
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ११ चैत । पर्यटक प्रवेशाज्ञामा नेपाल प्रवेश गरेका करीब डेढ सय विदेशी नागरिकलाई निष्कासन गरिएको छ । अध्यागमन विभागको तथ्याङ्कानुसार चालू आर्थिक वर्ष २०७७÷७८ को आठ महिनामा (गत साउनदेखि फागुन मसान्तसम्म) १३६ विदेशी नागरिकलाई निष्कासन गरिएको हो । पर्यटक भिसामा नेपाल प्रवेश गरी विभिन्न गतिविधिमा संलग्न भएका विदेशी नागरिकलाई निष्कासन गरिएको अध्यागमन विभागका महानिर्देशक रमेश केसीले जानकारी दिए । उनका अनुसार कारवाहीस्वरुप निष्कासित हुनेमा ओभरस्टे, विदेशी मुद्रा अपचलन, बैंकिङ कसुर, लागूऔषधलगायत कसुरका धेरै रहेका छन् । विभागको तथ्याङ्कअनुसार पछिल्लो समय निष्कासनमा पर्नेमा चिनियाँ नागरिक धेरै छन् । निष्कासित हुने विदेशी नागरिकलाई कसुरका आधारमा एक वर्षदेखि दश वर्षसम्म नेपाल प्रवेशमा…
झापा, ११ चैत । पाँच वर्ष पनि कुर्नै नपरी सत्ता घुमिफिरी हातमा आउन लाग्दा नेपाली कांग्रेस केपी ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन त चाहन्छ, तर उसलाई डर छ, जनता समाजवादी पार्टीको पनि पूर्वमधेसवादी समूहसँग । कारण हो, ०५३ सालको झस्काई । त्यसबेला एमालेले जसरी मधेसी नेताबाट धोका खायो, अहिले त्यो धोका आफूमा आउला भन्ने चिन्ता छ उसलाई । ०५२ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री हुनुभएको बेला प्रतिनिधिसभा विघटन गरी मध्यावधि सिफारिस भयो । भदौ १२ मा सर्वोच्चले प्रतिनिधिसभा व्युँताइदिएपछि शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भयो । उक्त सरकार ढाल्नका लागि एमालेले पहिलोचोटि सद्भावना पार्टीसँग मिलेर अविश्वास प्रस्ताव लग्यो । त्यसबेला ऊसँग…
झापा, ११ चैत । सीमा नदीमा तटबन्ध बनाउँदा दुवै देशको सहमति लिनुपर्नेमा भारतले सहमतिबिनै तटबन्ध निर्माण गरिरहेको छ । भारतले गत पुसदेखि महाकाली नदीमा आफ्नोपट्टि बाँध निर्माण गरिरहेको हो । २०७० सालमा भारतले २ सय ८० मेगावाट विद्युत उत्पादन हुने धौलीगंगा बाँधको ढोका खोल्दा महाकाली नदीमा पानीको बहाव उच्च भइ नेपालतर्फका १ सय ४७ घर बगेका थिए । नेपालको १ हजार ५७ रोपनी जमिन बगेको थियो । उतिबेला नदीले धार परिवर्तन गर्दा नेपालको ३५ हेक्टर जमिन भारततर्फ गएको छ । अहिले भारतले उतिबेला बगरमा परिणत भएको जमिनमा तटबन्ध निर्माण गरिरहेको छ । आगामी दिनसमेत नदीमा पानीको बहाव बढेमा नेपालका गल्फै,…
झापा, ११ चैत । रोजगारीका लागि राम्रा गन्तव्य मानिएका जापान, मरिसस र इजरायलसँग सरकारले श्रम सम्झौता गरे पनि ती मुलुकमा कामदार पठाउने प्रक्रिया सुरु नहुँदा सम्झौतामाथि नै प्रश्न उठेको छ । कामदार जान नसकेपछि ती मुलुकसँग किन सम्झौता गरिएको भन्दै प्रश्न उठेको हो । ‘सरकारले रोजगारीका लागि इजरायल पठाउने घोषणा गरेपछि कहिले सुरु हुन्छ भनेर वैदेशिक रोजगार विभागमा सोध्न गइरहेको छु,’ रामेछापका जयन्त भण्डारीले भने, ‘विभागका कर्मचारी नै कहिले खुल्छ भन्न सक्दैनन् ।’ सरकारले केही महिनाअघि श्रम सम्झौता गरेको इजरायल मात्र होइन, दुई वर्षअघि सम्झौता गरेको जापान र मरिसस कहिले पठाउने हो, अन्योल छ । असोजमा इजरायलसँग अन्तिम श्रम सम्झौता…
झापा, ११ चैत । सरकारले आइसोलेसन र क्वारेन्टिनलाई तयार राख्न सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । कोरोना महामारीको जोखिम बढेको भन्दै गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर स्वास्थ्य मापदण्डसमेत अनिवार्य लागू गर्न निर्देशन दिएको छ । जिल्ला कोभिड व्यवस्थापन र रोकथाम तथा नियन्त्रणसम्बन्धी काम प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले गर्छ । केन्द्रमा संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) यससम्बन्धी निर्णय गर्न सरकारलाई सुझाव दिने उच्चस्तरीय संयन्त्र हो । कोरोना महामारी उच्च रहेका बेला विद्यालय, अन्य शैक्षिक संस्था, सरकारी भवन लगायतलाई क्वारेन्टिन र आइसोलेसन बनाइएको थियो । गृहले तयारी हालतमा राख्न सकिने क्वारेन्टिन…
