झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २२ चैत । लागुऔषध खैरो हिरोइन ब्राउनसुगर सहित झापा कचनकवलबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा कचनकबल–२ का २८ वर्षीय संजय लामा रहेका छन् । उनलाई विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आज दिउसो पौने २ बजे कचनकबल-२ सुकुनाडिकी स्थित एरियाबाट २५ ग्राम ५० मिलिग्राम खैरो हिरोईन ब्राउनसुगर सहित पक्राउ गरेको हो । लामाको साथबाट ब्राउनसुगर तौलीने तराजु समेत बरामद गरिएको छ । पक्राउ परेका लामा उपर जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको छ ।

Read More

झापा, २२ चैत । प्रमुख प्रतिपक्षी कांग्रेसले आफ्नो नेतृत्वमा गठबन्धन सरकार बनाउने निर्णय गरे पनि जनता समाजवादी पार्टी (जसपा) ले स्पष्ट धारणा बनाई नसकेकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर तत्कालै अर्को सरकार बन्नेरनबन्ने अनिश्चित छ । अलमलमा रहँदै आएको कांग्रेसले शुक्रबार केन्द्रीय कार्यसमिति बैठकबाट प्रधानमन्त्री ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो । सत्ता समीकरणका लागि कांग्रेसजत्तिकै निर्णायक हैसियतमा रहेको अर्को विपक्षी जसपा भने अझै अनिर्णीत छ । प्रधानमन्त्री ओलीको विकल्प खोज्नेबारे जसपाभित्र दुई धारणा छन् । कांग्रेसको निर्णयले जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्ष उत्साही देखिएको छ तर अर्का…

Read More

भद्रपुर, २२ चैत । ने‌पाली कांग्रे‌सका सभापति शे‌र‌बहादुर‌ दे‌उवा, वरि‌ष्ठ ने‌ता र‌ामचन्द्र पौ‌डे‌ल सहितका शीर्ष ने‌ताहरू झापा आउँदै‌ छन् । प्रजातान्त्रिक आन्दो‌लनकी ने‌तृ गिरि‌र‌ाजकुमार‌ी प्रसाईंको‌ १३ औ‌ं पुण्य तिथि पार‌े‌र‌ ने‌पाली कांग्रे‌स–झापाले‌ यही चै‌त २३ गते‌ आयो‌जना गनेर्‌ शो‌क सभालाई सम्बो‌धन गर्न र‌ चै‌त २४ गते‌ बुद्धशान्ति– ७, शान्तिनगर‌मा निर्मित शहीद याम आचार्यको‌ शालिक अनावर‌ण लगायतका कार्यक्रमलाई सम्बो‌धन गर्न सभापति दे‌उवा झापा आउन लागे‌को‌ कांग्रे‌स झापाका प्रवक्ता लो‌कर‌ाज ढकालले‌ जानकार‌ी दिए । यसै‌गर‌ी, वरि‌ष्ठ ने‌ता र‌ामचन्द्र पौ‌डे‌ल आगामी बै‌शाख ४ गते‌ झापा आउने‌ कार्यक्रम छ । गौ‌र‌ीगञ्ज– ६, खजुर‌गाछीमा निर्मित शहीद श्यामसुन्दर‌ यादवको‌ शालिक अनावर‌ण लगायतका कार्यक्रममा पौ‌डे‌लको‌ प्रमुख आतिथ्य र‌हने‌ ने‌पाली कांग्रे‌स–झापाले‌…

Read More

झापा, २२ चैत । नेपाल पत्रकार महासंघको यही चैत २५ गते हुने चुनावका लागि उम्मेदवारी घोषणाको सिलसिला जारी छ । केन्द्रमा लोकतान्त्रिक, प्रगतिशील एवम् समावेशी समूहले आफ्नो उम्मेदवारी घोषणा गरेको छ । नेपाल प्रेस युनियन, प्रेस सेन्टर, प्रेस चौतारी नेपाल लगायत ११ पेशागत संगठनले चैत १८ गते काठमाडौंमा विपुल पोखरेलको नेतृत्वमा रहेको समूह घोषणा गरेको हो । त्यसैगरी, वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रमेश बिष्ट रहेका छन् । कार्यक्रममा प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहाल, प्रेस चौतारी नेपालका उपाध्यक्ष विश्वमणि सुवेदी, युनियनका महासचिव अजयबाबु शिवाकोटी लगायतले प्रतिगमनका विरुद्ध अग्रगामी सोच भएका पत्रकार मिलेर महासंघको २६ औं महाधिवेशनमा उम्मेदवारी दिएको बताएका…

Read More

झापा, २२ चैत । मेचीनगर–१० गोलबारीकी प्रमिला खड्काले दिनमा पाँच–सात पटकसम्म कुचोले घर बढार्नुपर्छ । तर, पनि छिनमै घर धुलाम्मे भइहाल्छ । भान्सादेखि बिछ्यौनासम्म पत्थर कोइलाको धूलोले ढपक्कै ढाक्छ । ‘अहिले बढाररे बसेको, फेरि उस्तै भयो,’ कोइलाको कालो धूलो हातले सोहोर्दै प्रमिलाले सुनाइन्, ‘प्रदूषण बढेको भनेर सरकारले स्कुल बिदा दिन्छ, हामी वर्षौंदेखि घरमै प्रदूषण भोगिरहेका छौं ।’ कारखानाबाट करिब ५० मिटर दूरीमा रहेको यही घरले गाउँमा सबैभन्दा बढी प्रदूषणको मार खेप्नुपरेको छ । पूर्व–पश्चिम राजमार्गको धुलाबारी–चारआली सडक खण्डमा ढाट भन्ने ठाउँ छ । यही ढाट उत्तर सडकसँगै सटेको छ, कनिष्का धर्मकाँटा । धर्मकाँटाको काम भारतबाट आएका मालवाहक गाडीलाई सशुल्क नापजाँच…

