दुई वर्षभित्र संघीय निजामती सेवा ऐन तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ । त्यसैगरी, सोही समयभित्र प्रदेश निजामती सेवा र…
झापा, २६ चैत । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न नसकेको नेकपा माओवादी केन्द्रले सरकारलाई अप्ठेरोमा पार्ने तयारी भने गरेको छ। पार्टी छाडेर एमालेमा प्रवेश गरेका सांसदलाई कारबाही गरिएको सूचना माओवादी केन्द्रले संसद् सचिवालयमा दिएको छ। आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन प्रधानमन्त्री ओलीले चुनौती दिइरहेका बेला माओवादी केन्द्रले एमालेमा प्रवेश गरेका नेता र सांसदलाई कारबाही गरेको हो। माओवादी केन्द्रले एमाले प्रवेश गरेका आफ्ना चार सांसदलाई मंगलबार कारबाही गरेको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहालले ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, सहरी विकासमन्त्री प्रभु साह, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र श्रममन्त्री गौरीशंकर चौधरीले दल त्याग गरेको…
झापा, २६ चैत । दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएको छ। अत्यधिक मूल्यवृद्धिका कारण उपभोक्ता खर्च धान्नै नसक्ने अवस्थामा पुगेका छन्। कोभिड १९ महामारीका कारण आयस्रोत गुमेर कमजोर बनेको क्रयशक्तिबीच नेपालीको भान्छा अचाक्ली महँगिएको छ। भटमास, सनफ्लावरको तेलसँगै चामल, केराउ, हरियो तरकारी, कुखुराको मासु, खाना पकाउने ग्यासको भाउ उच्च परिमाणमा बढेको छ। यस्तै, पेट्रोल र डिजेलको मूल्य पटक–पटक बढेको छ। गत वर्ष चैतको तुलनामा यसपटक मुख्य गरी हरियो तरकारीको मूल्य निकै बढेको छ। कालिमाटी तरकारी तथा फलफूल विकास समितिका अनुसार काउली, घिरौंला, घिउसिमी, भान्टा, लौकालगायत हरियो तरकारीको मूल्य वृद्धि भएको छ। प्याज र आलु भने केही सस्तिएका छन्। किसानले पर्याप्त परिमाणमा…
झापा, २६ चैत । सामाजिक सञ्जालमा लेखेबापत प्रयोगकर्तालाई ५ वर्ष जेल र १५ लाख रुपैयाँ जरिवाना गर्ने प्रावधान रहेको सूचना प्रविधिसम्बन्धी विधेयक बिहीबार प्रतिनिधिसभामा पेस हुने भएको छ । विकास तथा प्रविधि समितिले कांग्रेसबाहेकका सांसदको बहुमतबाट पारित गरेको विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पेस गर्न लागिएको हो । सरकारकै चाहनाअनुसार समितिले विधेयक अघि बढाएको कांग्रेस सांसदहरू बताउँछन् । समितिले पारित गरेको प्रतिवेदनअनुसार कानुन बनेमा अनलाइनमा समाचार लेखेकै आधारमा त्यसका सञ्चालक र पत्रकार, त्यही समाचार सामाजिक सञ्जालमा सेयर गरेको र आफ्नो विचार लेखेकै आधारमा सर्वसाधारण जेल जानुपर्ने हुन सक्छ । सरकारले ल्याएको विधेयकलाई कांग्रेस सांसदको विरोध हुँदाहुँदै समितिबाट माओवादी र एमाले सांसदले बहुमतका…
इलाम, २६ चैत । नेपाल पत्रकार महासंघ इलामको अध्यक्षमा बिप्लब भटराई निर्वाचित भएका छन् । विप्लवले १ सय ६ मत ल्याएर विजयी भएका हुन । उनका निकतम प्रतिस्पर्धी सुजन तिम्सिनाले ४८ मत पाएका छन् । त्यसैगरी महिला उपाध्यक्षमा सुनिता राईले ९६ मत ल्याउदा उनको प्रतिस्पधी बुध्दमाया सोङमीले ५७ मत पाएकी थिइन । त्यस्तै सचिब पदमा प्रेम अधिकारीले ८९ मत पाएर बिजयी हुदा उनको प्रतिस्पर्धि राजेश पराजुलीले ६३ मत पाएका छन् । अन्य पदमा सर्बसहमत भए पनि अध्यक्ष महिला उपाध्यक्ष र सचिब पदमा भने निर्बाचन भएको थियो । इलाम शाखाका कुल १ सय ७५ मतदाता मध्ये १ सय ५५ मत खसेको…