टिकराम चापागाईइलाम, ११ चैत । इलामको देउमाई नगरपालिका ५ निवासी दुवै मृगौला पीडित दिपक लिम्बूको उपचारको निम्ति संकलित ३ लाख ६६ हजार २ सय ४८ रुपैया हस्तान्तरण गरिएको छ । देश विदेशमा संचालित अभियानबाट संकलित उक्त रकम मंगलबार एक कार्यक्रमका बिच उनलाई हस्तान्तरण गरिएको हो । कतारमा तारा चापागाइले ३८ हजार ६ सय , गणेश लुईटेलले २६ हजार ४ सय, तथा होम फियाले २२ हजार ८ सय २८ रुपैया संकलन गरेका थिए । उता मलेसियाबाट बिष्णु फियाकको अगुवाइमा १६ हजार १सय ४८ र धिरेन पोर्तेलको अगुवाइमा २० हजार ९सय ५० रुपैया संकलन भएको थियो । त्यस्तै दक्षिण कोरियाबाट महेन्द्र कार्कीको…
बिर्तामोड, १० चैत । भारतीय जेलबाट ४० वर्षपछि मुक्त भएका इलाम माइ नगरपालिका –१० का दुर्गा प्रसाद तिम्सिनाको उपचार प्रदेश १ सरकारले गर्ने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले तिम्सिनाको सम्पूर्ण उपचारको व्यवस्था प्रदेश १ सरकारले मिलाउने जानकारी दिए । चार दशक भारतका विभिन्न जेलमा बसेका तिम्सिनाको स्वास्थ्य अवस्था नाजुक भएको छ । उनको आवश्यक उपचारका लागि प्रदेश सरकारले तयारी थालेको मन्त्री कार्कीले बताए । उनले इलामका प्रमुख जिल्ला अधिकारी धु्रव खड्कालाई परिवारसँग समन्वय गरेर प्रारम्भिक उपचार थाल्न निर्देशन समेत दिएका छन् । मन्त्री कार्कीले भने, प्रारम्भिक उपचार, इलाम वा विर्तामोड गरेर समस्या पहिचान गरिनेछ ।…
झापा, १० चैत । इलामको पशुपतिनगर नाकाबाट अवैध रुपमा नेपाल भित्राइएको भारतीय ब्रान्डका रक्सी झापा प्रहरीले बरामद गरेको छ । इलामबाट भारतीय मदिरा आइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको टोलीले आइतबार राति ११ बजे मेची राजमार्ग अन्तरगत बुद्धशान्ति गाउँपालिका ४ स्थित बर्नेबाट बरामद गरेको प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले विभिन्न सवारी साधन चेक जाँच गर्ने क्रममा मे १ ज ३३५१ नम्बरको गाडीबाट सिक्किम गोल्डेन नामक रक्सी ८४ बोतल र फायरबल रक्सी ११ बोतल गरी जम्मा ९५ बोतल रक्सी बरामद गरिएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । प्रहरीले रक्सीसहित गाडी चालक सुर्योदय नगरपालिका…
झापा, १० चैत । नेत्रविक्रम चन्द समूहले थुनामा रहेका आफ्ना नेता–कार्यकर्ता रिहा नभएकामा सरकारसँग असन्तुष्टि जनाएको छ । चन्दसहितको टोलीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सरकारसँग भएको तीन बुँदे सहमतिबमोजिम कार्यकर्ता रिहा र मुद्दा फिर्ता नभएकामा ध्यानाकर्षण गराएको हो । प्रतिबन्ध फुकुवापछि प्रहरी हिरासतमा भएका केहीबाहेक अधिकांश छुटिसकेका छन् । अदालतको आदेशमा पुर्पक्षमा क्रममा भएका १ सय २६ जना विभिन्न कारागारमा बन्दी जीवन बिताइरहेका छन् । प्रहरी हिरासतमा भएका ७ जना अझै छुट्न बाँकी छन् । भेटमा प्रधानमन्त्री ओलीले प्रक्रिया पुर्याएर सहमति अनुसार बन्दी रिहा र मुद्दा फिर्ता गर्दै लगिने प्रतिबद्धता जनाएको नेकपाका केन्द्रीय सदस्य उदयबहादुर चलाउनेले बताए ।…
झापा, १० चैत । भान्छामा अत्यधिक उपभोग हुने प्याज साउनदेखि आठ महिनामा २ अर्ब ७९ करोड रुपैयाँको आयात भएको छ। त्यो भनेको ७१ हजार ३ सय ४० टन हो। यही अवधिमा विदेशबाटै १ अर्ब १२ करोडको १० हजार ३ सय ११ टन लसुन भित्रिएको छ। आलु नै ६ अर्ब ४५ करोड रुपैयाँको २ लाख ५१ हजार ९ सय ३४ टन आयात भयो। आयात–निर्यात व्यापारबारे भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो ८ महिनाको तथ्यांक हो यो। अझै प्याज, लसुन र आलुको बियाँ ९बीउ० आयातको तथ्यांक यसमा समेटिएको छैन। यी कृषिउपजबाट बनाइने विभिन्न प्रकारका खाद्य पदार्थको तथ्यांक पनि यसमा छैन। सामान्य कृषि उपजसमेत…