झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, २० चैत । झापाको भद्रपुर नगरपालिका–४ स्थित डाँगीबारीबाट बिहीबार राति प्रहरीले ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–६ कय ४० बर्षीय लोकेन श्रेष्ठ, भद्रपुर–१० का ३६ वर्षीय विनोद राजवंशी र सोही स्थानका २४ वर्षीय गोबिन्द राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट ब्राउनसुगर ९ ग्राम ११० मिलिग्राम र डिजिटल तराजु बरामद गरेको थियो । पक्राउ परेका उपर थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।

Read More

झापा, २० चैत । सर्वोच्च अदालतले बिहीबार मात्रै चर्चित दुई मुद्दामा ‘विवादास्पद’ निर्णय गरेको छ । न्यायिक नेतृत्वले कतिपय चासो र रुचिका मुद्दामा आफूअनुकूल इजलास गठन गरी न्याय निरूपण गराएको भन्दै आरोप लागिरहेका बेला नेकपा विघटन र न्यायाधीश नियुक्तिको विवादमा त्यस्तै शैलीमा न्याय निरूपण गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको तीन सदस्यीय पूर्ण इजलासले गत फागुन २३ मा संयुक्त इजलासको विवादास्पद फैसलालाई सदर गरेर त्यसमा पुनरावलोकन नहुने आदेश गर्‍यो । बिहीबारै न्यायाधीश तेजबहादुर केसीको इजलासले सर्वोच्चमा सिफारिस भएका नहकुल सुवेदीको योग्यतामाथि प्रश्न उठाइएको मुद्दामा ‘निर्णय सुनाउने’ आदेश गर्‍यो । न्यायिक नेतृत्वमाथि मुलुकको कार्यपालिकाको आज्ञापालक बनेको आरोप छ । कतिपय…

Read More

झापा, २० चैत । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका कर्मचारीको सरुवा पुनः सुचारु गर्ने भएको छ। कर्मचारी सरुवा र बढुवालाई अनलाइन प्रणाली लैजाने भन्दै यसअघि सरुवा बन्द गरिएको थियो। स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्वेक्षण भइनसकेको, सफ्टवेयर निर्माणको क्रममा रहेको, रिक्त पदमा पूर्तिका लागि कतिपय स्थानीय तहले प्रदेश लोकसेवा आयोगमा माग गरेको र कतिपय स्थानीय तहले विगतमा जारी भएका सहमति–पत्रबाट हाल सरुवा र कामकाजमा नखटाइदिन अनुरोध भएको भन्दै मन्त्रालयले विगतको आफ्नै निर्णय रद्द गरेको हो। यस अवस्थामा सरुवालाई व्यवस्थित बनाउँदै जनाउँदै मन्त्रालयले सरुवा पुनस् सञ्चालन गर्ने निर्णय गरेको हो। यसका लागि मन्त्रालयले निश्चित मापदण्ड बनाउन गृहकार्य गरिरहेको…

Read More

झापा, २० चैत । प्रधानमन्त्री रोजगार कार्यक्रम असफल भएको छ । स्थानीय तहले रोजगार सिर्जना गर्न नसक्दा कार्यक्रम असफल भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) कारण २ सय ६ वटा स्थानीय तहले रोजगारी सिर्जना गर्न सकेनन् ।मन्त्रालयले उक्त आयोजना कार्यान्वयन गर्न ७ सय १ स्थानीय तहमा अनुदान पठाएको थियो । त्यसमध्ये ४ सय ९५ स्थानीय तहले मात्रै रोजगारी सिर्जना गर्न सकेका छन् । सरकारले ७ सय ५३ वटै स्थानीय तहबाट रोजगारी सिर्जना गर्ने गरी कार्यक्रम ल्याएको हो । स्थानीय तहले १ लाख ५ हजार ३ सय ६५ जनालाई औसतमा १६ दिन…