Read More

झापा, २२ चैत । प्रमुख प्रतिपक्ष कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्ने औपचारिक निर्णय गरे लगत्तै नयाँ गठबन्धनका लागि दलहरूबीच संवाद पनि सुरु भएको छ । कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट नयाँ सरकार गठनको अग्रसरता लिने निर्णय लिएको अर्को दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र जसपा नेताहरूसँग संवाद थालेका हुन् । दाहालले शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा, प्रकाशमान सिंहलगायत नेतासँग टेलिफोन संवाद गरेका छन् । नयाँ सरकार गठनबारे ठोस र औपचारिक छलफलका लागि दाहालले कांग्रेस नेताहरूसँग प्रस्ताव गरेको उनको सचिवालय स्रोतले बताएको छ । काठमाडौँ बाहिर रहेका दाहाल कांग्रेस नेताहरूसँग संवादका लागि…

Read More

झापा, २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमति जुट्दै गर्दा प्रधानमन्त्री ओलीले अहिलेको प्रतिनिधिसभाको अंक गणित बदल्न मध्यावधि निर्वाचनमा जानुपर्ने संकेत गरेका छन् । माओवादी केन्द्रले आइतबार संसद् सचिवालयमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको चिठी दर्ता गर्ने संकेत पाएपछि प्रधानमन्त्री ओलीले मध्यावधि निर्वाचनको संकेत गरेका हुन् । यसैक्रममा प्रधानमन्त्री ओलीले शनिबार आफूलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिए राजीनामा दिने बताएका छन् । प्रधानमन्त्रीको यस्तो भनाइपछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र आइतबार दर्ता गर्ने तयारी गरेको छ । ‘प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने हो तर…

Read More

झापा, २२ चैत । देशभरका शैक्षिक संस्था आइतबारदेखि पूर्ववत् रूपमा सञ्चालन हुने भएका छन् । वातावरणमा सुधार आएको भन्दै सरकारले आइतबारदेखि पुरानै अवस्थामा शैक्षिक संस्था सञ्चालन हुने जनाएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले प्रदूषण घटेर वातावरणमा सुधार आएपछि सबै शैक्षिक संस्थाका कक्षा पुरानै अवस्थामा सञ्चालन हुने बताए । उनले बिहीबारदेखि शनिबारसम्म प्रदूषण घट्दो क्रममा रहेकाले अब सबै शैक्षिक संस्था निर्वाध रूपमा सञ्चालन हुने जानकारी दिए । यसअघि सरकारले वायु प्रदूषण बढेको र यसको सबैभन्दा धेरै असर विद्यार्थीमा पर्ने भन्दै चैत १७ देखि २० गतेसम्म चार दिन सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको…

Read More

झापा, २२ चैत । कोरोनाविरुद्धको खोप लगाएका जेष्ठ नागरिकहरूमध्ये १० जनाको मृत्यु भएपछि मृत्युका कारण पत्ता लगाउन सरकारले अनुसन्धान शुरू गरेको छ । म्यादी, कालिकोट, रौतहट, धनुषा, काठमाडौंलगायतका जिल्लाका १० जना जेष्ठ नागरिकको खोप लगाएको केही दिनमा मृत्यु भएको जानकारी स्वास्थ्य मन्त्रालयमा आएपछि सरकारले अनुसन्धान शुरू गरेको हो । खोपपश्चात् हुने अवाञ्छित घटनाको कमिटीका अनुसन्धान प्रमुख डा धनराज अर्यालका अनुसार मृत्यु खोपकै कारणले भएको हो वा अन्य कुनै कारणले भएको भन्ने पत्ता लगाउन अनुसन्धान शुरू गरिएको हो । डा। अर्यालका अनुसार मृत्यु हुनेमा दीर्घरोगी, दम, मुटु तथा रोगसँग लड्ने क्षमता कमजोर भएका जेष्ठ नागरिकहरू रहेका छन् । उनीहरूका आफन्तले पनि…

Read More

झापा, २२ चैत । भारतमा कोरोना संक्रमण तीव्र भइरहेका बेला सीमामा कडाइ गर्नुपर्नेमा मुख्य नाकामै लापरबाही पाइएको छ । मुलुकका अधिकांश जिल्लाबाट भार त आउजाउ हुने रूपन्देहीको बेलहिया–सुनौली नाकामा स्वास्थ्य मापदण्ड पालना निकै कमजोर छ । यहाँका हेल्थडेस्क औपचारिकताका लागि मात्र राखिएको आभास हुन्छ । भारतबाट आउनेमध्ये केही यात्रुको ज्वरो मापन र विवरण लिने गरिएपनि अधिकांश यात्रु परीक्षण र विवरणबिनैआउने गरेका छन् । भारतबाट आउनेमध्ये ७० प्रतिशतभन्दा धेरैयात्रु परीक्षण नगरी भित्रिने गरेको स्थलगत निरीक्षणबाट देखिन्छ । आवागमन संख्याको तुलनामा स्वास्थ्यकर्मी र उपकरण अत्यन्त न्यून छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More