Read More

प्रज्वल भट्टराईसमानताको न्याय खोजिरहेको नेपाली समाजमा महिला र पुरुषका अधिकार अनि कर्तव्यलाई निकै साघुरो ढंगले बिभाजित गरिएको छ। दैनिक रुपमा महिला माथी भएका अन्याय र अत्याचारलाइ सामाजिक स्न्जाल, बुद्धिजीवीका विश्लेषण , मानव अधिकार र अन्य थुप्रै सम्बन्धित निकायले खुबै राम्ररी केलाइ रहेका हुन्छ्न। एउटै सिक्काका दुई भाग महिला र पुरुष भएतापनी समस्या र शोषण का सिकार भएका महिलाहरुकै समस्याले समाजमा उच्च स्थान पाइरहेको देखिन्छ । यद्यपि अद्धिकाम्स महिला पुरुषबाटै शोषित भएका हुन्छन। वर्तमान नेपाली समाजमा घटिरहेका महिला हिंसा अत्यन्तै पिडादायिक छ्न। विभिन्न सामाजिक सन्स्था को वकालत , युवा वर्गको सडक सत्याग्रह , महिला हरुको आवाजले पनि सर्खारी निकायको ध्यानाकर्षण गर्न…

Read More

झापा, १९ चैत । कोरोना भाइरस संक्रमणको हटस्पटका रुपमा स्कुल र कलेज देखिन थालेका छन् । पोखरा लामाचौरस्थित पश्चिमाञ्चल क्याम्पसमा हालै चार दिनमा ७० विद्यार्थीमा कोरोना देखिएको छ । इन्जिनियरिङको स्नातक तह पहिलो, दोस्रो र तेस्रो वर्षको परीक्षा स्थगित गरिएको छ । यस्तै, भक्तपुरस्थित वीरेन्द्र सैनिक आवासीय महाविद्यालयका १० विद्यार्थीलाई पनि कोरोना संक्रमण भएको छ । स्वास्थ्य सेवा विभागअन्तरगत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले सम्भावित हटस्पटका रुपमा विद्यालय पनि परेको बताए । ‘भक्तपुरमा पनि एक्कासि धेरै विद्यार्थीमा संक्रमण भएको केसहरु देखिएका छन् । ८–१० जना विद्यार्थीलाई कोरोना संक्रमण पुष्टि भएको छ,’ पौडेलले भने । डा. पौडेलले…

Read More

झापा, १९ चैत । यात व्यवस्था विभागले जेठ १ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा खुकुलो बनाउने भएको छ । यसअघि १ सय पूर्णांकको हुने उक्त परीक्षामा पूरै अंक ल्याउनुपर्ने प्रावधान रहेकोमा अब परीक्षार्थीले ७० अंकसम्म मात्र ल्याए पनि लाइसेन्स दिने गरी मूल्यांकनको आधार बनाइएको छ । विभागले गत पुस अन्तिम साता सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि २०७७ बनाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाएको थियो । उक्त कार्यविधिलाई मन्त्रालयले स्वीकृत गरेको विभागका प्रवक्ता डा। लोकनाथ भुसालले जानकारी दिए । ‘मन्त्रालयले स्वीकृति दिएसँगै जेठ १ गतेदेखि नयाँ मापदण्डअनुसार परीक्षा सञ्चालन गर्नेगरी तयारी अघि बढाएका छौं,’ उनले भने…

Read More

बिर्तामोड, १९ चैत । झापा दमक–६ बाट कामको खोजीमा आउने महिलालाई यौनकार्यमा लगाउने दुई महिलालाई पक्राउ गरिएको छ । दमक–६ स्थित नयाँ सब्जी मण्डीमा घर भाडामा लिएर दमक बजारमा कामको खोजीमा आउने विभिन्न उमेर समूहका युवतीलाई सोही घरमा राखी वेश्यावृत्ति गराइरहेका मोरङ पथरीशनिश्चरे–३ की ३८ वर्षीया उर्मिला नेम्बाङ र इलाम चुलचुली–४ की ३८ वर्षीया बन्ठि भन्ने नन्दिता साँवा लिम्बू पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उक्त घरमा खानतलासी गर्दा १७ देखी ३९ बर्ष उमेर समूहका ८ जना महिला तथा युवतीहरु फेला पारेको थियो । फेला परेका उनीहरुसँग…

Read More